प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अप्रिल पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००४
  • उपशीर्षकहरू
  • अप्रिल १२ मा सुरु हुने हप्ता
  • अप्रिल १९ मा सुरु हुने हप्ता
  • अप्रिल २६ मा सुरु हुने हप्ता
  • मे ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००४
km04 अप्रिल पृ. २

सेवा सभाको तालिका

अप्रिल १२ मा सुरु हुने हप्ता

गीत २० (९३)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै अप्रिल ८ को ब्यूँझनुहोस्‌! र अप्रिल १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। प्रत्येक प्रदर्शनमा “म व्यस्त छु” भन्‍ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्‍न तरिका देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ११ हेर्नुहोस्‌।

१५ मि: “यहोवालाई सर्वोत्तम कुरा चढाउने।”a अनुच्छेद ४ छलफल गर्दा, सेवकाईमा भाग लिंदा मानिसहरूप्रति प्रेम देखाउन सकिने खास-खास तरिकाहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

२० मि: “‘परमेश्‍वससित हिंड्‌नुहोस्‌’ यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन्‌ २००४।” यसलाई मण्डलीका सचिवले सञ्चालन गर्नुपर्छ। अनुच्छेद ५ छलफल गर्दा, पृष्ठ ४ को पेटीमा दिइएका सम्पूर्ण बुँदाहरू श्रोताहरूमध्ये कसैलाई पढ्‌न लगाउनुहोस्‌। अनुच्छेद ५-८ सम्म छलफल गर्दा, मण्डलीको लागि अधिवेशनको समन्वयकर्ताको हैसियतमा सचिवले निभाउनुपर्ने भूमिकामाथि जोड दिनुहोस्‌। अधिवेशनका लागि सकेसम्म चाँडै प्रबन्धहरू मिलाउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत २१ (१९१) र समापन प्रार्थना।

अप्रिल १९ मा सुरु हुने हप्ता

गीत १ (१३)

८ मि: स्थानीय घोषणाहरू।

१७ मि: “येशूको मनोवृत्ति अनुकरण गर्नुहोस्‌।”b दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। अनुच्छेद ४ छलफल गर्दा, सहायक अग्रगामी गरिरहेकाहरूलाई उनीहरूले यो काम गरेको कारण प्राप्त गरेका आशिष्‌हरूबारे टिप्पणी गर्न निमन्त्रणा दिनुहोस्‌।

२० मि: “राज्यभवन निर्माण कार्यक्रम अघि बढ्‌छ।” भाषण तथा श्रोताहरूसित छलफल।

गीत ६ (४५) र समापन प्रार्थना।

अप्रिल २६ मा सुरु हुने हप्ता

गीत ५ (४६)

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। सबै प्रकाशकहरूलाई अप्रिल महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। मे महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌। पृष्ठ ८ मा दिइएका सुझावहरू चलाउँदै अप्रिल ८ को ब्यूँझनुहोस्‌! अनि मे १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रदर्शनमा, सहकर्मी वा सहपाठीलाई साक्षी दिंदै गरेको देखाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

१८ मि: “बेग्लै विश्‍वास भएका पति वा पत्नीलाई हामी कसरी मदत गर्न सक्छौं?”c सच्चाइ स्वीकारिसकेको आफ्नो जीवनसाथीले बसालेको असल उदाहरणले गर्दा यहोवाका सेवकहरू भएका एक वा दुई जनाको अन्तरवार्ता लिनुहोस्‌।

गीत १६ (१४३) र समापन प्रार्थना।

मे ३ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणाहरू। साधारणतया गर्मी महिनाको लागि योजना बनाइएका गतिविधिहरूबारे छोटकरीमा टिप्पणी गर्नुहोस्‌। ती गतिविधिहरू सहायक अग्रगामी, आफ्नो घरको मरम्मत-सम्भार र केही मनोरञ्जन हुन सक्छन्‌। यदि मण्डलीसित कहिलेकाहीं मात्र काम गरेको इलाका छ भने त्यसलाई विस्तृत रूपमा ढाक्न कस्ता प्रबन्धहरू मिलाइँदैछन्‌, त्यसबारे घोषणा गर्नुहोस्‌। यात्रा अथवा गर्मी महिनामा गरिने अन्य गतिविधिहरूले हाम्रो सधैंको तालिकालाई असर गर्छ भने पारिवारिक अध्ययन, मण्डलीका सभाहरू र क्षेत्र सेवालाई बेवास्ता नगर्न राम्रो योजना बनाउनु खाँचो छ। (हितो. २१:५) घरमा भएको बेला होस्‌ वा घरदेखि टाढा हुँदा, आफ्नो क्षेत्र सेवा रिपोर्ट बुझाउन सबैलाई सम्झाउनुहोस्‌।

१२ मि: “युवा जनहरू हो—परमेश्‍वरको वचन पढ्‌नुहोस्‌!”d बाइबल पढ्‌ने आफ्नो कार्यक्रम र त्यसबाट उठाइरहेको लाभबारे टिप्पणी गर्न एक दुई जना युवालाई अग्रिम तयारी गर्नुहोस्‌। सम्पूर्ण बाइबल पढ्‌ने लक्ष्य बनाउन युवाहरूलाई प्रोत्साहन दिनुहोस्‌। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ १०, अनुच्छेद ४ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१५ मि: स्थानीय अनुभवहरू। निम्न क्षेत्रहरूमा मार्च र अप्रिल महिनाको दौडान विशेष प्रयत्न गर्दा प्राप्त भएका केही उत्थानदायी अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌: (१) इच्छुक व्यक्‍तिलाई स्मरणार्थमा उपस्थित हुन मदत गर्दा, (२) सहायक अग्रगामीको रूपमा सेवा गर्दा, (३) निष्क्रिय प्रकाशकलाई मण्डलीसित मिलेर आफ्नो गतिविधि पुनः सुरु गर्न प्रोत्साहन दिंदा, (४) नयाँ व्यक्‍तिलाई प्रचार गर्न सुरु गर्ने मदत दिंदा, (५) स्मरणार्थमा उपस्थित भएका व्यक्‍तिहरूको चासो विकास गर्दा वा (६) गर्मी महिनाको दौडान आध्यात्मिक गतिविधिहरूमा धेरैभन्दा धेरै भाग लिंदा। यीमध्ये केही टिप्पणीहरू अग्रिम तयारी गर्नुहोस्‌। सराहना गर्नुहोस्‌ र भविष्यमा पनि यस्तो प्रयास जारी राख्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १९ (१६४) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने