प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अगस्त पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००६
  • उपशीर्षकहरू
  • अगस्त १४ मा सुरु हुने हप्ता
  • अगस्त २१ मा सुरु हुने हप्ता
  • अगस्त २८ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००६
km06 अगस्त पृ. २

सेवा सभाको तालिका

अगस्त १४ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१५ मि: स्थानीय घोषणा। “नयाँ विशेष सम्मेलन,” छलफल गर्नुहोस्‌। विशेष सम्मेलन दिनको मिति थाह भइसक्यो भने बताउनुहोस्‌। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर अगस्त १ को प्रहरीधरहरा र जुलाई - सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा, “मलाई यहोवाका साक्षीहरूमा चासो छैन” भन्‍ने वार्तालाप बाधकलाई कसरी जवाफ दिन सकिन्छ, देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने, पृष्ठ ९-१० हेर्नुहोस्‌।

१५ मि: “अक्टोबरमा ब्यूँझनुहोस्‌!-को विशेष अंक आउँदैछ।”a अनुच्छेद ४ छलफल गर्नुहुँदा एक किशोर वा किशोरीले शिक्षकलाई अक्टोबरदेखि डिसेम्बरको अंक प्रस्तुत गरेको छोटो प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: मलाई किन पढ्‌नै मन लाग्दैन? जुलाईदेखि सेप्टेम्बर २००६ अंकको ब्यूँझनुहोस्‌!-को पृष्ठ २१-२३ मा आधारित भाषण र श्रोतासित छलफल। पढ्‌न र विशेष गरी स्कूलमा बाइबल सिद्धान्तहरू लागू गर्न आमाबाबुले कसरी मदत गरे भनी मसीही परिवारमा हुर्केकाहरूलाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌। एक/दुइटा टिप्पणीको लागि पहिल्यै तयारी गर्न सकिन्छ।

गीत १९ (१६४) र समापन प्रार्थना।

अगस्त २१ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणा र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। “नयाँ क्षेत्रीय सम्मेलन” छलफल गर्नुहोस्‌ र सम्मेलनको मिति थाह भइसक्यो भने बताउनुहोस्‌।

१५ मि: प्रहरीधरहरा अध्ययन र जनभाषणबाट लाभ उठाउने। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल) किताबको पृष्ठ ५९ देखि पृष्ठ ६४ को उपशीर्षकसम्ममा आधारित भाषण र श्रोतासित छलफल।

२० मि: सहायक अग्रगामी सेवा गर्न अहिलेदेखि नै योजना बनाउनुहोस्‌! भाषण र श्रोतासित छलफल। नयाँ सेवा वर्षमा कम्तीमा पनि एक महिना सहायक अग्रगामी सेवा गर्ने लक्ष्य राख्न प्रोत्साहन दिनुहोस्‌। (१ कोरि. ९:२६) कसै-कसैले विशेष गतिविधिहरू भएको महिना अथवा छुट्टि वा धेरै सप्ताहन्त भएको महिना छान्‍न सक्छन्‌। श्रोतालाई सोध्नुहोस्‌: “पहिला-पहिला तपाईंहरूले सहायक अग्रगामी सेवा गर्नको लागि कस्ता चुनौतीहरूको सामना गर्नुभएको थियो? सहायक अग्रगामी सेवा गर्दा कस्ता लाभहरू उठाउनुभयो? तपाईं सहायक अग्रगामी सेवा गर्न त चाहनुहुन्छ तर सक्छु कि सक्दिनँ भनेर पक्का हुनुहुन्‍न भने त्यसलाई किन प्रार्थनाको विषय बनाउनुपर्छ? (प्रेरि. ४:२९; २ कोरि. ४:७; याकू. १:५) आफ्नो परिवारसित र मण्डलीमा विशेष गरी तपाईंको जस्तै परिस्थिति भएकाहरूसित कुरा गर्नु पनि किन बेस हुन्छ? (हितो. १५:२२) तपाईं कुन महिना सहायक अग्रगामी सेवा गर्ने योजना बनाउँदै हुनुहुन्छ?”

गीत ९ (३७) र समापन प्रार्थना।

अगस्त २८ मा सुरु हुने हप्ता

गीत ७ (५१)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। प्रकाशकहरूलाई अगस्त महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्‌। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर सेप्टेम्बर १ को प्रहरीधरहरा र जुलाई - सेप्टेम्बरको ब्यूँझनुहोस्‌! तपाईंको पत्रिका रूटमा पुनःभेट गर्दा कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: प्रोत्साहनको स्रोत हुनुहोस्‌। (रोमी १:११, १२, NRV) भाषण र श्रोतासित छलफल। तपाईंको मण्डलीमा भएका नियमित अग्रगामीहरूको संख्या बताउनुहोस्‌। उनीहरूलाई प्रोत्साहन दिन सक्ने तरिकाहरू बताउनुहोस्‌। जस्तै: प्रशंसा गरेर, अग्रगामी सेवाका फाइदाहरूबारे कुरा गरेर, उनीहरूसित क्षेत्र सेवामा गएर, उनीहरूलाई खाना खान बोलाएर र यातायात खर्चमा सहयोग गरेर। नियमित अग्रगामीहरूले अरूबाट कसरी प्रोत्साहन पाएका छन्‌ तिनीहरूलाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌। मण्डलीमा नियमित अग्रगामीहरू छैन भने सहायक अग्रगामी सेवा गरिरहेकाहरूलाई कसरी प्रोत्साहन दिन सकिन्छ, छलफल गर्नुहोस्‌।

२० मि: सेप्टेम्बरमा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्नुहोस्‌। भाषण र श्रोतासित छलफल। सेप्टेम्बर महिनाको दौडान बाइबलले सिकाउँछ किताब चलाएर पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नेछौं। यसको मतलब हामीले किताब प्रस्तुत गर्दा नै घरधनीसित केही अनुच्छेदहरू छलफल गर्ने कोसिस गर्नेछौं। इलाका सुहाउँदो विषय छानेर दुइटा प्रदर्शन देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा पुनःभेटको लागि कसरी निश्‍चित प्रबन्ध मिलाएर छलफललाई अघि बढाउन सकिन्छ देखाउनुहोस्‌।

गीत १६ (१४३) र समापन प्रार्थना।

सेप्टेम्बर ४ मा सुरु हुने हप्ता

गीत २१ (१९१)

१० मि: स्थानीय घोषणा।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “निष्पक्ष भई प्रचार गरेर—चासो देखाऔं।”b दोस्रो अनुच्छेदको अन्तमा उल्लेख गरिएको रोमी १:१४ छलफल गर्दा इन्साइट, खण्ड १, पृष्ठ २५५ मा “बार्बरियन” (Barbarian) भन्‍ने विषय अन्तर्गतको पहिलो अनुच्छेदबाट छोटो टिप्पणी समावेश गर्नुहोस्‌। अनुच्छेद ३ छलफल गरिसकेपछि गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ (सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार) पुस्तिकाको पृष्ठ २ मा बताइएका तीन कदमहरू दोहोऱ्‍याउनुहोस्‌। अनि आफ्नो इलाकामा भएका अर्को भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्दा यो पुस्तिका कसरी चलाउने, प्रदर्शन देखाउनुहोस्‌।

गीत २८ (२२४) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने