प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 नोभेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००१
  • उपशीर्षकहरू
  • नोभेम्बर १२ मा सुरु हुने हप्ता
  • नोभेम्बर १९ मा सुरु हुने हप्ता
  • नोभेम्बर २६ मा सुरु हुने हप्ता
  • डिसेम्बर ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००१
km01 नोभेम्बर पृ. २

सेवा सभाको तालिका

नोभेम्बर १२ मा सुरु हुने हप्ता

गीत १७९

८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१७ मि: रीजनिङ पुस्तकका विशेषताहरू। श्रोताहरूसित छलफल। अरूलाई बाइबलका शिक्षाहरू बुझाउन यस पुस्तकका विविध विशेषताहरू कसरी लाभदायक छन्‌, निम्न उदाहरणहरूलाई विचार गर्नुहोस्‌: परिभाषाहरू, जस्तै “राज्य” (पृष्ठ २२५-६) अथवा “आत्मा” (पृष्ठ ३८०); बाइबलका कुन-कुन पदमा परमेश्‍वरको नाउँ कसरी प्रयोग गरिएका छन्‌ (पृष्ठ १९१-३), अथवा नरकबारे साँचो कुरा के हो (पृष्ठ १६९-७०), त्यसलाई स्पष्ट पार्न विभिन्‍न बाइबलहरूको तुलनात्मक अनुवाद; हामीलाई अन्य धर्महरूबाट भिन्‍न राख्ने विश्‍वासबारे विस्तृत विवरणहरूका सूचीहरू (पृष्ठ १९९-२०१) अथवा कुन धर्म सही हो भनेर कुनै पनि व्यक्‍तिले कसरी थाह पाउनसक्छ, त्यसबारे स्पष्ट बयान (पृष्ठ ३२८-३०); ऐतिहासिक पृष्ठभूमी, क्रिसमसको उत्थानबारे स्पष्टीकरण (पृष्ठ १७६-८) अथवा प्रारम्भिक मसीहीहरूको तटस्थता (पृष्ठ २७३-५); सृष्टिलाई समर्थन गर्ने वैज्ञानिक प्रमाण (पृष्ठ ८५-६) अथवा गाँजा तथा सूर्ती सेवन गर्दा हुने हानिकारक असरहरू (पृष्ठ १०८-११)। क्षेत्र सेवकाईमा मौका पाउने बित्तिकै यी असल शिक्षाहरूको प्रयोग गर्न सबै प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्‌।

२० मि: “यहोवाको प्रेमको निम्ति मूल्यांकन देखाउँदा पाइने आशिष्‌हरू—भाग १”* अनुच्छेद ३-६ छलफल गर्ने क्रममा घर-घरको प्रचार कार्यमा जाँदा, सडक साक्षी दिंदा र पुनःभेट अनि बाइबल अध्ययन गर्दाका प्रोत्साहनदायी अनुभवहरू बताउन आमन्त्रित गर्नुहोस्‌।

गीत २०० र समापन प्रार्थना।

नोभेम्बर १९ मा सुरु हुने हप्ता

गीत १७२

८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: स्थानीय आवश्‍यकता।

२२ मि: “आफ्नो ज्ञानेन्द्रियको अभ्यास गर्नुहोस्‌।”a प्राचीनद्वारा गत सेवा वर्षको दौडान सम्पन्‍न भएको विशेष सम्मेलन दिनको कार्यक्रमको जीवन्त पुनरावृत्ति।

गीत १९५ र समापन प्रार्थना।

नोभेम्बर २६ मा सुरु हुने हप्ता

गीत १७७

१५ मि: स्थानीय घोषणाहरू। सबै प्रकाशकहरूलाई नोभेम्बर महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। “पत्रिकाबारे के भन्‍ने” पेटीमा उल्लिखित सुझाउहरू प्रयोग गर्दै, नोभेम्बर ८ अंकको ब्यूँझनुहोस्‌! र नोभेम्बर १५ अंकको प्रहरीधरहरा चलाउँदै दुइटा राम्ररी तयार पारिएका पत्रिका प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्‌। त्यसपछि डिसेम्बर महिनाको दौडान महान पुरुष पुस्तक वा अन्य कुनै वैकल्पिक प्रकाशनहरू प्रस्तुत गर्न कसरी प्रस्तुतिहरू खोज्ने बझाउनुहोस्‌। वाचटावर पब्लिकेसन इन्डेक्स-का “प्रस्तुतिहरू” र बीचको उपशीर्षक “प्रकाशनअनुसार सूचीबद्ध”-मा हेर्नुहोस्‌। एक वा दुईवटा उदाहरण बताउनुहोस्‌।

१५ मि: “म कसरी समय निकाल्न सक्छु?” भाषण तथा श्रोतहरूसित छलफल। अक्टोबर १, २००० को प्रहरीधरहरा, पृष्ठ २०-१, अनुच्छेद ९-१० बाट “कसै-कसैले अध्ययन गर्न कसरी समय निकाल्छन्‌” भन्‍ने उपशीर्षकअन्तर्गतका मुख्य बुँदाहरू समावेश गर्नुहोस्‌। श्रोताहरूलाई, अनावश्‍यक क्रियाकलापहरूमा ध्यान नदिई बढी महत्त्वपूर्ण कुराहरूको लागि समय निकाल्न तिनीहरूले अपनाएका व्यावहारिक तरिकाहरूबारे बताउन आग्रह गर्नुहोस्‌। व्यक्‍तिगत तथा पारिवारिक अध्ययन, मण्डलीको सभा, क्षेत्र सेवकाई र दिनहुँ बाइबल पढ्‌नको लागि कुनै एउटा निश्‍चित समय छुट्याउनु पर्ने आवश्‍यकतामा जोड दिनुहोस्‌।

१५ मि: केटाकेटीहरूले यहोवाको प्रशंसा गरिरहेका छन्‌। श्रोताहरूसित छलफल। अधिकांश मण्डलीहरूमा धेरै केटाकेटीहरू छन्‌ र तिनीहरू प्रचार कार्यमा भाग लिन्छन्‌। अक्सर वयस्कहरूलाई प्रचार गर्नु परे तापनि तिनीहरूले यसो गर्नु एकदमै उपयुक्‍त छ। (भज. १४८:१२, १३; मत्ती २१:१५, १६) आमाबाबु र अन्य प्रकाशकहरूले तिनीहरूप्रति चासो देखाउँदा, तिनीहरूलाई प्रशिक्षण अनि प्रोत्साहन दिंदा केटाकेटीहरूले क्षेत्र सेवकाईमा धेरै आनन्द उठाउँछन्‌। घर-घरको प्रचार कार्य अनि पुनःभेटमा केटाकेटीहरूलाई पनि समावेश गर्ने तरिकाहरूबारे सुझाउ दिन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌। पत्रिकाहरू प्रस्तुत गर्न, प्रस्तुतिमा बाइबल प्रयोग गर्न, घर-घरको प्रचार कार्यमा निर्धक्कसाथ बोल्न आफ्ना छोराछोरीलाई आमाबाबुले कसरी मदत गरेका छन्‌, बताउन आमन्त्रित गर्नुहोस्‌। केटाकेटीले गरेको कामको लागि प्रशंसा गर्दा हुने फाइदामाथि जोड दिनुहोस्‌। एक वा दुई जना किशोर वा किशोरी प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌ र प्रचार कार्यमा कुन कुराले गर्दा र किन तिनीहरूले आनन्द उठाइरहेका छन्‌ बताउन लगाउनुहोस्‌।

गीत १९८ र समापन प्रार्थना।

डिसेम्बर ३ मा सुरु हुने हप्ता

गीत १७०

१० मि: स्थानीय घोषणाहरू। प्रश्‍न पेटी पुनरावृत्ति गर्नुहोस्‌।

१५ मि: “बलको लागि यहोवामा भर पर्नुहोस्‌।”b अक्टोबर १, १९९९, प्रहरीधरहरा, पृष्ठ १८-१९, अनुच्छेद ६-८ मा आधारित छोटो टिप्पणी उल्लेख गर्नुहोस्‌।

२० मि: “बाइबल अध्ययन थाल्न हामीसित नयाँ औजार छ!” श्रोताहरूसित छलफल गर्दै यो भाग सेवा निरीक्षकले सम्हाल्नेछन्‌। परिचारक भाइहरूलाई उपस्थित सबैलाई के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? नामक पर्चाको एक-एक प्रति वितरण गर्न लगाउनुहोस्‌। “पत्रिकाबारे के भन्‍ने?” पेटीका सुझाउहरू प्रयोग गर्दै दुइटा राम्ररी तयार पारिएका प्रदर्शनहरू समावेश गर्नुहोस्‌। एक जना प्रकाशकले नोभेम्बर ८ को ब्यूँझनुहोस्‌!-बाट प्रस्तुति प्रस्तुत गर्छन्‌ भने अर्कोले डिसेम्बर १ को प्रहरीधरहरा-बाट प्रस्तुति प्रस्तुत गर्छन्‌। दुइटा प्रदर्शनीमा, एक जना पत्रिका स्वीकार्ने र अर्को नस्वीकार्ने दुवै घरधनीलाई प्रकाशकले बाइबलका कुराहरू बुझ्न चाहनुहुन्छ पर्चा दिएर कुराकानी टुंग्याउँछन्‌। सेवकाईमा भेटिने जति सबैलाई नयाँ पर्चा दिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १९१ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।म

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने