प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 मार्च पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • मार्च १३ मा सुरु हुने हप्ता
  • मार्च २० मा सुरु हुने हप्ता
  • मार्च २७ मा सुरु हुने हप्ता
  • अप्रिल ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 मार्च पृ. २

सेवा सभाको तालिका

मार्च १३ मा सुरु हुने हप्ता

गीत ११८

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “हामी शुभ समाचार प्रचार गर्छौं।” एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌। ज्ञान पुस्तक क्षेत्र सेवकाईमा प्रस्तुत गर्दा औंल्याउन सकिने सकारात्मक धर्मशास्त्रीय केही बुँदाहरू बताउनुहोस्‌।

२० मि: “के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?” (अनुच्छेद १-११) प्रश्‍नोत्तर। मण्डलीमा हालसम्ममा अग्रगामीहरूको सबैभन्दा धेरै संख्या उल्लेख गर्नुहोस्‌। सेवकाईमा अझ धेरै भाग लिंदा के कस्ता व्यक्‍तिगत लाभ उठाए भनेर तीमध्ये कोही कोहीलाई बताउन लगाउनुहोस्‌। अप्रिल महिनामा सहायक अग्रगामीहरूको संख्यामा नयाँ शिखर पुऱ्‍याउने लक्ष्य राख्न मण्डलीलाई प्रोत्साहित गर्नुहोस्‌। आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ११३-१४ मा उल्लिखित योग्यताहरूको पुनरावृत्ति गर्नुहोस्‌। सहायक अग्रगामी गर्न चाहने प्रकाशकहरूले सभापछि आवेदन फारम प्राप्त गर्नसक्छन्‌।

गीत १८७ र समापन प्रार्थना।

मार्च २० मा सुरु हुने हप्ता

गीत २१

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: “म के गर्नसक्छु?” पुस्तक अध्ययन सञ्चालकले एक वा दुई सेवकाई सेवकसित यो लेख छलफल गर्छन्‌। विभिन्‍न सीमितताहरूको कारण कोही कोही प्रकाशकहरू आफूले मण्डलीको गतिविधिमा सक्दो योगदान पुऱ्‍याउन नसकेको महसुस गर्नसक्छन्‌। मण्डलीलाई बलियो बनाउन र राज्य प्रचारकार्य विस्तार गर्न बहुमूल्य योगदान पुऱ्‍याउन सकिने विभिन्‍न तरिकाहरू पुनरावृत्ति गर्नुहोस्‌। अन्तमा, “अन्तिम रिपोर्टमा” प्रत्येकले कसरी भाग लिनसक्छन्‌ बताउनुहोस्‌।—आवर मिनिस्ट्री, पृष्ठ १०८-१० हेर्नुहोस्‌।

२० मि: “के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?” (अनुच्छेद १२-१८) प्रश्‍नोत्तर। आफूले चिनेजानेका मानिसहरूलाई स्मरणार्थ उत्सवमा कसरी निमन्त्रणा दिने भनेर छोटो प्रदर्शन गर्नुहोस्‌। सन्‌ २००० क्यालेन्डर-मा अप्रिल महिना पुनरावृत्ति गर्नुहोस्‌ र स्थानीय तवरमा सेवा सभाको निम्ति गरिएका प्रबन्धहरूबारे बताउनुहोस्‌। यस महिनाभरि सकेसम्म सेवकाईमा बढी भाग लिन प्रत्येकलाई व्यवहारिक तालिका बनाउन सम्झाउनुहोस्‌ ताकि मण्डलीमा सबैको शत प्रतिशत सहभागिता रहोस्‌। सहायक अग्रगामी गर्नसक्ने सबैलाई सभापछि आवेदन फारम लिन प्रोत्साहित गर्नुहोस्‌।

गीत ६५ र समापन प्रार्थना।

मार्च २७ मा सुरु हुने हप्ता

गीत ११९

१० मि: स्थानीय घोषणाहरू। मार्च महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्‌। अप्रिल महिनामा सहायक अग्रगामी गर्नेहरूको नाउँ घोषणा गर्नुहोस्‌। आवेदन भर्न अझै ढिलो भएको छैन भनेर बताउनुहोस्‌। अप्रिल महिनाभरि क्षेत्र सेवकाई सभाको निम्ति योजना गरिएको सम्पूर्ण तालिका बताउनुहोस्‌। महिनाको सुरुदेखि नै सेवकाईमा भाग लिनको निम्ति यसै सप्ताहन्तमा सेवकाईका लागि उपस्थित हुन सबैलाई प्रोत्साहित गर्नुहोस्‌। यस महिनाभरि हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! प्रस्तुत गर्नेछौं। हरेक नयाँ अंकको एउटा लेख अनि त्यसबाट छलफल गर्न सकिने विषय छान्दै कसरी प्रभावशाली ढंगमा प्रस्तुत गर्न सकिन्छ बताउनुहोस्‌। सबैसित चाहनुहुन्छ पुस्तिका हुनुपर्छ र चासो देखाउनेहरूसित बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्नुपर्छ।

१३ मि: “मदत माग्नुहोस्‌।” प्राचीनद्वारा भाषण तथा श्रोतागणसित छलफल। समय समयमा कसरी हामी सबैलाई कुनै न कुनै प्रकारको मदत चाहिन्छ, बताउनुहोस्‌। निस्सन्देह, सबैले आफ्नो निज भार उठाउनुपर्छ। (गला. ६:५) तथापि, हामीले सामना गर्न नसक्दा मण्डलीका आध्यात्मिक तवरमा परिपक्व सदस्यहरूसित मदत माग्न हिचकिचाउनु हुँदैन। अरूले दयापूर्वक दिएको मदतबाट कसरी प्रोत्साहन पाए, श्रोतागणलाई अनुभव बताउन आमन्त्रित गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकताहरू।

१२ मि: सन्‌ २००० यरबूक-को पुनरावृत्ति गर्नुहोस्‌। श्रोतागणसित छलफल र पृष्ठ ३१ मा दिएको “१९९९ शिखर संख्या” पुनरावृत्ति गर्नुहोस्‌। अनि पृष्ठ ३-५ को “परिचालक निकायको पत्र” छलफल गर्नुहोस्‌। त्यहाँ दिइएको प्रोत्साहनअनुसार के गर्ने विचार गरेका छन्‌, कसै कसैलाई टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत १९५ र समापन प्रार्थना।

अप्रिल ३ मा सुरु हुने हप्ता

गीत ७२

१० मि: स्थानीय घोषणाहरू र क्षेत्र सेवाका अनुभवहरू। अरूलाई प्रोत्साहित गर्ने किसिमका केही स्थानीय रमाइला अनुभवहरू बताउन लगाउनुहोस्‌।

१७ मि: “डानियल्स प्रोफेसी अध्ययन गर्ने।” प्रश्‍नोत्तर। बाइबलको दानियल पुस्तक अध्ययन गरेर हामीले कसरी लाभ उठाउनसक्छौं संक्षेपमा बताउनुहोस्‌। (डानियल्स प्रोफेसी पुस्तकको अध्याय १, अनुच्छेद १५-१७ हेर्नुहोस्‌।) स्थानीय भाषामा डानियल्स प्रोफेसी पुस्तक उपलब्ध नभएका पुस्तक अध्ययन समूहहरूले आफूले बुझ्ने अर्को भाषा चलाउनसक्छ। अनि त्यो पनि सम्भव नभएको खण्डमा प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तक अध्ययन गर्न सकिन्छ। यसको तालिका पृष्ठ ६ मा दिइएको छ। नियमित तवरमा मण्डली पुस्तक अध्ययनमा उपस्थित हुन सबैलाई उत्प्रेरित गर्नुहोस्‌।

१८ मि: गम्भीर गल्तीको रिपोर्ट गर्ने कि नगर्ने? जवानहरूमाथि ध्यानकेन्द्रित गर्दै प्राचीनद्वारा गम्भीर भाषण। आधुनिक समाजमा देखा पर्न थालेका थुप्रै समस्याले जवानहरूमाथि नकारात्मक असर पारेको छ। जस्तै, ह्रास हुँदै गएको नैतिक स्तरहरू, बढ्‌दो हिंसा, लागू पदार्थको दुर्व्यसन र अख्तियारवालाहरूप्रतिको अनादर। केही किशोरकिशोरीहरू आफ्नो गलत आचरणहरू ढाकछोप गरेर दोहोरो जीवन बिताउँछन्‌। यसले सम्पूर्ण मण्डलीको आध्यात्मिक सुस्वास्थ्यलाई नै खतरामा पार्छ। कसैले गम्भीर गल्तीहरू गर्छन्‌ र गोप्य नै राख्न चाहन्छन्‌। मण्डलीको कुनै भाइ वा बहिनीले परमेश्‍वरको व्यवस्था गम्भीर रूपमा उल्लंघन गरेको छ भनेर थाह पाउनुभयो भने के गर्नुहुन्छ? लेवी ५:१ मा उल्लिखित सिद्धान्त छलफल गर्नुहोस्‌। (प्रहरीधरहरा अगस्त १५, १९९७ को पृष्ठ २७-३० हेर्नुहोस्‌।) युवा जनहरूका प्रश्‍न पुस्तकको पृष्ठ ६८-९ संकेत गर्दै त्यस्तो अवसरमा व्यक्‍तिविशेषले के गर्नुपर्छ बताउनुहोस्‌।

गीत ६८ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने