सेवा सभाको तालिका
अक्टोबर १० मा सुरु हुने हप्ता
गीत ७ (५१)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएको सुझावअनुसार (आफ्नो इलाकामा सुहाउँछ भने मात्र) अक्टोबर १५ को प्रहरीधरहरा र अक्टोबर ८ को ब्यूँझनुहोस्! प्रस्तुतिको प्रदर्शन गर्नुहोस्। प्रत्येक प्रदर्शनपछि यसका राम्रा पक्षहरू बताउनुहोस्। स्थानीय इलाकाका मानिसहरूलाई आकर्षित गर्ने अन्य लेखहरूमा पनि ध्यान खिच्नुहोस्।
१५ मि: के तपाईंको पढ्ने बानी छ? मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ २१-२६ का आधारमा श्रोतासित छलफल। के-के पढ्ने? (पृष्ठ २१, पेटी) उपलब्ध प्रकाशनहरू पढ्नु किन आवश्यक छ? (पृ. २३, अनु. २) पढ्ने बानी बसाल्न कुन कुराले मदत गर्छ? (पृ. २६, अनु. ३-४) प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका पढ्न तपाईं कसरी समय निकाल्न सक्नुहुन्छ? यसले तपाईंलाई के-के लाभ पुऱ्यायो?
२० मि: “साहसी भई परमेश्वरको वचन सुनाइरहनुहोस्।”a साक्षी दिनको लागि साहस जुटाउन गाह्रो हुन सक्ने कुनै परिस्थिति बताउन श्रोताहरूलाई आग्रह गर्नुहोस्। तर साहस जुटाउन तिनीहरूलाई कुन कुराले मदत गरेको छ?
गीत २१ (१९१) र समापन प्रार्थना।
अक्टोबर १७ मा सुरु हुने हप्ता
गीत १३ (१२४)
१० मि: स्थानीय घोषणा। बाइबल अध्ययन सञ्चालन गर्दा कसरी प्रभावकारी ढङ्गमा बाइबल पदहरू चलाउन सकिन्छ, सोबारे हाम्रो राज्य सेवकाई सेप्टेम्बर २००५ परिशिष्टको भाग ३ बाट बताउनुहोस्।
१५ मि: इन्टरनेटको खतराबाट सावधान! ब्यूँझनुहोस्! जनवरी ८, २००५, पृष्ठ १८-२१ मा आधारित प्राचीनद्वारा भाषण।
२० मि: “दयाका कार्य गरेर अरूलाई साँचो चासो देखाउनुहोस्।”b क्षेत्र सेवकाईमा हामी कसरी दयाका कार्य गर्न सक्छौं, श्रोतालाई बताउन आग्रह गर्नुहोस्। प्रचारमा जाँदा मानिसहरूलाई कसरी चासो दिने, यसबारे हाम्रो राज्य सेवकाई-को आगामी अंकहरूमा छलफल गरिनेछ।
गीत ९ (३७) र समापन प्रार्थना।
अक्टोबर २४ मा सुरु हुने हप्ता
गीत २३ (२००)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिए बापत पठाइएको पत्र पढ्नुहोस्। जनवरी २००५ को हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएको कुनै एउटा प्रस्तुति अथवा इलाका सुहाउँदो अर्को प्रस्तुति चलाएर नोभेम्बरमा चलाइने साहित्यहरू कसरी प्रस्तुत गर्ने, प्रदर्शन गरेर देखाउनुहोस्।—जनवरी २००५ हाम्रो राज्य सेवकाई, पृ. ८, अनु. ५ हेर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: पहरिन र कोरीबाटीमा परमेश्वरको स्तर झल्काऔं। अगस्त १, २००२, प्रहरीधरहरा, पृष्ठ १७-१९ मा आधारित प्राचीनद्वारा भाषण तथा श्रोतासित छलफल। हाम्रो भद्र र सुकिलो पोशाकले कसरी साक्षी दिने बाटो खुल्छ, श्रोताहरूलाई बताउन आग्रह गर्नुहोस्।
गीत १२ (११३) र समापन प्रार्थना।
अक्टोबर ३१ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई अक्टोबर महिनाको क्षेत्र सेवाको रिपोर्ट बुझाउन सम्झाउनुहोस्। पृष्ठ ८ का सल्लाहहरू चलाउँदै (आफ्नो इलाकामा सुहाउँछ भने मात्र) नोभेम्बर १, प्रहरीधरहरा र नोभेम्बर ८ ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन गरेर देखाउनुहोस्। एउटा प्रस्तुतिमा “हाम्रो आउने अंकमा” पेटी देखाउँदै फेरि भेट्ने बाटो बनाउनुहोस्।—अक्टोबर १९९८ हाम्रो राज्य सेवकाई, पृ. ८, अनु. ७-८.
१५ मि: पत्रिका रूटबाट चासो बढाउनुहोस्। मे २००५ हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा आधारित भाषण र श्रोताहरूसित छलफल। कसरी पत्रिका रूट बनाउने? (अनु. १) हरेक भेटमा जाँदा एउटा शास्त्रपदबाट छलफल गर्न कसरी तयार गर्ने? (अनु. ३) किन बाइबल पद पढेर मात्र पुग्दैन? (अनु. ४) पत्रिका रूटबाट कसरी बाइबल अध्ययन गर्न सकिन्छ? (अनु. ५) प्रकाशकले पत्रिका रूटमा एउटा बाइबल पद छलफल गरेको प्रदर्शन देखाउनुहोस्।
२० मि: दृढ तैपनि अरूलाई आदर देखाउने युवाहरू। सेप्टेम्बर १५, २००२ प्रहरीधरहरा, पृष्ठ २३-२४ “आदरपूर्ण ढंगमा इन्कार गर्नुहोस्” उपशीर्षकमा आधारित प्राचीनद्वारा भाषण। स्कूलमा सामना गर्नुपरेका कठिनाइहरू र ती कठिनाइहरूसित कसरी डट्न सके, बताउन पहिल्यै एक वा दुई जना युवाहरू तयार पार्नुहोस्।
गीत २९ (२२२) र समापन प्रार्थना।
नोभेम्बर ७ मा सुरु हुने हप्ता
गीत ८ (५३)
५ मि: स्थानीय घोषणा।
२० मि: सभामा एकाग्रता बढाउनुहोस्। सेप्टेम्बर १५, २००२, प्रहरीधरहरा, पृष्ठ १२-१४, अनुच्छेद ११-१४ मा आधारित भाषण तथा श्रोतासित छलफल। दिइएका सल्लाहहरू बताउनुहोस् र मण्डलीका सभाबाट पूरापूर लाभ उठाउन कुन-कुन कुराले मदत गऱ्यो, श्रोतालाई बताउन आग्रह गर्नुहोस्।
२० मि: “तर्क गर्ने कला तिखार्नुहोस्।”* श्रोताहरूले स्थानीय इलाकामा विभिन्न पृष्ठभूमिका मानिसहरूसित कसरी तर्क गर्न सके, सो बताउन केही श्रोतालाई पहिल्यै छान्नुहोस्।
गीत ६ (४५) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।