प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जनवरी पृ. २
  • सेवा सभा तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभा तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • जनवरी १० मा सुरु हुने हप्ता
  • जनवरी १७ मा सुरु हुने हप्ता
  • जनवरी २४ मा सुरु हुने हप्ता
  • जनवरी ३१ मा सुरु हुने हप्ता
  • फेब्रुअरी ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 जनवरी पृ. २

सेवा सभा तालिका

जनवरी १० मा सुरु हुने हप्ता

गीत १०७

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “सारा पृथ्वीमा यहोवाको नाउँ प्रचार गर्ने।” प्रश्‍नोत्तरद्वारा छलफल। हाम्रो सेवकाई पुस्तक पृष्ठ ९३-४ मा अनौपचारिक साक्षीबारे दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

२० मि: रक्‍तविहीन स्वास्थ्य उपचार व्यवस्थाको लागि कानुनी छनौट गर्नु। (प्रेरि. १५:२८, २९) योग्य प्राचीनले एड्‌भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्डको (अग्रिम चिकित्सा निर्देशन/पुर्जी) विषय-वस्तुहरू छलफल गर्नुका साथै सधैं आफ्नो साथमा राख्नुपर्ने महत्त्वबारे बताउँछन्‌। सभापछि बप्तिस्माप्राप्त साक्षीहरूले एड्‌भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) र बप्तिस्मा अप्राप्त साना केटाकेटीहरूका लागि आइडेन्टीटी कार्ड (परिचयपत्र) लिन सकिन्छ। यी कार्ड आजै भरि हाल्नुहुँदैन। ती होसियारीसाथ घरैमा भर्नुपर्छ र त्यो कार्ड भएको व्यक्‍तिले हस्ताक्षर गरेको हेर्ने दुई साक्षीहरूको उपस्थितिमा मात्र हस्ताक्षर गर्नुपर्छ। कुनै पनि प्रकारको मदत चाहियो भने, त्यो कार्ड भएको व्यक्‍तिले मण्डली पुस्तक अध्ययन सञ्चालकलाई भन्‍नुपर्छ। हस्ताक्षर गर्नुअघि कार्ड राम्ररी भरेको छ कि छैन भनेर हेर्नुहोस्‌। कार्ड लिने व्यक्‍तिले हस्ताक्षर गरेको साक्षी बस्नेहरूले प्रत्यक्ष देखेकै हुनुपर्छ। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यस कार्डमा प्रयोग गरिएको भाषालाई प्रयोग गर्दै आ-आफ्नो परिस्थिति र दृढ विश्‍वासको आधारमा आफैले व्यक्‍तिगत निर्देशन पुर्जी बनाउन सक्नेछन्‌ साथै आफ्नो बच्चाको लागि पनि बनाइदिनसक्छन्‌। पुस्तक अध्ययन सञ्चालकहरूले आफ्नो समूहमा खटाइएका सबैले एड्‌भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) भर्न आवश्‍यक सहयोग पाए कि पाएनन्‌ भनेर पक्का गर्नुपर्छ।

गीत १५५ र समापन प्रार्थना।

जनवरी १७ मा सुरु हुने हप्ता

गीत १२

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: “मुसलमान धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?” प्रश्‍नोत्तर। अन्य संस्कृतिका मानिसहरूसित कुरा गर्दा समझदार हुनुपर्ने आवश्‍यकता प्रस्ट्याउनुहोस्‌। राम्ररी तयार गरिएको एउटा प्रदर्शन प्रस्तुत गर्नुहोस्‌। इस्लाम धर्मबारे थप जानकारीका लागि फेब्रुअरी १९९८ हाम्रो राज्य सेवकाई-को परिशिष्ट; तर्क पुस्तक पृष्ठ २३-४ र मानिसजातिद्वारा परमेश्‍वरको खोज अध्याय १२ हेर्नुहोस्‌।

गीत ५७ र समापन प्रार्थना।

जनवरी २४ मा सुरु हुने हप्ता

गीत ११०

१० मि: स्थानीय घोषणाहरू र क्षेत्र सेवाका अनुभवहरू।

१५ मि: “यहोवाको वचनलाई हरेक दिन विचार गर्नुहोस्‌!” भाषण तथा श्रोतागणसित छलफल। दिनहुँ धर्मशास्त्र जाँच्ने—२०००-को सदुपयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। पृष्ठ ३-४ को प्राक्कथनबाट टिप्पणीहरू समावेश गर्नुहोस्‌। हरेक दिन नबिराई बाइबल पद र टिप्पणीहरू छलफल गर्ने विशेष प्रयास कसरी गरेका छन्‌, प्रकाशकहरूलाई बताउन लगाउनुहोस्‌।

२० मि: “परमेश्‍वरको भविष्यसूचक वचन पूरा हुनेछ!” एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌। नयाँ पुस्तकबाट हाम्रो समयको महत्त्वलाई झल्काउने केही विवरणहरू औंल्याउनुहोस्‌।

गीत १५७ र समापन प्रार्थना।

जनवरी ३१ मा सुरु हुने हप्ता

गीत १६

१२ मि: स्थानीय घोषणाहरू। सबैलाई जनवरी महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। फेब्रुअरीमा प्रस्तुत गर्नुपर्ने साहित्य बताउनुहोस्‌: पारिवारिक आनन्द पुस्तक। मानिसहरूसित कुरा गर्न यस पुस्तकको पृष्ठ १२ को पेटीमा दिइएका तीनवटा प्रश्‍नहरू प्रयोग गर्न सकिने तरिका प्रदर्शनद्वारा देखाउनुहोस्‌।

१५ मि: ‘चिन्‍नु’ विषयमा प्रश्‍नको जवाफ। जुलाई १५, १९९९, प्रहरीधरहरा, पृष्ठ २९-३१ मा आधारित प्राचीनद्वारा भाषण।

१८ मि: अरूलाई साँचो धर्म चिन्‍न कसरी मदत गर्ने। यहोवाका साक्षीहरूद्वारा मानिसहरू कसरी प्रभावित हुनसक्छन्‌ तर हाम्रो र अरू धर्मबीचको भिन्‍नता किन राम्ररी बुझ्न सक्दैनन्‌ भन्‍नेबारे योग्य सेवकाई सेवक अनि दुई वा तीन योग्य प्रकाशकहरूबीच छलफल। मे ८, १९९५, ब्यूँझनुहोस्‌! पृष्ठ २० मा दिइएका १० वटा बुँदाहरू पुनरावलोकन गर्नुहोस्‌। यी कुराहरू थाह पाउनाले निष्कपट व्यक्‍तिले कसरी साँचो र झूटो उपासनाबीचको भिन्‍नता छुट्ट्याउने अनि यहोवाका जनबाट सिक्ने तथा हामीसित संगत गर्ने आवश्‍यकता बुझ्ने मदत पाउनसक्छन्‌, बुझाउनुहोस्‌।

गीत ६० र समापन प्रार्थना।

फेब्रुअरी ७ मा सुरु हुने हप्ता

गीत ११३

८ मि: स्थानीय घोषणाहरू।

१७ मि: “पूर्वी युरोपमा साँचो उपासना फस्टाइरहेको छ।” प्राचीनले प्रश्‍नोत्तरद्वारा छलफल गर्छन्‌। हालैका वार्षिक पुस्तक-हरूमा उल्लेख गरिएका देशहरूको वृद्धिबारे कुनै अनुभव वा प्रमाणहरू बताउनुहोस्‌।

२० मि: तिनीहरूले बुद्धिमानी छनौट गरे। अक्टोबर १५, १९९७ को प्रहरीधरहरा, पृष्ठ १९-२१ अनुच्छेद ३-१६ मा आधारित भाषण। जोसिला अग्रगामीहरूले आफ्नो जीवन एकदमै इनामदायी तथा फलदायी ढंगमा बितायौं भनेर किन महसुस गर्छन्‌ भनेर औंल्याउँदै उनीहरूको भनाइ बताउनुहोस्‌। उपस्थित सबै स्रोताहरूलाई आफूले पनि आग्रगामी गर्नसक्ने सम्भावना छ कि भनेर विचार गर्न प्रोत्साहित गर्नुहोस्‌।

गीत १८२ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने