सेवा सभाको तालिका
सूचना: आउँदो महिनाहरूका दौडान प्रत्येक हप्ताको लागि हाम्रो राज्य सेवकाई-मा सेवा सभाको तालिका दिइनेछ। “छुटकारा नजिकै छ!” विषयको जिल्ला अधिवेशनमा उपस्थित हुनको लागि मण्डलीहरूले आवश्यक छाँटकाँट गर्न सक्छन्। यस महिनाको परिशिष्टमा सल्लाह तथा सम्झौटाहरू दिइएका छन्। उपयुक्त भए, अधिवेशनअघिको सेवा सभामा १५ मिनेट छुट्याएर स्थानीय तवरमा लागू हुने ती सल्लाह तथा सम्झौटाहरू दोहोऱ्याउनुहोस्। अधिवेशन सिद्धिएको एक वा दुई महिनापछि अधिवेशनका विशेषताहरू पुनरावलोकन गर्न सेवा सभामा (सम्भवतः स्थानीय आवश्यकताको भाग प्रयोग गरेर) १५ देखि २० मिनेट समय छुट्याउनुहोस्। तर यो भागमा अधिवेशनको पूरै कार्यक्रम पुनरावृत्ति गर्ने होइन। बरु, क्षेत्र सेवकाईसित सम्बन्धित भागहरू मात्र छलफल गर्नुहोस्। अनि ती जानकारी सेवकाईमा कसरी प्रयोग गरिरहेका छन्, श्रोतालाई बताउने मौका दिनुहोस्।
अप्रिल १० मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर अप्रिल १ को प्रहरीधरहरा र अप्रिल - जून-को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रदर्शनमा, बाइबल सन्देशमा अत्यन्तै चासो देखाएका घरधनीलाई बाइबलले सिकाउँछ किताब प्रस्तुत गरेको पनि देखाउनुहोस्।
१५ मि: “जोस बढाउन के गर्ने”a जून १५, २००२ प्रहरीधरहरा, पृष्ठ १४, अनुच्छेद १३ बाट पनि टिप्पणीहरू समावेश गर्नुहोस्।
२० मि: “आफ्नो तालिका मिलाउन सक्नुहुन्छ कि?”bविषयवस्तु आफ्नो इलाकामा कसरी लागू हुन्छ बताउनुहोस्। साँझपख साक्षीकार्यको लागि मण्डलीले कुनै प्रबन्ध मिलाएको छ भने उल्लेख गर्नुहोस्।
गीत १ (१३) र समापन प्रार्थना।
अप्रिल १७ मा सुरु हुने हप्ता
गीत ८ (५३)
१५ मि: स्थानीय घोषणा। विशेष जनभाषणको लागि के-कस्ता प्रबन्ध गरिएका छन्, जोड दिनुहोस्। स्मरणार्थमा आएका व्यक्तिहरू, बाइबल विद्यार्थी र अरू इच्छुक व्यक्तिहरूलाई निमन्त्रणा दिन प्रहरीधरहरा, अप्रिल १ अंकको पृष्ठ ३१ चलाइरहन सबैलाई प्रोत्साहन दिनुहोस्। प्रहरीधरहरा-को यस अंक चलाएर मानिसहरूलाई विशेष जनभाषणको लागि निमन्त्रणा दिंदा प्राप्त दुई/तीनवटा अनुभव छोटकरीमा बताउनुहोस्।
१२ मि: स्थानीय आवश्यकता।
१८ मि: “घरको ढोकामै र टेलिफोनबाट प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्नुहोस्।”c घरको ढोकामै उभिएर अध्ययन गरिरहनुको सट्टा घरभित्र अध्ययन सञ्चालन गर्न प्रकाशकले के भन्न सक्छन्, एउटा छोटो प्रदर्शनमा देखाउनुहोस्।
गीत १८ (१६२) र समापन प्रार्थना।
अप्रिल २४ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१५ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। मे महिनामा पनि प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गर्नेछौं। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर मे १ को प्रहरीधरहरा र अप्रिल - जून-को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। प्रदर्शनपछि इलाकाका मानिसहरूलाई चासो लाग्न सक्ने सोही अंकको अन्य लेखहरूमा पनि ध्यान खिच्नुहोस्।
३० मि: “यहोवाको बाटो हेर्नुहोस्।”d मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। आफ्नो मण्डलीलाई खटाइएको अधिवेशनबारे बताउनुहोस्। अधिवेशन हुने सहरमा बसुञ्जेल हर समय अधिवेशन बिल्ला लगाउँदा साक्षी दिन के-कस्ता मौकाहरू पाइन्छ, श्रोतालाई बताउन आमन्त्रित गर्नुहोस्। श्रोताहरूलाई अनौपचारिक साक्षी दिने मौकाहरूको फाइदा उठाउन र जिज्ञासु व्यक्तिहरूको रिपोर्ट गर्न प्लीज फलो अप (S-43) फाराम भर्न प्रोत्साहन दिनुहोस्।
गीत २१ (१९१) र समापन प्रार्थना।
मे १ मा सुरु हुने हप्ता
गीत २२ (१३०)
५ मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई अप्रिलको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। “बाइबल विद्यार्थीका चिनजानहरूलाई भेट्ने जमर्को गर्नुभएको छ?” भन्ने पृष्ठ ६ को पेटी छलफल गर्नुहोस्।
१० मि: “अनुहारको भाव पढेर—चासो देखाऔं।” e एक प्रकाशकले सार्वजनिक स्थलमा पहिला मानिसको अनुहार हेरेर कुराकानी थालेको अनि साक्षी दिएको छोटो प्रदर्शन देखाउनुहोस्।
१५ मि: यहोवाका काममा ध्यान दिनुहोस्। (भज. ७७:१२) मार्च २००६ को हाम्रो राज्य सेवकाई-बाट भाषण तथा श्रोतासित छलफल।
१५ मि: “‘छुटकारा नजिकै छ!’ जिल्ला अधिवेशनको विज्ञापन गर्ने विश्वव्यापी अभियान।”f सबै अनुच्छेदहरू नछुटाइ पढ्नुहोस्।
गीत १० (८२) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
f एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।