ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशालामा सेप्टेम्बर ४ देखि डिसेम्बर १८, १९९५ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावलोकन। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावलोकनमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्न लिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. यशैया ६६:७ मा उल्लिखित “छोरोले” १९१४ मा स्थापित मसीही राज्यलाई होइन तर १९१९ मा स्थापित अभिषिक्त मसीहीहरूको आत्मिक राष्ट्रलाई चित्रित गर्छ। [साप्ताहिक बाइबल पढाइ; w८९ ९/१ पृ. १८ हेर्नुहोस्।]
२. निष्कपट बिन्तीले अन्यथा नगर्नुहुने कुरा गर्न यहोवा परमेश्वरलाई प्रेरित गर्नसक्छ भन्ने कुरा बुझ्न यशैया ३८:५ ले हामीलाई मदत दिन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ४/१ पृ. १५ हेर्नुहोस्।]
३. पृथ्वीको तुच्छ मान्छेले ब्रम्हाण्डको सृष्टिकर्तालाई दुःखी या आनन्दित बनाउनसक्छ। (यशै. ६३:१०) [साप्ताहिक बाइबल पढाइ; w९३ ६/१५ पृ. १५ हेर्नुहोस्।]
४. गर्भधारण हुँदा जीवन सुरु हुन्छ भन्ने बाइबलको संकेतलाई यर्मिया १:५ ले समर्थन गर्छ। [साप्ताहिक बाइबल पढाइ; w८९ ६/१५ पृ. २९ हेर्नुहोस्।]
५. यशैया ५३:५, १२ मा येशू मसीह अरूको पाप पखाल्न छुडौतीको बलिदानको रूपमा मर्नुहुनेथियो भनी भविष्यवाणी गरिएको थियो। [साप्ताहिक बाइबल पढाइ; w९२ १०/१ पृ. १४ हेर्नुहोस्।]
६. वास्तवमा, यशैया ४८:१७ ले हामीलाई परमेश्वरको वचन हाम्रो जीवनमा प्रयोग गर्न र त्यसका सिद्धान्तहरू साँच्चै लाभदायी भएका छन् या छैनन् त्यो जाँच्नु भनिरहेको हुन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ३/१ पृ. १२ हेर्नुहोस्।]
७. यहोवाका साक्षीहरूले कुनै राजनैतिक क्रियाकलापहरूमा भाग लिंदैनन् र राजनैतिक पार्टीमा अरू सामेल हुँदा, चुनावमा उठ्दा वा भोट हाल्दा तिनीहरूले हस्तक्षेप पनि गर्दैनन्। [uw-NP पृ. १६६ अनु. १२]
८. परमेश्वरका मसीह पूर्व विश्वासी सेवकहरूलाई अहिले हामीले आशा गरिरहेको नयाँ संसारबारे ज्ञान थिएन। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ २/१५ पृ. ११ हेर्नुहोस्।]
९. कोरेसको शिरमा शाब्दिक तेल खनाएको कुनै प्रमाण नभए तापनि तिनी यहोवाको ‘अभिषिक्त जन’ थिए। (यशै. ४५:१) [साप्ताहिक बाइबल पढाइ; w९२ ११/१५ पृ. ३० हेर्नुहोस्।]
१०. परमेश्वरलाई पूर्ण भक्ति चढाउन यहोवाले शैतानको पार्थिव रीतिरिवाजलाई नाश गर्नुहुने दिन र घडीबारे मसीहीहरूलाई थाह हुन जरुरत छ। [uw-NP पृ. १७६ अनु. २]
निम्न लिखित प्रश्नहरूको उत्तर दिनुहोस्:
११. रगत नलिने आफ्नो निर्णयबारे एक जना मसीहीले डाक्टरसित कतिबेला कुरा गर्नुपर्छ? [uw-NP पृ. १५८ अनु. ९]
१२. कुन अर्थमा येशू संसारको भाग हुनुहुन्न? [uw-NP पृ. १६१ अनु. २]
१३. परमेश्वरको वचन निर्भयसित बोल्नु भनेको अर्थ के होइन? [uw-NP पृ. १७५ अनु. १३]
१४. साँच्चै हामीले सुसमाचारलाई ग्रहण गरेका छौं भने हाम्रो जिम्मेवारी के हो? [uw-NP पृ. १६९ अनु. २]
१५. पृथ्वीका सबै जातिहरूमध्ये परमेश्वरतर्फ “सत्य पालन गर्ने धार्मिक जाति” कुन हो अनि यसमा को सम्मिलित हुँदैछन्? (यशै. २६:२, १५) [साप्ताहिक बाइबल पढाइ; w९५ १/१ पृ. १०, ११ हेर्नुहोस्।]
१६. यशैया ३२:१, २ अनुसार प्राचीनहरूको मुख्य कर्तव्य के हो? [साप्ताहिक बाइबल पढाइ; w९३ ४/१ पृ. ३० हेर्नुहोस्।]
१७. ईश्वरीय शिक्षाको परिणामस्वरूप विश्वव्यापी यहोवाका साक्षीहरूबीच के देख्न सकिन्छ? (यशै. ५४:१३) [साप्ताहिक बाइबल पढाइ; w९४ ३/१ पृ. १७ हेर्नुहोस्।]
१८. सुसमाचारका कुन तीन पुस्तक र अध्यायहरूले “जगत्को अन्त”-लाई चिनाउने मिश्रित चिन्हहरूबारे जानकारी दिन्छन्? [uw-NP पृ. १७८ अनु. ५]
१९. ऐतिहासिक विवरणमा किन सनहेरीबले यहूदियाको किल्लाबन्दी लाकीशलाई जितेकोमा धाक दिएजस्तै यहूदियाको राजधानी यरूशलेम जितेकोमा भने घमण्ड गर्न सकेन? (यशै. ३७:३६) [साप्ताहिक बाइबल पढाइ; w९३ ६/१ पृ. ६ हेर्नुहोस्।]
२०. यशैया २७:१ मा उल्लिखित “लिब्यातान” को हो र यसले केलाई चित्रित गर्छ? [साप्ताहिक बाइबल पढाइ; w८६ ८/१५ पृ. ३१ हेर्नुहोस्।]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. एक जना मसीहीले अस्पतालमा उपचार गराउँदा रगत नदिन भनी __________ निवेदन चढाउनुपर्छ अनि आफूलाई उपचार गर्ने चिकित्सकसित व्यक्तिगत तवरमा __________ गर्नुपर्छ। [uw-NP पृ. १५८ अनु. ९]
२२. यहोवाप्रतिको हाम्रो विश्वास देखाउने दुइ तरिकाहरूमा नियमित __________ धाउनु र __________ लागिरहनु हो। [uw-NP पृ. १७०-१ अनु. ५-७]
२३. येशू यहूदीहरूका लागि __________ ढुंगो हुनुहुन्थ्यो तर यशैया ८:१४ र २८:१६ को पूर्तिमा यहोवाले निर्माण गर्नुभएको आत्मिक घरको __________ हुनुभयो। [si पृ. १२३ अनु. ३६]
२४. एफिसी १:९, १० मा उल्लिखित प्रबन्ध __________ केन्द्रित छ। उहाँद्वारा मानवजातिमध्ये कोही __________ र कोही चाहिं __________ आशासहित परमेश्वरसमक्ष __________ अवस्थामा ल्याइन्छन्। [uw-NP पृ. १८६ अनु. ६]
२५. रोमी ८:१९-२१ मा उल्लिखित “परमेश्वरका छोराहरू” __________ इनाम पाउने आत्मा-अभिषिक्त पुत्रहरू हुन्। तिनीहरू त्यसबेला प्रकट हुनेछन् जब दुष्ट रीतिरिवाजलाई __________ गर्न ख्रीष्टका सहकर्मीहरुको रूपमा तिनीहरू कार्यरत भएको प्रमाण __________ मानिसहरूले देख्छन्। [uw-NP पृ. १८८ अनु. ११]
निम्न बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. मानवजातिलाई घृणा गर्नेहरू भनी प्राचीन मसीहीहरूको उपहास गरिन्थ्यो। किनभने तिनीहरू (अविश्वासीहरूसित बोल्दैनथे; मूर्तिहरूलाई पुज्दैनथे; हिंसात्मक र अनैतिक मनोरञ्जनबाट टाढा रहन्थे)। [uw-NP पृ. १६३ अनु. ७]
२७. मत्ती १३:३६-४३ मा येशूले दिनुभएको उखानमा गहुँले (पुरातन विश्वासी मानिसहरू; ठूलो भीड; अभिषिक्त मसीहीहरू; सदुकी र फरिसीहरू) लाई चित्रित गर्छ भने सामाले (जम्मै अविश्वासीहरू; झुट्टा मसीहीहरू; सदुकी र फरिसीहरू) लाई चित्रित गर्छ। [uw-NP पृ. १७९ अनु. ७]
२८. राजनैतिक शासकहरूले झूटा धर्मलाई नाश गरिसकेपछि तिनीहरू (व्यापारिक प्रतिष्ठान; संयुक्त राष्ट्र संघ; यहोवाको सार्वभौमिकतालाई मान्यता दिनेहरू) को विरुद्धमा अटेर गर्दै जाइलाग्छन्। [uw-NP पृ. १८२ अनु. १३]
२९. लगभग (१,१००; ५,१००; १०,१००) ले सक्रिय भएर १९१४ मा प्रचार गरिरहेका थिए। [साप्ताहिक बाइबल पढाइ; w९४ ९/१ पृ. १६]
३०. (दानियल; यशैया; मोशा) को अतिरिक्त अरू पुरातन भविष्यवक्ताहरूभन्दा यर्मियाको अझ पूरा मात्रामा हामी जीवनी पाउँछौं। [si पृ. १२४ अनु. ५]
निम्न बाइबल पदहरूलाई तल दिएका बयानहरूसँग जोडी मिलाउनुहोस्:
लेवी १७:११, १२; यशै. ४३:१०; यर्मि. ७:३१; यूह. ८:४१, ४४, ४७; प्रे. ४:१३
३१. सीमित शिक्षाको कारणले एक व्यक्ति सुसमाचारको निडर प्रचारक हुन अयोग्य हुँदैन। [uw-NP पृ. १७२ अनु. ८]
३२. रगत खन्याउन सकिने शास्त्रीय प्रयोगले खालि यसको पवित्रता र ख्रीष्टको बलिदानको महत्त्वलाई जोड दिन्छ। [uw-NP पृ. १५९ अनु. ११]
३३. बोलीले भन्दा व्यक्तिको कामहरू र मनोवृत्तिले तिनको आध्यात्मिक पिता को रहेछ भनी अझ स्पष्टसित प्रकट हुन्छ। [uw-NP पृ. १८५ अनु. ५]
३४. यहोवाको अघि कुनै परमेश्वर थिएन नता उहाँ पछि कोही हुनेछ, किनकि उहाँ सर्वोच्च सर्वसत्ताधारी हुनुहुन्छ। [साप्ताहिक बाइबल पढाइ; w९२ १/१५ पृ. २२ हेर्नुहोस्।]
३५. मूर्तिहरूलाई आफ्ना छोराछोरीहरू बलि चढाउनेबारे आज धेरै वयस्कहरू सोच्न पनि सक्दैनन्। यद्यपि, स्वेच्छाले नै अनगिन्ती लाखौं बच्चाहरू गर्भपात गरिन्छन् र लाखौं जवानहरूलाई युद्धको वेदीमा बलि चढाइन्छन्। [साप्ताहिक बाइबल पढाइ; w८८ १/१५ पृ. ३१ हेर्नुहोस्।]