प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जून पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००१
  • उपशीर्षकहरू
  • जून ११ मा सुरु हुने हप्ता
  • जून १८ मा सुरु हुने हप्ता
  • जून २५ मा सुरु हुने हप्ता
  • जुलाई २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००१
km01 जून पृ. २

सेवा सभाको तालिका

जून ११ मा सुरु हुने हप्ता

गीत १७८

१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। सबैलाई जून २५ को हप्तामा हुने सेवा सभाको छलफलको लागि तयारी गर्न जेहोभाज्‌ विट्‌नेसेज स्ट्याण्ड फर्म अगेन्स्ट नाजी एसल्ट नामक भिडियो हेर्न प्रोत्साहित गर्नुहोस्‌।

१५ मि: “‘भलाइ’ गरिरहनुहोस्‌।” प्राचीनद्वारा धर्मशास्त्रमा आधारित प्रोत्साहनजनक भाषण।

२० मि: “आफ्नो विद्यार्थीको हृदयसम्म पुग्नुहोस्‌।”a नयाँ व्यक्‍तिहरूको हृदयमा यहोवा र येशूप्रति विश्‍वास र प्रेम कसरी जगाउन सकिन्छ, त्यसबारे व्यावहारिक सल्लाहहरू समावेश गर्नुहोस्‌। जुलाई १५, १९९९, प्रहरीधरहरा, पृष्ठ १४, अनुच्छेद १८-२० मा दिइएका मुख्य बुँदाहरू प्रयोग गर्नुहोस्‌।

गीत १८४ र समापन प्रार्थना।

जून १८ मा सुरु हुने हप्ता

गीत १९४

५ मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१० मि: सम्भाव्य वार्तालाप बाधकहरूलाई दिने जवाफहरू। श्रोताहरूसित छलफल। रीजनिङ पुस्तक, पृष्ठ १५-१६ मा दिइएका “टिप्पणीहरू” पुनरावृत्ति गर्नुहोस्‌। पृष्ठ १६-२० बाट तपाईंको इलाकाका घरधनीहरूले व्यक्‍त गर्ने केही प्रतिक्रियाहरू छान्‍नुहोस्‌। श्रोताहरूलाई ती प्रतिक्रियाहरूका उत्तरहरूमध्ये कुनचाहिं उत्तर प्रभावकारी लाग्यो र किन, बताउन आग्रह गर्नुहोस्‌।

१५ मि: युवाजन हो—आफ्नो पेसा छान्दा बुद्धिमान्‌ हुनुहोस्‌। सेवा सभामा तीन पटक छलफल गरिने भागहरूमध्ये यो पहिलो भाग हो। यस भागले थप शिक्षा हासिल गर्ने सन्दर्भमा धर्मशास्त्रीय सिद्धान्तलाई पुनरावृत्ति गर्नेछ। केही जवान मसीहीहरू उच्च शिक्षा हासिल गरेर सांसारिक पेसा अपनाउनतिर लागिरहेका छन्‌ र यसले तिनीहरूको आध्यात्मिकतामा नराम्रो असर पारिरहेको छ। यो भाग आमाबाबु र तिनीहरूका किशोर छोरा वा किशोरी छोरीबीच हुने छलफल हो। उक्‍त किशोर वा किशोरी आफ्नो भावी लक्ष्यबारे गम्भीर निर्णय गर्ने अवस्थामा छन्‌। कोहीकोही आर्थिक लाभ, मान-सम्मान वा आरामदायी जीवन बिताउने जस्ता कुराहरूको पछि लाग्न चाहलान्‌। तर बाइबलले यस विषयमा कस्तो सल्लाह दिन्छ, त्यसबारे परिवार मिलेर बाइबल जाँच गर्छन्‌। (युवा जनहरू सोध्छन्‌, पृष्ठ १७४-५; प्रहरीधरहरा, अगस्त १५, १९९७, पृष्ठ २१ र सेप्टेम्बर १, १९९९, पृष्ठ १९-२१, अनुच्छेद १-३ अनि ५-६ हेर्नुहोस्‌।) आफ्नो जीवनमा राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउने ईश्‍वरतान्त्रिक लक्ष्यहरू हासिल गर्ने मार्ग पछ्याउन उक्‍त किशोर वा किशोरी राजी हुन्छन्‌।

१५ मि: “तपाईं निरुत्साहसँग सामना गर्न सक्नुहुन्छ।” फेब्रुअरी १, २००१, प्रहरीधरहरा, पृष्ठ २०-२३ मा आधारित प्राचीनद्वारा भाषण।

गीत १९७ र समापन प्रार्थना।

जून २५ मा सुरु हुने हप्ता

गीत २

१५ मि: स्थानीय घोषणाहरू। जुलाई र अगस्त महिनामा प्रस्तुत गरिने साहित्यहरू पुनरावृत्ति गर्नुहोस्‌। स्थानीय स्टकमा रहेका दुईवटा पुस्तिकाहरूबारे प्रकाश पार्नुहोस्‌। राम्ररी तयार पारिएका प्रदर्शनहरूद्वारा यी पुस्तिकाहरूलाई सेवकाईमा कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउनुहोस्‌। सुझावित प्रस्तुतीको लागि सन्‌ १९९५ देखि १९९८ सम्मका हाम्रो राज्य सेवकाई-को जुलाई र अगस्त अंकको पछिल्लो पृष्ठ हेर्नुहोस्‌।

३० मि: “म अटल छु! म अटल छु! म अटल छु!” अनुच्छेद २ मा दिइएका प्रश्‍नहरू चलाउँदै स्ट्याण्ड फर्म भिडियोबारे श्रोताहरूसित छलफल। त्यसपछि अनुच्छेद ३-४ मा ध्यान दिनुहोस्‌। जनवरी ८, २०००, ब्यूँझनुहोस्‌! पृष्ठ ३१ मा दिइएको अनुभवलाई समावेश गर्नुहोस्‌। अगस्तमा हामी न्यु वर्ल्ड सोसाइटी इन एक्सन नामक भिडियो पुनरावृत्ति गर्ने आशा गर्छौं।

गीत २९ र समापन प्रार्थना।

जुलाई २ मा सुरु हुने हप्ता

गीत ५

१३ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जून महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। “तपाईंको निजी पुस्तकालयमा कुनै यरबूकहरू छैनन्‌ कि?” नामक पेटी पुनरावृत्ति गर्नुहोस्‌। सन्‌ १९९७ देखि २००० सम्मका यरबूकहरू-का विषयवस्तुहरूको महत्त्व दर्साउन ती यरबूकहरू-बाट केही छोटो अनुभवहरू बताउनुहोस्‌। आफ्नो निजी पुस्तकालयमा यी यरबूकहरू नहुने सबैलाई मगाइहाल्न प्रोत्साहित गर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

१७ मि: “आफ्नो इलाकाका बहिराहरूलाई प्रचार गर्न सजग हुनुहोस्‌।” अक्टोबर १५, १९९८ मा भारतका सम्पूर्ण मण्डलीहरूलाई पठाइएको पत्रको “अन्य भाषा बोल्ने व्यक्‍तिहरूलाई खोज्ने” शीर्षकअन्तर्गतका विषयवस्तु पुनरावलोकन गर्नुहोस्‌। अप्रिल २२, २००१ अवेक!, पृष्ठ १९-२३ मा दिइएको अनुभवलाई छोटकरीमा बताउनुहोस्‌।

गीत ३२ र समापन प्रार्थना।

[फुटनोट]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने