प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 नोभेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००२
  • उपशीर्षकहरू
  • नोभेम्बर ११ मा सुरु हुने हप्ता
  • नोभेम्बर १८ मा सुरु हुने हप्ता
  • नोभेम्बर २५ मा सुरु हुने हप्ता
  • डिसेम्बर २ मा सुरु हने हप्ता
हाम्रो राज्य सेवकाई—२००२
km02 नोभेम्बर पृ. २

सेवा सभाको तालिका

नोभेम्बर ११ मा सुरु हुने हप्ता

गीत १८३

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै नोभेम्बर ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र नोभेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी दुईवटा छुट्टाछुट्टै प्रदर्शन गर्न लगाउनुहोस्‌। एउटा प्रदर्शनमा हाम्रो विश्‍वव्यापी कार्यको लागि खर्च कसरी जुटाइन्छ, उल्लेख गर्नुहोस्‌।—प्रहरीधरहरा, पृष्ठ २ वा ब्यूँझनुहोस्‌! पृष्ठ ५ हेर्नुहोस्‌।

१५ मि: साँचो उपासनाका समर्थकहरू—पहिले र अहिले। नोभेम्बर १, २००२, प्रहरीधरहरा, पृष्ठ २६-३० मा आधारित भाषण।

२० मि: “मण्डली पुस्तक अध्ययन निरीक्षकलाई सहयोग गर्नुहोस्‌।”a यसलाई प्राचीन जो मण्डली पुस्तक अध्ययन निरीक्षक पनि हुन्‌, तिनले सञ्चालन गर्नेछन्‌। अनुच्छेद ३ छलफल गर्दा उपलब्ध भए मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ ७० मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। पुस्तक अध्ययनको प्रबन्धलाई खास-खास तरिकामा सहयोग गरेकोमा मण्डलीको सराहना गर्नुहोस्‌ र कृपया सुधारको आवश्‍यकता परेका क्षेत्रहरूप्रति ध्यानाकर्षण गर्नुहोस्‌।

गीत ११४ र समापन प्रार्थना।

नोभेम्बर १८ मा सुरु हुने हप्ता

गीत ७८

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “उत्कृष्ट पढाइ” भन्‍ने पेटी छलफल गर्नुहोस्‌!

१० मि: प्रश्‍न पेटी। योग्य प्राचीनद्वारा भाषण।

२५ मि: “परिवारका शिरहरू हो—राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्‌।” अनुच्छेद १-३ मा आधारित विषयवस्तुमा भाषणको छोटो परिचय दिएपछि अनुच्छेद ४-१३ श्रोताहरूसित छलफल गर्नुहोस्‌। समयले भ्याएमा, अनुच्छेद ७, ८, ११ र १२ पढ्‌नुहोस्‌। एक दुई जना आमाबाबुको अन्तरवार्ता समावेश गर्नुहोस्‌। आध्यात्मिक गतिविधिहरूको व्यवस्थित तालिका बनाउन उनीहरूको परिवारलाई कुन कुराले मदत गरेको छ? यसको लागि कस्तो प्रयास गर्नुपऱ्‍यो? तिनीहरूले कसरी लाभ उठाए? अनुच्छेद १४ मा आधारित छोटो टिप्पणी दिएर टुंग्याउनुहोस्‌।

गीत ३१ र समापन प्रार्थना।

नोभेम्बर २५ मा सुरु हुने हप्ता

गीत १६

१० मि: स्थानीय घोषणाहरू। क्षेत्र सेवामा सँगै काम गरिरहेका विवाहित दम्पतीले डिसेम्बर ८, (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र डिसेम्बर १ को पत्रिकाहरू प्रस्तुत गर्न पृष्ठ ८ का सुझावहरू कसरी चलाउन सकिन्छ भनेर प्रदर्शन गरेर देखाउँछन्‌। पत्नीले ब्यूँझनुहोस्‌! र पतिले चाहिं प्रहरीधरहरा प्रस्तुत गर्छन्‌।

१५ मि: “येशूबारे सत्य कुरा बताउनुहोस्‌।”b उपलब्ध भए, मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २७८ का टिप्पणीहरू समावेश गर्नुहोस्‌। अर्को हप्ताको सेवा सभामा हुने “एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल” भन्‍ने भागको लागि यो पाठ्यपुस्तक ल्याउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि: “‘टुहुराहरूलाई’ मायालु चासो देखाउनुहोस्‌।” अनुच्छेद १ र इन्साइट, खण्ड १, पृष्ठ ८१६ मा आधारित टुहुरा केटा वा केटीहरूप्रति यहोवाको दृष्टिकोणबारे तीन मिनेट जति भाषण दिएर सुरु गर्नुहोस्‌। बाँकी लेख प्रश्‍नोत्तर गर्दै छलफल गर्नुहोस्‌। अरूले सहयोग र प्रोत्साहन प्रदान गर्न सक्ने व्यावहारिक तरिकाहरू प्रकाश पार्नुहोस्‌। अनुच्छेद ३-४ छलफल गर्दा, अक्टोबर ८, १९९५, अवेक!, पृष्ठ ८-९ मा दिइएका छोटो-छोटो टिप्पणी समावेश गर्नुहोस्‌।

गीत १४२ र समापन प्रार्थना।

डिसेम्बर २ मा सुरु हने हप्ता

गीत २१३

८ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई नोभेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट दिन सम्झाउनुहोस्‌। महान पुरुष पुस्तक प्रस्तुत गर्दा चलाउन सकिने प्रस्तुति छोटकरीमा पुनरावलोकन गर्नहोस्‌।—जून १९९८ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌।

१२ मि: स्थानीय आवश्‍यकता।

२५ मि: “एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल।” स्कूल निरीक्षकद्वारा श्रोताहरूसित छलफल। जनवरीदेखि सुरु हुने नयाँ स्कूल कार्यक्रमको लागि उत्साह बढाउनुहोस्‌। अक्टोबर २००२ हाम्रो राज्य सेवकाई-को परिशिष्टमा भएको “सन्‌ २००३ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल तालिका”-का विभिन्‍न पक्षहरूतिर ध्यान खिच्नुहोस्‌। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २८२ मा बताइएझैं स्कूलमा भाग लिन चाहिने आवश्‍यकता प्रस्ट पार्नुहोस्‌ र योग्य भएर पनि अहिलेसम्म भाग नलिएकाहरूलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌।

गीत १२७ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने