डिसेम्बर महिनाका लागि सेवा सभाहरू
डिसेम्बर ४ मा सुरु हुने हप्ता
गीत १८१ (१०५)
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू।
१५ मि: “दिनहुँ यहोवाको प्रशंसा गर्नुहोस्।” प्रश्नोत्तर छलफल। अनुच्छेदहरू पढ्नुहोस्। एक दुइ जना प्रकाशकहरूलाई अनौपचारिक साक्षी दिंदा प्राप्त भएका प्रोत्साहनदायी अनुभवहरू बताउन लगाउनुहोस्।
२० मि: “सही ज्ञान बाँड्नुहोस्।” प्रश्नोत्तर छलफल। अनुच्छेद २ र ३ मा सुझाव दिएअनुसार पर्चा प्रयोग गरेको प्रदर्शन गर्नुहोस्।
गीत २२४ (१०६) र समापन प्रार्थना।
डिसेम्बर ११ मा सुरु हुने हप्ता
गीत २०१ (४)
१३ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। क्षेत्र सेवकाईमा पूर्णतया र अर्थपूर्ण भाग लिने योजना बनाउनुपर्ने केही कारणहरू पुनरावलोकन गर्नुहोस्। क्षेत्र सेवकाईमा लगभग एक घण्टा जति मात्रै बिताउनुको साटो दुइ घण्टा वा सम्भव भए त्योभन्दा बढी समय बिताउन प्रबन्ध मिलाए कसो होला? पुनःभेटको लागि पूर्वतयारी गर्नु र क्षेत्र सेवकाईमा दुइ वा त्योभन्दा बढी घण्टा बिताउनेहरूसित काम गर्नुमा नै अक्सर सफलता निर्भर हुन्छ।
१५ मि: स्थानीय आवश्यकताहरू। अथवा अगस्त १, १९९५, प्रहरीधरहरा, पृष्ठ २५-९ को “लगनशीलताका इनामहरू” शीर्षक लेखमा आधारित भाषण।
१७ मि: “मण्डलीका सभाहरूका लागि तयारी गर्नुहोस् र त्यसबाट आनन्द उठाउनुहोस्।” भाषण तथा छलफल। सभाहरूबाट आनन्द र सम्पूर्ण लाभ उठाउन कुन कुराले मदत गऱ्यो, त्यो बताउन एक दुइ जना प्रकाशकहरूलाई निम्त्याउनुहोस्।
गीत २८ (५) र समापन प्रार्थना।
डिसेम्बर १८ मा सुरु हुने हप्ता
गीत १३९ (७४)
१० मि: स्थानीय घोषणाहरू। उत्सवहरूमा शुभकामनाहरू दिंदा कुशलपूर्वक जवाफ दिनेबारे केही सुझावहरू प्रस्तुत गर्नुहोस्। डिसेम्बर २५ तारिखका दिन विशेष साक्षीकार्यको प्रबन्धबारे घोषणा गर्नुहोस्।
१५ मि: “तपाईंको उन्नति जाहेर गर्नुहोस्।” प्रश्नोत्तर।
२० मि: “विवेकी भई चासोलाई कायम राख्नुहोस्।” श्रोतागणसित छलफल। अनुच्छेद ३ र ४ का बुँदाहरू प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ४४ (४१) र समापन प्रार्थना।
डिसेम्बर २५ मा सुरु हुने हप्ता
गीत ८८ (४२)
१० मि: स्थानीय घोषणाहरू। तपाईंको सभाहरूको समय जनवरी १ तारिखका दिन परिवर्तन हुन लागेको छ भने आवश्यक छाँटकाँट गरेर त्यसलाई पूर्णतया समर्थन गर्न प्रोत्साहन दिनुहोस्। (डिसेम्बर १९९४ हाम्रो राज्य सेवकाई, पृष्ठ २ हेर्नुहोस्।) जनवरी १ तारिखका लागि विशेष साक्षीकार्यको प्रबन्धबारे घोषणा गर्नुहोस्।
१० मि: “नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम” पुनरावलोकन गर्नुहोस्। आउँदो क्षेत्रीय सम्मेलनको मिति थाह भएमा घोषणा गर्नुहोस् र त्यहाँ उपस्थित हुन अग्रिम तयारी गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। बप्तिस्मा प्राप्त गर्न योग्य भएकाहरूले मण्डलीको अध्यक्षसित यथासम्भव चाँडो सम्पर्क राख्नुपर्नेबारे अवगत गराउनुहोस्। यसो गर्दा मण्डलीको अध्यक्षले तिनीहरूसित भेट्न प्राचीनहरूको प्रबन्ध गर्नसक्छन्।
२५ मि: “हाम्रो ज्योति लगातार चम्काइरहने।” अनुच्छेद १-५ मा आधारित छोटो परिचय दिनुहोस्। अनुच्छेद ६-१६ प्रश्नोत्तरद्वारा छलफल। अनुच्छेद ६-९, १५ र १६ पढ्न लगाउनुहोस्। अनुच्छेद १७-१९ लाई समापनको रूपमा प्रयोग गर्नुहोस्। सम्भव भए यो भाग सेवा निरीक्षकले सँभाल्छन्।
गीत ३ (३३) र समापन प्रार्थना।