प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ७/०५ पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००५
  • उपशीर्षकहरू
  • जुलाई ११ मा सुरु हुने हप्ता
  • जुलाई १८ मा सुरु हुने हप्ता
  • जुलाई २५ मा सुरु हुने हप्ता
  • अगस्त १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००५
km05 ७/०५ पृ. २

सेवा सभाको तालिका

जुलाई ११ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जुलाई ८ को ब्यूँझनुहोस्‌! र जुलाई १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। दुवै प्रदर्शनमा “म व्यस्त छु” भन्‍ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्‍न तरिका देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ११ हेर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: “सकेसम्म धेरै मानिसहरूलाई सुसमाचार सुनाउने।”a अनुच्छेद ५ छलफल गर्दा सन्‌ २००५ जून महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा दिइएका स्थानीय इलाकामा लागू हुने सुझावहरू दोहोऱ्‍याउनुहोस्‌।

गीत २६ (२१२) र समापन प्रार्थना।

जुलाई १८ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१० मि: स्थानीय घोषणाहरू। सन्‌ २०००, अगस्त १५ को प्रहरीधरहरा, पृष्ठ ३२ संक्षिप्तमा छलफल गर्नुहोस्‌। छुट्टीको समयमा र आफ्नो सामान्य दिनचर्यामा नलागेको बेलासमेत दैनिक बाइबल पढाइको नियमित कार्यक्रमलाई कायम राख्नुको लाभबारे प्रकाश पार्नुहोस्‌।

१५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ११।”b अध्ययन सञ्चालक र नयाँ प्रकाशकले पुनःभेटको लागि तयारी गरिरहेको एउटा प्रदर्शन समावेश गर्नुहोस्‌। उनीहरूले पहिलो भेटमा भएको कुराकानी पुनरावृत्ति गर्छन्‌ र पुनःभेटमा जाँदा बताउने एउटा उपयुक्‍त बुँदा रोज्छन्‌। उनीहरूले एउटा सरल परिचय अनि भेटको अन्तमा सोध्न सकिने एउटा प्रश्‍न पनि तयार गर्छन्‌। आफूले तयार गरेको प्रस्तुति अभ्यास गर्ने तरखर गरिरहेको अवस्थामा प्रदर्शन टुङ्‌गिन्छ।

२० मि: बाइबलको मूल्याङ्‌कन गर्न अरूलाई मदत गर्नुहोस्‌। परमेश्‍वरको उपासना पुस्तक, पृष्ठ २४-२५, अनुच्छेद ३-६ मा आधारित प्रश्‍न-उत्तर छलफल। पुस्तकमा दिइएको अध्ययन प्रश्‍नहरू चलाउनुहोस्‌। सबैका लागि उपयोगी किताब-को पृष्ठ ३२ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत २१ (१९१) र समापन प्रार्थना।

जुलाई २५ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र अनुदानको लागि मूल्याङ्‌कनस्वरूप पठाइएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्‍त हुन्छ भने) दिइएका सुझावहरू चलाउँदै जुलाई ८ को ब्यूँझनुहोस्‌! र अगस्त १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। एउटा प्रदर्शनमा अनौपचारिक रूपमा बजार अथवा अन्य कुनै उपयुक्‍त सार्वजनिक स्थलमा पत्रिका वितरण गरिरहेको देखाउनुहोस्‌।

१० मि: आफ्ना छोराछोरीको हृदयमा सत्य हालिदिनुहोस्‌। (व्यव. ६:७) सन्‌ २००२ अगस्त १५ को प्रहरीधरहरा, पृष्ठ ३०-३१ मा आधारित प्राचीनद्वारा भाषण। बेग्लै धर्म मान्‍ने विवाहित जोडी भएका मसीही आमा वा बुबाको लागि छोराछोरीलाई प्रशिक्षण दिने सन्दर्भमा डोऱ्‍याइ प्रदान गर्ने धर्मशास्त्रीय सिद्धान्तहरू प्रकाश पार्नुहोस्‌।

२० मि: “हामीले अरूलाई तिर्नुपर्ने ऋण।”c सन्‌ २००० जुलाई १ को प्रहरीधरहरा, पृष्ठ ११, अनुच्छेद १३ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत १० (८२) र समापन प्रार्थना।

अगस्त १ मा सुरु हुने हप्ता

गीत १७ (१८७)

१५ मि: स्थानीय घोषणाहरू। जुलाई महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। श्रोताहरूलाई मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ ७० पल्टाउन आमन्त्रित गर्नुहोस्‌ र श्रोताहरूसितको छलफलद्वारा अनुच्छेद १-२ र “सभाहरूमा कसरी टिप्पणी गर्ने” भन्‍ने पेटी छलफल गर्नुहोस्‌।

१५ मि: “सेवकाईमा प्रगति गर्न आफ्ना छोराछोरीलाई मदत गर्नुहोस्‌।” भाषण तथा श्रोताहरूसित छलफल। एक जना बुबा र छोराले सरलीकृत प्रस्तुति चलाइरहेको एउटा प्रदर्शन समावेश गर्नुहोस्‌। अनुदानको प्रबन्धबारे छोटकरीमा बताएर बुबालाई प्रस्तुति टुङ्‌ग्याउन लगाउनुहोस्‌।

१५ मि: उपयुक्‍त परिचय चलाउने कोसिस गर्नुभएको छ? सन्‌ २००५ जनवरी महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ६ मा आधारित भाषण तथा श्रोताहरूसित छलफल। दिइएका सुझावहरू पुनरावृत्ति गर्नुहोस्‌ र अगस्त महिनामा प्रस्तुत गरिने साहित्यसँग कुनै पनि उपयुक्‍त परिचय कसरी चलाउन सकिन्छ देखाउनुहोस्‌। एक वा दुईवटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌।

गीत २९ (२२२) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने