प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १/०५ पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००५
  • उपशीर्षकहरू
  • जनवरी १० मा सुरु हुने हप्ता
  • जनवरी १७ मा सुरु हुने हप्ता
  • जनवरी २४ मा सुरु हुने हप्ता
  • जनवरी ३१ मा सुरु हुने हप्ता
  • फेब्रुअरी ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००५
km05 १/०५ पृ. २

सेवा सभाको तालिका

जनवरी १० मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जनवरी १५ को प्रहरीधरहरा र जनवरी ८ को ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। एउटा प्रस्तुतिमा अर्कै धर्म मान्‍ने नातेदारलाई पत्रिकाहरू प्रस्तुत गरेको देखाउनुहोस्‌।

१५ मि: “विश्‍वासको वचनमा पुष्ट भएर।”a समयले भ्याएमा उद्धृत शास्त्रपदहरू पढ्‌नुका साथै छलफल गर्नुहोस्‌।

२० मि: “उपयुक्‍त परिचय चलाउने कोसिस गर्नुहोस्‌।” पृष्ठ ६ मा दिइएको परिशिष्टबाट श्रोताहरूसित छलफल। यस महिना प्रस्तुत गरिने साहित्यको सन्दर्भमा कसरी यो तरिका चलाउन सकिन्छ दुईवटा उदाहरण प्रदर्शन गरेर देखाउनुहोस्‌। दुवै प्रदर्शनमा प्रकाशकलाई घरधनीले बताएको चासोको विषयलाई समेट्‌ने एउटा शास्त्रपद पढ्‌न लगाउनुहोस्‌।

गीत १६ (१४३) र समापन प्रार्थना।

जनवरी १७ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: युवाहरू हो—के तपाईंहरू आध्यात्मिक प्रगति गर्दै हुनुहुन्छ? सन्‌ २००३ अप्रिल १ को प्रहरीधरहरा, पृष्ठ ८-१० मा आधारित प्राचीनद्वारा भाषण। केही व्यावहारिक तथा हासिल गर्न सकिने लक्ष्यहरू बताउनुहोस्‌ र आफ्नो लागि खास आध्यात्मिक लक्ष्यहरू राख्न युवाहरूलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ५.”* अनुच्छेद ४-५ मा उल्लिखित पासोहरूबाट कसरी जोगिन सकिन्छ भन्‍ने विषयमा एक जना अनुभवी प्रकाशकले नयाँ प्रकाशकसित छलफल गरिरहेको एउटा प्रदर्शन समावेश गर्नुहोस्‌।

गीत २१ (१९१) र समापन प्रार्थना।

जनवरी २४ मा सुरु हुने हप्ता

गीत १५ (१२७)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “भी सी डी-मा भिडिओ प्रोग्राम” भन्‍ने पेटी संक्षिप्तमा पुनरावृत्ति गर्नुहोस्‌।

१० मि: प्रश्‍न पेटी। भाषण।

२५ मि: “नमुना प्रस्तुतिहरू कसरी चलाउने।”b दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। यस महिनाको परिशिष्टको पृष्ठ ३-५ मा हामीले टक्र्‌याउने प्रकाशनहरूका प्रस्तुतिहरू दिइएका छन्‌ भनी बताउनुहोस्‌। वर्षभरि नै चलाउनको लागि यस परिशिष्टलाई जोगाएर राख्नुहोस्‌। लेख छलफल गरिसकेपछि फेब्रुअरी महिनाको दौडान हामी कसरी ड्र क्लोज टु जेहोभा प्रस्तुत गर्न सक्छौं छलफल गर्नुहोस्‌। दुईवटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌। ती पृष्ठ ३ मा दिइएका नमुना प्रस्तुतिहरू वा स्थानीय इलाकामा प्रभावकारी हुने अन्य प्रस्तुतिहरूमा आधारित हुन सक्छन्‌।

गीत २३ (२००) र समापन प्रार्थना।

जनवरी ३१ मा सुरु हुने हप्ता

गीत २७ (२२१)

१० मि: स्थानीय घोषणाहरू। जनवरी महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। फेब्रुअरी १ को प्रहरीधरहरा र फेब्रुअरी ८ को ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: के तपाईंले दिनहुँ धर्मशास्त्र जाँचिरहनुभएको छ? दिनहुँ धर्मशास्त्र जाँच्ने—२००५ को प्राक्कथनमा आधारित भाषण तथा श्रोताहरूसित छलफल। शास्त्रपद तथा टिप्पणीहरू जाँच्न सबैले हरेक दिन केही मिनेट निकाल्नुको महत्त्वबारे छलफल गर्नुहोस्‌। दैनिक पद छलफल गर्ने आफ्नो तालिका र त्यसबाट उठाएको लाभबारे टिप्पणी गर्न लगाउन एक दुई जना प्रकाशकलाई अग्रिम तयारी गर्नुहोस्‌। सन्‌ २००५ को वार्षिक पदबारे संक्षिप्तमा छलफल गरेर टुङ्‌ग्याउनुहोस्‌।

गीत २८ (२२४) र समापन प्रार्थना।

फेब्रुअरी ७ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: परमेश्‍वर र छिमेकीलाई प्रेम गर्न सिक्न नयाँ व्यक्‍तिहरूलाई मदत गर्नुहोस्‌। सन्‌ २००४ जुलाई १ को प्रहरीधरहरा पृष्ठ १६, अनुच्छेद ७-९ मा आधारित भाषण। नयाँ व्यक्‍तिहरूलाई ख्रीष्टका चेलाहरू बन्‍न मदत गर्ने सन्दर्भमा मण्डलीका हरेक सदस्यको कस्तो कर्तव्य छ, प्रकाश पार्नुहोस्‌।

२० मि: यहोवाले कुनै असल कुरा इन्कार गर्नुहुन्‍न। (भज. ८४:११) परीक्षाहरूमा परेको बेला विश्‍वासी रहेका केही भाइ तथा बहिनीहरूको अन्तरवार्ता लिनुहोस्‌। उनीहरूले कस्ता कठिनाइहरू भोगेका छन्‌? कुन कुराले उनीहरूलाई त्यसको सामना गर्न मदत गऱ्‍यो? उनीहरूले कस्तो आनन्द तथा आशिष्‌हरू पाएको अनुभव गरेका छन्‌?

गीत ८ (५३) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने