प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अक्टोबर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००१
  • उपशीर्षकहरू
  • अक्टोबर ८ मा सुरु हुने हप्ता
  • अक्टोबर १५ मा सुरु हुने हप्ता
  • अक्टोबर २२ मा सुरु हुने हप्ता
  • अक्टोबर २९ मा सुरु हुने हप्ता
  • नोभेम्बर ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००१
km01 अक्टोबर पृ. २

सेवा सभाको तालिका

अक्टोबर ८ मा सुरु हुने हप्ता

गीत १०९

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अक्टोबर २२ को हप्तामा गरिने छलफलको तयारीका लागि युनाइटेड बाई डिभाइन टिचिङ नामक भिडियो हेरेर आउन सबैलाई प्रोत्साहन दिनुहोस्‌। पृष्ठ १ मा दिइएको सुझाउ प्रयोग गरी अक्टोबर ८ को ब्यूँझनुहोस्‌! र अक्टोबर १५ को प्रहरीधरहरा पत्रिका प्रस्तुत गरिएको दुईवटा छुट्टाछुट्टै छोटा प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउनुहोस्‌।

३५ मि: “चाडपर्वको समयलाई यहोवाको आदर गर्ने काममा प्रयोग गर्नुहोस्‌।”* अनुच्छेद ४ मा आधारित एउटा र अनुच्छेद ५ र ६ का बुँदाहरूलाई प्रकाश पार्ने केही छोटा प्रदर्शनहरू समावेश गर्नुहोस्‌।

गीत १५१ र समापन प्रार्थना।

अक्टोबर १५ मा सुरु हुने हप्ता

गीत ११३

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: के तपाईंसित “आज्ञाकारी हृदय” छ? (१ राजा ३:९) जुलाई १५, १९९८ को प्रहरीधरहरा पृष्ठ २९-३१ मा आधारित प्राचीनद्वारा भाषण। मण्डलीसित काम गर्दा हामी कुनकुन तरिकामा आज्ञाकारिता देखाउन सक्छौं, त्यसबारे छलफल गर्नुहोस्‌।

२० मि: हाम्रा पत्रिकाहरू प्रभावकारी ढंगमा चलाउनुहोस्‌। सेवा निरीक्षक तथा पत्रिका सेवक, स्थानीय पत्रिका वितरणप्रति चासो व्यक्‍त गर्दै छलफल गर्छन्‌। तिनीहरू मण्डलीले हरेक महिना प्राप्त गर्ने पत्रिकाको संख्या र रिपोर्टअनुसार उक्‍त महिना वितरण भएको कुल पत्रिकाको संख्या दाँज्छन्‌। धेरैजसो पत्रिकाहरू थन्किएको वा फ्याँकिएको स्पष्ट देखिन्छ। प्रकाशकहरूले हाम्रा पत्रिकाहरूको सदुपयोग कसरी गर्नसक्छन्‌? ती भाइहरूले सेवा सभाको अक्टोबर ४, १९९९ को भाग “पत्रिकाहरूप्रति सजग हुनुहोस्‌!” भन्‍ने विषयबाट सातवटा बुँदा छलफल गर्छन्‌। तिनीहरूले फेब्रुअरी १५, १९९८ को प्रहरीधरहरा पृष्ठ २८-९ मा उल्लेख गरिएको अनुभव पुनरावलोकन गर्नेछन्‌ र त्यो सल्लाह स्थानीय तवरमा पनि लागू गर्न सकिने केही तरिकाहरूबारे विचार गर्छन्‌। सबै जनालाई हरेक महिना हाम्रो राज्य सेवकाई-मा दिइने नमुना प्रस्तुतिहरू चलाउन कोसिस गर्न प्रोत्साहित गरिन्छ।

गीत १५६ र समापन प्रार्थना।

अक्टोबर २२ मा सुरु हुने हप्ता

गीत १२०

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ १ का सुझाउहरू चलाउँदै अक्टोबर ८ को ब्यूँझनुहोस्‌! र नोभेम्बर १ को प्रहरीधरहरा पत्रिकाहरूका दुईवटा छोटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌।

१० मि: तपाईं कस्तो जवाफ दिनुहुन्छ? रीजनिङ पुस्तकको पृष्ठ २०४-५ मा भएका बुँदाहरू छोटकरीमा उल्लेख गर्दै “यहोवाका साक्षीहरू कसरी बाइबलबाट निष्कर्ष निकाल्छन्‌?” भन्‍ने प्रश्‍नको जवाफ औंल्याउनुहोस्‌। पुनःभेट गर्दा यस प्रश्‍नको जवाफ दिने र मण्डलीका सभाहरूमा उपस्थित हुन न्यानो निमन्त्रणासमेत दिने तरिका प्रस्ट पार्दै राम्ररी तयारी पारिएको प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

२५ मि: “युनाइटेड बाई डिभाइन टिचिङ—वास्तविक भ्रातृ एकताको समीक्षा।” श्रोताहरूसित छलफल। यस भागको परिचय तथा निष्कर्ष प्रस्तुत गर्न प्रथम तथा अन्तिम अनुच्छेदहरू प्रयोग गर्नुहोस्‌। दिइएका सबै प्रश्‍नहरू सोधेर यस भिडियोको छलफलमा सबैलाई सामेल गराउनुहोस्‌। यदि मण्डलीका कसैले अरू देशमा भएका अधिवेशनहरूमा भाग लिएका छन्‌ भने, अन्तरराष्ट्रिय तवरमा हाम्रो संगठनको एकता आफैले देख्न पाउँदा कस्तो महसुस गरे भन्‍न लगाउनुहोस्‌। होइन भने, १९९४ यरबूक पृष्ठ ७-९ र १९९५ यरबूक पृष्ठ ८-११ मा दिइएका हृदयस्पर्शी अनुभवहरू बताउनुहोस्‌। डिसेम्बरमा हामी टु दी एण्ड्‌स अफ दी अर्थ नामक भिडियो पुनरावलोकन गर्नेछौं।

गीत ४७ र समापन प्रार्थना।

अक्टोबर २९ मा सुरु हुने हप्ता

गीत १६४

१२ मि: स्थानीय घोषणाहरू। सबै प्रकाशकहरूलाई क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। नोभेम्बर महिनामा चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक प्रस्तुत गरिनेछ। यो छोटो प्रस्तुति प्रदर्शन गर्नुहोस्‌: “वर्तमान समयमा अर्थिक अवस्था कमजोर भएका थुप्रै मानिसलाई जीविकोपार्जन गर्न गाह्रो परिरहेको छ। के मानव सरकारहरूले निष्पक्ष ढंगमा यी समस्याहरूको समाधान गर्न सक्ला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] मैले बाइबलको यो प्रतिज्ञा एकदमै प्रोत्साहनदायी भएको महसुस गरेको छु।” भजन ७२:१२-१४ पढ्‌नुहोस्‌। त्यसपछि यससित मिल्दोजुल्दो टिप्पणी समावेश गर्दै चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक प्रस्तुत गर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

१८ मि: “तपाईं कत्तिको राम्ररी आध्यात्मिक आहार खानुहुन्छ?”a अप्रिल १५, १९९७ को प्रहरीधरहरा पृष्ठ २८-३१ मा दिइएको विषयवस्तु चलाउँदै हामीले राम्रो आध्यात्मिक खाना खाने बानी बसाल्नु किन र कसरी प्रयास गरिरहनुपर्छ भन्‍ने कुरा व्याख्या गर्न थप टिप्पणीहरूको लागि श्रोतागणलाई आग्रह गर्नुहोस्‌।

गीत १८१ र समापन प्रार्थना।

नोभेम्बर ५ मा सुरु हुने हप्ता

गीत १६७

१० मि: स्थानीय घोषणाहरू।

१८ मि: सभाहरूका लागि पारिवारिक तयारी। कसरी परिवारका सबै सदस्यले सभामा पूर्णतया भाग लिनसक्छन्‌ भनेर एक जना बाबुले परिवारसित छलफल गर्छन्‌। जुलाई १, १९९९ को प्रहरीधरहरा पृष्ठ १९-२०, अनुच्छेद ९ मा दिइएका सुझाउहरूलाई चलाउँदै तिनीहरू यस हप्ताको प्रहरीधरहरा अध्ययनमा टिप्पणी दिने तयारी गर्छन्‌। (१) परिवारका हरेक सदस्यले आफूले जवाफ दिन चाहेको एक वा दुईवटा प्रश्‍न छान्छन्‌। (२) ती प्रश्‍नहरूको अनुच्छेद पढिसकेपछि तिनीहरूले आफ्नै शब्दमा टिप्पणी तयार पार्छन्‌। (३) तिनीहरूले उल्लिखित मुख्य शास्त्रपद छान्छन्‌ र ती पदहरूले मुख्य विषयलाई कसरी जोड दिन्छन्‌ भनेर छलफल गर्छन्‌। अनि त्यस पाठसित उक्‍त शात्रपदको मिलान गर्न के भन्‍ने हो, त्यसबारे योजना बनाउँछन्‌। सबै जना सभामा भाग लिन उत्सुक छन्‌।

१७ मि: “तपाईंको उद्देश्‍य के हो?”b आफ्नो विद्यार्थीलाई मण्डलीका सभाहरूमा उपस्थित हुनुको महत्त्व बुझ्न मदत गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। ज्ञान पुस्तकको अध्याय १७, अनुच्छेद ६-८ चलाउँदै यो कसरी गर्न सकिन्छ राम्ररी तयार पारिएको प्रदर्शनद्वारा प्रस्ट्याउनुहोस्‌।

गीत १८६ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने