प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ४/१ पृ. १८-१९
  • तपाईं कसरी भगवान्‌सित नजिक हुन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कसरी भगवान्‌सित नजिक हुन सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ४/१ पृ. १८-१९

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

तपाईं कसरी भगवान्‌सित नजिक हुन सक्नुहुन्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. के भगवान्‌ले सबैको प्रार्थना सुन्‍नुहुन्छ?

यहोवाले सबै राष्ट्रका मानिसलाई प्रार्थनाद्वारा उहाँको नजिक आउन निम्तो दिनुहुन्छ। (भजन ६५:२) तर उहाँले सबैको प्रार्थना सुन्‍नुहुन्‍न। उदाहरणका लागि, इस्राएलीहरूले खराब काम गरिरहँदा परमेश्‍वरले तिनीहरूको प्रार्थना सुन्‍न इन्कार गर्नुभयो। (यशैया १:१५) आफ्नी पत्नीसित दुर्व्यवहार गर्ने व्यक्‍तिको प्रार्थना पनि उहाँले सुन्‍नुहुन्‍न। (१ पत्रुस ३:७) यद्यपि, घोर पापीहरूले पश्‍चात्ताप गरेको खण्डमा परमेश्‍वरले तिनीहरूको प्रार्थना सुन्‍नुहुन्छ।—२ इतिहास ३३:९-१३ पढ्‌नुहोस्‌।

२. हामीले कसरी प्रार्थना गर्नुपर्छ?

प्रार्थना एउटा सुअवसर हो र यो हाम्रो उपासनाको भाग हो। त्यसैले हामीले यहोवालाई मात्र प्रार्थना गर्नुपर्छ। (मत्ती ४:१०; ६:९) हामी त्रुटिपूर्ण मानिस हौं र आफ्नै भरमा मात्र “बुबाकहाँ जान” सक्दैनौं। त्यसैले येशूको नाममा प्रार्थना गर्नुपर्छ किनभने बुबाकहाँ जाने “बाटो” उहाँ नै हुनुहुन्छ। (यूहन्‍ना १४:६) यहोवा हामीले मुखस्त प्रार्थना दोहोऱ्‍याएको वा लिखित प्रार्थना सरर्र पढेको चाहनुहुन्‍न। बरु हामीले आफ्नै शब्दमा मनैदेखि गरेको प्रार्थना सुन्‍न चाहनुहुन्छ।—मत्ती ६:७; फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।

सृष्टिकर्ताले हामीले मनमनै गरेको प्रार्थना पनि सुन्‍न सक्नुहुन्छ। (१ शमूएल १:१२, १३) उहाँले हामीलाई विभिन्‍न समयमा प्रार्थना गर्न निम्तो दिनुहुन्छ। जस्तै: दिन सुरु गर्नुअघि र दिनको अन्तमा, खाना खाने बेलामा अनि समस्याहरूको सामना गर्नुपर्दा।—भजन ५५:२२; मत्ती १५:३६ पढ्‌नुहोस्‌।

३. ख्रीष्टियनहरू किन एक ठाउँमा भेला हुन्छन्‌?

भगवान्‌सित नजिक हुनु सजिलो काम होइन किनभने हाम्रो वरपरका कतिपय मानिसले भगवान्‌लाई विश्‍वास गर्दैनन्‌ र उहाँले पृथ्वीमा शान्ति ल्याउनेछु भनी गर्नुभएको प्रतिज्ञाको गिल्ला गर्छन्‌। (२ तिमोथी ३:१, ४; २ पत्रुस ३:३, १३) त्यसैले प्रोत्साहनको लागि सँगी ख्रीष्टियनहरूसित सङ्‌गत गर्नु आवश्‍यक छ।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

भगवान्‌लाई प्रेम गर्ने मानिसहरूलाई साथी बनाउनुभयो भने तपाईं भगवान्‌को नजिक हुन सक्नुहुन्छ। यहोवाका साक्षीहरूको सभामा एक अर्काको विश्‍वासबाट प्रोत्साहन पाउने मौका पाउँछौं।—रोमी १:११, १२ पढ्‌नुहोस्‌।

४. तपाईं कसरी भगवान्‌सित नजिक हुन सक्नुहुन्छ?

आफूले परमेश्‍वरको वचनबाट सिकेका कुरामा मनन गरेर तपाईं यहोवासित नजिक हुन सक्नुहुन्छ। उहाँको कामबारे सोच्नुहोस्‌, उहाँका निर्देशन र प्रतिज्ञाहरूबारे चिन्तन गर्नुहोस्‌। प्रार्थनापूर्वक मनन गऱ्‍यौं भने यहोवाको प्रेम र बुद्धिप्रति हाम्रो साँचो कृतज्ञता बढ्‌नेछ।—यहोशू १:८; भजन १:१-३ पढ्‌नुहोस्‌।

भगवान्‌माथि भरोसा राख्नुभयो, उहाँलाई विश्‍वास गर्नुभयो भने मात्र तपाईं उहाँसित नजिक हुन सक्नुहुन्छ। विश्‍वासलाई मानव शरीरसित तुलना गर्न सकिन्छ किनभने शरीरलाई बलियो बनाइराख्न यसको पालनपोषण गरिरहनुपर्छ। आफूले सिकेका कुरामा मनन गरेर आफ्नो विश्‍वासलाई निरन्तर बलियो बनाइरहनुपर्छ।—१ थिस्सलोनिकी ५:२१; हिब्रू ११:१, ६ पढ्‌नुहोस्‌।

५. भगवान्‌सित नजिक हुँदा तपाईंले कस्तो लाभ उठाउनुहुनेछ?

यहोवालाई प्रेम गर्ने मानिसहरूको उहाँ हेरचाह गर्नुहुन्छ। तिनीहरूको विश्‍वास र अनन्त जीवनमाथिको आशालाई खतरामा पार्न सक्ने कुनै पनि कुराबाट उहाँले जोगाउनुहुन्छ। (भजन ९१:१, २, ७-१०) हाम्रो स्वास्थ्य र आनन्द हरण गर्न सक्ने जीवनशैलीबारे उहाँ हामीलाई चेतावनी दिनुहुन्छ। यहोवाले हामीलाई जीवनको सर्वोत्तम मार्ग सिकाउनुहुन्छ।—भजन ७३:२७, २८; याकूब ४:४, ८ पढ्‌नुहोस्‌। (w11-E 09/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने