प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ६/०५ पृ. ३
  • पुस्तिकाका लागि सुझावित प्रस्तुतिहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुस्तिकाका लागि सुझावित प्रस्तुतिहरू
  • हाम्रो राज्य सेवकाई—२००५
  • उपशीर्षकहरू
  • सबैका लागि उपयोगी किताब
  • पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • त्यो राज्य जसले प्रमोदवन ल्याउने छ
  • तपाईंको प्रियजनको मृत्यु हुँदा
हाम्रो राज्य सेवकाई—२००५
km05 ६/०५ पृ. ३

सुरक्षित राख्नुहोस्‌

पुस्तिकाका लागि सुझावित प्रस्तुतिहरू

पुस्तिकाहरू प्रस्तुत गर्न प्रस्तुतिहरू तयार गर्नुहुँदा तपाईंलाई सजिलो होस्‌ भनेर यस परिशिष्टमा विभिन्‍न सुझावहरू दिइएका छन्‌। यसलाई स्थानीय परिस्थितिअनुसार छाँटकाँट गर्न सकिन्छ। अरू प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। निम्न सुझावहरूलाई नमुनाको रूपमा चलाएर यस परिशिष्टमा उल्लेख नगरिएका पुस्तिकाहरूको लागि पनि प्रस्तुतिहरू तयार पार्न सकिन्छ।—सन्‌ २००५ जनवरी महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌।

यस पृष्ठमा दिइएका हरेक सुझावहरूमा (१) वार्तालाप सुरु गर्ने एउटा विचारणीय प्रश्‍न, (२) कुराकानी गर्दै गरेका बुँदाहरू पुस्तिकामा कहाँ पाइन्छ सो देखाउने सन्दर्भ सामग्री र (३) छलफलको दौडान पढ्‌न सकिने एउटा उपयुक्‍त शास्त्रपद समावेश छन्‌। त्यसपछि व्यक्‍तिविशेषको प्रतिक्रियाअनुसार तपाईं प्रस्तुतिलाई आफ्नै शब्दमा अघि बढाउन सक्नुहुनेछ।

सबैका लागि उपयोगी किताब

“के तपाईंलाई बाइबलमा हाम्रो समयको लागि व्यावहारिक सल्लाह पाउन सकिन्छ जस्तो लाग्छ?”—पृ. २२ को क्याप्सन; पृ. २३, पेटीको अनु. ३; हितो. २५:११.

“सुशिक्षित हुने हो भने बाइबलको ज्ञान पनि लिनुपर्छ भनेर के तपाईं मानिलिनुहुन्छ?”—पृ. ३, अनु. १-३; पृ. ३०, अनु. २; उप. १२:९, १०.

पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!

“अनन्त जीवनको आनन्द उठाउन त स्वर्गै जानुपर्छ भनी धेरै मानिसहरू सोच्ने गर्छन्‌ तर यस पृथ्वीमा सधैंभरि बाँच्ने सन्दर्भमा तपाईंको विचार के छ?”—आवरणको चित्र; प्रका. २१:४.

“के तपाईं यहाँ देखाइएजस्तै आनन्दित मानिसहरू बसोबास गर्ने संसारमा बाँच्न चाहनुहुन्छ?”—चित्र संख्या ४९; भज. ३७:११, २९.

त्यो राज्य जसले प्रमोदवन ल्याउने छ

“आज हामीले सामना गर्ने समस्याहरू समाधान होस्‌ भन्‍ने थुप्रै मानिसहरूको उत्कट चाहना छ। के तपाईंलाई यी समस्याहरू समाधान गर्न सक्ने सरकार आउला जस्तो लाग्छ?”—पृ. ३, अनु. १; मत्ती ६:९, १०.

“इतिहासभरि मानिसजातिले पाउनसम्म दुःख पाएका छन्‌। यसको कारण के होला जस्तो तपाईंलाई लाग्छ?”—पृ. ३, अनु. १; उप. ८:९.

तपाईंको प्रियजनको मृत्यु हुँदा

“आज हामी मृत्युको कारण आफ्नो प्रियजन गुमाएका लाखौं मानिसहरूलाई सान्त्वना र आशा प्रदान गर्ने यो पुस्तिका प्रस्तुत गर्दैछौं। मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?”—पृ. २७, अनु. ३; यूह. ५:२८, २९.

“मृत्युको कारण आफ्नो प्रियजन गुमाएको व्यक्‍तिलाई कसरी सान्त्वना दिने होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?”—पृ. २०, अनु. १; हितो. १७:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने