प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जून पृ. २
  • जून महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
  • उपशीर्षकहरू
  • जून ५ मा सुरु हुने हप्ता
  • जून १२ मा सुरु हुने हप्ता
  • जून १९ मा सुरु हुने हप्ता
  • जून २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९५
km95 जून पृ. २

जून महिनाका लागि सेवा सभाहरू

जून ५ मा सुरु हुने हप्ता

गीत ७ (१९)

१२ मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू। “वर्षात्‌ पुनः सुरु भयो!” शीर्षक भएको लेख छलफल गर्नुहोस्‌।

१५ मि:“यहोवाले शक्‍ति दिनुहुन्छ।” प्रश्‍नोत्तर। फेब्रुअरी १, १९९२, वाचटावर, पृष्ठ ३२ को अनुभव बताउनुहोस्‌।

१८ मि:“यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ।” श्रोतागणसित छलफल। क्रिएशन (सृष्टि) पुस्तकको सुझावित प्रस्तुति प्रयोग गर्ने तरिका प्रदर्शन गर्न र अर्को कुनै पनि १९२ पृष्ठे पुस्तक स्थानीय ढंगमा प्रस्तुत गरिएको प्रदर्शन गर्न लगाउनुहोस्‌। अप्रिल र मे महिनाहरूमा राज्य समाचार टक्राएका ठाउँहरूमा कसरी पुनःभेट गर्न सकिन्छ भनेर संक्षेपमा सुझाव दिनुहोस्‌।

गीत १७ (१२) र समापन प्रार्थना।

जून १२ मा सुरु हुने हप्ता

गीत २२१ (७३)

१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१७ मि:“ख्रीष्ट जवानहरूको लागि नमुना।” प्रश्‍नोत्तर। सेप्टेम्बर १, १९८६, वाचटावर, पृष्ठ ४-६ का टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१८ मि:“विश्‍वास नभएकाहरूलाई मदत दिनुहोस्‌।” मण्डली पुस्तक अध्ययन सञ्चालकले दुइ तीन जना प्रकाशकहरूसित उपरोक्‍त लेख पुनरावृत्ति गरेपछि त्यस विषयवस्तु कसरी प्रयोग गर्न सकिन्छ भनेर छलफल गर्छन्‌। एकअर्कोसित प्रस्तुति प्रदर्शन गरेर तिनीहरू अभ्यास गर्छन्‌।

गीत १२२ (९४) र समापन प्रार्थना।

जून १९ मा सुरु हुने हप्ता

गीत ८० (८)

१० मि:स्थानीय घोषणाहरू। यस हप्ता क्षेत्र सेवकाईमा चलाउन सकिने पत्रिकाहरूका एक दुइटा छोटो प्रदर्शनहरू प्रस्तुत गर्न लगाउनुहोस्‌।

१८ मि:अरूको मूल्यांकन गर्नुहोस्‌। प्राचीनद्वारा डिसेम्बर १, १९९४ वाचटावर, पृष्ठ २८-३० मा आधारित भाषण। मण्डलीमा भएका अरूप्रति आदर र मायालु चासो देखाउनुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌।

१७ मि:“तपाईंको समय सदुपयोग गर्नुहोस्‌।” प्रश्‍नोत्तर। टेलिभिजन हेर्न खर्च गरेको समयबारे मे २२, १९९१, अवेक!, पृष्ठ ११ मा दिइएको उपशीर्षक “नियन्त्रण गर्ने” अन्तर्गत भएका सुझावहरू पुनरावृत्ति गर्नुहोस्‌।

गीत २०८ (१०५) र समापन प्रार्थना।

जून २६ मा सुरु हुने हप्ता

गीत ७५ (५८)

१५ मि:स्थानीय घोषणाहरू। संक्षेपमा पुनःभेटको महत्त्वबारे छलफल गर्नुहोस्‌। हाम्रो शिक्षा दिने कामको प्रमुख भाग चासो देखाएकाहरू कहाँ फर्केर जाँदा पूरा गर्छौं। थोरै मानिसहरूले साहित्यहरूद्वारा मात्र आध्यात्मिक प्रगति गर्नसक्छन्‌। हामी फर्केर नजाँदा हामीले अरूलाई मदत गर्ने सबैभन्दा राम्रो अवसर गुमाउँछौं। पुनःभेटहरूका फल बाइबल अध्ययनहरू हुन्‌। धेरै प्रकाशकहरूले एक हप्ता पर्खनुको साटो केही दिनभित्र नै फर्केर जाँदा सफलता हासिल गरेका छन्‌।—आवर मिनिस्ट्री (हाम्रो सेवकाई) पुस्तकको पृष्ठ ८८-९ हेर्नुहोस्‌।

१५ मि:प्रश्‍न पेटी। प्रश्‍नोत्तर, प्रहरीधरहरा अध्ययन सञ्चालकले सँभाल्ने। स्कूल गाइडबूक-को (पाठशाला निर्देशन पुस्तक) पृष्ठ ९१-२ मा आधारित बुँदाहरूमा थप टिप्पणीहरू दिनुहोस्‌।

१५ मि:जुलाईमा प्रस्तुत गरिने साहित्यको पुनरावृत्ति गर्नुहोस्‌। मण्डलीमा भएका पुस्तिकाहरूको उल्लेखनीय बुँदाहरू छलफल गर्नुहोस्‌। ती पुस्तिकाहरूलाई ढोकामा कसरी प्रस्तुत गर्न सकिन्छ भनेर प्रकाशकहरूलाई प्रदर्शन गर्न लगाउनुहोस्‌। उदाहरणहरू: के परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? (पृष्ठ २६-७ पल्टाएर चित्र देखाउनुहोस्‌ र आउनै लागेको प्रमोदवनबारे कुनै शास्त्रपद छलफल गर्नुहोस्‌।) जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? (पृष्ठ ३०-१ पल्टाएर, कुनै उद्धृत शास्त्रपद देखाउनुहोस्‌ र चित्रबारे छलफल गर्नुहोस्‌।) ह्वेन समवान यु लभ डाइज। (तपाईंको प्रिय जनको मृत्यु हुँदा) (पृष्ठ २ मा उठाइएको प्रश्‍नमाथि ध्यानाकर्षण गर्नुहोस्‌ र अनि पृष्ठ ३१ मा भएका सान्त्वनादायी शास्त्रीय विचारहरूमा टिप्पणी गर्नुहोस्‌।) हाल मण्डलीमा कुन कुन पुस्तिकाहरू छन्‌, बताउनुहोस्‌।

गीत २२५ (१८) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने