अक्टोबर महिनाका लागि सेवा सभाहरू
अक्टोबर ७ मा सुरु हुने हप्ता
गीत ४७ (२१)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। देश र स्थानीय मण्डली दुवैको जून महिनाको मासिक सेवा रिपोर्टबारे टिप्पणी गर्नुहोस्।
१५ मि: प्रश्न पेटी। सेवा निरीक्षक वा अरू कुनै योग्य प्राचीनले श्रोतागणसित जानकारी छलफल गर्छन्।
२० मि: “पत्रिका प्रस्तुत गर्ने आफ्नै तरिका तयार गर्नुहोस्।” (अनुच्छेद १-७) अनुच्छेद १-४ बाट प्रश्नहरू सोध्नुहोस् अनि अनुच्छेद ५-७ का सुझाउहरू चलाउँदै नवीनतम पत्रिकाहरू प्रयोग गरेर कसरी ग्राहक बनाउन सकिन्छ भनी दुइ वा तीनवटा छोटो प्रदर्शनहरू प्रस्तुत गर्नुहोस्। मार्च १, १९८७, प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ १७, अनुच्छेद ८-९ बाट टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत २२२ (११९) र समापन प्रार्थना।
अक्टोबर १४ मा सुरु हुने हप्ता
गीत ३९ (१६)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “उत्तम सुसमाचार प्रकाशन गर्ने।” प्रश्नोत्तर। प्रहरीधरहरा-मा प्रकाशित केही उल्लेखनीय लेखहरू औंल्याउनुहोस्।—मार्च १, १९८७, प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ १३ हेर्नुहोस्।
२० मि: “पत्रिका प्रस्तुत गर्ने आफ्नै तरिका तयार गर्नुहोस्।” (अनुच्छेद ८-११) प्रश्नोत्तर। जनवरी १, १९९४, प्रहरीधरहरा-को पृष्ठ २०-२१, अनुच्छेद १८-२१ मा दिइएका चारवटा सल्लाहबाट टिप्पणी समावेश गर्नुहोस्। पत्रिकाको अक्टोबर महिनाको अंक चलाएर प्रस्तुति कसरी तयार गर्ने देखाउनुहोस्: (१) तपाईंको इलाकामा सम्भवतः चासो जगाउने लेख छान्नुहोस्, (२) प्रस्तुत गर्नको लागि कुनै चाखलाग्दो बुँदा खोज्नुहोस्, (३) त्यस बुँदामा ध्यान खिच्नसक्ने कुनै प्रश्न सोच्नुहोस्, (४) अवसर पाएमा पढ्न एउटा शास्त्रपद छान्नुहोस् र (५) परिचय तथा घरधनीलाई ग्राहक बन्न प्रोत्साहित गर्न के भन्ने, तयारी गर्नुहोस्। दुइ वा तीन योग्य प्रकाशकहरूलाई बेग्लाबेग्लै प्रदर्शन गर्न लगाउनुहोस्। एक जवानले सरल ढंगमा पत्रिका प्रस्तुत गरेको प्रदर्शन गर्न लगाउनुहोस्। ग्राहक बन्न अस्वीकार गरेमा पत्रिकाहरूको एउटा मात्र प्रति भए पनि प्रस्तुत गर्न निश्चित गर्नुहोस्।
गीत ८२ (२६) र समापन प्रार्थना।
अक्टोबर २१ मा सुरु हुने हप्ता
गीत १६९ (२८)
१५ मि: स्थानीय घोषणाहरू। कुनै व्यक्तिले पत्रिका प्राप्त गर्न चासो देखाउँछ तर ग्राहक बन्न भने अस्वीकार गर्छ भने पत्रिका रूट कसरी सुरु गर्ने बताउनुहोस्: (१) तपाईंले प्रस्तुत गर्नुभएको पत्रिका र त्यसबाट देखाइएको लेखको रिकर्ड राख्नुहोस्, (२) नयाँ अंक लिएर फर्कने प्रबन्ध मिलाउनुहोस् र (३) तपाईंको साप्ताहिक सेवकाई तालिकामा तिनीहरूलाई भेट्ने निश्चित समय छुट्याउनुहोस्। पत्रिका रूटको हरेक भेटलाई पुनःभेटको रूपमा रिपोर्ट गर्न नबिर्सनुहोस्।
१५ मि: “तपाईंको प्रचार इलाकाका सबैलाई प्रचार गर्नुहोस्।” यो लेख छलफल गर्नुहोस् र व्यापार इलाकामा प्रचार गर्ने स्थानीय प्रबन्धबारे बताउनुहोस्। श्रोतागणलाई आफ्नो प्रचार इलाकाका पसलहरूमा प्रचार गर्दा प्राप्त प्रोत्साहनदायी अनुभवहरू बताउन आमन्त्रित गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू। अथवा एक प्राचीनद्वारा मे १, १९९६, प्रहरीधरहरा, पृष्ठ २१-४ बाट “अन्तसम्मै आफ्नो विश्वसनीयतालाई थामी राख्नुहोस्” लेखमा आधारित भाषण।
गीत १२ (५२) र समापन प्रार्थना।
अक्टोबर २८ मा सुरु हुने हप्ता
गीत २७ (७)
१० मि: स्थानीय घोषणाहरू। डिसेम्बर महिनामा सांसारिक बिदाहरू हुने भएकोले सांसारिक काम र स्कूलबाट छुट्टी मिल्ने हुँदा सहायक अग्रगामीको हैसियतमा सेवा गर्न नाउँ दर्ता गराउने सम्भाव्यताबारे सोच्न सबैलाई प्रोत्साहित गर्नुहोस्। यही सप्ताहन्तमै अक्टोबर महिनाको क्षेत्र सेवकाई रिपोर्ट बुझाइहाल्न सबैलाई आग्रह गर्नुहोस्।
२० मि: “अनुकूल समय कसरी किन्ने।” प्रश्नोत्तर। डिसेम्बर १, १९८९, प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ १६-१७, अनुच्छेद ७-११ बाट टिप्पणीहरू समावेश गर्नुहोस्।
१५ मि: नोभेम्बर महिनाको साहित्य प्रस्तुति पुनरावृत्ति गर्नुहोस्। ज्ञान पुस्तक प्रस्तुत गरिनेछ र गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै पुस्तक प्रस्तुत गरिएका सबै ठाउँहरूमा फर्कन विशेष प्रयास गरिनेछ। दुइ वा तीन योग्य प्रकाशकहरूले पुस्तकको महत्त्व र यो कसरी प्रयोग गर्न सकिनेछ भनेर छलफल गर्छन्। यस पुस्तकमा दिइएको जानकारीले हरेक क्षेत्रका मानिसहरूको जीवनलाई प्रभाव पार्छ। यसमा नयाँ व्यक्तिहरूले बप्तिस्मा लिनुअघि बुझ्नुपर्ने आधारभूत बाइबलका विषयहरू तथा सिद्धान्तहरू समावेश छन्। अध्ययनलाई सुचारु रूपले सञ्चालन गऱ्यौं भने विद्यार्थीले चाँडचाँडो प्रगति गर्नसक्छ। सोझै अध्ययन कसरी सुरु गर्ने भनी प्रदर्शन र छलफल गर्नुहोस्: पृष्ठ ४-५ को चित्र र क्याप्सन पुनरावृत्ति गर्नुहोस्; हाम्रो अध्ययन गर्ने तरिकाबारे बुझाउनुहोस्; अध्याय १ का पहिलो पाँच अनुच्छेदहरू छोटकरीमा छलफल गर्नुहोस्; फेरि फर्कन समय मिलाउनुहोस् र अर्को भेटमा के अनन्त जीवन सपना मात्र हो? भन्ने प्रश्नको जवाफ दिंदै छलफल कायम राख्नुहोस्। गृह बाइबल अध्ययन सञ्चालन गर्दा प्राप्त हुने आनन्दमाथि जोड दिनुहोस्।
गीत १६२ (८९) र समापन प्रार्थना।