प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अक्टोबर पृ. ३-६
  • सन्‌ २००२ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ २००२ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका
  • हाम्रो राज्य सेवकाई—२००१
  • उपशीर्षकहरू
  • निर्देशन
  • तालिका
हाम्रो राज्य सेवकाई—२००१
km01 अक्टोबर पृ. ३-६

सन्‌ २००२ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका

निर्देशन

सन्‌ २००२ को दौडान ईश्‍वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।

पाठ्यपुस्तक: असाइनमेन्टहरूका लागि निम्न प्रकाशनहरूलाई आधार मानिनेछ: प्रहरीधरहरा [w-NP], ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ [kl-NP], बाइबलका कथाहरू भएको मेरो पुस्तक [my-NP] र आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष [gt-NP]।

गीत गाएर, प्रार्थना तथा स्वागत गरेर स्कूल समयमै सुरु गर्नुपर्छ। सभामा के के छलफल गरिन्छ त्यसबारे पहिल्यै बताइरहनु आवश्‍यक छैन। स्कूल निरीक्षकले अर्को वक्‍तालाई मञ्चमा बोलाउनुअघि तिनले दिने भाषणको विषय उल्लेख गर्नेछन्‌। यसप्रकार कार्यक्रम सञ्चालन गर्नुहोस्‌:

असाइनमेन्ट न. १: १५ मिनेट। प्रहरीधरहरा अथवा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ-मा आधारित यो भाषण प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। प्रहरीधरहरा-मा आधारित भाषण दिंदा पुनरावृत्ति नगरी यसलाई १५ मिनेट लामो निर्देशन भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकबाट दिंदा १० देखि १२ मिनेटसम्म भाषण दिएपछि पुस्तकका मुद्रित प्रश्‍नहरू चलाउँदै ३ देखि ५ मिनेटसम्म मौखिक पुनरावृत्ति गर्नुपर्छ। भाषणको उद्देश्‍य विषयवस्तुलाई सिध्याउनु मात्र नभई मण्डलीलाई मदतकारी हुने बुँदामा जोड दिंदै छलफल गरिने कुराहरूको व्यावहारिक मूल्यमाथि ध्यान केन्द्रित हुनुपर्छ। यस भाषणको लागि दिइएको शीर्षक नै चलाउनुपर्छ।

यो भाषण दिने भाइले निर्धारित समयभित्रै भाषण सिध्याउनुपर्छ। आवश्‍यक भए वा वक्‍ताले आग्रह गरेको खण्डमा व्यक्‍तिगत तवरमा सल्लाह दिन सकिन्छ।

बाइबल पढाइका विशेषताहरू: ६ मिनेट। स्थानीय आवश्‍यकताअनुसार विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्नसक्ने कुनै प्राचीन वा सेवकाई सेवकले यो भाषण दिनुपर्छ। यो भाषणको लागि विषय आवश्‍यक छैन। यो भाषण निर्धारित पढाइको सारांश जस्तो हुनु हुँदैन। निर्धारित अध्यायहरूको पुनरावृत्ति गर्न ३० देखि ६० सेकेन्ड लिन सकिन्छ। तथापि, यस भाषणको मुख्य उद्देश्‍य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोतागणलाई बुझाउनु हो। त्यसपछि स्कूल निरीक्षकले विद्यार्थीहरूलाई विभिन्‍न कक्षा कोठामा पठाउनेछन्‌।

असाइनमेन्ट न. २: ५ मिनेट। यो भाषण भाइले दिनेछन्‌ र तिनले बाइबलको निर्धारित अंश पढ्‌नेछन्‌। यो प्रबन्ध मुख्य स्कूलका साथै अन्य कोठामा सञ्चालित कक्षाहरूमा पनि लागू हुनेछ। पढ्‌नुपर्ने भाग प्रायजसो छोटो हुने हुँदा विद्यार्थीले भाषणको सुरु र अन्तमा संक्षिप्त टिप्पणीहरू दिनसक्छन्‌। त्यस्ता टिप्पणीहरूमा ऐतिहासिक पृष्ठभूमि, भविष्यसूचक वा धर्मसैद्धान्तिक महत्त्व र सिद्धान्तहरूको उपयोग समावेश गर्न सकिन्छ। दिइएका सबै पदहरू बीचमा कतै नरोकी पढ्‌नुपर्छ। तर पदहरू क्रमानुसार छैनन्‌ भने कहाँदेखि पढ्‌नुपर्ने हो, विद्यार्थीले अवश्‍य उल्लेख गर्नसक्छन्‌।

असाइनमेन्ट न. ३: ५ मिनेट। यो भाग बहिनीले प्रस्तुत गर्नेछिन्‌। यस प्रस्तुतिको विषयवस्तु बाइबलका कथाहरू भएको मेरो पुस्तक-मा आधारित हुनेछ। तपाईंको इलाकामा उपयुक्‍त हुने कुनै पनि किसिमको भूमिका प्रयोग गर्न सकिन्छ। विद्यार्थीले उभिएर वा बसेरै आफ्नो छलफल प्रस्तुत गर्नसक्छन्‌। स्कूल निरीक्षकले विशेष गरी विद्यार्थीले घरधनीसित कसरी तर्क गर्छन्‌, प्रस्तुत गरिएका विषयवस्तु बुझाउन र शास्त्रपदहरू चलाउन कस्तो तरिका अपनाउँछन्‌, त्यसमा ध्यान दिनेछन्‌। यो भाग पाउने विद्यार्थीले पढ्‌न जानेको हुनुपर्छ। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्‌ तर थप सहायक पनि राख्न सकिन्छ। विद्यार्थीले भूमिकाभन्दा बाइबललाई प्रभावकारी ढंगमा प्रयोग गर्न विशेष ध्यान दिनुपर्छ।

असाइनमेन्ट न. ४: ५ मिनेट। यस भाषणको विषय आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकमा आधारित हुनेछ। यो असाइनमेन्ट न. ४ कुनै भाइ वा बहिनीले दिन सक्छन्‌। यो भाग कुनै भाइलाई दिंदा यसलाई सधैं भाषणको रूपमा प्रस्तुत गरिएको हुनुपर्छ। यो भाग कुनै बहिनीलाई दिइएको छ भने, तिनले यसलाई असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाहअनुरूप प्रस्तुत गर्नुपर्छ।

बाइबल पढाइका लागि तालिका: मण्डलीका सबै भाइबहिनीहरूलाई साप्ताहिक बाइबल पढाइको तालिकाअनुरूप पढ्‌न प्रोत्साहित गरिन्छ। यसअनुसार दिनको लगभग एक पृष्ठ बाइबल पढ्‌नु पर्नेहुन्छ।

सूचना: सल्लाह, समय, लिखित पुनरावृत्ति र आफूलाई दिइएको असाइनमेन्ट तयार गर्ने सन्दर्भमा थप जानकारी तथा निर्देशनका लागि कृपया, अक्टोबर १९९६ को हाम्रो राज्य सेवकाई-को पृष्ठ ३ हेर्नुहोस्‌।

तालिका

जन. ७ बाइबल पढाइ: उपदेशक १-६

गीत न. ४

न. १: तपाईंको भविष्य आनन्दमय हुनसक्छ! (kl-NP पृ. ६-११)

न. २: उपदेशक ४:१-१६

न. ३: सृष्टि–परमेश्‍वरको अद्‌भुत कार्य! (my-NP अध्याय १)

न. ४: एउटा जन्मोत्सवको भोजमा हत्या (gt-NP अध्याय ५१)

जन. १४ बाइबल पढाइ: उपदेशक ७-१२

गीत न. १८०

न. १: परमेश्‍वरको ज्ञान प्रकाश पार्ने पुस्तक-भाग १ (kl-NP पृ. १२-१७ अनु. १-१५)

न. २: उपदेशक ८:१-१७

न. ३: हाम्रो पृथ्वीको लागि परमेश्‍वरको सुरुको उद्देश्‍य के थियो? (my-NP अध्याय २)

न. ४: येशूले चमत्कारद्वारा हजारौंलाई खुवाउनु हुन्छ (gt-NP अध्याय ५२)

जन. २१ बाइबल पढाइ: श्रेष्ठगीत १-८

गीत न. ४६

न. १: परमेश्‍वरको ज्ञान प्रकाश पार्ने पुस्तक-भाग २ (kl-NP पृ. १७-२२ अनु. १६-२३)

न. २: श्रेष्ठगीत ५:१-१६

न. ३: यहोवाले पहिलो विवाह गराउनुहुन्छ? (my-NP अध्याय ३)

न. ४: चाहिएकै एक जना अलौकिक शासक (gt-NP अध्याय ५३)

जन. २८ बाइबल पढाइ: यशैया १-६

गीत न. ५२

न. १: साँचो परमेश्‍वर को हुनुहुन्छ? (kl-NP पृ. २३-३१)

न. २: यशैया २:१-१७

न. ३: हामीले किन सधैंभरि परमेश्‍वरको आज्ञा मान्‍नुपर्छ? (my-NP अध्याय ४)

न. ४: “स्वर्गबाट ओर्लनु भएको साँचो रोटी” (gt-NP अध्याय ५४)

फेब्रु. ४ बाइबल पढाइ: यशैया ७-११

गीत न. ८९

न. १: हामीलाई यहोवाको संगठन चाहिन्छ (w-NP०० १/१ पृ. ३०-१)

न. २: यशैया ८:१-२२

न. ३: परमेश्‍वरको निर्देशन स्वेच्छापूर्वक अस्वीकार गर्नुको परिणाम (my-NP अध्याय ५)

न. ४: धेरै चेलाहरू येशूका पछि लाग्न छाड्‌छन्‌ (gt-NP अध्याय ५५)

फेब्रु. ११ बाइबल पढाइ: यशैया १२-१९

गीत न. १७७

न. १: तपाईं आफूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? (w-NP०० १/१५ पृ. २०-२)

न. २: यशैया १७:१-१४

न. ३: डाह नगर्नुहोस्‌ (my-NP अध्याय ६)

न. ४: मानिसलाई के ले अशुद्ध तुल्याउँछ? (gt-NP अध्याय ५६)

फेब्रु. १८ बाइबल पढाइ: यशैया २०-२६

गीत न. २२५

न. १: यहोवासित घनिष्ठता बढाउनुहोस्‌ (w-NP०० १/१५ पृ. २३-६)

न. २: यशैया २२:१-१९

न. ३: यहोवा सँगसँगै हिंड्‌ने (my-NP अध्याय ७)

न. ४: दुःखमा परेकाहरूका लागि अनुकम्पा (gt-NP अध्याय ५७)

फेब्रु. २५ बाइबल पढाइ: यशैया २७-३१

गीत न. १९२

न. १: खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌ (w-NP०० १/१५ पृ. २७-९)

न. २: यशैया २९:१-१४

न. ३: हिंस्रकहरूप्रतिको तपाईंको दृष्टिकोण के परमेश्‍वरको जस्तै छ? (my-NP अध्याय ८)

न. ४: रोटी र खमीर (gt-NP अध्याय ५८)

मार्च ४ बाइबल पढाइ: यशैया ३२-३७

गीत न. ९८

न. १: लगनशील प्रयासद्वारा सफलता (w-NP०० २/१ पृ. ४-६)

न. २: यशैया ३३:१-१६

न. ३: परमेश्‍वरको निर्देशन अक्षरशः पालन गर्दा पाइने इनामहरू (my-NP अध्याय ९)

न. ४: येशू वास्तवमा को हुनुहुन्छ? (gt-NP अध्याय ५९)

मार्च ११ बाइबल पढाइ: यशैया ३८-४२

गीत न. १३२

न. १: आमाको बुद्धिमानी सल्लाह (w-NP०० २/१ पृ. ३०-१)

न. २: यशैया ४२:१-१६

न. ३: जीवन जोगाउन आज्ञाकारी नभई हुँदैन (my-NP अध्याय १०)

न. ४: ख्रीष्टको राज्य महिमाको एउटा अग्रिमदृश्‍य (gt-NP अध्याय ६०)

मार्च १८ बाइबल पढाइ: यशैया ४३-४७

गीत न. १६०

न. १: खतरनाक इलाकाबाट टाढै रहनुहोस्‌! (w-NP०० २/१५ पृ. ४-७)

न. २: यशैया ४४:६-२०

न. ३: परमेश्‍वरले मानिसजातिको हेरचाह गर्नुहुन्छ भन्‍ने आश्‍वासन (my-NP अध्याय ११)

न. ४: भूत लागेको ठिटो निको हुन्छ (gt-NP अध्याय ६१)

मार्च २५ बाइबल पढाइ: यशैया ४८-५२

गीत न. १६१

न. १: प्रार्थनाको शक्‍ति (w-NP०० ३/१ पृ. ३-४)

न. २: यशैया ४९:१-१३

न. ३: परमेश्‍वरमा भर नपरी मानवीय शक्‍ति तथा क्षमताको प्रदर्शन गर्दा उहाँको क्रोधलाई निम्त्याउँछ (my-NP अध्याय १२)

न. ४: नम्रताको एउटा शिक्षा (gt-NP अध्याय ६२)

अप्रि. १ बाइबल पढाइ: यशैया ५३-५९

गीत न. २१०

न. १: तयारी हृदयले यहोवाको खोजी गर्ने (w-NP०० ३/१ पृ. २९-३१)

न. २: यशैया ५४:१-१७

न. ३: आफूलाई सुम्पिएको जिम्मेवारी तनमनले स्वीकार्नुहोस्‌ (my-NP अध्याय १३)

न. ४: सुधारका निम्ति अझ केही सल्लाहहरू (gt-NP अध्याय ६३)

अप्रि. ८ बाइबल पढाइ: यशैया ६०-६६

गीत न. १६८

न. १: येशू ख्रीष्ट—परमेश्‍वरको ज्ञानको कुञ्जी (kl-NP पृ. ३२-४२)

न. २: यशैया ६१:१-११

न. ३: जीवन सफल बनाउन बलियो विश्‍वास चाहिन्छ (my-NP अध्याय १४)

न. ४: क्षमासम्बन्धी एउटा पाठ (gt-NP अध्याय ६४)

अप्रि. १५ बाइबल पढाइ: यर्मिया १-४

गीत न. ३७

न. १: परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ? (kl-NP पृ. ४३-५२)

न. २: यर्मिया २:४-१९

न. ३: यस पुरानो रीतिरिवाजबाट केही मूल्यवान्‌ कुराको आशा गर्न सकिंदैन (my-NP अध्याय १५)

न. ४: यरूशलेमको गोप्य यात्रा (gt-NP अध्याय ६५)

अप्रि. २२ बाइबल पढाइ: यर्मिया ५-८

गीत न. २०५

न. १: मानिसजातिलाई किन सहायक चाहिन्छ (w-NP०० ३/१५ पृ. ३-४)

न. २: यर्मिया ७:१-२०

न. ३: पति वा पत्नी रोज्दा ईश्‍वरीय निर्देशन पालन गर्नुहोस्‌ (my-NP अध्याय १६)

न. ४: डेराबासको चाडमा (gt-NP अध्याय ६६)

अप्रि. २९ लिखित पुनरावृत्ति। बाइबल पढाइ: यर्मिया ९-१३

गीत न. ४६

मे ६ बाइबल पढाइ: यर्मिया १४-१८

गीत न. २२४

न. १: हामीलाई येशू ख्रीष्टले कसरी मदत गर्न सक्नुहुन्छ (w-NP०० ३/१५ पृ. ५-९)

न. २: यर्मिया १७:१-१८

न. ३: हामी पवित्र कुराहरूको मूल्यांकन गर्छौं वा गर्दैनौं, हाम्रो निर्णयले प्रकट गर्छ (my-NP अध्याय १७)

न. ४: तिनीहरू उहाँलाई पक्रन असफल हुन्छन्‌ (gt-NP अध्याय ६७)

मे १३ बाइबल पढाइ: यर्मिया १९-२३

गीत न. ७३

न. १: विनम्रता—शान्ति बढाउने गुण (w-NP०० ३/१५ पृ. २१-४)

न. २: यर्मिया १९:१-१५

न. ३: ‘प्रभुमा मात्र विवाह गर्नुहोस्‌’ (my-NP अध्याय १८)

न. ४: सातौं दिनमा अझै शिक्षा दिनुहुन्छ (gt-NP अध्याय ६८)

मे २० बाइबल पढाइ: यर्मिया २४-२८

गीत न. १४०

न. १: सुधार स्वीकार्ने उदाहरणीय पुरुष (w-NP०० ३/१५ पृ. २५-८)

न. २: यर्मिया २५:१-१४

न. ३: आध्यात्मिक तवरमा बलियो परिवार निर्माण गर्ने (my-NP अध्याय १९)

न. ४: पितृत्वको प्रश्‍न (gt-NP अध्याय ६९)

मे २७ बाइबल पढाइ: यर्मिया २९-३१

गीत न. ४२

न. १: अहिले परमेश्‍वरको आत्माले कसरी काम गर्छ? (w-NP०० ४/१ पृ. ८-११)

न. २: यर्मिया ३०:१-१६

न. ३: खराब संगतले दुःखमा पुऱ्‍याउनसक्छ (my-NP अध्याय २०)

न. ४: जन्मजात अन्धोमानिसलाई निको पार्नुहुन्छ (gt-NP अध्याय ७०)

जून ३ बाइबल पढाइ: यर्मिया ३२-३५

गीत न. ८५

न. १: यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउनुहोस्‌ (w-NP०० ४/१५ पृ. ४-७)

न. २: यर्मिया ३४:१-१६

न. ३: ईर्ष्याले पापकर्मतिर डोऱ्‍याउँछ (my-NP अध्याय २१)

न. ४: फरिसीहरू जानाजानी अविश्‍वास गर्छन्‌ (gt-NP अध्याय ७१)

जून १० बाइबल पढाइ: यर्मिया ३६-४०

गीत न. १५९

न. १: हिंस्रकहरूप्रति तपाईंको दृष्टिकोण के परमेश्‍वरको जस्तै छ? (w-NP०० ४/१५ पृ. २६-९)

न. २: यर्मिया ३७:१-१७

न. ३: जीवनमा आइपर्ने दुःखकष्टहरूदेखि निराश नहुनुहोस्‌ (my-NP अध्याय २२)

न. ४: येशूले ७० जनालाई बाहिर पठाउनुहुन्छ (gt-NP अध्याय ७२)

जून १७ बाइबल पढाइ: यर्मिया ४१-४५

गीत न. २६

न. १: “हृदयलाई सुरक्षित राख्‌” (w-NP०० ५/१५ पृ. २०-४)

न. २: यर्मिया ४१:१-१५

न. ३: हाम्रा क्षमताहरूको श्रेय यहोवालाई दिएर उहाँको आदर गर्नुहोस्‌ (my-NP अध्याय २३)

न. ४: एउटा असल सामरी छिमेकी (gt-NP अध्याय ७३)

जून २४ बाइबल पढाइ: यर्मिया ४६-४९

गीत न. १५

न. १: सिद्ध जीवन सपना मात्र होइन! (w-NP०० ६/१५ पृ. ५-७)

न. २: यर्मिया ४९:१-१३

न. ३: प्रेमले घृणामाथि विजय हासिल गर्छ (my-NP अध्याय २४)

न. ४: मार्थालाई सल्लाह, र प्रार्थनासम्बन्धी उपदेश (gt-NP अध्याय ७४)

जुला. १ बाइबल पढाइ: यर्मिया ५०-५२

गीत न. १०२

न. १: हामी किन बूढो हुन्छौं र मर्छौं? (kl-NP पृ. ५३-६१)

न. २: यर्मिया ५०:१-१६

न. ३: पश्‍चात्ताप गर्नेहरूले परमेश्‍वरको निगाह पाउनसक्छन्‌ (my-NP अध्याय २५)

न. ४: आनन्दको श्रोत (gt-NP अध्याय ७५)

जुला. ८ बाइबल पढाइ: विलाप १-२

गीत न. ८७

न. १: परमेश्‍वरले मानिसजातिलाई बचाउन के गर्नुभएको छ (kl-NP पृ. ६२-६९)

न. २: विलाप १:१-१४

न. ३: अटल निष्ठा कायम राख्दा यहोवाको निगाह पाइन्छ (my-NP अध्याय २६)

न. ४: एक जना फरिसीसित भोजन खान बस्नुहुँदा (gt-NP अध्याय ७६)

जुला. १५ बाइबल पढाइ: विलाप ३-५

गीत न. २३

न. १: परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ? (kl-NP पृ. ७०-७९)

न. २: विलाप ३:१-३०

न. ३: परमेश्‍वरले हाम्रा विश्‍वासी कार्यहरूको लेखा राख्नुहुन्छ (my-NP अध्याय २७)

न. ४: अंशबण्डाको प्रश्‍न (gt-NP अध्याय ७७)

जुला. २२ बाइबल पढाइ: इजकिएल १-६

गीत न. १८५

न. १: हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ? (kl-NP पृ. ८०-८९)

न. २: इजकिएल ४:१-१७

न. ३: यहोवा–महान्‌ उद्धारकर्ता तथा आफ्ना उद्देश्‍य पूरा गर्नुहुने परमेश्‍वर (my-NP अध्याय २८)

न. ४: तयार रह! (gt-NP अध्याय ७८)

जुला. २९ बाइबल पढाइ: इजकिएल ७-१२

गीत न. २२१

न. १: असल उदाहरणहरूबाट लाभ उठाउनुहोस्‌ (w-NP०० ७/१ पृ. १९-२१)

न. २: इजकिएल १०:१-१९

न. ३: परमेश्‍वरप्रति वफादार भई आफ्ना भाइहरूलाई प्रेम गर्नुहोस्‌ (my-NP अध्याय २९)

न. ४: एउटा राष्ट्रको पतन, तर त्यसमा भएका सबै जनाको चाहिं होइन (gt-NP अध्याय ७९)

अग. ५ बाइबल पढाइ: इजकिएल १३-१६

गीत न. १०६

न. १: तपाईं अनैतिक संसारमा चरित्रवान्‌ हुन सक्नुहुन्छ (w-NP०० ७/१५ पृ. २८-३१)

न. २: इजकिएल १३:१-१६

न. ३: यहोवाका प्रशिक्षणहरूको मूल्यांकन गर्नुहोस्‌ (my-NP अध्याय ३०)

न. ४: गोठहरू र गोठाला (gt-NP अध्याय ८०)

अग. १२ बाइबल पढाइ: इजकिएल १७-२०

गीत न. २१४

न. १: किन अख्तियारवालाहरूको आदर गर्ने? (w-NP०० ८/१ पृ. ४-७)

न. २: इजकिएल १७:१-१८

न. ३: साहसी भई यहोवाको नाउँको पक्षमा बोल्नुहोस्‌ (my-NP अध्याय ३१)

न. ४: येशूलाई मार्ने अझै अरू प्रयासहरू (gt-NP अध्याय ८१)

अग. १९ बाइबल पढाइ: इजकिएल २१-२३

गीत न. ८६

न. १: तपाईं मतभेद कसरी सुल्झाउनु हुन्छ? (w-NP०० ८/१५ पृ. २३-५)

न. २: इजकिएल २२:१-१६

न. ३: यहोवा आफ्नो वचन पूरा गर्न कहिल्यै चुक्नुहुन्‍न (my-NP अध्याय ३२)

न. ४: येशू फेरि यरूशलेम तर्फ लाग्नुहुन्छ (gt-NP अध्याय ८२)

अग. २६ लिखित पुनरावृत्ति। बाइबल पढाइ: इजकिएल २४-२८

गीत न. १८

सेप्टे. २ बाइबल पढाइ: इजकिएल २९-३२

गीत न. ४०

न. १: किन आत्मत्यागी हुने? (w-NP०० ९/१५ पृ. २१-४)

न. २: इजकिएल ३०:१-१९

न. ३: ‘यहोवा आफ्ना जनहरूका निम्ति लड्‌नुहुन्छ’ (my-NP अध्याय ३३)

न. ४: एउटा फरिसीले उहाँको आतिथ्य गर्छ (gt-NP अध्याय ८३)

सेप्टे. ९ बाइबल पढाइ: इजकिएल ३३-३६

गीत न. ४९

न. १: तपाईं कसरी परमेश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ (w-NP०० १०/१५ पृ. ४-७)

न. २: इजकिएल ३३:१-१६

न. ३: ‘दास वर्गले’ पस्कने आध्यात्मिक भोजनलाई कहिल्यै हल्कासित नलिनुहोस्‌ (my-NP अध्याय ३४)

न. ४: शिष्य हुँदाको जिम्मावारी (gt-NP अध्याय ८४)

सेप्टे. १६ बाइबल पढाइ: इजकिएल ३७-४०

गीत न. ३४

न. १: तपाईं कसरी आफ्नो सफलता नाप्नुहुन्छ? (w-NP०० ११/१ पृ. १८-२१)

न. २: इजकिएल ३९:१-१६

न. ३: परमेश्‍वरको नियममा लुकेका मुख्य सिद्धान्तहरूमा ध्यान दिनुहोस्‌ (my-NP अध्याय ३५)

न. ४: हराएकोलाई खोज्ने (gt-NP अध्याय ८५)

सेप्टे. २३ बाइबल पढाइ: इजकिएल ४१-४५

गीत न. ५०

न. १: इच्छुक मनोवृत्तिसहित परमेश्‍वरको सेवा गर्नुहोस्‌ (w-NP०० ११/१५ पृ. २१-३)

न. २: इजकिएल ४२:१-२०

न. ३: यहोवा मूर्तिपूजालाई सहनुहुन्‍न (my-NP अध्याय ३६)

न. ४: एउटा हराएको छोरोको कथा (gt-NP अध्याय ८६)

सेप्टे. ३० बाइबल पढाइ: इजकिएल ४६-४८

गीत न. १४६

न. १: परमेश्‍वरको राज्यले शासन गर्छ (kl-NP पृ. ९०-९७)

न. २: इजकिएल ४६:१-१५

न. ३: आफ्ना बहुमूल्य चीजहरूद्वारा यहोवाको आदर गर्नुहोस्‌ (my-NP अध्याय ३७)

न. ४: व्यावहारिक बुद्धिसित भविष्यका लागि प्रबन्ध मिलाउनु होस्‌ (gt-NP अध्याय ८७)

अक्टो. ७ बाइबल पढाइ: दानियल १-४

गीत न. १०

न. १: यी अन्तिम दिन हुन्‌! (kl-NP पृ. ९८-१०७)

न. २: दानियल १:१-१७

न. ३: आशावादी भएर अरूमा विश्‍वासको बीउ रोप्नुहोस्‌ (my-NP अध्याय ३८)

न. ४: धनी मानिस र लाजरस (gt-NP अध्याय ८८)

अक्टो. १४ बाइबल पढाइ: दानियल ५-८

गीत न. १९१

न. १: के “बुद्धिमान्‌हरूले” भनेका कुरा सधैंभरि विश्‍वास गर्नैपर्छ? (w-NP०० १२/१ पृ. २९-३१)

न. २: दानियल ५:१-१६

न. ३: नेतृत्व लिनेहरूप्रति वफादार रहनुहोस्‌ (my-NP अध्याय ३९)

न. ४: यहूदियामा दयाको यात्रा (gt-NP अध्याय ८९)

अक्टो. २१ बाइबल पढाइ: दानियल ९-१२

गीत न. २७

न. १: दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌ (kl-NP पृ. १०८-११७)

न. २: दानियल १०:१-२१

न. ३: नम्रता सिक्नुहोस्‌ र विपत्तिबाट बच्नुहोस्‌ (my-NP अध्याय ४०)

न. ४: पुनरुत्थानको आशा (gt-NP अध्याय ९०)

अक्टो. २८ बाइबल पढाइ: होशे १-१४

गीत न. ५७

न. १: ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन किन आनन्ददायी हुन्छ–भाग १ (kl-NP पृ. ११८-१२३ अनु. १-१३)

न. २: होशे ४:१-१९

न. ३: छुडौतीमा विश्‍वास गर्नुहोस्‌ (my-NP अध्याय ४१)

न. ४: लाजरसको पुनरुत्थान हुँदा (gt-NP अध्याय ९१)

नोभे. ४ बाइबल पढाइ: योएल १-३

गीत न. ३४

न. १: ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन किन आनन्ददायी हुन्छ–भाग २ (kl-NP पृ. १२३-१२९ अनु. १४-२३

न. २: योएल १:१-२०

न. ३: लोभले हामीलाई गलत मार्गतिर लैजानसक्छ (my-NP अध्याय ४२)

न. ४: यरूशलेमको आखिरीभ्रमणमा येशूले दस जना कोरीहरूलाई निको पार्नुहुन्छ (gt-NP अध्याय ९२)

नोभे. ११ बाइबल पढाइ: आमोस १-९

गीत न. २

न. १: तपाईंले कसको अख्तियारलाई मान्यता दिनुपर्छ? (kl-NP पृ. १३०-१३९)

न. २: आमोस १:१-१५

न. ३: ईश्‍वरतान्त्रिक प्रबन्धलाई विनम्र भई आदर गर्नुहोस्‌ (my-NP अध्याय ४३)

न. ४: मानिसको पुत्र प्रकट हुने बेलामा (gt-NP अध्याय ९३)

नोभे. १८ बाइबल पढाइ: ओबदिया १–योना ४

गीत न. ११७

न. १: परमेश्‍वरलाई आदर गर्ने परिवार निर्माण–भाग १ (kl-NP पृ. १४०-१४४ अनु. १-१४)

न. २: ओबदिया १:१-१६

न. ३: कामविनाको विश्‍वास मरेतुल्य हुन्छ (my-NP अध्याय ४४)

न. ४: प्रार्थना र नम्रताको आवश्‍यकता (gt-NP अध्याय ९४)

नोभे. २५ बाइबल पढाइ: मीका १-७

गीत न. १६४

न. १: परमेश्‍वरलाई आदर गर्ने परिवार निर्माण–भाग २ (kl-NP पृ. १४५-१४९ अनु. १५-२३)

न. २: मीका १:१-१६

न. ३: यहोवाका प्रतिज्ञाहरूमाथि कहिल्यै शंका नगर्नुहोस्‌ (my-NP अध्याय ४५)

न. ४: पारपाचुके र केटा-केटीहरूलाई प्रेम गर्ने विषयमा शिक्षाहरू (gt-NP अध्याय ९५)

डिसे. २ बाइबल पढाइ: नहूम १–हबकूक ३

गीत न. १३१

न. १: तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ (kl-NP पृ. १५०-१५९)

न. २: नहूम ३:१-१९

न. ३: विजय यहोवाकै हो (my-NP अध्याय ४६)

न. ४: येशू र एउटा धनी शासक (gt-NP अध्याय ९६)

डिसे. ९ बाइबल पढाइ: सपन्याह १–हाग्गै २

गीत न. २१३

न. १: परमेश्‍वरका जनहरूबीच सुरक्षा पाउनुहोस्‌ (kl-NP पृ. १६०-१६९)

न. २: सपन्याह २:१-१५

न. ३: लोभ र चोरीको नतिजा भयानक हुन्छ (my-NP अध्याय ४७)

न. ४: दाखबारीका खेतालाहरू (gt-NP अध्याय ९७)

डिसे. १६ बाइबल पढाइ: जकरिया १-८

गीत न. ७२

न. १: सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌ (kl-NP पृ. १७०-१८०)

न. २: जकरिया ६:१-१५

न. ३: शान्तिको खोजी गर्नेहरूलाई यहोवाले आशिष्‌ दिनुहुन्छ (my-NP अध्याय ४८)

न. ४: येशूको मृत्युको समय जसै नजिकआउँछ, चेलाहरू आपसमा वाद-विवाद गर्छन्‌ (gt-NP अध्याय ९८)

डिसे. २३ बाइबल पढाइ: जकरिया ९-१४

गीत न. १८७

न. १: जब परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुन्छ (kl-NP पृ. १८१-१९१)

न. २: जकरिया ९:१-१७

न. ३: प्रार्थनाको शक्‍तिलाई कहिल्यै हल्का नठान्‍नुहोस्‌ (my-NP अध्याय ४९)

न. ४: येशूले जोरिकोमा शिक्षा दिनुहुन्छ (gt-NP अध्याय ९९)

डिसे. ३० लिखित पुनरावृत्ति। बाइबल पढाइ: मलाकी १-४

गीत न. ११८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने