प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अप्रिल पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००२
  • उपशीर्षकहरू
  • अप्रिल ८ मा सुरु हुने हप्ता
  • अप्रिल १५ मा सुरु हुने हप्ता
  • अप्रिल २२ मा सुरु हुने हप्ता
  • अप्रिल २९ मा सुरु हुने हप्ता
  • मे ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००२
km02 अप्रिल पृ. २

सेवा सभाको तालिका

अप्रिल ८ मा सुरु हुने हप्ता

गीत ३९

१३ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अप्रिल २२ को हप्तामा हुने सेवा सभामा छलफलको लागि यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्‌स? नामक भिडियो हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। पृष्ठ ८ का सुझाउहरू चलाउँदै अप्रिल ८ को ब्यूँझनूहोस्‌! र अप्रिल १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, दुईवटा छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌। दुवै प्रदर्शनहरूमा “मेरो आफ्नै धर्म छ” भन्‍ने वार्तालाप बाधकलाई कसरी जवाफ दिने भनी देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिका, पृष्ठ १०-११ हेर्नुहोस्‌।

१२ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: ‘सबै मानिसतर्फ भलाइको काम गर्नुहोस्‌।’a प्रश्‍नोत्तर छलफलपछि एक वा दुई जना प्रकाशकलाई तिनीहरूले कसरी आफ्नो सेवकाईलाई विस्तार गरिरहेका छन्‌ भनी अन्तरवार्ता लिनुहोस्‌।

गीत १५७ र समापन प्रार्थना।

अप्रिल १५ मा सुरु हुने हप्ता

गीत १०१

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: अग्रगामीहरू अरूलाई मदत गरिरहन्छन्‌। सेवा निरीक्षकले मण्डली पुस्तक अध्ययन निरीक्षक, अग्रगामी र प्रकाशकसँग सामूहिक छलफल गर्छन्‌। सेवा निरीक्षकले सेप्टेम्बर १९९८ अंकको हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा दिइएको अग्रगामीहरू अरूलाई मदत गर्छन्‌ शीर्षकको लेख पुनरावृत्ति गर्छन्‌। त्यसपछि तिनले यस छलफलमा भाग लिइरहेको समूहसँग यस कार्यक्रममा तिनीहरूको भूमिकाबारे प्रत्येकलाई सोध्छन्‌ र यस कार्यक्रमले कसरी आफ्नो काम पूरा गरिरहेको छ भनी छलफल गर्छन्‌। यसलाई सफल बनाउन के गरिएको छ? सेवा निरीक्षकले सेवकाईमा मदत चाहने सबै प्रकाशकहरूले सेवा निरीक्षकलाई नै भन्‍नुहोस्‌ भनी आग्रह गर्छन्‌। विगतमा मदत पाइसकेकाहरूलाई पनि सेवकाईको अन्य पक्षमा मदत दिन सकिन्छ।

२० मि: “पूर्ण-समय सेवाका आनन्दहरू।”b बिदाको बेला सहायक अग्रगामी गर्न जवानहरूलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १९९ र समापन प्रार्थना।

अप्रिल २२ मा सुरु हुने हप्ता

गीत ९०

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ को सुझाउलाई चलाउँदै अप्रिल ८ को ब्यूँझनुहोस! कसरी प्रस्तुत गर्ने भनी एक जना बहिनीलाई र मे १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भनी एक जना सेवकाई सेवकलाई प्रदर्शन गर्न लगाउनुहोस्‌। हरेक प्रदर्शनपछि घरधनीको चासो जगाउनको लागि प्रयोग गरेका सुरुका एक दुईवटा वाक्य दोहोऱ्‍याउनुहोस्‌।

१० मि: समयनिष्ठ हुनुहोस्‌! भाषण। हाम्रो उपासना र सेवकाईसँग सम्बन्धित क्रियाकलापहरू महत्त्वपूर्ण छन्‌ र ती तोकिएकै “समय[मा]” गर्नुपर्छ। (उप. ३:१) हामी ईश्‍वरतान्त्रिक प्रबन्धहरूबाट अत्यधिक लाभ उठाउन चाहन्छौं। मसीही सभा तथा क्षेत्र सेवकाईका लागि गरिने सभाहरू ठीक समयमा सुरु हुनुपर्छ। यहोवा आफ्नो कामकुराहरू गर्न कहिल्यै ढिलो हुनुहुन्‍न। (हब. २:३) के हामीले यस सन्दर्भमा उन्‍नति गर्नुपर्ने छ? कहिलेकाहीं कोही आफ्नो नियन्त्रण बाहिरका कुराहरूले गर्दा ढिलो हुनसक्छ। तर राम्रो व्यवस्था मिलाएको खण्डमा सधैंभरि मसीही सभामा सुरुको गीत वा प्रार्थना सिद्धिसकेपछि आइपुग्ने वा क्षेत्र सेवकाईको लागि सबैलाई भाग लगाइसकेपछि मात्र पुग्ने बानी हुनेछैन। सबै आध्यात्मिक क्रियाकलापहरूमा ठीक समयमा पुग्नको लागि मदतकारी हुने खालका असल गुणहरू खेती गर्ने व्यावहारिक तरिकाहरू छलफल गर्नुहोस्‌।—जून १५, १९९०, वाचटावर, पृष्ठ २९ हेर्नुहोस्‌।

२५ मि: “उत्साहजनक प्रतिक्रिया!”c अनुच्छेद १ मा, यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्‌स? विषयक भिडियोबारे केही छोटा टिप्पणीहरू गर्न मण्डलीलाई आग्रह गर्नुहोस्‌। त्यसपछि अनुच्छेद २-७ मा दिइएका प्रत्येक प्रश्‍नहरू श्रोताहरूसँग छलफल गरिहाल्नुहोस्‌। अप्रिल महिनामा हामी आवर होल असोसियसन अफ ब्रदर्स्‌ भन्‍ने भिडियोको पुनरावृत्ति गर्नेछौं।

गीत १९१ र समापन प्रार्थना।

अप्रिल २९ मा सुरु हुने हप्ता

गीत १६२

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई अप्रिल महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌।

१५ मि: “परमेश्‍वरको राज्य प्रचारकार्यले जीवन बचाउन मदत गर्छ!”d दिइएका शास्त्रपदहरू कसरी लागू हुन्छन्‌ भनी श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्‌।

२० मि: रीजनिङ पुस्तक चलाएर अनुसन्धान गर्नुहोस्‌। श्रोताहरूसँग छलफल। सेवकाईमा प्रायजसो रीजनिङ पुस्तकको “प्रमुख विषयहरू” (पृष्ठ ५-६) अन्तर्गत नदिइएका विषयहरूबारे प्रश्‍न उठ्‌छ। हाम्रो विश्‍वासको धर्मशास्त्रीय आधार पत्ता लगाउनको लागि “अनुक्रमणिका” (पृष्ठ ४३९-४५) असाध्यै मदतकारी छ। छड्‌के अक्षरमा दिइएका हरेक शब्द अनुक्रमणिकामा हेरेर निम्न प्रश्‍नहरूको जवाफ पत्ता लगाउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌: राष्ट्रिय गान तथा झण्डाहरू सम्बन्धी मसीही दृष्टिकोण के छ? परमेश्‍वरले किन विपत्तिहरू हुन दिनुहुन्छ? तपाईं पारपाचुके सम्बन्धी बाइबलको दृष्टिकोण कसरी बुझाउन सक्नुहुन्छ? कहिलेकाहीं बहिनीहरूले किन र कस्तो अवस्थामा शिरपोस लगाउनुपर्छ? मातृ दिवस-को सुरुआत कसरी भयो? बाइबलमा बताइएको १,४४,००० शाब्दिक संख्या हो भनेर हामी कसरी भन्‍न सक्छौं? धनी मानिस र लाजरस-को उखानको अर्थ के हो? सेवकाईमा रीजनिङ पुस्तक चलाउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत २८ र समापन प्रार्थना।

मे ६ मा सुरु हुने हप्ता

गीत १४१

१० मि: स्थानीय घोषणाहरू। काम गर्ने ठाउँमा जाँदा यात्राको दौडान, बिदामा मनाउन जाँदा वा गैर-साक्षी नातेदारहरूलाई भेट्‌न जाँदा दिइएका अनौपचारिक साक्षीबारे अनुभवहरू बताउन स्रोताहरूलाई आमन्त्रण गर्नुहोस्‌।

१० मि: “प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-बाट लाभ उठाइरहनुहोस्‌।” स्रोताहरूसँग छलफल।

२५ मि: “आध्यात्मिकतामा बलिया परिवारहरू—कसरी?”e यो लेख छलफल गरिसकेपछि फेब्रुअरी १५, १९९९, प्रहरीधरहरा, पृष्ठ १०-१२ बाट केही व्यावहारिक अनुभवहरू बताउनुहोस्‌।

गीत १७ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने