प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जून पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००३
  • उपशीर्षकहरू
  • जून ९ मा सुरु हुने हप्ता
  • जून १६ मा सुरु हुने हप्ता
  • जून २३ मा सुरु हुने हप्ता
  • जून ३० मा सुरु हुने हप्ता
  • जुलाई ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००३
km03 जून पृ. २

सेवा सभाको तालिका

जून ९ मा सुरु हुने हप्ता

गीत ८१

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै जून ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र जून १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। प्रत्येक प्रस्तुतिमा एउटा शास्त्रपद समावेश गर्नुहोस्‌।

१५ मि: “मसीही सेवकाई—हाम्रो प्रमुख कार्य।”a पूर्ण-समय सेवकाईमा सामेल भएर उठाउन सकिने आशिष्‌हरूबारे विचार गर्न युवाहरूलाई प्रोत्साहन दिनुहोस्‌। नोभेम्बर १, २००० को प्रहरीधरहरा, पृष्ठ १९-२० मा दिइएका “संस्कृति र अन्तस्करणबीच टक्कर पर्दा” भन्‍ने उपशीर्षकअन्तर्गतका विषयवस्तुमा आधारित टिप्पणीहरू समावेश गर्नुहोस्‌।

२० मि: “अवकाश—गतिविधि विस्तार गर्ने ढोका?”b सम्भव भए, यहोवाको सेवा अझ बढी गर्न आफ्नो अवकाश प्रयोग गर्ने एक जना प्रकाशकको छोटो अन्तरवार्ता समावेश गर्नुहोस्‌। तिनले कस्ता छाँटकाँटहरू गरे र फलस्वरूप कस्ता आशिष्‌हरू पाए, सोध्नुहोस्‌।

गीत १९० र समापन प्रार्थना।

जून १६ मा सुरु हुने हप्ता

गीत ५५

८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

३७ मि: जब हाम्रो कामको गलत अर्थ लगाइन्छ। शाखा कार्यालयले उपलब्ध गराएको रूपरेखामा आधारित यस भागलाई योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ।

गीत १३१ र समापन प्रार्थना।

जून २३ मा सुरु हुने हप्ता

गीत ९५

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै जून ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र जुलाई १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रदर्शनमा, प्रकाशकलाई सडक साक्षीकार्यमा भाग लिइरहेको देखाउन लगाउनुहोस्‌।

२० मि: “‘विस्तृत साक्षी दिन’ लगनशील हुनुहोस्‌।”c दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। अनुच्छेद ५ र ६ छलफल गरिसकेपछि, पसलमा काम गर्ने कामदारलाई अनौपचारिक साक्षी दिएको र के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्‍ने पर्चा प्रस्तुत गरेको छोटो प्रदर्शन समावेश गर्नुहोस्‌। अनुच्छेद ७ र ८ छलफल गर्नुअघि ती अनुच्छेदहरू ठूलो स्वरमा पढ्‌न लगाउनुहोस्‌। अन्तमा, “उनीहरूलाई नबिर्सनुहोस्‌!” भन्‍ने पेटी पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

१५ मि: “परिवर्तनशील संसारमा प्रचार गर्ने।”d अनुच्छेद २-३ छलफल गर्दा स्थानीय इलाकामा कुराकानी सुरु गर्न कस्ता वर्तमान घटनाहरू प्रयोग गर्न सकिन्छ, श्रोताहरूलाई सोध्नुहोस्‌। अनुच्छेद ४ छलफल गर्दा उल्लिखित प्रस्तुतिहरूमध्ये कुनै एक चलाएर छोटो प्रदर्शन देखाउनुहोस्‌।

गीत १५ र समापन प्रार्थना।

जून ३० मा सुरु हुने हप्ता

गीत ३

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जून महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। जुलाई र अगस्त महिनामा प्रस्तुत गरिने साहित्यहरू पुनरावलोकन गर्नुहोस्‌। स्थानीय स्टकमा रहेका दुईवटा पुस्तिकाहरूबारे प्रकाश पार्नुहोस्‌। सेवकाईमा ती साहित्यहरू कसरी प्रस्तुत गर्न सकिन्छ, राम्ररी तयार पारिएका प्रदर्शनहरूद्वारा देखाउनुहोस्‌। सुझावित प्रस्तुतिहरूका लागि जुलाई १९९८ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌। थप प्रस्तुतिहरू वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स-को “प्रस्तुति” र “प्रकाशनअनुसार सूचिबद्ध” भन्‍ने बीचको उपशीर्षकअन्तर्गत पाउन सकिन्छ।

१५ मि: निरुत्साहित हुँदा के गर्ने? नोभेम्बर १५, १९९९ को प्रहरीधरहरा, पृष्ठ २८-९ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। “असल मनोवृत्ति राख्ने” भन्‍ने उपशीर्षक पनि समावेश गर्नुहोस्‌। धर्मशास्त्रीय सल्लाहसहित व्यावहारिक सुझावहरू पुनरावलोकन गर्नुहोस्‌। आफ्नो सेवकाईमा आनन्द कायम राख्न कुन कुराले मदत गर्छ भनी बताउन लगाउन एक वा दुई जना प्रभावकारी प्रकाशकहरूको अग्रिम तयारी गर्नुहोस्‌।

२० मि: परमेश्‍वरको राज्यबारे प्रचार गर्न परमेश्‍वरको वचन प्रभावकारी ढंगमा चलाउनुहोस्‌। सेवा निरीक्षकद्वारा श्रोताहरूसित छलफल। सेवकाईमा भेटिने हरेक व्यक्‍तिलाई हामी राज्यबारे उत्थानदायी धर्मशास्त्रीय विचार पढेर सुनाउने कोसिस गर्छौं। तथापि, हामीले बाइबल पदहरू पढ्‌नु मात्र पर्याप्त छैन। हामीले त्यसलाई व्याख्या गर्नु, दृष्टान्त दिएर बुझाउनु र लागू गर्नु आवश्‍यक छ। रीजनिङ पुस्तक, पृष्ठ १५४-५ को “मानिसजातिलाई अत्यन्त आवश्‍यक कुरा मानव सरकारहरूले उपलब्ध गराउन सकेका छैनन्‌” भन्‍ने छड्‌के उपशीर्षकअन्तर्गत उद्धरण गरिएका केही शास्त्रपदहरूलाई उदाहरणस्वरूप चलाउँदै यसो कसरी गर्न सकिन्छ देखाउनुहोस्‌। छलफलपछि, राम्रो तयारी गरेका प्रकाशकलाई संक्षिप्त व्याख्या, सरल दृष्टान्तका साथै राज्य शासनले कसरी घरधनीलाई व्यक्‍तिगत रूपमा लाभ पुऱ्‍याउँछ भनी छोटकरीमा बुझाउँदै पुनःभेटको दौडान कसरी एउटा शास्त्रपद प्रभावकारी ढंगमा चलाउन सकिन्छ, प्रदर्शन गरेर देखाउन लगाउनुहोस्‌। प्रकाशकले धर्मशास्त्र पढ्‌दै गरेको दृश्‍यबाट प्रदर्शन सुरु गर्नुहोस्‌। प्रदर्शनमा पदलाई कसरी व्याख्या गरियो, दृष्टान्त दिएर बुझाइयो र लागू गरियो, प्रदर्शनपछि पुनरावलोकन गर्नुहोस्‌। परमेश्‍वरको वचन प्रभावकारी ढंगमा चलाउन सक्ने दक्षता विकास गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १७१ र समापन प्रार्थना।

जुलाई ७ मा सुरु हुने हप्ता

गीत १६५

५ मि: स्थानीय घोषणाहरू।

१५ मि: स्थानीय अनुभवहरू। स्थानीय प्रकाशकहरूलाई (१) अर्कै भाषा बोल्ने व्यक्‍तिलाई साक्षी दिएको वा (२) घर-घर वा सडकमा बाहेक अर्कै अवस्थामा साक्षी दिएको अनुभव बताउन वा अभिनय गर्न लगाउनुहोस्‌। अर्कै भाषा बोल्ने मानिसहरूलाई भेट्‌दा गुड न्युज फर अल नेसन्स्‌ भन्‍ने पुस्तिका र कृपया फेरि जानुहोस्‌, (S-43) फारामको पूर्ण सदुपयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।—जुलाई २००२ को हाम्रो राज्य सेवकाई, पृष्ठ १ हेर्नुहोस्‌।

२५ मि: “ईश्‍वरीय नाउँ घोषणा गर्ने।”e दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। अनुच्छेद ४ छलफल गर्दा, प्रोक्लेमर्स पुस्तकको पृष्ठ १२४ मा दिइएको “परमेश्‍वरको नाउँ थाह दिने” भन्‍ने पेटीमा भएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। योग्य प्रकाशकलाई पुनःभेट गरेको देखाउन लगाउनुहोस्‌। रीजनिङ पुस्तक, पृष्ठ १९६-७ मा दिइएका दुई तीनवटा शास्त्रपद चलाएर परमेश्‍वरको व्यक्‍तिगत नाउँ थाह पाउनु र प्रयोग गर्नु किन महत्त्वपूर्ण छ, देखाउनुहोस्‌।

गीत १९७ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने