सेवा सभाको तालिका
मार्च १० मा सुरु हुने हप्ता
गीत ५
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै मार्च ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं), र मार्च १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भनी प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ।
१५ मि: सन् २००३ यरबूक-बाट लाभ उठाउने। भाषण तथा श्रोताहरूसित छलफल। पृष्ठ ३-५ मा दिइएको “परिचालक निकायबाट पत्र”-का विशेषताहरू छलफल गर्नुहोस्। विशेष गरी प्रोत्साहनदायी र विश्वास बलियो बनाउने खालका रिपोर्ट तथा अनुभवहरू बताउन कोही-कोही श्रोताहरूलाई पहिल्यै खबर गर्नुहोस्। विश्वव्यापी रिपोर्टका विशेषताहरू उल्लेख गर्नुहोस्। परिवारहरूलाई वर्षभरिमा अलि-अलि गर्दै पूरै पुस्तक पढ्ने प्रोत्साहन दिनुहोस्। नयाँ व्यक्तिहरूलाई यहोवाको संगठनतर्फ डोऱ्याउन यो पुस्तक कसरी प्रयोग गर्न सकिन्छ भन्ने सुझाव दिनुका साथै उनीहरूलाई सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्।
२० मि: “भलाइको निम्ति उत्सुक हुनुहोस्!”a (अनुच्छेद १-१२) अनुच्छेद ६ छलफल गरिसकेपछि निमन्त्रणा पर्ची चलाएर प्रकाशकले आफ्ना नातेदार, छिमेकी, सहपाठी वा सहकर्मीलाई स्मरणार्थको लागि दिएको निमन्त्रणा छोटकरीमा प्रदर्शन गरेर देखाउनुहोस्। निमन्त्रणा पर्ची बाँडिएको छैन भने, सभापछि बाँडनु पर्छ।
गीत १९ र समापन प्रार्थना।
मार्च १७ मा सुरु हुने हप्ता
गीत ३४
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: संगति छान्ने विषयमा बुद्धिमान् हुनुहोस्। मार्च ८, १९९७, ब्यूँझनुहोस्!, पृष्ठ १३ र रीजनिङ पुस्तकको पृष्ठ १८९ मा दिइएको “खराब संगत” शीर्षकअन्तर्गतका विषयवस्तुमा आधारित, प्राचीनद्वारा भाषण। ती सिद्धान्तहरू कसरी युवा तथा वयस्क दुवैलाई लागू हुन्छन्, देखाउनुहोस्। यहोवालाई माया गर्ने र उहाँका स्तरहरू पालन गर्न उत्कट प्रयत्न गरिरहेकाहरूलाई साथीको रूपमा रोज्नुका लाभहरूबारे प्रकाश पार्नुहोस्।
२० मि: “भलाइको निम्ति उत्सुक हुनुहोस्।”b (अनुच्छेद १३-२६) यसलाई मण्डलीका अध्यक्षले सञ्चालन गर्नुपर्छ। अनुच्छेद १४ छलफल गर्दा एक जना प्राचीनले अशक्त भाइलाई भेटेर प्रोत्साहन दिएको छोटो प्रदर्शन देखाउनुहोस्। त्यस भेटको दौडान तिनले उक्त भाइलाई स्मरणार्थ महिनामा हुने मण्डलीको थप गतिविधिमा कसरी भाग लिन सकिन्छ भनी दयालुपूर्वक बताउँछन्।
गीत ५३ र समापन प्रार्थना।
मार्च २४ मा सुरु हुने हप्ता
गीत ७२
१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै मार्च ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं), र अप्रिल १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: यहोवाका साक्षीहरू—समुदायमा लाभदायी प्रभाव पार्ने मानिसहरू। भाषण तथा श्रोताहरूसित छलफल। कहिलेकाहीं हामी हाम्रो सेवकाई तथा उदाहरणले समुदायलाई कसरी लाभ पुऱ्याउँछ भनी बताउने मौका पाउँछौं। श्रोताहरूलाई निम्न बुँदाहरूमा टिप्पणी गर्न आग्रह गर्नुहोस्: (१) हामी मानिसहरूलाई नैतिकतासम्बन्धी बाइबलको स्तरअनुरूप जीवन बिताउन सिकाउँछौं। (२) हामी इमानदार हुन र अख्तियारवालालाई आदर गर्न सिकाउँछौं। (३) हामी विभिन्न जात, राष्ट्रियता र सामाजिक समूहहरूबीचको सामाञ्जस्यताबारे सिकाउँछौं। (४) हामी बाइबल सिद्धान्तहरू लागू गर्न प्रोत्साहित गरेर पारिवारिक जीवन सुधार्न अरूलाई मदत गर्छौं। (५) हामीले हजारौंलाई लेखपढ गर्न सिकाएका छौं। (६) हामी विपत्तिको घडीमा अरूलाई मदत गर्न अग्रसर हुन्छौं। (७) सबैले आनन्द उठाइरहेका धार्मिक स्वतन्त्रताको रक्षा गर्ने काममा हामीले महत्त्वपूर्ण भूमिका खेलेका छौं।—प्रोक्लेमर्स पुस्तकको पृष्ठ ६९९ हेर्नुहोस्।
गीत १२१ र समापन प्रार्थना।
मार्च ३१ मा सुरु हुने हप्ता
गीत १३०
१२ मि: स्थानीय घोषणाहरू। सबैलाई मार्च महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्। “बाइबल अध्ययनहरू सञ्चालन गर्न वर्सिप गड पुस्तक प्रयोग गर्नुहोस्” भन्ने पेटी पुनरावृत्ति गर्नुहोस्। “स्मरणार्थका सम्झौटाहरू”-मा दिइएका मुख्य बुँदाहरू छलफल गर्नुहोस्।
१३ मि: स्थानीय अनुभवहरू। मार्च महिनामा भएको थप गतिविधिको दौडान बटुलेका राम्रा अनुभवहरू बताउन मण्डलीका भाइबहिनीहरूलाई आमन्त्रित गर्नुहोस्। उनीहरूले गरेको प्रयासको सराहना गर्नुहोस् र आ-आफ्नो परिस्थितिले दिएसम्म अप्रिलमा पनि यसरी नै भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: “यहोवा स्तुतिको अति योग्य हुनुहुन्छ।”c स्मरणार्थको महत्त्वबारे जोड दिनुहोस्। अरूलाई स्मरणार्थमा उपस्थित हुन कसरी सबैले मदत गर्न सक्छन् भनी देखाउनुहोस्। निष्क्रिय भएकाहरूको चासो फेरि जगाउन उनीहरूसित कसरी सम्पर्क राख्न सकिन्छ, बताउनुहोस्। गत वर्षको स्मरणार्थ उत्सवका प्रोत्साहनदायी अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नहोस्।
गीत १७३ र समापन प्रार्थना।
अप्रिल ७ मा सुरु हुने हप्ता
गीत १९१
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: धर्मशास्त्रबाट कसरी तर्क गर्ने। श्रोताहरूसित छलफल। हामी कसरी सेवकाईमा भेटिने मानिसहरूसित प्रभावकारी ढंगमा तर्क गर्ने क्षमता विकास गर्न सक्छौं? (१) नियमित व्यक्तिगत अध्ययन तथा सभाहरूमा उपस्थित भएर धर्मशास्त्रको सही ज्ञान हासिल गर्नुहोस्। (२) विभिन्न दृष्टिकोणबाट सत्यलाई बुझ्ने कोसिस गर्दै आफूले सिकेका कुराहरूमाथि मनन गर्नुहोस्। (३) शास्त्रपदको व्याख्या मात्र होइन धर्मशास्त्रीय कारणहरू बुझ्ने कोसिस गर्नुहोस्। (४) विभिन्न किसिमका मानिसहरूलाई तपाईं कसरी धर्मशास्त्रबाट बुझाउन सक्नुहुन्छ, त्यसबारे विचार गर्नुहोस्। (५) कुनै-कुनै बुँदाहरूलाई तपाईं कसरी उदाहरण दिएर बुझाउन सक्नुहुन्छ विचार गर्नुहोस्।
२० मि: “कसरी सत्यले हामीलाई स्वतन्त्र तुल्याउँछ।”d अक्टोबर १, १९९८, प्रहरीधरहरा-को पृष्ठ ६ मा दिइएको पेटीमा भएका टिप्पणीहरू समावेश गर्नुहोस्। परमेश्वरको वचनमा पाइने सत्यले कसरी आफूलाई स्वतन्त्र तुल्याएको छ, श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत २१७ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।