प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अगस्त पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००३
  • उपशीर्षकहरू
  • अगस्त ११ मा सुरु हुने हप्ता
  • अगस्त १८ मा सुरु हुने हप्ता
  • अगस्त २५ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००३
km03 अगस्त पृ. २

सेवा सभाको तालिका

अगस्त ११ मा सुरु हुने हप्ता

गीत १०१

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै अगस्त ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र अगस्त १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, दुईवटा छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रस्तुतिमा “म व्यस्त छु” भन्‍ने सम्भाव्य वार्तालाप बाधकलाई कसरी जवाफ दिन सकिन्छ भन्‍ने विषयमा प्रदर्शन देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने भन्‍ने पुस्तिकाको पृष्ठ ७ हेर्नुहोस्‌।

१५ मि: “यहोवाको भलाइ अनुकरण गर्नुहोस्‌।”a दयाका कार्यहरूले कसरी साक्षी दिने बाटो खोलेको छ भन्‍ने कुरा देखाउँदै श्रोताहरूलाई छोटो अनुभव बताउन आमन्त्रित गर्नुहोस्‌। सँगी विश्‍वासीहरूलाई सहयोग गर्न प्रयास गरेकोमा मण्डलीको सराहना गर्नुहोस्‌।

२० मि: “अग्रगामी सेवकाईका आशिष्‌हरू।”b दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। अग्रगामी गर्दा प्राप्त गरेका आशिष्‌हरूबारे टिप्पणी दिन एक वा दुई जना अग्रगामीहरूलाई आमन्त्रित गर्नुहोस्‌। अग्रगामी गर्न इच्छुकहरूले सचिवबाट आवेदन फाराम लिन सक्छन्‌ भनी बताउनुहोस्‌।

गीत ११ र समापन प्रार्थना।

अगस्त १८ मा सुरु हुने हप्ता

गीत ८२

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “अ साटिस्फाइङ लाइफ—हाउ टु अटेन इट-का लागि सुझावित प्रस्तुतिहरू” भन्‍ने पेटी पुनरावलोकन गर्नुहोस्‌ र एक जना योग्य प्रकाशकलाई प्रस्तुतिहरूमध्ये कुनै एउटा प्रदर्शन गरेर देखाउन लगाउनुहोस्‌।

१७ मि: “स्फूर्ति दिने काम।”c मसीही सेवकाईले कसरी स्फूर्ति प्रदान गर्छ भनी टिप्पणी गर्न दुई वा तीन जनालाई अग्रिम तयारी गर्नुहोस्‌।

१८ मि: “हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं।”d (अनुच्छेद १-५) दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। अनुच्छेद ३ र ४ छलफल गर्दा राज्यभवन सरसफाइ गर्ने स्थानीय प्रबन्ध पुनरावलोकन गर्नुहोस्‌। ध्यान दिनुपर्ने कुराहरूमा ध्यानाकर्षित गर्नुहोस्‌। साँचो उपासनाको लागि उपयुक्‍त ठाउँलाई स्याहार-सम्भार गर्न प्रयास गरेकोमा मण्डलीको सराहना गर्नुहोस्‌।

गीत ११४ र समापन प्रार्थना।

अगस्त २५ मा सुरु हुने हप्ता

गीत १७५

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै अगस्त ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र सेप्टेम्बर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा, प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। हरेक प्रदर्शनमा, एक जना बुबा वा आमा र किशोर छोरा वा छोरीले पत्रिकाकार्यको लागि तयारी गर्ने सन्दर्भमा अभ्यास गर्दै गरेको देखाउनुहोस्‌। तिनीहरूले सुझावित हरेक प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउनुअघि यसलाई छोटकरीमा पुनरावलोकन गर्छन्‌।

१५ मि: युवाहरूले यहोवाको प्रशंसा गरिरहेका छन्‌! श्रोताहरूसित छलफल र अन्तरवार्ता समाविष्ट भाषण। युवा जनहरूले सभाहरूमा राम्ररी तयार गरिएका टिप्पणीहरू दिएको सुन्‍न पाउँदा हामीलाई साह्रै आनन्द लाग्छ। ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा उनीहरूको लगनशीलता र प्रगति एकदमै ठूलो आनन्दको कुरा हो। सेवकाईमा असल साक्षी दिंदा उनीहरूले साँचो विश्‍वास प्रदर्शन गर्छन्‌। उनीहरूको ईश्‍वरीय आचरणले यहोवाको आदर हुन्छ। (yb88 पृ. ५३-४) उनीहरूको आध्यात्मिक प्रगतिले भविष्यमा सुअवसरहरूको लागि आधार तय गर्छ। मण्डलीका गतिविधिहरूमा नियमित तवरमा भाग लिएर आनन्द उठाउने दुई तीन जना मसीही युवाहरूको छोटकरीमा अन्तरवार्ता लिनुहोस्‌। यहोवाको प्रशंसा गर्न राम्रो प्रयास गरेकोमा मण्डलीका युवाहरूको न्यानो सराहना गर्नुहोस्‌।

२० मि: प्रचार गर्न निर्भयी हुनुहोस्‌। (१ थिस्स. २:२) श्रोताहरूसित छलफल गर्दै भाषण। अरूलाई राज्य सन्देश सुनाउन कोही-कोही किन डराउँछन्‌, बताउनुहोस्‌। धेरै वर्षदेखि सक्रिय रहेकाहरूलाई समेत यस्तो हुन सक्छ। डिसेम्बर १, १९९९ को प्रहरीधरहरा, पृष्ठ २५; डिसेम्बर १५, १९९९ को प्रहरीधरहरा, पृष्ठ २५ र अप्रिल १, १९९६ को प्रहरीधरहरा, पृष्ठ ३१ मा दिइएका केही अनुभवहरू बताउनुहोस्‌। डर लागेको बेलासमेत सुसमाचार सुनाउन कसरी निर्भयी हुन सके भन्‍ने विषयमा टिप्पणी दिन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌। डिसेम्बर १५, १९९९ को प्रहरीधरहरा, पृष्ठ २३-४ मा दिइएअनुसार यहोवाबाट बल प्राप्त गर्न प्रोत्साहन दिंदै टुंग्याउनुहोस्‌।

गीत १२५ र समापन प्रार्थना।

सेप्टेम्बर १ मा सुरु हुने हप्ता

गीत ८४

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई अगस्त महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। सेप्टेम्बर महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌। सम्मेलन जाँदा वा फर्किंदा, छुट्टीको बेला वा गर्मी महिनाहरूको दौडान अन्य अवसरहरूमा अनौपचारिक साक्षी दिंदा बटुलेका उत्थानदायी अनुभवहरू बताउन एक दुई जनालाई अग्रिम तयारी गर्नुहोस्‌।

१५ मि: के तपाईं फेरि आउनेछु भनेर दिनुभएको वचन पूरा गर्नुहुन्छ? सेप्टेम्बर १५, १९९९ को प्रहरीधरहरा, पृष्ठ १०-११ मा दिइएको “आफ्नो वचन पूरा गर्ने अन्य तरिका” भन्‍ने शीर्षकअन्तर्गत विषयवस्तुमा आधारित भाषण तथा श्रोताहरूसित छलफल। सेवकाईमा चासो देखाउने मानिसहरू भेट्‌दा, साधारणतया हामी छलफललाई निरन्तरता दिन अर्को चोटि भेट्‌ने प्रबन्ध मिलाउँछौं। के हामी वचन दिएअनुसारै विश्‍वासी भई फेरि भेट्‌न फर्कन्छौं? आफूले दिएको वचन पूरा गर्न हामीलाई उत्प्रेरित गर्ने बाइबल सिद्धान्तहरू पुनरावलोकन गर्नुहोस्‌। चाँडै फेरि भेट्‌न जाँदा कसरी आशिष्‌ प्राप्त गरे भन्‍ने कुरा देखाउने अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

२० मि: “हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं।”e (अनुच्छेद ६-११) दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। पृष्ठ ५ मा दिइएको पेटीलाई प्रकाश पार्दै राज्यभवनको राम्रो स्याहार-सम्भार गर्नुको महत्त्वमाथि जोड दिनुहोस्‌। तपाईंको मण्डलीको अवस्थाबारे छोटो रिपोर्ट समावेश गर्नुहोस्‌ र मर्मत वा सुधारहरू गर्ने कुनै योजनाहरू छन्‌ भने त्यसबारे उल्लेख गर्नुहोस्‌।

गीत ४१ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने