प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ५/०५ पृ. १
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • ख्रिष्टका आज्ञाहरू पालन गर्न तपाईँ अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ५/०५ पृ. १

प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

भाग ९: अनौपचारिक रूपमा साक्षी दिन विद्यार्थीहरूलाई तयार पार्ने

१ येशू नै प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भन्‍ने कुरा अन्द्रियास र फिलिपले थाह पाएपछि अरूलाई त्यो रोमाञ्चकारी समाचार नसुनाईकन उनीहरू बस्नै सकेनन्‌। (यूह. १:४०-४५) त्यस्तै गरी आज, आफूले सिकिरहेको कुरामा विश्‍वास गर्न थालेपछि त्यसबारे कुरा गर्न बाइबल विद्यार्थीहरू जुरमुरिन्छन्‌। (२ कोरि. ४:१३) हामी कसरी उनीहरूलाई अनौपचारिक रूपमा साक्षी दिन प्रोत्साहन दिनुका साथै प्रभावकारीसाथ यसो गर्न तयार पार्न सक्छौं?

२ आफूले बाइबलबाट सिकेको कुरा अरूलाई बताएको छ कि छैन भनी तपाईं विद्यार्थीलाई सीधै सोध्न सक्नुहुन्छ। आफ्नो अध्ययनमा बोलाउन सकिने तिनका साथीभाइ तथा परिवारका सदस्यहरू छन्‌ होला। बाइबल विद्यार्थीको कुनै सहकर्मी, सहपाठी अथवा चिनेजानेका व्यक्‍तिहरूले चासो देखाएका छन्‌ कि सोध्नुहोस्‌। यस प्रकार तिनले साक्षी दिन सुरु गर्न सक्छन्‌। यहोवा परमेश्‍वर अनि उहाँका उद्देश्‍यहरूबारे अरूलाई बताउँदा विवेकी हुनका साथै आदर देखाउन तथा दयालु हुनुपर्ने कारण बुझ्न तिनलाई मदत गर्नुहोस्‌।—कल. ४:६; २ तिमो. २:२४, २५.

३ आफ्नो विश्‍वासबारे अरूलाई बताउने: आफ्नो विश्‍वासबारे अरूलाई बताउँदा बाइबल विद्यार्थीहरूलाई परमेश्‍वरको वचन चलाउन प्रशिक्षण दिनु एकदमै महत्त्वपूर्ण छ। अध्ययनको दौडान छानिएका बुँदाहरूबारे छलफल गर्दा विद्यार्थीलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: “आफ्नो परिवारलाई यो सत्य कुरा बताउन तपाईं कसरी बाइबल चलाउनुहुनेछ?” अथवा “आफ्नो साथीलाई यो कुरा सत्य हो भनी प्रमाणित गरेर देखाउन तपाईं बाइबलको कुनचाहिं पद चलाउनुहुनेछ?” तिनले दिने जवाफलाई ध्यान दिएर सुन्‍नुहोस्‌ र तिनले धर्मशास्त्रलाई आफ्नो शिक्षाको आधार बनाउन सक्ने तरिका देखाउनुहोस्‌। (२ तिमो. २:१५) यसो गरेर तपाईंले आफ्नो बाइबल विद्यार्थीलाई अनौपचारिक रूपमा साक्षी दिन र योग्य भएपछि मण्डलीसित मिलेर संगठित प्रचारकार्यमा भाग लिन तयार पारिरहनुभएको हुनेछ।

४ विरोधको सामना गर्न बाइबल विद्यार्थीहरूलाई तम्तयार पार्नु बुद्धिमानी कुरा हो। (मत्ती १०:३६; लूका ८:१३; २ तिमो. ३:१२) यहोवाका साक्षीहरूबारे अरूले प्रश्‍न गर्दा वा टीकाटिप्पणी गर्दा विद्यार्थीहरूले साक्षी दिने मौका पाउन सक्छन्‌। यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? भन्‍ने पुस्तिकाले उनीहरूलाई “जवाफ दिन . . . तयार” हुन सुसज्जित पार्न सक्छ। (१ पत्रु. ३:१५) राम्रै मनसायले विरोध गर्ने साथीभाइ तथा परिवारका सदस्यहरूलाई हाम्रो बाइबल आधारित विश्‍वास अनि गतिविधिहरूबारे बुझाउन नयाँ व्यक्‍तिहरूले प्रयोग गर्न सक्ने सही जानकारी यस पुस्तिकामा दिइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने