प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १२/१ पृ. २५
  • नामिबियामा ईश्‍वरतान्त्रिक विस्तार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नामिबियामा ईश्‍वरतान्त्रिक विस्तार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • मिसनरी कार्यको लागि खटाइएको देश नै हाम्रो घर भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बर्णाबास र पावलले टाढा-टाढा गएर चेला बनाए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १२/१ पृ. २५

राज्य उद्‌घोषकहरूको रिपोर्ट

नामिबियामा ईश्‍वरतान्त्रिक विस्तार

नामिबियामा पहिलो चोटि परमेश्‍वरको राज्यको सुसमाचार पुगेको सन्‌ १९२० दशकको अन्ततिर हो। त्यो बेलादेखि अहिलेसम्म इमानदार हृदय भएका हजारौं मानिसहरूले परमेश्‍वरको छुटकाराको सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाएका छन्‌। परमेश्‍वरले यी धनसम्पत्तिहरू कसरी आफ्नो भवनमा जम्मा गर्नुहुँदैछ भनेर निम्न उदाहरणहरूले देखाउँछ।—हाग्गै २:७.

◻ उत्तरपूर्वी नामिबियाका पोलस नाउँ गरेको किसानले राजधानी शहर विन्टहोक जाँदा पहिलो चोटि यहोवाका साक्षीहरूलाई भेटे। आफूले सच्चाइ पाएको कुरामा पोलसलाई विश्‍वास लागिहाल्यो। तिनी पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक लिएर घर फर्के। त्यसपछि, राज्यभवन भएको सबैभन्दा नजिकको शहर रुन्डु जाँदा पोलसले साक्षीहरूलाई भेटे अनि आफ्नो घरमा आउन तिनीहरूलाई आग्रह गरे।

तथापि, पोलसको घरमा आएर साप्ताहिक बाइबल अध्ययन गर्न साक्षीहरूको लागि असाध्यै टाढा पर्थ्यो। निरुत्साहित नभइकन पोलसले आफै बाइबल अध्ययन गर्न थाले। साथै, आफूले सिकेका कुराहरू तिनले जोसिलो भई अरूलाई प्रचार गरे। समयको दौडान एउटा बाइबल अध्ययन समूह गठन भयो। यस सानो समूहले रुन्डुमा यहोवाका साक्षीहरूको सम्मेलन हुँदैछ भनेर रेडियोमा सुनेपछि आफूसित भएको थोरै पैसा बटुलबाटुल गरेर सम्मेलनमा उपस्थित हुन यात्राको प्रबन्ध मिलाए।

यहोवाका साक्षीहरूसित पहिलो चोटि सरसंगत गर्न पाउनु तिनीहरूको लागि एकदमै रोमाञ्चकारी अनुभव थियो! दक्ष भाइहरूले यस समूहलाई नियमित तवरमा भेट्‌ने प्रबन्ध तुरुन्तै मिलाए। आज पोलसको गाउँमा छ जना प्रकाशकहरू छन्‌।

◻ एक जना मानिसले यहोवाका साक्षीहरूबारे नराम्रो कुरा गरेको सुनेपछि परमेश्‍वरको नाउँप्रति योहानाको चासो जाग्यो। तिनी त्यसबारे यसो भन्छिन्‌: “पहिलो चोटि यहोवाको नाउँ सुन्‍नेबित्तिकै मेरो मनमा ठप्प बस्यो अनि यहोवा को होला भनेर सोच्न थालें। म मेरो श्रीमान्‌सित नामिबियाको समुद्री तटको वल्भ्स खाडी नजिकै बस्थें। एक चोटि हामी शहर गयौं। त्यतिखेर, केही साक्षीहरूले सडकमा प्रहरीधरहरा वितरण गर्दै गरेको देखें। मैले पनि एउटा लिएँ अनि मसित थुप्रै प्रश्‍नहरू भएकोले बाइबल अध्ययन गर्छु भनेर अनुरोध गरें। तिनीहरूले आफ्नो गाडी बिग्रेको कारण आउन सक्दैनौं भन्दा म रोएँ। त्यसको धेरै समय नबित्दै मेरो श्रीमान्‌ बित्नुभयो र म केटमेन्सशोप गाउँमा बस्नथालें। त्यहाँ एक जना विशेष अग्रगामी (पूर्ण-समय प्रचारक) खटाइएको थियो र मैले तिनीबाट अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य नामक पुस्तक लिएँ। सुरुदेखि नै मलाई सत्य यही हो भन्‍ने लागिसकेको थियो।

“अन्ततः प्रचारकार्यमा भाग लिन मलाई आमन्त्रित गरियो। तर मलाई मानिसहरूको असाध्यै डर लाग्थ्यो। घर-घरमा गएर प्रचार गर्नुभन्दा बरु म मर्न तयार छु भनी यहोवालाई प्रार्थना गर्थें। पहिलो चोटि सडक साक्षीकार्यमा भाग लिंदा कसैले पनि नदेखोस्‌ भनेर अँध्यारो गल्लीमा लुकें। पछि बल्ल, एक जना बटुवालाई पत्रिका देखाउन भएभरको साहस बटुलें। त्यसपछि मात्र अलि बोल्न सक्ने भएँ। यहोवाको मदतले गर्दा त्यस दिन मैले थुप्रै मानिसहरूसँग आफ्नो बाइबल आधारित विश्‍वासबारे बताउन सकें।

“उक्‍त घटना भएको १२ वर्ष भइसक्यो। भौतिक तवरमा गरिब भए तापनि अग्रगामी सेवा गर्ने सुअवसरलाई अझै पनि मूल्यांकन गर्छु अनि अरूलाई राज्यको सत्य सुनाएर अपार आनन्द उठाइरहेकी छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने