प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ६/१५ पृ. २८-३०
  • “यस्ताहरूलाई . . . यथोचित आदर गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यस्ताहरूलाई . . . यथोचित आदर गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्तिफनसको घराना
  • “तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई आराम दिए”
  • विश्‍वासयोग्य सहयोगले असल फलहरू फलाउँछ
  • पावलका सहकर्मीहरू—तिनीहरू को थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • खराब कुराको रिपोर्ट किन गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मण्डलीको उत्थान गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ६/१५ पृ. २८-३०

“यस्ताहरूलाई . . . यथोचित आदर गर”

कोरिन्थ मण्डलीको अवस्था सन्तोषजनक थिएन। त्यहाँ अनैतिकताका साह्रै नराम्रा घटनाहरू भएको थियो र भाइहरूबीच गुटबन्दी थियो। कसैका गम्भीर व्यक्‍तिगत समस्याहरू थिए वा तिनीहरूलाई प्रश्‍नहरूको जवाफ चहिएको थियो। भाइहरूले एकअर्कोलाई अदालतमा लगिरहेका थिए। अरूले चाहिं पुनरुत्थानसमेत अस्वीकार गर्दैथिए।

गम्भीर प्रश्‍नहरू पनि उठे। धार्मिक तवरमा विभाजित घरमा भिन्दै विश्‍वास भएको पति वा पत्नीसितै बस्ने वा छुट्टिने? मण्डलीमा बहिनीहरूको भूमिका के हो? मूर्तिहरूलाई बलि चढाएको मासु खानु उचित हो वा होइन? प्रभुको साँझको भोजलगायत अन्य सभाहरू कसरी सञ्चालन गर्ने?—१ कोरिन्थी १:१२; ५:१; ६:१; ७:१-३, १२, १३; ८:१; ११:१८, २३-२६; १४:२६-३५.

निस्सन्देह, यस्तो संकटग्रस्त आध्यात्मिक वातावरणबीच परेका भाइहरूको हितबारे चिन्तित भएर स्तिफनस, फोर्टुनाटस र अखाइकस प्रेरित पावललाई भेट्‌न एफिससमा गए। यस्तो खलबल्याउने समाचारबाहेक सम्भवतः तिनीहरूले यी विषयहरूमा प्रश्‍नहरू उठेको मण्डलीको चिठी पनि लिएर गएको हुनसक्छ। (१ कोरिन्थी ७:१; १६:१७) स्पष्टतः त्यस परिस्थितिबारे ती तीन भाइहरू मात्र चिन्तित भएका थिएनन्‌। वास्तवमा पावलले “क्लोएका घरानाकाहरूबाट” मण्डलीका सदस्यहरूबीच मतभेद छ भनेर समाचार पाइसकेका थिए। (१ कोरिन्थी १:११) निस्सन्देह, ती सन्देशवाहकहरूका रिपोर्टद्वारा पावलले परिस्थितिलाई स्पष्टसित बुझ्न सके, अनि तिनीहरूलाई के सल्लाह दिने र उठाइएका प्रश्‍नहरूको जवाफ कसरी दिने भनेर निर्णय गर्न सके। आज हामीले पहिलो कोरिन्थी भनेर चिनेको चिठी पावलको जवाफ हुनसक्छ, जुन परमेश्‍वरको पवित्र आत्माद्वारा निर्देशित थियो। स्तिफनस, फोर्टुनाटस र अखाइकसले कोरिन्थीहरूलाई त्यो चिठी दिएको हुनसक्छ।

स्तिफनस, फोर्टुनाटस र अखाइकस को थिए? धर्मशास्त्रमा तिनीहरूबारे भनेको कुरा पढेर हामीले के पाठ सिक्नसक्छौं?

स्तिफनसको घराना

लगभग सा.यु. ५० तिर ग्रीसको दक्षिणमा पर्ने रोमको अखैया प्रान्तमा बसोबास गर्ने स्तिफनसको घराना पावलको सेवकाईको “पहिलो फल” थियो र तिनीहरूलाई पावल स्वयंले बप्तिस्मा दिएका थिए। स्पष्टतः पावलले कोरिन्थीहरूको निम्ति स्तिफनसको घरानालाई परिपक्व उदाहरण दिने परिवारको रूपमा लिन्थे। मण्डलीको खातिर तिनीहरूले गरेका कार्यको लागि पावलले यसो भनेर प्रशंसा गरे: “ए भाइ हो, म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरूले स्तिफनसका घरानाका विषय जान्दछौ, ती अखैयाका पहिला फल हुन्‌, र तिनीहरूले पवित्र जनहरूका सेवाको निम्ति आफैलाई अर्पण गरेका छन्‌। कि तिमाहरूले पनि यस्ताहरूको, र काम सघाउने र परिश्रम गर्ने हरेकको अधीनमा आफूलाई राख।” (१ कोरिन्थी १:१६; १६:१५, १६) स्तिफनसको “घराना[मा]” को को थिए भनेर उल्लेख गरिएको छैन। यस अभिव्यक्‍तिले साधारणतया परिवारका सदस्यहरू भन्‍ने बुझाउँछ तर यसमा नोकर वा कर्मचारीहरू पनि हुनसक्छ। अखाइकस विशेषगरि नोकरहरूले राख्ने ल्याटिन नाउँ र फोर्टुनाटस विशेषगरि दासत्वबाट मुक्‍त भएकाहरूले राख्ने नाउँ हो। त्यसैले केही टिप्पणीकारहरूअनुसार यी दुइ सम्भवतः त्यही घरानाको हुनसक्छन्‌।

जेसुकै होस्‌, पावलले स्तिफनसको घरानालाई उदाहरणीय मान्थे। यसका सदस्यहरूले “पवित्र जनहरूका सेवाको निम्ति आफैलाई अर्पण गरेका” थिए। स्तिफनसको परिवारले मण्डलीको भलाइको निम्ति कार्य गर्नुपर्छ भनेर थाह पाएको हुनुपर्छ र तिनीहरूले व्यक्‍तिगत जिम्मेवारीको रूपमा स्वेच्छापूर्वक यो कार्यलाई स्वीकारेका थिए। पवित्र जनहरूलाई सेवा दिने तिनीहरूको यस्तो इच्छा निस्सन्देह नैतिक समर्थन र मान्यताको योग्य छ।

“तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई आराम दिए”

पावल, कोरिन्थको अवस्थाबारे चिन्तित भए तापनि ती तीन सन्देशवाहकको उपस्थितिले तिनलाई ढाडस मिल्यो। पावल यसो भन्छन्‌: “स्तिफनस, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्द गर्दछु, किनकि तिमीहरूलाई जे कुराको अभाव थियो, सो तिनीहरूले पूरा गरिदिए। किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई आराम दिए।” (१ कोरिन्थी १६:१७, १८) सम्भवतः यस्तो बेला शारीरिक रूपमा कोरिन्थबाट अलग बस्नु पर्दा पावल चिन्तित भएका थिए तर अहिले ती दूतहरूको उपस्थितिले गर्दा तिनले सान्त्वना पाएको हुनुपर्छ। तिनीहरूको रिपोर्टले गर्दा पावलले वास्तविक परिस्थिति बुझ्न मदत पाएको र आफ्ना केही डरहरूलाई हटाउन सकेको हुनुपर्छ। सम्भवतः त्यहाँको अवस्था तिनले सोचे जति खराब नभएको हुनसक्छ।

पावलअनुसार ती तीनको कार्यले गर्दा पावलले मात्र स्फूर्ति पाएनन्‌ तर कोरिन्थका मण्डलीले पनि हौसला पाए। निस्सन्देह, कोरिन्थ मण्डली आफ्ना दूतहरूले पावललाई सबै कुरा स्पष्टसित बुझाउनेछ र तिनीहरू पावलको सल्लाहसहित फर्कनेछ भनेर ढुक्क भएको हुनुपर्छ।

अतः कोरिन्थ मण्डलीको खातिर गरेको मेहनतको लागि स्तिफनस र तिनका दुइ साथीहरूको सराहना गरियो। विभाजित कोरिन्थ मण्डलीमा फर्केर ती पुरुषहरूले नेतृत्व लिन सकोस्‌ भनेर पावलले तिनीहरूको प्रशंसा गरे। प्रेरित पावलले यी भाइहरूलाई यसरी आग्रह गरे: “तिमीहरूले पनि यस्ताहरूको, र काम सघाउने र परिश्रम गर्ने हरेकको अधीनमा आफूलाई राख . . . यस्ताहरूलाई तिमीहरूले यथोचित आदर गर।” (१ कोरिन्थी १६:१६, १८) यस्ता पक्का सिफारिसहरूले स्पष्टतः मण्डलीमा तनाउको बावजूद ती मानिसहरूको पूर्ण वफादारिता प्रकाश पार्छ। यस्ता मानिसहरूलाई मूल्यवान्‌ ठान्‍नुपर्छ।—फिलिप्पी २:२९.

विश्‍वासयोग्य सहयोगले असल फलहरू फलाउँछ

यहोवाको संगठन तथा यसका प्रतिनिधिहरूलाई सहयोग गऱ्‍यौं भने निस्सन्देह असल नतिजाहरू पाउँछौं। प्रथम पत्र लेखेको तुरुन्तैपछि अहिले हामीले दोस्रो कोरिन्थी भनेर चिन्‍ने पत्र लेख्दा मण्डलीमा अवस्था सुध्रिसकेको थियो। स्तिफनस, फोर्टुनाटस र अखाइकसजस्ता भाइहरूले धैर्यतापूर्वक गरेको काम र तितसको भ्रमणले असल नतिजाहरू ल्याए।—२ कोरिन्थी ७:८-१५; तुलना गर्नुहोस्‌ प्रेरित १६:४, ५.

धर्मशास्त्रमा यी विश्‍वासी मानिसहरूबारे संक्षेपमा उल्लेख गरिएका कुराहरूबारे मनन गरेर यहोवाको आधुनिक समयको मण्डलीका सदस्यहरूले लाभ उठाउनसक्छन्‌। उदाहरणका लागि, मानौं कारणवश स्थानीय मण्डलीमा भइरहेको समस्या तुरुन्तै समाधान गर्न सकेन र यसले गर्दा भाइहरू चिन्तित छन्‌। अब के गर्ने? पावललाई भइरहेको अवस्थाबारे बताउने जिम्मेवारीबाट पछि नहटेका स्तिफनस, फोर्टुनाटस र अखाइकसको अनुकरण गर्नुहोस्‌ अनि विश्‍वस्त भई त्यस समस्यालाई यहोवाको हातमा छाड्‌नुहोस्‌। धार्मिकताको निम्ति जोशले गर्दा तिनीहरूले पक्कै पनि मनखुशी गरेनन्‌ वा नता “परमप्रभुको विरुद्धमा असन्तोष प्रकट” गरे।—हितोपदेश १९:३.

मण्डलीहरू येशू ख्रीष्टको हो र कोरिन्थमा जस्तै उहाँको आफ्नै समयमा मण्डलीको आध्यात्मिक हित र शान्तिलाई खतरामा पार्ने कठिनाईहरूको उहाँले समाधान गर्नुहुनेछ। (एफिसी १:२२; प्रकाश १:१२, १३, २०; २:१-४) त्यतिञ्जेल स्तिफनस, फोर्टुनाटस र अखाइकसको असल उदाहरण पछ्यायौं र आफ्ना भाइहरूको निम्ति मिहेनत गरिरह्‍यौं, वफादारीपूर्वक मण्डलीको प्रबन्धलाई समर्थन गरिरह्‍यौं, भने हामीले पनि आफ्ना भाइहरूलाई प्रोत्साहित गरिरहेको अनि ‘प्रेम र सुकर्ममा उत्तेजित भएर एकअर्कोको विचार गर्ने हुनेछौं।’—हिब्रू १०:२४, २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने