नोभेम्बर महिनाका लागि सेवा सभाहरू
नोभेम्बर ३ मा सुरु हुने हप्ता
गीत ४८
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। आफ्नो देश र स्थानीय मण्डलीको जुलाई महिनाको क्षेत्र सेवा रिपोर्टबारे टिप्पणी गर्नुहोस्।
१५ मि: “क्रियाकलापको ठूलो ढोका खुल्ला छ।” प्राचीनले श्रोतागणसित छलफल गर्दै भाषण दिन्छन्। प्रचार कार्यमा अझ अघि बढ्नसक्ने सबैलाई प्रोत्साहन दिनुहोस्। अगस्त १५, १९८८, प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ २२ मा प्रस्तुत केही सल्लाह समावेश गर्नुहोस्।
२० मि: “राज्य समाचार-प्रति चासो देखाउनेलाई फेरि भेट्नुहोस्।” प्रश्नोत्तर। अनुच्छेद ६ का प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्। ती प्रदर्शनमध्ये एउटामा बाइबल अध्ययन थालिएको देखाउनुहोस्।
गीत १४४ र समापन प्रार्थना।
नोभेम्बर १० मा सुरु हुने हप्ता
गीत ५१
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। राज्य समाचार न. ३५ वितरण गर्न बाँकी रहेका क्षेत्र कुन कुन हुन्, मण्डलीलाई जानकारी दिनुहोस्। विशेष अभियानको यस अन्तिम हप्तामा पूर्णतया सहभागी हुन सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “गैर-साक्षी जीवनसाथीलाई सहयोग गर्नुहोस्।” अर्कै धर्म मान्ने पति वा पत्नीलाई व्यक्तिगत तवरमा अझ राम्ररी चिन्न चाहने दुइ प्राचीनबीच छलफल। तिनीहरूले मे १५, १९८९, प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ १७-१८, अनुच्छेद ६-९ मा प्रस्तुत सुझाउहरू पनि विचार गर्छन्। अक्टोबर १, १९९५, प्रहरीधरहरा, पृष्ठ १०-११, अनुच्छेद ११-१२ बाट अनुभवहरू बताउँछन्।
गीत १४८ र समापन प्रार्थना।
नोभेम्बर १७ मा सुरु हुने हप्ता
गीत ५३
१० मि: स्थानीय घोषणाहरू। राज्य समाचार न. ३५ को अभियानको दौडान प्राप्त केही स्थानीय अनुभवहरू सुनाउनुहोस्।
१५ मि: “इन्टरनेटमा सुसमाचार।” यस लेखलाई विस्तृतरूपमा बताउन अगस्त ८, १९९७ को ब्यूँझनुहोस्!-बाट जानकारी लिनुहोस्। मानिसहरूकहाँ सुसमाचार पुऱ्याउन उपलब्ध हर वैध साधनहरू प्रयोग गर्ने चाहना हामीसित हुनुपर्छ भन्ने विचारधारा छलफल गर्नुहोस्।
२० मि: फाइदा उठाउनुहोस् यस अनुपम अवसरको! नोभेम्बर १५, १९९६, प्रहरीधरहरा, पृष्ठ २१-३ मा आधारित भाषण।
गीत १५१ र समापन प्रार्थना।
नोभेम्बर २४ मा सुरु हुने हप्ता
गीत ५६
१० मि: स्थानीय घोषणाहरू। “कलर प्रेसहरू” पेटी छलफल गर्नुहोस्।
१५ मि: मण्डली पुस्तक अध्ययनमा असल आचरणहरू। पुस्तक अध्ययनको लागि आफ्नो घर उपलब्ध गराउने आतिथेय परिवारहरूप्रति हामी मूल्यांकन जाहेर गर्छौं। यसरी अध्ययनको लागि घर उपलब्ध गराउँदा उनीहरूले थुप्रै तम्तयारी त गर्नुपर्छ नै; त्यसका साथै असुविधा झेल्नुपर्ने होला। पुस्तक अध्ययनमा उपस्थित हुँदा असल आचरण र आदर देखाउनुका साथै अरू कुरामा पनि विचार पुऱ्याउनुपर्छ। त्यसो गर्नुमा निम्न कुरा समावेश छन्: (१) जुत्ता-चप्पल राम्ररी सफा गर्नुपर्छ वा भित्र पस्नुअघि जुत्ता फुकाल्ने चलन छ भने, फुकाल्नुपर्छ ताकि भुइँ वा कार्पेटमा धूलोमाटो नलागोस्। (२) बच्चाहरूलाई राम्रो आचरण देखाउन लगाउन र पुस्तक अध्ययन गर्ने कोठाबाट यताउता जान नदिन आमाबाबुले तिनीहरूको रेखदेख गर्नुपर्छ। (३) सानो समूह हुनुका साथै वातावरण अनौपचारिक भए तापनि यो मण्डलीको सभा हो र हाम्रो पहिरन राज्यभवनमा जाँदाखेरिको जस्तै हुनुपर्छ। (४) सभापछिको भेटघाट छोटो होस् ताकि घरधनीले व्यक्तिगत कामकुरा गर्ने समय पाउन सकून्। (५) अध्ययन सञ्चालन हुने घरका घरधनीले कहिलेकाहीं हल्का चिया चमेना दिन चाहलान् तापनि ती कुराको आशा गर्नु हुँदैन र त्यसरी दिनु अनिवार्य पनि छैन भनेर अरू सबैले बुझ्नुपर्छ।
२० मि: तिनीहरूलाई सिकाएर चेला बनाउनुहोस्। प्राचीनले तीन वा चार प्रकाशकहरूसित हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ८८-९२ मा आधारित प्रश्नोत्तर गर्दै छलफल सञ्चालन गर्छन्: (१) प्रभावशाली सेवकाईको लागि पुनःभेट गर्नु किन अत्यावश्यक छ? पुनःभेट गर्दा आइपर्ने चुनौतीलाई कसरी सामना गर्न सकिन्छ? (२) बाइबल अध्ययन थाल्न हामी किन यति बिघ्न जोड दिन्छौं? हामी कसरी दक्षतासाथ अध्ययनहरू सञ्चालन गर्नसक्छौं? (३) विद्यार्थीहरूलाई संगठनतर्फ डोऱ्याउनु किन महत्त्वपूर्ण छ? हामी यो कसरी गर्नसक्छौं? जून १९९६ अनि मार्च र अप्रिल १९९७ को हाम्रो राज्य सेवकाई-का परिशिष्टहरूले कसरी यी क्षेत्रमा ती प्रकाशकहरूलाई मदत दिएका छन् भनेर पनि तिनीहरू बताउँछन्।
गीत १६० र समापन प्रार्थना।