अप्रिल महिनाका लागि सेवा सभाहरू
अप्रिल ६ मा सुरु हुने हप्ता
गीत २७
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अप्रिल ११, शनिबार स्मरणार्थको लागि भेला हुने स्थान र समय सबैलाई सम्झाउनुहोस्।
१५ मि: “हाम्रो सेवकाई—साँचो प्रेमको अभिव्यक्ति।” प्रश्नोत्तर। फेब्रुअरी १, १९८७ प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ १६-१७, अनुच्छेद ३-७ बाट टिप्पणीहरू समावेश गर्नुहोस्।
२० मि: “पत्रिकाहरू राज्य घोषणा गर्छन्।” पत्रिकाहरू प्रस्तुत गर्नमा सिपालु तीन/चार जना प्रकाशकहरूसँग प्राचीनले उक्त लेख छलफल गर्छन्। हाम्रा पत्रिकाहरूका नयाँ अंकका घतलाग्दा बुँदाहरू छलफल गर्नुहोस् र ती बुँदाहरू हाम्रो प्रस्तुतिमा कसरी चलाउन सकिन्छ, सुझाउ दिनुहोस्। स्थानीय इलाकामा बढी पत्रिका वितरण गर्न के गर्न सकिन्छ, त्यसबारे विचार गर्नुहोस्। मानिसहरूको चासो जगाउने विषयहरू जस्तो कि सामाजिक, पारिवारिक अथवा साम्प्रदायिक समस्याहरूसम्बन्धी लेखहरू नयाँ पत्रिकामा देखाउनुहोस्। दुई/तीनवटा छोटा प्रस्तुतिहरू प्रदर्शित गर्नुहोस्।
गीत २०५ र समापन प्रार्थना।
अप्रिल १३ मा सुरु हुने हप्ता
गीत ९०
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “ ‘झन् बढ़ता’ सभाहरू धाउनुहोस्।” प्रश्नोत्तर। समयले भ्याएमा हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ६४-५ मा पाइने सल्लाह पुनरावलोकन गर्नुहोस्। सभाहरूमा नियमित तवरले उपस्थित हुनेहरू सबैको न्यानो सराहना गर्नुहोस्।
गीत ११९ र समापन प्रार्थना।
अप्रिल २० मा सुरु हुने हप्ता
गीत ५
१० मि: स्थानीय घोषणाहरू। मे महिनामा सहायक अग्रगामीको काम गर्नका लागि निवेदन दिन अझै त्यति ढिलो भएको छैन भनी बताउनुहोस्।
१५ मि: प्रश्न पेटी। प्राचीनले दिने भाषण। स्थानीय तवरमा प्रगति गर्न सकिने कुराहरू बुँदा बुँदा गरेर नरम तरिकाले तिनी औंल्याउँछन्।
२० मि: “ ‘हामी जस्तै दुःख सुख भोगी’ मानिसहरू।” प्राचीनले श्रोताहरूसँग प्रहरीधरहरा, मार्च १, १९९८, पृष्ठ २६-२९ को लेखमा आधारित भाषण तथा छलफल संचालन गर्छन्। प्रचार गर्ने र सिकाउने काम पूरा गर्दा यहोवामा भरोसा गर्नुपर्ने आवश्यकतामा जोड दिनुहोस्। साथै हाम्रा भाइबहिनीहरूका भावना तथा अनुभूतिहरूको कदर गर्नु अनि सधैं उनीहरूलाई प्रोत्साहन दिनु र हौसाउनु हामी सबैको जिम्मेवारी हो।
गीत १०९ र समापन प्रार्थना।
अप्रिल २७ मा सुरु हुने हप्ता
गीत १००
१५ मि: स्थानीय घोषणाहरू। “हाम्रा पुस्तिकाहरू अध्ययन गर्ने” शीर्षक भएको पेटी छलफल गर्नुहोस्। मण्डली पुस्तक अध्ययनका लागि राम्ररी तयारी गर्न र नियमित तवरले उपस्थित हुन सबैलाई प्रोत्साहित गर्नुहोस्। मे महिनामा सहायक अग्रगामी गर्न लागेकाहरूको नाउँ घोषणा गर्नुहोस्। प्रचारकार्यका लागि स्थानीय तवरमा मिलाइएका थप प्रबन्धहरू बताउनुहोस्। नयाँ पत्रिकाहरू प्रस्तुत गर्नका लागि के भन्न सकिन्छ, सो तयारी गर्न मदतकारी सल्लाहहरू वर्णन गर्नुहोस्।—अक्टोबर १९९६, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्।
१५ मि: मसीही गोठालाहरूले तपाईंको कसरी सेवा गर्छन्। प्राचीनद्वारा मार्च १५, १९९६, प्रहरीधरहरा पृष्ठ २४-७ मा आधारित भाषण।
१५ मि: धेरै पटक प्रचार गरिसकिएको इलाकामा प्रचार गर्दा सकारात्मक मनोवृत्ति राख्नुहोस्। पटक पटक प्रचार गरिसकिएको इलाकामा प्रचार गर्दा एकदम थोरैले मात्र सुनेकाले दिक्क भएका दुई/तीन जना प्रकाशकहरूसँग प्राचीन यसबारे छलफल गर्छन्। उनी तिनीहरूसँग प्रहरीधरहरा १९८८ जुलाई १५, पृष्ठ १६-१९, अनुच्छेद ४-१४ (अंग्रेजी) पुनरावलोकन गर्छन्। यी सल्लाहहरू स्थानीय इलाकामा प्रयोग गर्न सकिन्छ भनेर तिनीहरू आशावादी भएर कुरा गर्छन्।
गीत १९१ र समापन प्रार्थना।