प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ५/०५ पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००५
  • उपशीर्षकहरू
  • मे ९ मा सुरु हुने हप्ता
  • मे १६ मा सुरु हुने हप्ता
  • मे २३ मा सुरु हुने हप्ता
  • मे ३० मा सुरु हुने हप्ता
  • जून ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००५
km05 ५/०५ पृ. २

सेवा सभाको तालिका

मे ९ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। मे १५ को प्रहरीधरहरा र मे ८ को ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। एउटा प्रदर्शनमा प्रकाशकले सार्वजनिक यातायातमा अनौपचारिक साक्षी दिइरहेको देखाउनुहोस्‌। जागा रहो! पुस्तिका प्रस्तुत गर्ने विशेष अभियान मे १५ मा समाप्त हुनेछ। मे महिनाको बाँकी अवधिमा हामी पत्रिकाहरू प्रस्तुत गर्नेछौं।

१५ मि: नयाँ पुस्तिका चलाएर चासो विकास गर्नुहोस्‌। यसलाई सेवा निरीक्षकले भाषण तथा श्रोताहरूसित छलफलको रूपमा सञ्चालन गर्नुपर्छ। जागा रहो! पुस्तिका स्वीकार्ने हरेक व्यक्‍तिको चासो विकास गर्न ती व्यक्‍तिहरूलाई पुनःभेट गर्न जानुपर्छ। पृष्ठ २ मा भएको विषयसूची चलाएर पुस्तिकाबारे छोटकरीमा सरसरती बताउनुहोस्‌ र यसो गर्नुहुँदा (मोटो शीर्षकको तल्तिर सामान्य अक्षरमा लेखिएको) संक्षिप्तमा जोड दिइएका खण्डहरूतर्फ ध्यान खिच्नुहोस्‌। यो विषयवस्तु पुनःभेटको दौडान छोटो तथा अर्थपूर्ण छलफलको लागि प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि, सुरुको भेटमा पृष्ठ ३-४ मा भएका कुराहरू बताउनुभयो भने, पुनःभेटको दौडान पृष्ठ ५ मा प्रकाश पारिएको “के परमेश्‍वर साँच्चै हाम्रो चासो राख्नुहुन्छ?” भन्‍ने पेटी चलाउन सकिन्छ। त्यसो गर्न सकिने तरिकाबारे छलफल गर्नुहोस्‌। पृष्ठ ६-८ र १७-१८ अथवा स्थानीय इलाकामा उपयुक्‍त हुने अन्य पेटीहरू पुनरावृत्ति गर्नुहोस्‌। कुनै पनि पेटी चलाएर पुनःभेट गरेको देखाउनुहोस्‌। एक वा त्योभन्दा बढी उद्धृत शास्त्रपदहरू पढेर छलफल गर्नुपर्छ। अर्को पाली छलफल गरिने पेटीतर्फ ध्यानाकर्षित गर्दै प्रकाशकले आफ्नो कुरा टुङ्‌ग्याउँछन्‌।

२० मि: “परिवारको लागि व्यावहारिक तालिका बनाउनुहोस्‌।” दुई मिनेटभन्दा छोटो परिचय दिइसकेपछि लिखित तालिका बनाउनुको महत्त्वबारे प्रकाश पार्नुहोस्‌ र पृष्ठ ६ मा दिइएको खाली तालिका कसरी भर्न सकिन्छ छलफल गर्नुहोस्‌। “पारिवारिक तालिका—मण्डलीका सभाहरू” भन्‍ने लेख प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌। अरू कामकाजले मण्डलीका सभाहरूमा उपस्थित हुने आफ्नो तालिकामा दखल पुग्न नदिन श्रोताहरूले के गर्छन्‌ त्यसबारे टिप्पणी गर्न उनीहरूलाई आमन्त्रित गर्नुहोस्‌। पारिवारिक तालिकाका थप पक्षहरू आगामी हप्ताहरूमा छलफल गरिनेछ।

गीत २५ (२०४) र समापन प्रार्थना।

मे १६ मा सुरु हुने हप्ता

गीत ८ (५३)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: “पारिवारिक तालिका—पारिवारिक क्षेत्र सेवा।”a परिवारै मिलेर नियमित रूपमा सेवकाईमा सँगै काम गर्नुका लाभहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

२० मि: नयाँ पुस्तिका स्वीकार्ने व्यक्‍तिहरूसित बाइबल अध्ययन सुरु गर्ने। यसलाई सेवा निरीक्षकले भाषण तथा श्रोताहरूसित छलफलको रूपमा सञ्चालन गर्नुपर्छ। अघिल्लो सेवा सभामा प्रदर्शन गरेर देखाइएको पुनःभेट संक्षिप्तमा पुनरावलोकन गर्नुहोस्‌ र पुनरावलोकन गर्दा विशेष गरी पुनःभेटको अन्तमा उल्लिखित पेटीबारे बताउनुहोस्‌। (सम्भव भए) अघिल्लो सेवा सभामा प्रदर्शन गर्ने प्रकाशकहरूलाई नै पुनःभेट गरेको अर्को प्रदर्शन देखाउन त्यो विषयवस्तु चलाउन लगाउनुहोस्‌। त्यसपछि बाइबल अध्ययनको प्रस्ताव राख्न प्रकाशकले पुस्तिकाको पछिल्लो आवरण चलाउँछन्‌ र अर्को भेटमा चाहनुहुन्छ पुस्तिकाको पाठ १ छलफल गर्ने प्रबन्ध मिलाउँछन्‌। जागा रहो! पुस्तिका स्वीकार्ने व्यक्‍तिहरूसित बाइबल अध्ययन सुरु गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत २६ (२१२) र समापन प्रार्थना।

मे २३ मा सुरु हुने हप्ता

गीत २० (९३)

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र अनुदानको लागि मूल्याङ्‌कनस्वरूप पठाइने पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउँदै जून १ को प्रहरीधरहरा र जून ८ को ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ।

१८ मि: “यहोवाको दिन नजिकै छ।”b यो भाग तयारी गर्दा दानियलको भविष्यवाणी पुस्तकको पृष्ठ ५९, अनुच्छेद २८ हेर्नुहोस्‌।

१५ मि: “पारिवारिक तालिका—पारिवारिक अध्ययन।”c पारिवारिक अध्ययन गर्ने आफ्नो तालिका कसरी मिलाउँछन्‌ र तालिकाअनुसार चल्न कस्तो प्रयासको खाँचो छ, त्यसबारे टिप्पणी गर्न एक वा दुई जनालाई पहिल्यै तयारी गर्नुहोस्‌।

गीत १ (१३) र समापन प्रार्थना।

मे ३० मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई मे महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्‌। जून महिनामा प्रस्तुत गरिने साहित्यहरूबारे बताउनुहोस्‌। सन्‌ २००५ जनवरी महिनाको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा (तपाईंको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएको एक वा दुईवटा सुझावित प्रस्तुति चलाउँदै प्रकाशनहरू कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ।

२० मि: “पारिवारिक तालिका—दैनिक पद।”d सँगै दैनिक पद छलफल गर्दा परिवारले प्राप्त गरेका लाभहरू र यसो गर्न कस्तो तालिका व्यावहारिक पाएका छन्‌ त्यसबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌।

१५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ९।”* अनुच्छेद २ छलफल गर्दा सन्‌ २००४ डिसेम्बर महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा दिइएको एक वा दुईवटा बुँदा प्रकाश पार्नुहोस्‌। बाइबल अध्ययन गरेको एउटा छोटो प्रदर्शन समावेश गर्नुहोस्‌। चाहनुहुन्छ पुस्तिकाको पाठ २ सिध्याइसकेपछि अध्ययन सञ्चालकले विद्यार्थीलाई यस्तो प्रश्‍न सोध्छन्‌: “परमेश्‍वरको नाउँ के हो भनेर तपाईं आफ्नो साथीलाई कसरी बताउनुहुन्छ?” विद्यार्थीले भजन ८३:१८ चलाउने आफ्नो योजनाबारे बताउँछन्‌, त्यसपछि अध्ययन सञ्चालकले तिनको सराहना गर्छन्‌।

गीत २८ (२२४) र समापन प्रार्थना।

जून ६ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: “पत्रिका रुटद्वारा चासो विकास गर्नुहोस्‌।”e अनुच्छेद ३ छलफल गर्दा रीजनिङ पुस्तकको पृष्ठ २२७-२३२ तर्फ ध्यानाकर्षित गर्नुहोस्‌। परमेश्‍वरको राज्यले के-के गर्नेछ भन्‍ने विषयमा एउटा-शास्त्रपद चलाउने केही छलफल तयारी गर्न यो विषयवस्तु प्रयोग गर्न सकिन्छ। प्रकाशकले आफ्नो पत्रिका रुटको व्यक्‍तिसित कसरी एउटा-शास्त्रपद चलाएर छलफल गर्न सक्छन्‌, त्यसबारे एउटा प्रदर्शन समावेश गर्नुहोस्‌। घरधनीलाई शास्त्रपद सही ढङ्‌गमा बुझाउन र तिनको जीवनमा यसको महत्त्व बुझाउन प्रकाशकले शास्त्रपदबारे छलफल गर्नुका साथै त्यस शास्त्रपदको व्यावहारिक उपयोगिताबारे बताउनुपर्छ।

गीत ४ (४३) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने