जून महिनाका लागि सेवा सभाहरु
जून ७-मा सुरु हुने हप्ता
गीत १६२ (८९)
१० मि०: स्थानीय घोषणाहरू। “बिदाको समयमा याद गर्नु पर्ने कुराहरू” भन्ने विषयमा ध्यान केन्द्रित गर्नुहोस् र छोटकरीमा पुनरावलोकन गर्नुहोस्। अनौपचारिक साक्षी दिंदा सजिलै निकाल्न सक्ने ठाउँमा पत्रिकाहरू राख्नु पर्ने आवश्यकतालाई प्रदर्शन गरेर देखाउनुहोस्।
१५ मि०: “सबैभन्दा महान पुरुषबारे सिक्न अरूहरूलाई मदत दिनुहोस्।” प्रश्नोत्तर छलफल। समय भ्याउँछ भने सेवकाईमा यो पुस्तक दिंदा उठाइएको आनन्द बताउन दर्शकहरूलाई टिप्पणी गर्न निमन्त्रणा दिनुहोस्।
२० मि०: “सबैभन्दा महान पुरुष भन्ने पुस्तक प्रस्तुत गर्न पर्चाहरूको प्रयोग गर्नुहोस्।” श्रोताहरूसँग छलफल। दुईवटा प्रदर्शन देखाउनुहोस्। पहिलो प्रदर्शनको लागि अनुच्छेद २-मा दिएको प्रस्तुति प्रयोग गर्नुपर्छ। पर्चा देखाइसकेपछि प्रकाशकले पुस्तक दिन्छ तर घरधनीले अस्वीकार गरेको हुँदा उसले दुईवटा पत्रिका दिन्छ। दोस्रो प्रदर्शनमा अनुच्छेद ४-मा दिएको प्रस्तुति प्रयोग गर्नुपर्छ र यसपटक घरधनीले पुस्तक स्वीकार गर्छ। प्रकाशकले बाइबल चलाएर पर्चामा भएको जानकारीहरू छोटकरीमा छलफल गरिसकेपछि पुस्तक दिन्छ। घरधनीले सबैभन्दा महान पुरुष भन्ने पुस्तक स्वीकार नगरेमा भर्खरै निस्केका पत्रिकाहरू दिन सकिन्छ भनेर प्रकाशकहरूलाई सम्झाउनुहोस्।
गीत २०५ (११८) र समापन प्रार्थना.
जून १४-मा सुरु हुने हप्ता
गीत १९६ (६४)
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू। यस सप्ताह क्षेत्र सेवकाईमा कुरा गर्न उपयुक्त हुने खालका बुँदाहरू भर्खरै निस्केका पत्रिकाहरूमा देखाउनुहोस्।
१५ मि: प्रश्न-पेटी। प्राचीनद्वारा भाषण। बप्तिस्माको अवसरमा हाम्रो चालचलन आदरणीय हुनुपर्ने आवश्यकतालाई औंल्याउनुहोस्। हाम्रो राज्य सेवकाई-जनवरी १९९२-को प्रश्न पेटीबाट सम्बन्धित बुँदाहरू पनि समावेश गर्नुहोस्।
२० मि: “आज हाम्रो सेवकाईमा पर्चाहरू किन अति मूल्यवान छन्।” प्रश्नोत्तर छलफल। अन्तिम अनुच्छेदपछि अनौपचारिक साक्षी दिंदा पर्चाहरू प्रयोग गर्न कत्तिको सजिलो छ भन्ने कुरा एउटा छोटो प्रदर्शनद्वारा देखाउनुहोस्।
गीत १२६ (१०) र समापन प्रार्थना.
जून २१-मा सुरु हुने सप्ताह
गीत ३१ (५१)
१० मि: स्थानीय घोषणाहरू। मार्च महिनाको सेवा रिपोर्टको उल्लेखनीय बुँदाहरू बताउनुहोस्। त्यस महिनाको रिपोर्टमा स्थानीय मण्डलीले निभाएको भूमिका पनि उल्लेख गर्नुहोस्। लेखा रिपोर्ट र चन्दा प्राप्त भएको सूचना पनि समावेश गर्नुहोस्। स्थानीय मण्डली साथसाथै सोसाइटीको विश्वव्यापी कामको लागि दिइएको आर्थिक सहयोगको निम्ति सराहना गर्नुहोस्।
१५ मि: “सबैभन्दा महान पुरुष भन्ने पुस्तक चलाएर बाइबल अध्ययनहरू सुरु गर्ने।” प्रश्नोत्तर छलफल। दोस्रो अनुच्छेदपछि त्यस पुस्तकबाट कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्। प्रकाशकले पुस्तकको अध्याय १११-बाट सुरुका तीनवटा अनुच्छेदहरू पढेर प्रदर्शन सुरु गर्छ र त्यसपछि यस लेखको अनुच्छेद २-मा सुझाव गरिएको प्रस्तुति प्रयोग गर्छ।
२० मि: रिजनिङ्ग पुस्तक, पृष्ठहरू ८४-८ मा आधारित सृष्टि सम्बन्धी भाषण। दिइएको समयमा पूर्णतया छलफल गर्न सकिने जति बुँदाहरू मात्र वक्ताले छान्नुपर्छ।
गीत ७९ (८१) र समापन प्रार्थना
जून २८-मा सुरु हुने हप्ता
गीत १३० (५८)
१० मि: स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार। घर-घरको सेवकाईमा अथवा अनौपचारिक साक्षी दिंदा भर्खरै निस्केका पत्रिकाहरूबाट कुरा गर्न प्रयोग गर्न सकिने केही बुँदाहरूप्रति ध्यान आकर्षित गर्नुहोस्।
२० मि: “क्षेत्र सेवकाईमा नियमित हुनुहोस्।” सेवकाई निरीक्षक अथवा अर्को निपुण भाइद्वारा भाषण। समयले भ्याएमा अरगनाइज्ड टु अकम्प्लीश आवर मिनिस्ट्री-को पृष्ठ १०६-१० मा भएको जानकारीलाई पुनरावलोकन गर्नुहोस्। सबैजनाले सेवकाईमा नियमित तवरमा भाग लिनु पर्ने र महिनाको अन्त हुनासाथै क्षेत्र सेवकाईको रिपोर्ट दिइहाल्नु पर्ने आवश्यकतामाथि जोड दिनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू। अघिल्लो पटक क्षेत्र निरीक्षक आएको बेलामा देखाइएका मण्डलीको आवश्यकतामाथि पुनःविचार गर्न सकिन्छ। अथवा क्षेत्र सेवकाईको रिपोर्टमा देखिएको मण्डलीका राम्रा राम्रा बुँदाहरू र कमजोरीहरूलाई आधार बनाएर छलफल गर्न सकिन्छ।
गीत ७१ (९६) र समापन प्रार्थना.