प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अक्टोबर पृ. २
  • अक्टोबर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
  • उपशीर्षकहरू
  • अक्टोबर १३ मा सुरु हुने हप्ता
  • अक्टोबर २० मा सुरु हुने हप्ता
  • अक्टोबर २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९७
km97 अक्टोबर पृ. २

अक्टोबर महिनाका लागि सेवा सभाहरू

सूचना: हाम्रो राज्य सेवकाई-ले आगामी महिनाहरूमा हर हप्ता सेवा सभाको तालिका बनाउने छ। आफूलाई खटाइएको स्थानमा “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन धाउन र त्यसपछिको हप्तामा अधिवेशन कार्यक्रमका मुख्य बुँदाहरूको ३० मिनेट पुनरावृत्ति गर्न मण्डलीहरूले आवश्‍यक काँटछाँट गर्नसक्छन्‌। उल्लेखनीय बुँदाहरूमाथि ध्यान केन्द्रित गर्नसक्ने दुई वा तीन योग्य भाइहरूलाई जिल्ला अधिवेशनको कार्यक्रम प्रत्येक दिनअनुसार पुनरावृत्ति गर्न जिम्मेवारी सुम्पिन सकिन्छ। राम्ररी तयार पारिएको यस्तो पुनरावृत्तिले व्यक्‍तिगत जीवन र क्षेत्र सेवकाईमा प्रयोग गर्नको लागि मुख्य बुँदाहरू सम्झन मण्डलीलाई मदत गर्नेछ। श्रोताहरूले दिने टिप्पणी तथा अनुभवहरू छोटो र स्पष्ट हुनुपर्छ।

अक्टोबर ६ मा सुरु हुने हप्ता

गीत ३९

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?” प्रश्‍नोत्तर। राज्य समाचार न. ३५ का विशेषताहरू पुनरावृत्ति गर्नुहोस्‌। यो पर्चाबाट मानिसहरूले कसरी लाभ उठाउनेछन्‌, बताउनुहोस्‌। विस्तृत वितरण गर्न साथै इच्छुक व्यक्‍तिहरूलाई मेहनती भई पुनःभेट गर्न अहिल्यै योजना बनाउनुपर्ने आवश्‍यकतालाई जोड दिनुहोस्‌।

२० मि: “विस्तृतरूपमा राज्य समाचार न. ३५ वितरण गर्नुहोस्‌।” सेवा निरीक्षकद्वारा प्रारम्भिक भाषण। अनुच्छेद ५-८ बाट प्रश्‍नोत्तर गर्नुहोस्‌। विस्तृतरूपमा प्रचार गर्न स्थानीय मण्डलीले मिलाएका प्रबन्धहरू पुनरावलोकन गर्नुहोस्‌। यथासम्भव सबै इलाकाहरू भ्याउन कस्ता तरिकाहरू अपनाउन सकिन्छ, छलफल गर्नुहोस्‌। बस बिसौनी, स-साना व्यापारिक क्षेत्र, सवारीसाधन बिसाउने क्षेत्र साथै अन्य स्थानहरूमा प्रकाशकहरूले राज्य समाचार न. ३५ वितरण गर्नसक्छन्‌। प्रचार गर्न कम्मर कसेका नयाँ व्यक्‍तिहरूलाई कसरी सहायता गर्न सकिन्छ, सुझाउहरू बताउनुहोस्‌। अप्रिल १९९५ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद ११ बाट थप कुरा भन्‍नुहोस्‌। कुनै कुनै इलाकामा राज्य समाचार वितरण गर्दा एक्लै जानु र ब्रिफकेस नलानु नै बेस हुनसक्छ। दुइ वा तीनवटा संक्षिप्त प्रदर्शन देखाउनुहोस्‌।

गीत १२६ र समापन प्रार्थना।

अक्टोबर १३ मा सुरु हुने हप्ता

गीत ४१

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। क्षेत्र सेवकाईमा प्रयोग गर्न सकिने केही बुँदाहरू हालैका प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरूबाट पुनरावृत्ति गर्नुहोस्‌। सप्ताहन्तमा राज्य समाचार न. ३५ सँगसँगै अन्य पत्रिकाहरू प्रस्तुत गर्नुका साथै ग्राहक पनि बनाइनेछ भनी सबैलाई सम्झाउनुहोस्‌। सबै इच्छुक व्यक्‍तिहरूकहाँ पुनः जानुपर्छ।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

१८ मि: “तपाईं भावशून्यताप्रति कस्तो प्रतिक्रिया जनाउनुहुन्छ?” दुइ प्राचीनहरूबीच छलफल। जुलाई १५, १९७४, प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ ४४५-६ को “तपाईं कसरी भावशून्यता सामना गर्न सक्नुहुन्छ” उपशीर्षक अन्तर्गतका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत १३० र समापन प्रार्थना।

अक्टोबर २० मा सुरु हुने हप्ता

गीत ४२

१५ मि: स्थानीय घोषणाहरू। वार्षिक पुस्तक १९९६ (अंग्रेजी) पृष्ठ ६-८ बाट “विश्‍वव्यापीरूपमा राज्य समाचार वितरण” विषयक अनुभवहरू बताउनुहोस्‌। यसअघिको राज्य समाचार वितरण गर्न प्रकाशकहरूले गरेको प्रयत्नबारे उल्लेख गर्नुहोस्‌। राज्य समाचार न. ३५ वितरणमा पूर्णरूपले भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “के मैले बप्तिस्मा लिनुपर्छ?” बप्तिस्मा अप्राप्त सबै प्रकाशकहरूलाई बप्तिस्मातर्फ लम्कने प्रोत्साहन दिंदै प्राचीनले अक्टोबर १, १९९२, प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ २०-३ मा आधारित जोशिलो भाषण दिनेछन्‌। कलिलै उमेरमा प्रकाशक बन्‍न र त्यसपछि बप्तिस्मा लिन मसीही आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई कसरी सहयोग गर्नसक्छन्‌ भनी औंल्याउन अक्टोबर १, १९९४, प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ २६-३० का कुराहरू समावेश गर्नुहोस्‌।

१५ मि: “के तपाईं पूर्ण-समय साक्षी हुनुहुन्छ?” प्राचीनद्वारा भाषण।

गीत १३३ र समापन प्रार्थना।

अक्टोबर २७ मा सुरु हुने हप्ता

गीत ४३

१२ मि: स्थानीय घोषणाहरू। राज्य समाचार न. ३५ कत्तिको वितरण हुँदैछ, प्रकाश पार्नुहोस्‌। उत्साहवर्द्धक अनुभवहरू बताउन श्रोतागणलाई आमन्त्रित गर्नुहोस्‌। हालसम्म कुन कुन इलाकाहरूमा राज्य समाचार वितरण भइसक्यो र आगामी नोभेम्बर १६ सम्म अझै कुन कुन इलाका ढाक्न सकिन्छ, बताउनुहोस्‌। राज्य समाचार वितरण गरिसकेपछि महिनाका बाँकी दिनहरूमा ज्ञान पुस्तक प्रस्तुत गर्नेछौं। राज्य समाचार-प्रति राम्रो प्रतिक्रिया व्यक्‍त गरेकाहरूकहाँ पुनःभेट गर्दा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्न जोड दिनुहोस्‌।

१५ मि: निराश हुँदा कसरी आशा भेट्टाउने। मे १५, १९९७, प्रहरीधरहरा, पृष्ठ २२-५ मा आधारित प्राचीनद्वारा भाषण।

१८ मि: तिमीहरूको ज्योति चम्कोस्‌। हाम्रो सेवकाई (अंग्रेजी) पुस्तक, पृष्ठ ८४-८ बाट भाषण तथा छलफल। निम्न प्रश्‍नहरूप्रति निर्दिष्ट टिप्पणी गर्न प्रकाशकहरूलाई अग्रिम तयारी गराउने प्रबन्ध मिलाउनुहोस्‌: (१) यहोवाका साक्षीहरूले किन घर-घर प्रचार गर्छन्‌? (२) प्रथम शताब्दीमा घर-घर प्रचार गर्ने तरिका कत्तिको व्यापक थियो? (३) अहिले घर-घरमा प्रचार गर्न किन अत्यावश्‍यक छ? (४) कस्ता कस्ता समस्याहरूले गर्दा नियमित तवरले प्रचारमा भाग लिन गाह्रो हुन्छ? (५) अथक प्रयत्न गरिरहने मदत कसरी प्राप्त गर्नसक्छौं? (६) आफ्नो ज्योति चम्काएर हामी कसरी आशिषित्‌ हुनसक्छौं? (७) मानिसहरूसँग सम्पर्क गर्नसक्न कस्ता कदमहरू चाल्नसक्छौं? पसल पसल अथवा सडक साक्षीमा प्राप्त भएका उत्साहवर्द्धक अनुभवहरू तीन वा चार प्रकाशकहरूलाई बताउन लगाएर प्रस्ट्याउनुहोस्‌।

गीत १३६ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने