प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 मार्च पृ. १
  • तिनीहरूलाई निमन्त्रणा दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूलाई निमन्त्रणा दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • सभामा हाम्रो उपस्थितिले के देखाउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • “परमप्रभुको भवनमा जाऔं”
    हाम्रो राज्य सेवकाई—१९९३
  • ‘आत्मा र दुलही भनिरहन्छन्‌, “आउनुहोस्‌!”’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 मार्च पृ. १

तिनीहरूलाई निमन्त्रणा दिनुहोस्‌

१ शताब्दीऔंअघि दिइएको निमन्त्रणा आज विश्‍वभरि २३३ वटा देशहरूमा दिइंदैछ: “आऊ हामी परमप्रभुको पर्वतमा . . . जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंडनेछौं।” (यशै. २:३) मानिसहरूले अनन्त जीवन पाओस्‌ भनेर तिनीहरूको आध्यात्मिक प्रगतिमा सहायता पुऱ्‍याउने एउटा उत्तम तरिका तिनीहरूलाई यहोवाको संगठनतर्फ डोऱ्‍याउनु हो।

२ कुनै कुनै प्रकाशकले आफ्नो बाइबल विद्यार्थीले गृह बाइबल अध्ययनमा राम्रो प्रगति नगरूञ्जेल तिनीहरूलाई राज्यभवनमा आउने निमन्त्रणा दिन हिचकिचाउनसक्छन्‌। तापनि कहिलेकाहीं बाइबल अध्ययन सुरु हुनुअघि नै मानिसहरू मण्डलीका सभाहरूमा उपस्थित हुन थाल्दछन्‌। मानिसहरूलाई सभाहरूमा भेला हुने निमन्त्रणा र प्रोत्साहन दिन हामीले ढिला सुस्ती गर्नु हुँदैन।

३ कसरी गर्ने: आफ्नो इलाकाको सभाहरूबारे मानिसहरूलाई जानकारी दिन हाते पर्चाको प्रयोग गर्नुहोस्‌। हाम्रा सभाहरूमा उपस्थित हुन पैसा तिर्नु पर्दैन र कुनै चन्दा संकलन गरिंदैन भनेर तिनीहरूलाई बताउनुहोस्‌। सभाहरू कसरी सञ्चालन गरिन्छन्‌, त्यसबारे बताउनुहोस्‌। त्यहाँ छलफल गरिने विषय बाइबल अध्ययन गर्ने विषयवस्तु नै हुन्‌ र त्यही विषयसम्बन्धी साहित्यहरू पनि उपलब्ध गराइन्छ भनेर बताउनुहोस्‌। त्यहाँ विभिन्‍न पृष्ठभूमिका र पेसाहरूमा संलग्न मानिसहरूबारे जानकारी दिनुहोस्‌। ती मानिसहरू आफ्नै इलाकाका हुन्‌ र जुनसुकै उमेरका बच्चाहरू पनि आउनसक्छन्‌ भनेर बताउनुहोस्‌। हामीसित अध्ययन गर्नेहरूलाई हामीले निमन्त्रणा दिनुपर्छ र उपस्थित हुन तिनीहरूलाई मदत दिन इच्छुक छौं भनेर पनि थाह दिनुपर्छ।

४ जीवनको निम्ति यहोवाले गर्नुभएको प्रबन्धमा भाग लिन बाइबलको अन्ततिर एउटा यस्तो न्यानो निमन्त्रणा दिइएको छ: “आत्मा र दुलही भन्‍नुहुन्छ, ‘आउनुहोस।’ . . . जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।” (प्रका. २२:१७) हाम्रा सभाहरूमा उपस्थित हुन मानिसहरूलाई हामीले निमन्त्रणा दिनैपर्छ।

५ परमेश्‍वरका जनहरूका मण्डलीहरूमा अहिले आउने हजारौं नयाँ प्रशंसकहरूलाई यशैया ६०:८ ले भविष्यसूचक रूपमा “बादलझैं उडने र ढुकुरझैं तिनीहरूका झ्यालमा उडने” ढुकुरसँग चित्रण गर्छ। हामी सबैले नयाँ मानिसहरूलाई सभाहरूमा आउने निमन्त्रणा दिनसक्छौं र तिनीहरूको सुबिधाको निम्ति प्रबन्धहरू पनि मिलाउनसक्छौं। यसरी यहोवालाई हामीले जम्मा गर्ने काममा सहयोग गरिरहेका हुनेछौं।—यशै. ६०:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने