मई महिनाका लागि सेवा सभाहरु
मई ३-मा सुरु हुने हप्ता
गीत २०९ (३९)
१० मि०: स्थानीय घोषणाहरू। “पुस्तिकाहरूको प्रयोग गर्न नबिर्सनुहोस्” भन्ने पेटीमा भएका बुँदाहरूलाई समावेश गर्नुहोस्।
२० मि०: “जीवन बचाउने सेवकाईमा सफलतापूर्वक भाग लिने।” भाषण र प्रदर्शनहरू। छोटो परिचयपछि, अनुच्छेद २-५-मा आधारित तीनवटा प्रदर्शनहरू देखाउनुहोस्। स्थानीय क्षेत्रको परिस्थिति अनुसार प्रदर्शनलाई कसरी छाँटकाँट गर्न सकिन्छ भनेर दर्शकहरूलाई सोध्नुहोस्। यस सप्ताहन्त सेवकाईमा पूर्णतया भाग लिन प्रोत्साहन दिएर शेष गर्नुहोस्।
१५ मि०: पारिवारिक आध्यात्मिकताको महत्त्व। प्राचीनद्वारा भाषण। पूरै परिवार बसेर दैनिक पदलाई ध्यान दिनु पर्ने आवश्यकतामाथि छलफल गर्नुहोस्। यो बेग्लाबेग्लै परिस्थितिहरूमा र पारिवारिक तालिकाहरूमा कसरी गर्न सकिन्छ प्रष्ट पार्नुहोस्। दिनमा एक पटक मात्र भएपनि परिवार एकसाथ बसेर प्रार्थना गर्नु पर्ने आवश्यकतालाई जोड दिनुहोस्। यो राती सुत्ने बेला गर्न सकिन्छ। विश्वासमा विभाजित परिवारहरू, आमा या बाबु एकजना मात्र भएको परिवार र बच्चाहरू नै नभएको परिवारमा पनि यही सिद्धान्त लागू हुन्छ। प्रत्येक हप्ता हुने मण्डलीका सभाहरूबाट बढी भन्दा बढी लाभ उठाउन र अरुहरूको विश्वास बलियो पार्न पनि पारिवारिक तयारीहरूले ठूलो भूमिका खेल्दछ।—हिब्रू १०:२३-२५.
गीत १०४ (५७) र समापन प्रार्थना.
मई १०-मा सुरु हुने हप्ता
गीत २७ (७)
१० मि०: स्थानीय घोषणाहरू। हालै पत्रिकाहरू र पुस्तिकाको प्रयोग गर्दा बटुलेका अनुभवहरू सुनाउनुहोस्। अरूहरूलाई ग्राहक बनाउन के धेरैजना प्रकाशकहरू सफल भएका छन्? यस सन्दर्भमा एक या दुईजनालाई आफ्नो अनुभव भन्न लगाउनुहोस्। (ग्राहक सम्बन्धी कामकुराहरू सञ्चालन गर्ने भाइको मद्दत लिएर यी अनुभवहरूको पूर्व तयारी गरिसकेको हुनुपर्छ।)
१५ मि०: “घर-घर जाने सेवकाईको चुनौतीलाई सामना गर्ने” प्रश्नोत्तर छलफल। उद्धरित पदहरू पढ्नुको साथै यसको उपयोग बताउनुहोस्।
२० मि०: हामीले कसको कदर गर्नुपर्छ र परमेश्वरले कसको कदर गर्नुहुन्छ? द वाचटावर डिसेम्बर १, १९९२ को पृष्ठ ३-६ मा आधारित लेखहरू दर्शकहरूको सहभागितामा प्राचीनद्वारा भाषण। यही लेखहरू यिनै पृष्ठहरूमा जातीय अर्ध मासिक संस्करणमा मार्च १, १९९३-को द वाचटावर-मा र जातीय मासिक संस्करणमा मई १, १९९३-को द वाचटावर-मा पाइन्छ। स्थानीय उपयोग बताउनुहोस् तर कसैको चित्त नदुखाउन होशियार हुनुहोस्। तपाईंको क्षेत्रमा प्रशस्तै पाइने अशास्त्रीय पूर्वधारणाहरू उल्लेख गर्नुहोस्। यस्ता प्रवृत्तिहरू मसीहीहरूले देखाउनु हुँदैन भनेर बुझाउनुहोस्।
गीत १३४ (६२) र समापन प्रार्थना.
मई १७-मा सुरु हुने सप्ताह
गीत १६ (२५)
१० मि०: स्थानीय घोषणाहरू साथमा लेखा रिपोर्ट र चन्दा प्राप्त भएको सूचना। स्थानीय मण्डलीको साथसाथै सोसाइटीको विश्वव्यापी काम तर्फ दिइएको आर्थिक सहयोगको लागि मण्डलीको सराहना गर्नुहोस्।
२० मि०: “चासो देखाउने व्यक्तिहरूलाई मद्दत दिन आनन्दपूर्वक फर्कनुहोस्।” दर्शकहरूसँग छलफल र प्रदर्शनहरू। चासो देखाएकाहरूको राम्रो रेकर्ड राख्नु पर्ने आवश्यकतालाई जोड दिनुहोस्। अनुच्छेद ३-६ मा आधारित दुईवटा प्रदर्शनीको आयोजना गर्नुहोस्। यो स्थानीय परिस्थिति अनुरूप हुनुपर्छ र चाहिएको खण्डमा छाँटकाँट गर्नुपर्छ।
१५ मि०: “नयाँ गरी जन्मेको” रिजनिङ्ग पुस्तक, पृष्ठ ७६-८०. दुईजना प्रकाशकले प्रदर्शन गरेर देखाउँछन् जहाँ घर घरको प्रचार कार्यमा एकजना व्यक्तिलाई भेट्छन् जसले प्रश्न गर्छ, “के तपाईं नयाँ गरी जन्मनु भएको छ?” पृष्ठ ७९-८० मा दिइएको कुनै एउटा सल्लाह प्रयोग गरेर प्रकाशकले जवाफ दिन्छन्। त्यसपछि, पृष्ठ ७८-को अनुच्छेदहरू १-३-मा दिइएका बुँदाहरू प्रयोग गरेर पुनः भेट गर्न छलफल गर्नुहोस्।
गीत ५४ (१८) र समापन प्रार्थना.
मई २४-मा सुरु हुने हप्ता
गीत १४१ (६४)
१० मि०: स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू। सप्ताहन्तको लागि क्षेत्र सेवकाईको प्रबन्ध उल्लेख गर्नुहोस्।
२० मि०: “जवानहरू—आफ्ना पाइलाहरूलाई निपुणतापूर्वक डोऱ्याउनुहोस्।” प्रश्नोत्तर विचार-विमर्श। अनुच्छेद ३ छलफल गरिसकेपछि एकजना जवान प्रकाशकले पाको प्रकाशकलाई ऊसँग क्षेत्र सेवकाईमा काम गर्न निमन्त्रणा दिइरहेको प्रदर्शनी देखाउनुहोस्। पाको प्रकाशकले खुशीसाथ स्वीर्काछ र क्षेत्रमा काम गर्नु भन्दा पहिले आफ्नो प्रस्तुतिलाई पुनरावलोकन गर्न सल्लाह दिन्छ।
१५ मि०: स्थानीय आवश्यकताहरू। अथवा द वाचटावर डिसेम्बर १५, १९९२-को पृष्ठ २१-३-मा प्रकाशन भएको “ढाँट्नु किन यति सजिलो” भन्ने विषयमा प्राचीनद्वारा भाषण। यही लेख जातीय अर्धमासिक द वाचटावर मार्च १५, १९९३-को अङ्कको त्यही पृष्ठहरू र जातीय मासिक अङ्क मार्च १, १९९३-को पृष्ठ ३०-२ मा पाइन्छ।
गीत २२३ (५८) र समापन प्रार्थना.
मई ३१-मा सुरु हुने हप्ता
गीत २०७ (११२)
१० मि०: स्थानीय घोषणाहरू। जून महिनामा ग्रेटेस्ट म्यान पुस्तकबाट कुरा गर्न सकिने बुँदाहरूबारे सुझाव दिनुहोस्। जून १९९३-को हाम्रो राज्य सेवकाई-को पछिल्लो पृष्ठमा क्षेत्र सेवकाईको निम्ति दिइएका सुझावहरू पुनरावलोकन गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
१५ मि०: “साहित्यहरूप्रति मूल्याङ्कन देखाउनु।” प्रश्नोत्तर छलफल। पत्रिका दिने काममा भाग लिइरहेको एकजना प्रकाशकको प्रदर्शनी समावेश गर्नुहोस्। घरधनीले बाइबलको प्रस्तुति र पत्रिकाहरूप्रति चासो देखाउँछ तर तिनीहरू सित्तै नबाँडिएकोमा आश्चर्य प्रकट गर्छ। यी पत्रिकाहरू सित्तैमा बाँड्नको निम्ति प्रयोग गरिने प्रचार-प्रसार अथवा विज्ञापनको कुनै सामग्री होइन तर अमूल्य समाचार भएको शैक्षिक पत्रिकाहरू हुन् भन्ने कुरा प्रकाशकले नम्र भएर बुझाउँछ। यी प्रकाशनहरूको निम्ति एउटा सानो चन्दाको प्रबन्ध गरिएको भए तापनि यो कुनै व्यापारिक काम होइन। यसरी पाएको पैसाबाट कसैले लाभ उठाउँदैन। बरु अझ बढी साहित्यहरू प्रकाशन गरेर शैक्षिक कार्यलाई अघि बढाउन त्यसको प्रयोग गरिन्छ। त्यसपछि घरधनीले खुशीसाथ प्रतिदर रू. ३.०० दिएर पत्रिकाहरू लिन्छन्।
१० मि०: आउँदै गरेका महिनाहरूमा के तपाईंले सहायक अग्रगामीको काम गर्नुहुनेछ? गएको सालको गर्मी महिना र वर्षाको समयमा समेत सहायक अग्रगामी गरेकाहरूसँग अन्तर्वार्ता लिनुहोस्। आफ्नो छुट्टीको समयको सर्वोत्तम लाभ उठाउन जवानहरू र परिस्थिति अनुकूल हुने सबैजनालाई प्रोत्साहन दिनुहोस्। कसै कसैले कम मात्रामा प्रचार गरेका अथवा टाढा टाढाका इलाकाहरूमा प्रचार गर्न मद्दत दिन सक्छन्। स्कूलको पढाई सिध्याउन लागेकाहरूलाई नियमित अग्रगामी गर्न अथवा त्यस लक्ष्य तर्फ अघि बढ्न प्रोत्साहन दिनुहोस्।—२ कोरि० ९:६ख.
१० मि०: के परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ? एकजना भाइलाई भेट गर्न दुईजना प्राचीनहरू तयार गर्दछन्। बितेको समयमा गरेको पापको कारण चिन्तित भएको र परमेश्वरले उनलाई माफी दिनु भयो कि भएन भनेर अन्योलमा परेको एकजना भाइलाई कसरी मद्दत दिन सकिन्छ भनेर तिनीहरू छलफल गर्छन्। प्राचीनहरूले रिजनिङ्ग पुस्तकको पृष्ठ ८१-४ र इन्साइट पुस्तक खण्ड १ को पृष्ठ ८६१-२-मा भएको विषयवस्तुलाई पुनरावलोकन गर्छन्। त्यो भाइसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्ने र यहोवाको दया साथै माफी दिन उहाँले देखाउनुभएको इच्छुकतालाई प्रकाश पार्नुपर्ने आवश्यकतालाई ध्यान दिन्छन्। त्यो भाइ आफैले पनि व्यक्तिगत प्रयास गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुपर्ने कुरालाई ध्यान दिन्छन्; आफूले गरेको पापलाई स्वीकार गर्नु मात्र पर्याप्त हुँदैन। आत्मिक सहायता दिनको लागि सो भाइकहाँ समय समयमा फेरि आउने प्रस्ताव प्राचीनहरूले दिनेछन्।
गीत २१४ (८२) र समापन प्रार्थना.