प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ६/१५ पृ. १०-१३
  • तपाईं खुला विचारधारा राख्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं खुला विचारधारा राख्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सम्पूर्ण कुरा बुझ्नुहोस्‌
  • अरूहरूप्रति तपाईंको दृष्टिकोण
  • आर्थिक सहयोगको सन्दर्भमा
  • सल्लाह दिने सन्दर्भमा
  • विचार खुला बनाउने प्रयास गर्नु
  • के तपाईं अरूलाई यहोवाले झैं हेर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • अरूलाई दिंदा प्राप्त हुने आनन्दमा भाग लिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • अरूको कमजोरीले गर्दा ठक्कर नखानुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईँले यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ६/१५ पृ. १०-१३

तपाईं खुला विचारधारा राख्नुहुन्छ?

पश्‍चिमी जापानको कोबे शहरमा विध्वंसकारी भूकम्प आयो। तत्कालै भूकम्प पीडितहरूलाई सहयोग गर्न आत्मत्यागी स्वयम्‌सेवकहरू त्यहाँ आइपुगे। डाक्टरहरूको एक भ्रमण टोलीको औषधी माग त्यस शहरको स्वास्थ्य विभागको व्यक्‍तिले इन्कार गरे। उक्‍त व्यक्‍ति नगरपालिकाको एउटा ठूलो अस्पतालको निर्देशक पनि थिए। तिनी ती पीडितहरू राहत केन्द्रमा डाक्टरहरूको महँगो सुई र नसामा दिने तरल पदार्थ लगाउनुको साटो कोबे अस्पतालमै जाओस्‌ भन्‍ने चाहन्थे। आखिर डाक्टरहरूको माग पूरा भयो तर त्यस व्यक्‍तिले पहिले देखाएको अरट्ठो मनोवृत्तिले निर्दयी जस्तो देखिएको कारण तिनले व्यापक आलोचना सहनु पऱ्‍यो।

सायद तपाईंले पनि त्यस्तै किसिमको आलोचना सहनु परेको र आफूलाई दोषी महसुस गर्नुभएको होला। तपाईंले आफ्नो विचारधारालाई अझ खुला गर्ने प्रयास गर्नुभए कसो होला?

सम्पूर्ण कुरा बुझ्नुहोस्‌

मानिसहरूले कुनै विषयवस्तुलाई स्पष्टसँग नबुझ्नु र सही ज्ञान नपाएको कारण एकोहोरो वा आफ्नै तरिकाबाट मात्र हेर्नु सामान्य कुरो हो। शिक्षा, जीवनमा संगालेका अनुभव तथा आफ्नो पृष्ठभूमिको कारण अक्सर यस्तो हुन्छ। कसैले कुनै विषयवस्तुलाई सबैपक्षबाट हेर्छ भने त्यो बुद्धिमानी निर्णय हुनसक्छ। उदाहरणको निम्ति, यदि तपाईं ट्राफिक लाइट नभएको व्यस्त सडक पार गर्नुहुँदैछ भने तपाईंले आफ्नो अघिल्तिर मात्र हेर्नु बुद्धिमानी कुरा हुनेछ र? निश्‍चय हुँदैन। खुला विचारधारा राखेर विषयवस्तुलाई सम्पूर्णरूपले बुझ्ने कोसिस गर्दा निर्णय गर्न र सही तरिकाले काम गर्न सहयोग मिल्छ र जीवन बचाउ हुनसक्छ।

यस क्षेत्रमा हामी सबैले प्रगति गर्न सक्छौं। ‘अझ कुनकुन क्षेत्रमा मैले खुला विचार राख्न सक्छु?’ भनेर आफैलाई सोध्नुहोस्‌।

अरूहरूप्रति तपाईंको दृष्टिकोण

तपाईं अरूहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? अरूको कुरा सोह्रै आना सही वा सोह्रै आना गलत अथवा केही मात्रामा सही वा गलत पनि छ भनेर सोच्ने प्रवृत्ति के तपाईंमा छ? कसैले तपाईंको प्रशंसा कि चापलुसी गरिरहेछ? उसले भनेको शतप्रतिशत सही कि शतप्रतिशतै गलत हो? यस्तो दृष्टिकोण हुनु एउटा फोटोग्राफरले शरद ऋतुको सुन्दर-सुन्दर दृश्‍यहरू छोडेर अरू सामान्य दृश्‍यहरूको तस्बिर खिचिहिंड्‌नु जस्तै हो। के तपाईं अरू व्यक्‍तिको व्यक्‍तित्वको नकारात्मक क्षेत्रलाई मात्र विचार गरिरहनुहुन्छ, जस्तै एउटा यात्रीले आफू घुम्न गएको ठाउँको रमाइलो दृश्‍यहरू हेरेर रमाउनु त होइन बरु अर्को कुनै यात्रीले फ्याँकेको केही फोहर देखेर मन खिन्‍न बनाउँछ।—उपदेशक ७:१६ तुलना गर्नुहोस्‌।

यहोवाले मानवजातिको गल्तीप्रति राख्नुहुने दृष्टिकोणबाट ठूलो पाठ सिक्न सकिन्छ। मानिसहरूको कमजोरी र गल्तीहरू जानीबुझी उहाँले ती कमजोरी पक्षहरूलाई खोजी गरिरहनुहुन्‍न। कृतज्ञ भएका भजनहारले यसरी टिप्पणी गरे: “तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनसक्छ र?” (भजन १३०:३) यहोवाले उहाँ र हाम्रो बीचको सम्बन्धमा कुनै धब्बा नलागोस्‌ भन्‍नाखातिर पश्‍चात्तापीहरूको अपराधहरू स्वेच्छासाथ मेटिदिनुहुन्छ। (भजन ५१:१; १०३:१२) राजा दाऊदले बेतशेबासँग गरेको गम्भीर पापको बावजूद पनि यहोवाले उनलाई “मेरो दृष्टिमा जे असल छ त्यही गर्दै मेरा आज्ञा पालन गर्ने र आफ्नो सारा हृदयले मलाई पछ्याउने मेरो दास” भन्‍न सक्नुभयो। (१ राजा १४:८) दाऊदको सन्दर्भमा यहोवाले किन यसो भन्‍न सक्नुभयो? किनभने यहोवाले पश्‍चात्तापी दाऊदको असल गुणहरूमाथि ध्यान दिनुभयो। उहाँले आफ्नो सेवकहरूको परिस्थितिलाई बुझेर दया देखाउनुहुन्छ।

अरूको गल्तीहरूप्रति येशू ख्रीष्टको दृष्टिकोण पनि हुबहु आफ्नो पिताको जस्तै थियो। (यूहन्‍ना ५:१९) आफ्नो प्रेरितहरूको कमजोरी बुझेर दया प्रदर्शित गर्नुभयो। उहाँले असिद्ध मानवहरूको ‘आत्मा ता तयार छ, तर शरीर दुर्बल छ’ भनेर बुझ्नुभयो। (मत्ती २६:४१) आफ्ना प्रेरितहरूको कमजोरी र गल्तीहरू विचार गर्दै येशूले धीरजी भई तिनीहरूको समस्या बुझिदिनु भयो। उहाँले तिनीहरूका गल्तीहरू वास्ता गर्नुभएन तर असल गुणहरूप्रति मात्र आफ्नो ध्यान केन्द्रित गर्नुभयो। एक समय येशूले चेलाहरूमध्ये को ठूलो गनिएको छ भन्‍ने विवादको समाधान गरेपछि यसो भन्‍नुभयो: “तर तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।” (लूका २२:२४-३०) हो, प्रेरितहरूका थुप्रै गल्तीहरूका बावजूद येशूले उहाँप्रति तिनीहरूले देखाएको वफादारी र प्रेमको सम्झना गर्नुभयो। (हितोपदेश १७:१७) तिनीहरूले के के गर्न सक्नेछन्‌ र गर्नेछन्‌ भन्‍ने विषयमा येशू ढुक्क हुनुहुन्थ्यो, त्यसैले उहाँले तिनीहरूसँग राज्यको करार बाँध्नुभयो। हो, ‘येशूले आफ्ना चेलाहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो।’—यूहन्‍ना १३:१.

त्यसैगरी तपाईं पनि यदि कसैको व्यक्‍तित्व र गल्तीहरूको कारण दिक्क हुनुभएको छ भने यहोवा र येशूजस्तै हुनुहोस्‌। तपाईं खुला विचारले सम्पूर्ण कुरा बुझ्ने कोसिस गर्नुहोस्‌। कुनै पनि विषयवस्तुलाई सही दृष्टिकोणले हेर्ने कोसिस गर्नुभयो भने तपाईं आफ्नो भाइहरूलाई प्रेम गर्न सजिलो भएको पाउनुहुनेछ।

आर्थिक सहयोगको सन्दर्भमा

दिने सुअवसर पाउनु मसीहीहरूका लागि आनन्दको कुरा हो। तर क्षेत्र सेवकाईमै भाग लिएर मात्र दिनसक्ने हो र? (मत्ती २४:१४; २८:१९, २०) वा तपाईं अरूको शारीरिक आवश्‍यकता र भलाइ गर्ने कामहरूमा पनि आफ्नो विचार खुला राख्नुहुन्छ? वास्तवमा, सबै साँचो मसीहीहरूले आध्यात्मिक सहायता दिने विषयमा औधी महत्त्व राख्छन्‌। (यूहन्‍ना ६:२६, २७; प्रेरित १:८) तथापि, आध्यात्मिक सहयोग जत्तिको महत्त्वपूर्ण छ आर्थिक सहयोग पनि उत्तिकै महत्त्वपूर्ण छ।—याकूब २:१५, १६.

हामी आफ्नै मण्डली तथा विश्‍वभर नै आवश्‍यकतामा परेका आध्यात्मिक भाइहरूलाई सोच्दा उनीहरूलाई कुन किसिमले सहायता गर्नसकिन्छ विचार गर्नसक्छौं। यदि कसैको दिनसक्ने क्षमता छ भने उसले उद्धारचित्तले देओस्‌, जसले गर्दा ती दुवैमा समानता हुनेछ। यसप्रकार आवश्‍यकतामा परेका भाइहरूको हेरचाह हुन्छ। एक मसीही प्राचीनले यसरी व्यक्‍त गरे: “यदि संसारको वल्लो छेउका भाइहरूलाई केही आवश्‍यकता परेमा संसारको पल्लो छेउबाट भाइहरू सहायता गर्न आइपुग्छन्‌। यदि तिनीहरू सहायता गर्नसक्ने अवस्थामा छैनन्‌ भने कुनै अर्को ठाउँको भाइहरू आइपुग्छन्‌। यस्तो किसिमले हाम्रो विश्‍वव्यापी भाइहरूको आवश्‍यकतालाई पूरा गरिन्छ। यो विश्‍वव्यापी भ्रातृत्व साँच्ची नै अद्‌भुत छ।”—२ कोरिन्थी ८:१३-१५; १ पत्रुस २:१७.

एक मसीही बहिनीले पूर्वी युरोपमा भएको अन्तर्राष्ट्रिय अधिवेशनमा उपस्थित हुने धेरै इच्छा गरेकी थिइन्‌ तर उनी जान सकिनन्‌। उनले त्यहाँका भाइहरूलाई बाइबलको औधी खाँचो छ भन्‍ने सुनेकी थिइन्‌। उनले त्यहाँ उपस्थित हुन जाने कसैको हातमा सहयोग स्वरूप बाइबल पठाइदिइन्‌। यस किसिमले, उनले विदेशी मुलुकका भाइहरूलाई सहायता गरेर, दिंदा पाइने आनन्द अनुभव गरिन्‌।—प्रेरित २०:३५.

सायद तपाईंले आफ्नो विचार खुल्ला बनाएर विश्‍वव्यापी शैक्षिक कार्यमा अझ धेरै सहयोग पुऱ्‍याउन सक्नुभयो भने आफ्नो र अरूको निम्ति पनि आनन्दको कुरा हुनेछ।—व्यवस्था १५:७; हितोपदेश ११:२४; फिलिप्पी ४:१४-१९.

सल्लाह दिने सन्दर्भमा

सल्लाह दिन वा सुधारको निम्ति बोलाइँदा आध्यात्मिक भाइहरूको समस्या बुझेर सन्तुलित ढंगमा कुराकानी गरे। ती भाइहरूबाट हामीले सम्मान पाउछौं भने त्यो सल्लाह तिनीहरूको निम्ति प्रभावकारी हुनेछ। हतारपतार दुई-चारवटा विषयमा चर्चा गरेर एकपक्षीय न्याय गर्न गाह्रो पर्दैन। तर यस्तो स्वभावले हामी संकीर्ण विचार भएको तथा अरूको धारणा पटक्कै नबुझ्ने येशूको दिनका धर्मगुरूहरू जस्तै हुनेछौं जसले मानिसहरूलाई व्यवस्थाको गह्रौं भारी बोकाए। (मत्ती २३:२-४) तर अर्कोतिर, यदि हामीले त्यस्तो कट्टरपनलाई त्यागेर यहोवाको धार्मिक तथा उहाँको जस्तै सन्तुलित र दयालु गुणहरू प्रदर्शित गर्दै धर्मशास्त्रमा आधारित सिद्धान्तअनुसार ठीक सल्लाह दियौं भने हाम्रो सल्लाह अरूलाई स्वीकार्न र व्यवहारमा उतार्न धेरै सजिलो पर्छ।

केही वर्षअघि थुप्रै मण्डलीहरूबाट जवान भाइहरू खेलकुदमा भाग लिन भेला भएका थिए। दुःखको कुरा उनीहरूमा प्रतिस्पर्धाको भाव उब्जन गयो र आपसमा नराम्रो भनावैरी भयो। स्थानीय प्राचीनहरूले यस्तो समस्याको समाधान कसरी गरे? जवानहरूमा खेलकुदप्रति हुने चासोलाई बुझेर उनीहरूले त्यो खेल बन्द गर्न सुझाउ दिएनन्‌। (एफिसी ५:१७; १ तिमोथी ४:८) बरु उनीहरूले प्रतिस्पर्धाको भावले हुनसक्ने खतराको विषयमा सही र व्यवहारिक सल्लाह दिए। जस्तै, खेलमा उनीहरूभन्दा केही पाको उमेरका पनि हुनुपर्छ भन्‍ने जस्ता मदतकारी सल्लाह दिए। ती जवानहरूले बुद्धिमानी र सन्तुलित सल्लाहलाई खुसीसाथ मानिलिए। फलस्वरूप उनीहरूको प्राचीनहरूप्रति अझ सम्मान र स्नेह बढ्‌नगयो।

विचार खुला बनाउने प्रयास गर्नु

हुन त तपाईंले थाहा पाई पाई वा जानाजानी पूर्वाग्रह राख्नुभएको नहुनसक्छ तर अझ पनि तपाईंले आफ्नो विचार खुला बनाउने प्रयास गर्नुपर्ने हुन्छ। जसै परमेश्‍वरको वचन अध्ययन गर्नुहुन्छ, तपाईं यहोवाको सोच्ने तरिका जान्‍न र त्यसको मूल्यांकन गर्न मनन गर्नुहोस्‌। (भजन १३९:१७) बाइबलको अभिव्यक्‍ति र सिद्धान्तहरू बुझ्ने कोसिस गर्नुहोस्‌ अनि यहोवाले जस्तै विषयवस्तुलाई केलाउने प्रयास गर्नुहोस्‌। यी कुरा दाऊदको प्रार्थनासित मेल खान्छ: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु [यहोवा]। तपाईंको बाटो मलाई दिनुहोस्‌। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्‌, र मलाई सिकाउनुहोस्‌।”—भजन २५:४, ५.

तपाईंले आफ्नो दृष्टिकोण खुला बनाउनुभयो भने तपाईं आशिषित हुनुहुनेछ। जसै तपाईं आफ्नो दृष्टिकोण खुला बनाउनुहुन्छ, तपाईंले सन्तुलित र अरूको कुरा बुझ्ने व्यक्‍तिको रूपमा सम्मान पाउनुहुनेछ। विभिन्‍न अवस्थाहरूमा सहयोग दिनुपर्दा तपाईं अझ व्यवहारिक र समझदार हुन सक्नुहुनेछ। जसको नतिजा आश्‍चर्यरीतिले मसीही भ्रातृत्वमा एकता र मेलमिलाप हुनेछ।

[पृष्ठ १२-मा भएका चित्रहरू]

उद्धारचित्तले अरूलाई दिंदा, दिनेलाई आनन्द हुनेछ र स्वर्गमा हुनुहुने पिता प्रसन्‍न हुनुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने