प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 मार्च पृ. २
  • मार्च महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९९
  • उपशीर्षकहरू
  • मार्च १ मा सुरु हुने हप्ता
  • मार्च ८ मा सुरु हुने हप्ता
  • मार्च १५ मा सुरु हुने हप्ता
  • मार्च २२ मा सुरु हुने हप्ता
  • मार्च २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९९
km99 मार्च पृ. २

मार्च महिनाका लागि सेवा सभाहरू

मार्च १ मा सुरु हुने हप्ता

गीत ३३

८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१७ मि: “येशूको मृत्युको स्मरणार्थ उत्सव विश्‍वभरि मनाइनेछ।” प्रश्‍नोत्तर। प्रहरीधरहरा, फेब्रुअरी १, १९९७, पृष्ठ ११-१२, अनुच्छेद १०-१४ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। यहोवाको अपार प्रेमले गर्दा हाम्रोलागि छुडौतीको प्रबन्ध मिलाउन उहाँलाई कसरी प्रेरित गऱ्‍यो, जोड दिनुहोस्‌।

२० मि: अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्ने जोडदार कारणहरू दिनुहोस्‌। सबैलाई सहायक अग्रगामी गर्न आग्रह गर्दै सेवा निरीक्षकद्वारा भाषण तथा स्रोतासित छलफल। हाम्रो राज्य सेवकाई जनवरी १९९९, पृष्ठ ३ मा दिइएको नियमित र सहायक अग्रगामीहरूले पुऱ्‍याउनु पर्ने घण्टामा गरिएको छाँटकाँट दोहऱ्‍याउनुहोस्‌। यो छाँटकाँटले धेरैलाई पूर्ण-समय सेवामा भाग लिन समर्थ बनाउनुपर्छ। ख्रीष्टको बलिदानप्रतिको हाम्रो मूल्यांकनले हामीलाई प्रचार गर्न कसरी करमा पार्दछ, त्यसबारे बताउनुहोस्‌। (२ कोरि. ५:१४, १५) यो वर्ष स्मरणार्थ उत्सव अप्रिल १ मा पर्दछ। यो महिनामा सेवा क्रियाकलापलाई बढाउने काममा भाग लिन समस्त राज्य प्रचारकहरूलाई प्रोत्साहन दिने कति राम्रो उत्प्रेरणाको स्रोत! हाम्रो राज्य सेवकाई का फेब्रुअरी १९९७ र मार्च १९९८, परिशिष्टहरूमा सहायक अग्रगामी सेवाबारे दिइएका मुख्य विषयहरू प्रकाश पार्नुहोस्‌। त्यहाँ दिइएको नमुना तालिकाअनुसार गर्ने तरिकाहरू बताउनुहोस्‌। अरूसँग सेवकाईमा भाग लिन थुप्रै मौकाहरू प्रदान गर्ने स्थानीय तवरमा मिलाइएको सेवकाई प्रबन्धहरू पुनरावलोकन गर्नुहोस्‌। प्रकाशकहरूलाई सभापछि अग्रगामी आवेदन फारम लिन प्रोत्साहित गर्नुहोस्‌।

गीत ४४ र समापन प्रार्थना।

मार्च ८ मा सुरु हुने हप्ता

गीत ५२

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

२० मि: “तिनीहरूलाई निमन्त्रणा दिनुहोस्‌।” प्रश्‍नोत्तर। नयाँ जिज्ञासु व्यक्‍तिहरूलाई सधैं मण्डलीका सभाहरूमा डोऱ्‍याउनुपर्ने आवश्‍यकतालाई जोड दिनुहोस्‌। ज्ञान पुस्तक, पृष्ठ १५९, अनुच्छेद २० र पृष्ठ १६१-३, अनुच्छेद ५-८ मा दिइएका विषय चलाएर जिज्ञासु व्यक्‍तिसँग छलफल गरेको प्रदर्शन प्रस्तुत गर्नुहोस्‌। बाइबल विद्यार्थी तथा अन्य जिज्ञासु व्यक्‍तिहरूलाई अप्रिल १ मा स्मरणार्थमा निमन्त्रणा दिने विशेष प्रयास गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। एउटा स्मरणार्थ निमन्त्रणा पर्ची देखाउनुहोस्‌ र त्यसलाई कसरी प्रभावकारी ढंगमा प्रयोग गर्न सकिन्छ, बताउनुहोस्‌। सबैले यसै हप्तादेखि स्मरणार्थको लागि निमन्त्रणा दिन पर्ची बाँड्‌न सुरु गर्न आग्रह गर्नुहोस्‌।

१५ मि: “परिवारका सम्पूर्ण सदस्यले कसरी पूरापूर सहयोग गर्छन्‌—मण्डलीका सभाहरूमा।” एउटा परिवारले छलफल गर्छ। लेखका मुख्य बुँदाहरूबारे टिप्पणी गर्दा तिनीहरूले परिवारिक तवरमा सभाहरूको निम्ति कसरी तयारी गर्नसक्छन्‌, छलफल गर्छन्‌। सभाहरूमा भाग लिन एकअर्कालाई कसरी मदत गर्न सकिन्छ अनि परिवारका सबै जना सभामा ठीक समयमा पुग्न के गर्नुपर्छ, तिनीहरू छलफल गर्छन्‌।

गीत ६२ र समापन प्रार्थना।

मार्च १५ मा सुरु हुने हप्ता

गीत ५६

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: “सेवकाई सेवकहरू बहुमूल्य सेवा गर्छन्‌।” योग्य सेवकाई सेवकद्वारा भाषण। हाम्रो सेवकाई पुस्तकको पृष्ठ ५७-९ मा दिइएका मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्‌। स्थानीय तवरमा मण्डलीलाई मदत गर्न सेवकाई सेवकहरूलाई कसरी चलाइन्छ, बताउनुहोस्‌।

२० मि: वार्षिक पुस्तक १९९९ बाट (अङ्‌ग्रेजी) आनन्द उठाउनुहोस्‌। पतिपत्नीबीच छलफल। वार्षिक पुस्तक सर्वप्रथम १९२७ मा पुस्तकको रूपमा प्रकाशित भएको थियो अनि यसले यहोवाका साक्षीहरूको विश्‍वव्यापी रिपोर्ट दिएको अहिले ७० वर्षभन्दा बढी भइसक्यो भनी पतिले बताउँछन्‌। तिनीहरू पृष्ठ ३१ मा दिएको “१९९८ शिखर संख्या” पुनरावलोकन गर्छन्‌। तिनीहरू पृष्ठ ३-५ को “परिचालक निकायको पत्र” छलफल गर्छन्‌ अनि त्यहाँ दिइएको प्रोत्साहनअनुसार के गर्ने भनेर टिप्पणी गर्छन्‌।

गीत ६८ र समापन प्रार्थना।

मार्च २२ मा सुरु हुने हप्ता

गीत १६२

१०: स्थानीय घोषणाहरू। अप्रिल महिनामा सहायक अग्रगामी गर्नेहरूको नाउँ सुनाउनुहोस्‌। निवेदन दिन अझै ढिला भइसकेको छैन भनेर बताउनुहोस्‌। अप्रिल महिनामा हुने क्षेत्र सेवकाई सभाको सम्पूर्ण तालिका बताउनुहोस्‌। दिनहुँ धर्मशास्त्र जाँच्ने—१९९९ र १९९९ क्यालेण्डर-मा मार्च २७ देखि अप्रिल १ सम्म दिइएको स्मरणार्थ बाइबल पढाइ तालिकाअनुसार पढ्‌न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: स्मरणार्थको तयारी। भाषण। बाइबल विद्यार्थी तथा चासो देखाउने अन्य मानिसहरूलाई उपस्थित हुने मदत दिन सबैले सुनिश्‍चित योजना बनाउनुपर्छ। कसले ती प्रतीकहरूमा भाग लिनेछ र यो स्मरणार्थ उत्सवको विशेषता के हो, त्यसबारे ती नयाँ मानिसहरूलाई थाह नहुनसक्छ। अप्रिल १, १९९६ प्रहरीधरहरा-का पृष्ठहरू ६-८ मा दिइएका बुँदाहरू पुनरावलोकन गर्नुहोस्‌ र नयाँ मानिसहरूलाई यो उत्सवको अर्थ र उद्देश्‍यबारे बुझ्न कसरी मदत गर्न सकिन्छ, बताउनुहोस्‌। “स्मरणार्थको लागि सम्झौटोहरू” पुनरावलोकन गर्नुहोस्‌ अनि स्मरणार्थका लागि स्थानीय तवरमा गरिएका प्रबन्धबारे बताउँदै टुंग्याउनुहोस्‌।

२० मि: मृत्युपछि हामीलाई के हुन्छ? (अङ्‌ग्रेजी) पुस्तिकाको महत्त्व र उपयोगबारे प्राचीनले दुई वा तीन योग्य प्रकाशकहरूसित छलफल गर्छन्‌। के हामीले यस पुस्तिकालाई क्षेत्र सेवकाईमा प्रभावकारी ढंगमा प्रयोग गर्दैछौं? यसमा निम्न विषयहरूबारे छलफल गरिएको छ: अधिकांश मानिसहरू यस विषयमा किन चासो राख्छन्‌? झूटा धर्महरूले जस्तो नसिकाएर यो पुस्तिकाले कस्तो आशाबारे सिकाउँछ? मानिसहरूको चासो जगाउन पछिल्लो आवरण पृष्ठमा दिइएका प्रश्‍नहरू कसरी प्रयोग गर्नसक्छौं? यो पुस्तिका कस्ता मौकाहरूमा प्रस्तुत गर्नसक्छौं? पृष्ठ २७ को अनुच्छेद १४ मा दिइएका शास्त्रपदहरू चलाएर प्रस्तुति प्रदर्शन गर्नुहोस्‌। यो पुस्तिकाको सदुपयोग गर्न सबैलाई सजग हुन प्रोत्साहन दिनुहोस्‌।

गीत ९२ र समापन प्रार्थना।

मार्च २९ मा सुरु हुने हप्ता

गीत १११

१२ मि: स्थानीय घोषणाहरू। सबैलाई मार्च महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। अप्रिलमा हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू प्रस्तुत गर्नेछौं। पत्रिकाका नयाँ अंकहरू देखाउनुहोस्‌। अनि ती पत्रिकाहरू प्रस्तुत गर्दा कुन लेख प्रकाश पार्न सकिन्छ, सुझाउ दिनुका साथै त्यसबाट कुरा थाल्न सकिने केही बुँदाहरू उल्लेख गर्नुहोस्‌। प्रचारमा जाँदा सबैले चाहनुहुन्छ पुस्तिका लिएर जानुपर्छ र इच्छुक व्यक्‍तिहरूसित बाइबल अध्ययन सुरु गर्न त्यस पुस्तिकालाई प्रयोग गर्नसक्छौं।

१५ मि: स्थानीय आवश्‍यकता।

१८ मि: हामीले सल्लाहप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? प्राचीनद्वारा भाषण। हाम्रो मनोवृत्ति, चालचलन, संगत वा मण्डलीमा पाएका भागहरू प्रदर्शित गर्ने ढंगमा हामी सबैले सल्लाह पाउछौं। कहिलेकाहीं हामी ती सल्लाहहरू अस्वीकार गर्छौं वा चित्त दुखाउँछौं। सल्लाहलाई स्वीकारेर प्रयोगमा ल्याउनुमा नै हाम्रो आध्यात्मिक भलाइ निर्भर हुनसक्छ। हामीले कसरी सल्लाहहरूको स्वीकार अनि मूल्यांकन गर्नसक्छौं, त्यसबारे महत्त्वपूर्ण कारणहरू पुनरावलोकन गर्नुहोस्‌।—अप्रिल १, १९८७ प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) पृष्ठ २७-३० हेर्नुहोस्‌।

गीत ११८ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने