सन् २००७ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका
निर्देशन
सन् २००७ मा ईश्वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स [bi12] वा पवित्र बाइबल, प्रहरीधरहरा [w-NP], तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्नति गर्ने [ht-NP], एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् [wt-NP], चर्चाका लागि बाइबल विषयहरू [td-NP]।
राज्य गीत, प्रार्थना र स्वागतद्वारा स्कूल समयमै सुरु गर्नुहोस्। कार्यक्रम निम्नानुसार सञ्चालन हुनेछ। प्रत्येक असाइनमेन्टको वक्तालाई स्कूल निरीक्षकले नै बोलाउनेछन्।
वक्तृत्व कला: ५ मिनेट। स्कूल निरीक्षक, सहायक सल्लाहकार वा योग्य प्राचीनले क्षमता उन्नति गर्ने पुस्तिकाबाट वक्तृत्व कलाको भाषण दिनेछन्। (प्राचीनहरूको संख्या थोरै छ भने मण्डलीका योग्य सेवकाई सेवकहरूले पनि यो भाषण दिन सक्छन्।)
असाइनमेन्ट न. १: १० मिनेट। प्रहरीधरहरा वा एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्-मा आधारित यो भाषण योग्य प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। दस मिनेटमा यो भाग निर्देशन भाषणको रूपमा दिनुपर्छ। भाषणको उद्देश्य विषयवस्तु ढाक्नु मात्र नभई मण्डलीलाई फाइदा हुने बुँदामा जोड दिनु र प्रस्तुत गरिने विषयवस्तुको व्यावहारिक मूल्यमाथि ध्यान केन्द्रित गर्नु हो। दिइएको विषय नै चलाउनुपर्छ। निर्धारित समयभित्रै भाषण सिध्याउनुपर्छ। आवश्यक भएमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
बाइबल पढाइका विशेषताहरू: १० मिनेट। यो भाषण योग्य प्राचीन वा सेवकाई सेवकले दिनेछन्। पहिला, पाँच मिनेटभित्र स्थानीय आवश्यकताअनुसार विषयवस्तुको उपयोगिता प्रस्ट पार्नुपर्छ। यसको लागि तिनले त्यस हप्ताको निर्धारित बाइबल पढाइको कुनै पनि अंश चलाउन सक्छन्। यो भाषण निर्धारित बाइबल पढाइको सारांश जस्तो मात्र हुनु हुँदैन। यसको मुख्य उद्देश्य भनेको बाइबलमा पाइने जानकारी किन र कसरी लाभदायी छ, सो श्रोतालाई बुझाउनु हो। पाँच मिनेटभित्रैमा वक्ताले विषयवस्तुको उपयोगिता प्रस्ट पार्नेछन्। तिनले बढी समय लिनु हुँदैन। बाँकी पाँच मिनेट श्रोतासित छलफल गर्न छुट्याउनुपर्छ। बाइबल पढाइमा रोचक लागेको भाग र यसका लाभबारे छोटो टिप्पणी गर्न (३० सेकेण्ड वा कम) श्रोतालाई आग्रह गर्नुहोस्। त्यसपछि स्कूल निरीक्षकले दोस्रो कक्षामा असाइनमेन्ट पाएका विद्यार्थीहरूलाई त्यस कक्षामा पठाउनेछन्।
असाइनमेन्ट न. २: ४ मिनेट वा त्योभन्दा कम। यो असाइनमेन्ट कुनै भाइले पढाइको रूपमा प्रस्तुत गर्नेछन्। विद्यार्थीले परिचय वा समापन केही नदिई तोकिएको विषयवस्तु पढ्नुपर्छ। स्कूल निरीक्षकले खास गरी विद्यार्थीका स्पष्ट, सरर्र पढ्ने, भावलाई जोड दिने, स्वरको उतार-चढाव, ठीक ठाउँमा रोक्ने र स्वाभाविकता झल्काउने जस्ता पक्षहरूमा ध्यान दिनेछन्।
असाइनमेन्ट न. ३: ५ मिनेट। यो असाइनमेन्ट बहिनीहरूको लागि हो। असाइनमेन्ट पाउने विद्यार्थीहरूले नै भूमिका छान्नेछन्। दिइएको विषय नै चलाउनुपर्छ र प्रस्तुति क्षेत्र सेवामा चलाउन मिल्ने गरी स्थानीय इलाकाको लागि सुहाउँदो र उपयोगी हुनुपर्छ। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। नयाँ विद्यार्थीहरूलाई स्रोत सामग्री दिइएका भाषण मात्र दिनुपर्छ। प्रस्तुतिमा भाषणका विषयवस्तु ठीकसित प्रस्तुत गरिएको छ कि छैन, घरधनीलाई धर्मशास्त्रबाट तर्क गर्न सिकाएको र प्रस्तुत विषयवस्तुको मुख्य बुँदा बुझाएको छ कि छैन भन्ने कुरामा स्कूल निरीक्षकले विशेष ध्यान दिनेछन्। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्।
असाइनमेन्ट न. ४: ५ मिनेट। दिइएको विषयमै विद्यार्थीले भाषण बनाउनुपर्छ। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। यो भाग भाइले दिंदा सभामा उपस्थित श्रोताहरूको लागि भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। यसैलाई बहिनीले प्रस्तुत गर्दा भने असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाह अनुरूप प्रस्तुत गर्नुपर्छ। स्कूल निरीक्षकलाई उपयुक्त लागेमा यो असाइनमेन्ट भाइलाई दिन सक्छन्। कृपया नबिर्सनुहोस्, तारक चिह्न भएको विषय सधैं भाषणको रूपमा प्रस्तुत गर्न भाइहरूलाई मात्र दिनुपर्छ।
सल्लाह: १ मिनेट। विद्यार्थीले वक्तृत्व कलाको कुन बुँदामा काम गरिरहेका छन् भनेर स्कूल निरीक्षकले बताउनेछैनन्। असाइनमेन्ट न. २, न. ३ र न. ४ पछि स्कूल निरीक्षकले भाषणको प्रशंसायोग्य पक्षमा सकारात्मक टिप्पणी गर्नेछन्। तिनको लक्ष्य “राम्रो भयो” भन्नु मात्र नभई प्रस्तुतिको कुन पक्ष किन प्रभावकारी थियो भनी खास कारणहरू बताउनु हो। प्रत्येक विद्यार्थीको आवश्यकताअनुसार अझ उन्नति गर्न सभापछि वा कुनै अर्को समयमा व्यक्तिगत सल्लाह दिन सकिन्छ।
समय: कुनै पनि भाषण वा स्कूल निरीक्षकको टिप्पणी निर्धारित समयभन्दा बढी जानु हुँदैन। असाइनमेन्ट न. २, ३ र ४ को निर्धारित समय सिद्धिएमा कौशलतापूर्वक रोक्नुपर्छ। वक्तृत्व कला, असाइनमेन्ट न. १ वा बाइबल पढाइका विशेषताहरू दिने भाइहरूले बढी समय लिएमा वक्तालाई व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ। सबैले समयमा विशेष ध्यान दिनुपर्छ। कार्यक्रमको जम्मा समय: गीत र प्रार्थनाबाहेक ४५ मिनेट।
सहायक सल्लाहकार: प्राचीनहरूका निकायले सहायक सल्लाहकारको जिम्मेवारी निभाउन अर्का एक जना दक्ष प्राचीनको छनौट गर्न सक्छन्। मण्डलीमा प्राचीनहरू थुप्रै छन् भने यो असाइनमेन्ट हरेक वर्ष योग्य प्राचीनहरूले पालैपालो सम्हाल्न सक्छन्। सहायक सल्लाहकारको जिम्मेवारी असाइनमेन्ट न. १ र बाइबलका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूलाई आवश्यक सल्लाह दिनु हो। सँगी प्राचीन वा सेवकाई सेवकले भाषण दिंदै पिच्छे सल्लाह दिनु आवश्यक छैन।
मौखिक पुनरावृत्ति: ३० मिनेट। प्रत्येक दुई महिनामा स्कूल निरीक्षकले मौखिक पुनरावृत्ति गर्नेछन्। यो पुनरावृत्ति वक्तृत्व कला र बाइबल पढाइका विशेषतापछि गरिनेछ। मौखिक पुनरावृत्ति अघिल्लो दुई महिनाको स्कूलको विषयवस्तुमा आधारित हुनेछ र यसमा त्यही हप्ताको विषयवस्तु पनि समावेश हुनेछ। मौखिक पुनरावृत्तिको हप्तामा तपाईंको मण्डलीको क्षेत्रीय सम्मेलन परेमा त्यस हप्ता र त्यस पछिको हप्ताको कार्यक्रम (वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू पनि) साटफेर गर्नुपर्छ। मौखिक पुनरावृत्तिको हप्तामा तपाईंको मण्डलीमा क्षेत्रीय निरीक्षकले भ्रमण गर्ने भए त्यसै हप्ताको तालिकाअनुसारै गीत, वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्नुपर्छ। निर्देशन भाषण चाहिं (वक्तृत्व कलापछि दिइने असाइनमेन्ट न. १) अर्को हप्ताको तालिकाबाट लिनुपर्छ। अर्को हप्ताको ईश्वरतान्त्रिक स्कूलमा वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू त्यस हप्ताको तालिकाअनुसारै दिइनेछ र त्यसपछि मौखिक पुनरावृत्ति हुनेछ।
तालिका
जन. १ बाइबल पढाइ: यशैया २४-२८ गीत ४ (४३)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु १ (ht-NP पृ. १२-१३ अनु. १-६)
न. १: हाम्रा भाइहरूमाझ नम्र (w-NP०५ १/१ पृ. ७-८ अनु. २-८)
न. २: यशैया २६:१-१८
न. ३: td-NP १४ख परमेश्वरको राज्यले स्थायी तवरमा शारीरिक निवारण गर्नेछ
न. ४: हामी कसरी “प्रभु येशू ख्रीष्टलाई धारण” गर्न सक्छौं? (रोमी १३:१४)
जन. ८ बाइबल पढाइ: यशैया २९-३३ गीत २१ (१९१)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु २ (ht-NP पृ. १३-१५ अनु. ७-१३)
न. १: सुसमाचार प्रचार गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्छ (w-NP०५ १/१ पृ. १३-१४ अनु. ६-१०)
न. २: यशैया ३०:१-१४
न. ३: td-NP १४ग आधुनिक निवारणमा ईश्वरीय अनुमोदनको प्रमाण पाइँदैन
न. ४: यहोवा परमेश्वरले केटाकेटीलाई माया गर्नुहुन्छ भनी हामी कसरी थाह पाउन सक्छौं
जन. १५ बाइबल पढाइ: यशैया ३४-३७ गीत २९ (२२२)
वक्तृत्व कला: स्पष्ट, बुझ्न सकिने (ht-NP पृ. १५-१६ अनु. १४-२०)
न. १: सही र गलतप्रति येशूको जस्तै दृष्टिकोण खेती गर्नुहोस् (w-NP०५ १/१ पृ. ९-१० अनु. ११-१५)
न. २: यशैया ३४:१-१५
न. ३: साँचो प्रेम कसरी खेती गर्ने
न. ४: td-NP १४घ अन्य भाषाहरूमा बोल्नु अस्थायी प्रबन्ध मात्र हो
जन. २२ इबल पढाइ: यशैया ३८-४२ गीत १६ (१४३)
वक्तृत्व कला: चासो जगाउने परिचय (ht-NP पृ. १७-१८ अनु. १-७)
न. १: विरोधको कारण पछि नहट्नुहोस् (w-NP०५ १/१ पृ. १५ अनु. १६-१८)
न. २: यशैया ३८:९-२२
न. ३: td-NP १५क १,४४,००० मात्र स्वर्ग जान्छन्
न. ४: अरूप्रति किन खराब मनसाय राख्नु हुँदैन
जन. २९ बाइबल पढाइ: यशैया ४३-४६ गीत १२ (११३)
वक्तृत्व कला: मूल विषयसित मेल खाने परिचय (ht-NP पृ. १८-१९ अनु. ८-१०)
न. १: हामी किन यहोवाको न्याय स्वीकार्छौं? (w-NP०५ २/१ पृ. २३-२४ अनु. ४-९)
न. २: यशैया ४५:१-१४
न. ३: td-NP १६क नरक सास्ती दिने साँच्चैको अग्निकुण्ड होइन
न. ४: aमसीहीहरूले किन प्रतिस्पर्धात्मक तुलना गर्दैनन्
फेब्रु. ५ बाइबल पढाइ: यशैया ४७-५१ गीत ६ (४५)
वक्तृत्व कला: ठिक्कको परिचय (ht-NP पृ. १९-२० अनु. ११-१६)
न. १: यहोवाको वचनले हामीलाई शुद्ध राख्छ र वफादार रहिरहनको लागि मदत गर्छ (w-NP०५ ४/१५ पृ. ११-१२ अनु. ५-११)
न. २: यशैया ५०:१-११
न. ३: td-NP १६ख आगो सर्वनाशको चिह्न हो
न. ४: के बाइबलले उपहारहरू दिनु हुँदैन भन्छ?
फेब्रु. १२ बाइबल पढाइ: यशैया ५२-५७ गीत १६ (१४३)
वक्तृत्व कला: आवाज (ht-NP पृ. २०-२२ अनु. १-१२)
न. १: यहोवाको वचनले साहस दिन्छ (w-NP०५ ४/१५ पृ. १३ अनु. १२-१४)
न. २: यशैया ५५:१-१३
न. ३: आत्मत्यागी जीवन बिताउनु बेकार होइन
न. ४: td-NP १६ग धनी मानिस र लाजरसको विवरण अनन्त यातनाको प्रमाण होइन
फेब्रु. १९ बाइबल पढाइ: यशैया ५८-६२ गीत ४ (४३)
वक्तृत्व कला: विराम १ (ht-NP पृ. २२-२४ अनु. १३-२१)
न. १: निडर भई परमेश्वरको वचन बोलिरहनुहोस् (wt-NP पृ. १६७-१७४)
न. २: यशैया ६०:१-१४
न. ३: परमेश्वरप्रति दासत्व किन स्वीकार्य कुरा हो?
न. ४: td-NP १७क प्रारम्भिक मसीहीहरूले जन्मदिन, क्रिसमस मनाउँदैनन् थिए
फेब्रु. २६ बाइबल पढाइ: यशैया ६३-६६ गीत १७ (१८७)
वक्तृत्व कला: विराम २ (ht-NP पृ. २४-२५ अनु. २२-२८)
मौखिक पुनरावृत्ति
मार्च ५ बाइबल पढाइ: यर्मिया १-४ गीत २२ (१३०)
वक्तृत्व कला: श्रोताहरूलाई बाइबल चलाउन प्रोत्साहन दिने (ht-NP पृ. २५-२६ अनु. १-६)
न. १: यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस् (wt-NP पृ. १७५-१८३)
न. २: यर्मिया ३:१-१३
न. ३: साँचो आनन्द कुन कुरामा निर्भर हुन्छ?
न. ४: td-NP १८क उपासना गर्दा प्रतिमा, शालिक प्रयोग गर्नु परमेश्वरको अपमान गर्नु हो
मार्च १२ बाइबल पढाइ: यर्मिया ५-७ गीत १३ (१२४)
वक्तृत्व कला: शास्त्रपद सही ढङ्गमा प्रस्तुत गर्ने १ (ht-NP पृ. २६-२८ अनु. ७-१८)
न. १: यहोवाले उज्जालाई किन मार्नुभयो? (w-NP०५ २/१ पृ. २६-२७ अनु. १८-२१)
न. २: यर्मिया ५:१-१४
न. ३: td-NP १८ख मूर्तिपूजा इस्राएल राष्ट्रको लागि घातक साबित भयो
न. ४: प्रस्थान १४:११ को पाठ हाम्रो समयमा लागू गर्ने
मार्च १९ बाइबल पढाइ: यर्मिया ८-११ गीत २४ (१८५)
वक्तृत्व कला: शास्त्रपद सही ढङ्गमा प्रस्तुत गर्ने २ (ht-NP पृ. २९ अनु. १९-२१)
न. १: मसीहीहरू हो—आफ्नो चिनारीमा गर्व गर्नुहोस्! (w-NP ०५ २/१५ पृ. १५-१७ अनु. १२-१९)
न. २: यर्मिया १०:१-१६
न. ३: अब्राहाम, अय्यूब र दानियलले पुनरुत्थानमा विश्वास गर्थे भनी हामी कसरी थाह पाउँछौं?
न. ४: td-NP १८ग “सापेक्षिक” उपासना स्वीकृत होइन
मार्च २६ बाइबल पढाइ: यर्मिया १२-१६ गीत २८ (२२४)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने १ (ht-NP पृ. ३० अनु. १-५)
न. १: छुडौतीको बलिदानले परमेश्वरको धार्मिकताको महिमा गर्छ (w-NP ०५ ११/१ पृ. १३-१४)
न. २: यर्मिया १२:१-१३
न. ३: td-NP १९क अन्य धर्महरूमा पनि भाग लिनु परमेश्वरको मार्ग होइन
न. ४: कुन तरिकामा मसीहीले गर्व गर्नुपर्छ?
अप्रि. २ बाइबल पढाइ: यर्मिया १७-२१ गीत २२ (१३०)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने २ (ht-NP पृ. ३०-३१ अनु. ६-१४)
न. १: हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने (w-NP ०५ २/१५ पृ. १७-१९ अनु. १-१०)
न. २: यर्मिया २०:१-१३
न. ३: td-NP १९ख “सबै धर्ममा असल कुरा छ” भन्ने धारणा साँचो होइन
न. ४: bहामीले सल्लाहलाई कसरी लिनुपर्छ?
अप्रि. ९ बाइबल पढाइ: यर्मिया २२-२४ गीत २८ (२२४)
वक्तृत्व कला: शास्त्रपदको उपयोगिता स्पष्ट पार्ने (ht-NP पृ. ३१-३३ अनु. १५-२२)
न. १: परमेश्वरलाई प्रसन्न तुल्याउन कटिबद्ध हुनुहोस् (w-NP ०५ २/१५ पृ. १९-२० अनु. ११-१४)
न. २: यर्मिया २३:१-१४
न. ३: सेवकाईमा भाग लिंदा हामी किन आनन्दित हुन्छौं
न. ४: td-NP २०क परमेश्वरको नाउँ के हो?
अप्रि. १६ बाइबल पढाइ: यर्मिया २५-२८ गीत ४ (४३)
वक्तृत्व कला: जोड दिनको लागि दोहोऱ्याउने (ht-NP पृ. ३३-३५ अनु. १-१४)
न. १: अतीतबाट सिक्नुहोस्, भविष्यको लागि तयारी गर्नुहोस् (w-NP०५ २/१५ पृ. २१-२२ अनु. १५-१८)
न. २: यर्मिया २६:१-१५
न. ३: td-NP २०ख परमेश्वरको अस्तित्व छ भनी कसरी थाह पाउँछौं?
न. ४: कुन तरिकामा भूमि श्रापित भयो? (उत्प. ३:१७)
अप्रि. २३ बाइबल पढाइ: यर्मिया २९-३१ गीत ६ (४५)
वक्तृत्व कला: इशारा (ht-NP पृ. ३५-३७ अनु. १५-२०)
न. १: वर्तमान संसारमा विवाह सफल हुन सक्छ (w-NP०५ ३/१ पृ. १३-१५ अनु. १७-२०)
न. २: यर्मिया ३१:१-१४
न. ३: यहोवाको महानता किन अपार छ?
न. ४: td-NP २०ग परमेश्वरका गुणहरू के-के हुन्?
अप्रि. ३० बाइबल पढाइ: यर्मिया ३२-३४ गीत ६ (४५)
वक्तृत्व कला: मूल विषयलाई जोड दिने (ht-NP पृ. ३७-३९ अनु. १-८)
मौखिक पुनरावृत्ति
मे ७ बाइबल पढाइ: यर्मिया ३५-३८ गीत २० (९३)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने १ (ht-NP पृ. ३९-४० अनु. ९-१३)
न. १: धार्मिक तवरमा विभाजित परिवारको लागि बुद्धिमानी डोऱ्याइ (w-NP०५ ३/१ पृ. १८-२० अनु. ११-१८)
न. २: यर्मिया ३६:१-१३
न. ३: td-NP २०घ सबैले एउटै परमेश्वरको सेवा गरिरहेका छैनन्
न. ४: मसीहीहरूले अनिश्चितताको सामना कसरी गर्न सक्छन्?
मे १४ बाइबल पढाइ: यर्मिया ३९-४३ गीत ४ (४३)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने २ (ht-NP पृ. ४०-४२ अनु. १४-२१)
न. १: हामी दुई मालिकको सेवा गर्न सक्दैनौं (w-NP०५ ३/१५ पृ. १२-१४ अनु. १२-१६)
न. २: यर्मिया ३९:१-१४
न. ३: td-NP २१क यहोवाका साक्षीहरूको सुरुआत कसरी भयो
न. ४: cविवाहपूर्वको भेटघाटलाई साँचो मसीहीहरूले किन शुद्ध राख्छन्
मे २१ बाइबल पढाइ: यर्मिया ४४-४८ गीत २३ (२००)
वक्तृत्व कला: श्रोता सम्पर्क, टिपोटको प्रयोग (ht-NP पृ. ४२-४४ अनु. १-९)
न. १: आफ्ना झुकावहरू विरुद्ध काम गर्नुपर्ने अवस्थाहरू (w-NP०५ ३/१५ पृ. १८-१९ अनु. १०-१४)
न. २: यर्मिया ४६:१-१७
न. ३: आत्म-छक्याइ के हो र यसबाट आफूलाई कसरी सुरक्षित राख्न सक्छौं?
न. ४: प्रकाशको पुस्तकमा उल्लिखित बेबिलोनलाई चिन्ने
मे २८ बाइबल पढाइ: यर्मिया ४९-५० गीत २८ (२२४)
वक्तृत्व कला: रूपरेखाको प्रयोग (ht-NP पृ. ४४-४५ अनु. १०-१९)
न. १: येशूले देखाउनुभएको धैर्य र स्नेह (w-NP०५ ४/१ पृ. ९-१० अनु. १०-१४)
न. २: यर्मिया ४९:१४-२७
न. ३: td-NP २२क येशू परमेश्वरको पुत्र र नियुक्त राजा हुनुहुन्छ
न. ४: आमाबाबुले छोराछोरीलाई किन पढेर सुनाउनुपर्छ?
जून ४ बाइबल पढाइ: यर्मिया ५१-५२ गीत १५ (१२७)
वक्तृत्व कला: धाराप्रवाह (ht-NP पृ. ४६-४८ अनु. १-१०)
न. १: यहोवाको उद्देश्यले महिमित सफलता हासिल गर्छ (wt-NP पृ. १८४-१९१)
न. २: यर्मिया ५२:१-१६
न. ३: परमेश्वरबाट स्वतन्त्र हुन खोज्नु मूर्खता हो
न. ४: td-NP २२ख मुक्ति पाउन येशू ख्रीष्टमा विश्वास गर्नु अत्यावश्यक छ
जून ११ बाइबल पढाइ: विलाप १-२ गीत १८ (१६२)
वक्तृत्व कला: वार्तालापको गुण (ht-NP पृ. ४८-५० अनु. ११-२३)
न. १: हाम्रो समयमा उपासनामा एकता—यसको अर्थ के हो? (wt-NP पृ. ५-९ अनु. १-९)
न. २: विलाप २:१-१०
न. ३: td-NP २२ग येशूमा विश्वास गर्नु मात्रै यथेष्ट छैन
न. ४: साँचो दया कमजोरी होइन, किन
जून १८ बाइबल पढाइ: विलाप ३-५ गीत २६ (२१२)
वक्तृत्व कला: उच्चारण १ (ht-NP पृ. ५०-५१ अनु. २४-२७)
न. १: कस्ता तत्त्वहरूले एकतामा योगदान पुऱ्याउँछन् (wt-NP पृ. ९-१३ अनु. १०-१४)
न. २: विलाप ४:१-१३
न. ३: td-NP २३क परमेश्वरको राज्यले मानवजातिको लागि के गर्नेछ
न. ४: dसाँचो मसीहीहरू किन राजनीतिमा भाग लिंदैनन्
जून २५ बाइबल पढाइ: इजकिएल १-५ गीत ६ (४५)
वक्तृत्व कला: उच्चारण २ (ht-NP पृ. ५१-५२ अनु. २८-३४)
मौखिक पुनरावृत्ति
जुला. २ बाइबल पढाइ: इजकिएल ६-१० गीत ३ (३२)
वक्तृत्व कला: संयोजकहरूद्वारा सुसंगत (ht-NP पृ. ५३-५४ अनु. १-८)
न. १: एक मात्र साँचो परमेश्वरको रूपमा यहोवाको महिमा गर्नुहोस्—भाग १ (wt-NP पृ. १५-१८ अनु. १-९)
न. २: इजकिएल ७:१-१३
न. ३: यहोवाको नजिक हुन के गर्नुपर्छ (याकू. ४:८)
न. ४: td-NP २३ख ख्रीष्टका शत्रुहरू सक्रिय हुँदा नै कारवाही सुरु हुन्छ
जुला. ९ बाइबल पढाइ: इजकिएल ११-१४ गीत १६ (१४३)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास १ (ht-NP पृ. ५४-५६ अनु. ९-१५)
न. १: भलाइ गर्नमा हरेस नखानुहोस् (w-NP०५ ६/१ पृ. २९-३०)
न. २: इजकिएल ११:१-१३
न. ३: td-NP २३ग परमेश्वरको राज्य नता मानिसको “हृदयमा” हुने कुरा हो, न मानिसहरूको प्रयासबाट नै आएको हो
न. ४: प्रकाश १७:९-११ लाई हामीले कसरी बुझ्नुपर्छ?
जुला. १६ बाइबल पढाइ: इजकिएल १५-१७ गीत १८ (१६२)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास २ (ht-NP पृ. ५६-५७ अनु. १६-२१)
न. १: गलत सोचाइको प्रतिरोध गर्नुहोस् (w-NP०५ ९/१५ पृ. २६-२८)
न. २: इजकिएल १६:१-१३
न. ३: चतुर हुनुको अर्थ के हो (हितो. १३:१६)
न. ४: td-NP २४क “जगत्को अन्त[को]” अर्थ के हो?
जुला. २३ बाइबल पढाइ: इजकिएल १८-२० गीत १८ (१६२)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क १ (ht-NP पृ. ५७-५८ अनु. १-६)
न. १: परिवारभित्र सहनशील हुनुहोस् (w-NP०५ ५/१५ पृ. २८-२९ अनु. १३-१७)
न. २: इजकिएल १८:१९-२९
न. ३: td-NP २४ख आखिरी दिनका चिह्नहरूप्रति जागा हुनु आवश्यक छ
न. ४: परमेश्वरको राज्य वास्तविकता हो भन्ने प्रमाणहरू
जुला. ३० बाइबल पढाइ: इजकिएल २१-२३ गीत २३ (२००)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क २ (ht-NP पृ. ५८-६० अनु. ७-१४)
न. १: आत्मकेन्द्रित हुन सक्ने खतरा (w-NP०५ ६/१ पृ. १२-१३ अनु. १३-१८)
न. २: इजकिएल २३:१-१७
न. ३: td-NP २५क परमेश्वरले आज्ञाकारी मानिसजातिलाई अनन्त जीवनको आश्वासन दिनुभएको छ
न. ४: महानताप्रतिको सही दृष्टिकोण के हो?
अग. ६ बाइबल पढाइ: इजकिएल २४-२७ गीत ९ (३७)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने १ (ht-NP पृ. ६० अनु. १५-१८)
न. १: अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने (w-NP०५ ६/१ पृ. १५-१७ अनु. ४-१०)
न. २: इजकिएल २४:१-१४
न. ३: कुन तरिकामा मोशा मसीहीहरूका लागि उत्कृष्ट उदाहरण थिए?
न. ४: td-NP २५ख ख्रीष्टको शरीरमा हुनेहरू मात्र स्वर्ग जानेछन्
अग. १३ बाइबल पढाइ: इजकिएल २८-३१ गीत ४ (४३)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने २ (ht-NP पृ. ६०-६२ अनु. १९-२४)
न. १: आफ्नो परिवारलाई आध्यात्मिक तवरमा पालनपोषण गर्नुहोस् (w-NP०५ ६/१५ पृ. २०-२२ अनु. १०-१६)
न. २: इजकिएल २८:१-१६
न. ३: td-NP २५ग “अन्य भेडाहरू” अर्थात् असीमित व्यक्तिहरूलाई अनन्त जीवनको प्रतिज्ञा गरिएको छ
न. ४: बाइबलमा बताइएको “घृणा[को]” अर्थ के हो?
अग. २० बाइबल पढाइ: इजकिएल ३२-३४ गीत २२ (१३०)
वक्तृत्व कला: भावलाई जोड दिने (ht-NP पृ. ६२-६४ अनु. १-९)
न. १: युवाहरूले यहोवाको प्रशंसा कसरी गर्न सक्छन्? (w-NP०५ ६/१५ पृ. २५-२७ अनु. ११-१९)
न. २: इजकिएल ३४:१-१४
न. ३: परमेश्वरको आत्माले हामीलाई कसरी मदत गर्छ?
न. ४: td-NP २६क वैवाहिक बन्धन आदरणीय हुनैपर्छ
अग. २७ बाइबल पढाइ: इजकिएल ३५-३८ गीत ५ (४६)
वक्तृत्व कला: स्वर परिवर्तन १ (ht-NP पृ. ६४-६५ अनु. १०-१७)
मौखिक पृनरावृत्ति
सेप्टे. ३ बाइबल पढाइ: इजकिएल ३९-४१ गीत २० (९३)
वक्तृत्व कला: स्वर परिवर्तन २ (ht-NP पृ. ६५-६६ अनु. १८-२४)
न. १: परमेश्वरको वचनमा किन आनन्दित हुने? (w-NP०५ ४/१५ पृ. १५-१६ अनु. ३-६)
न. २: इजकिएल ४०:१-१५
न. ३: के मानिसहरूले साँच्चै परमेश्वरलाई प्रसन्न तुल्याउन सक्छन्?
न. ४: td-NP २६ख मसीहीहरूले शिरत्वको सिद्धान्तको आदर गर्नैपर्छ
सेप्टे. १० बाइबल पढाइ: इजकिएल ४२-४५ गीत ११ (८५)
वक्तृत्व कला: उत्साह देखाउने (ht-NP पृ. ६७-६८ अनु. १-५)
न. १: जब बुढेसकाल “शोभाको मुकुट” बन्छ (w-NP०५ १/१५ पृ. ८-९)
न. २: इजकिएल ४३:१-१२
न. ३: td-NP २६ग छोराछोरीप्रति मसीही आमाबाबुको जिम्मेवारी
न. ४ e“बिरानोको सोर” हामी कसरी चिन्न सक्छौं? (यूह. १०:५)
सेप्टे. १७ बाइबल पढाइ: इजकिएल ४६-४८ गीत १९ (१६४)
वक्तृत्व कला: विषयलाई सुहाउने उत्साह (ht-NP पृ. ६८-६९ अनु. ६-९)
न. १: एक मात्र साँचो परमेश्वरको रूपमा यहोवाको महिमा गर्नुहोस्—भाग २ (wt-NP पृ. १९-२२ अनु. १०-१६)
न. २: इजकिएल ४७:१-१४
न. ३: td-NP २६घ मसीहीहरूले मसीहीहरूसित मात्रै विवाह गर्नुपर्छ
न. ४: fआमाबाबुले आफ्नो छोराछोरीलाई दिन सक्ने उत्कृष्ट उपहार बहुमूल्य आध्यात्मिक सम्पदा हो, किन
सेप्टे. २४ बाइबल पढाइ: दानियल १-३ गीत २ (१५)
वक्तृत्व कला: न्यानोपन, भावमय १ (ht-NP पृ. ६९-७० अनु. १०-१४)
न. १: परमेश्वरको वचन दह्रिलो गरी पक्रिराख्नुहोस् (wt-NP पृ. २३-२७ अनु. १-१०)
न. २: दानियल २:१-१६
न. ३: १,४४,००० किन शाब्दिक अर्थमा लिइन्छ (प्रका. ७:४)
न. ४: gtd-NP २६ङ बहुविवाह धर्मशास्त्रीय होइन
अक्टो. १ बाइबल पढाइ: दानियल ४-६ गीत ८ (५३)
वक्तृत्व कला: न्यानोपन, भावमय २ (ht-NP पृ. ७०-७१ अनु. १५-२१)
न. १: कस्ता अवस्थाहरूमा रिसाउनु उचित हो? (w-NP०५ ८/१ पृ. १३-१५)
न. २: दानियल ४:१-१७
न. ३: मपीबोशेतको असल गुणहरू हामी कसरी अनुकरण गर्न सक्छौं?
न. ४: td-NP २७क मरियम “परमेश्वरकी आमा” नभई येशूकी आमा थिइन्
अक्टो. ८ बाइबल पढाइ: दानियल ७-९ गीत ९ (३७)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त १ (ht-NP पृ. ७१-७२ अनु. १-६)
न. १: यहोवाको ‘वचनले’ तपाईंको रक्षा गरोस् (w-NP०५ ९/१ पृ. २८-३१)
न. २: दानियल ७:१-१२
न. ३: td-NP २७ख मरियम “सधैं कुमारी” रहिनन्
न. ४: क्षेत्र सेवकाईमा नियमित तवरमा भाग लिंदा कस्तो विशेष आनन्द अनुभव गर्छौं?
अक्टो. १५ बाइबल पढाइ: दानियल १०-१२ गीत २३ (२००)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त २ (ht-NP पृ. ७२-७४ अनु. ७-१४)
न. १: परमेश्वरको वचन दह्रिलो गरी पक्रिराख्नुहोस्—हाम्रो लक्ष्य (wt-NP पृ. २८-३१ अनु. ११-१३)
न. २: दानियल ११:१-१४
न. ३: नम्रताले कसरी असमझदारी सुल्झाउन मदत गर्न सक्छ
न. ४: td-NP २८क प्रभुको साँझको भोजको स्मरणार्थ उत्सव
अक्टो. २२ बाइबल पढाइ: होशे १-७ गीत ९ (३७)
वक्तृत्व कला: श्रोताहरूलाई सुहाउने दृष्टान्त (ht-NP पृ. ७४-७५ अनु. १५-२२)
न. १: सबै अगमवक्ताहरूले गवाही दिएका जन (wt-NP पृ. ३२-३७ अनु. १-९)
न. २: होशे ५:१-१५
न. ३: td-NP २८ख मास मनाउनु धर्मशास्त्रीय हो?
न. ४: साँचो मसीहीहरूले धैर्यता देखाउने तरिकाहरू
अक्टो. २९ बाइबल पढाइ: होशे ८-१४ गीत ५ (४६)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु १ (ht-NP पृ. ७५-७७ अनु. १-५)
मौखिक पुनरावृत्ति
नोभे. ५ बाइबल पढाइ: योएल १-३ गीत १५ (१२७)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु २ (ht-NP पृ. ७७-७८ अनु. ६-१३)
न. १: ख्रीष्टमा विश्वास देखाउनुहोस् (wt-NP पृ. ३७-४० अनु. १०-१५)
न. २: योएल २:१-१४
न. ३: “सिद्ध प्रेम” ग्रहण गर्नुको अर्थ के हो (१ यूहन्ना ४:१८, NRV)
न. ४: htd-NP २९क सबै मसीहीहरू सेवक हुनैपर्छ
नोभे. १२ बाइबल पढाइ: आमोस १-९ गीत २२ (१३०)
वक्तृत्व कला: उपयुक्त, प्रभावकारी समापन (ht-NP पृ. ७९-८० अनु. १-९)
न. १: यहोवाका उपासकहरूले आनन्द उठाइरहेको स्वतन्त्रता (wt-NP पृ. ४१-४५ अनु. १-९)
न. २: आमोस २:१-१६
न. ३: किन अनुभव नै सबैभन्दा उत्तम शिक्षक होइन
न. ४: itd-NP २९ख सेवकाईको निम्ति हुनुपर्ने योग्यताहरू
नोभे. १९ बाइबल पढाइ: ओबदिया १–योना ४ गीत २९ (२२२)
वक्तृत्व कला: ठिक्कको समापन (ht-NP पृ. ८०-८१ अनु. १०-१४)
न. १: संसारले स्वतन्त्र ठानेका कुराहरूको दुःखद् नतिजाहरू (wt-NP पृ. ४६-४९ अनु. १०-१४)
न. २: योना १:१-१७
न. ३: पार्थिव प्रमोदवनभन्दा पहिला आध्यात्मिक प्रमोदवन किन आउनै पर्छ?
न. ४: td-NP ३०क मसीहीहरूको विरोध गरिनुको कारण
नोभे. २६ बाइबल पढाइ: मीका १-७ गीत १५ (१२७)
वक्तृत्व कला: समय १ (ht-NP पृ. ८१-८३ अनु. १५-२४)
न. १: हामी सबैले सामना गर्नुपर्ने विवाद—भाग १ (wt-NP पृ. ५०-५३ अनु. १-८)
न. २: मीका २:१-१३
न. ३: td-NP ३०ख पत्नीले पतिको कारण परमेश्वरलाई छाड्नु हुँदैन
न. ४: विनयी हुनुको अर्थ के हो
डिसे. ३ बाइबल पढाइ: नहूम १–हबकूक ३ गीत ११ (८५)
वक्तृत्व कला: समय २ (ht-NP पृ. ८३-८४ अनु. २५-२९)
न. १: हामी सबैले सामना गर्नुपर्ने विवाद—भाग २ (wt-NP पृ. ५४-५९ अनु. ९-१८)
न. २: हबकूक १:१-१७
न. ३: किन अनन्त जीवन पट्यारलाग्दो हुँदैन
न. ४: jtd-NP ३०ग पतिले पत्नीको कुरा सुनेर परमेश्वरको सेवा गर्न रोक्नु हुँदैन
डिसे. १० बाइबल पढाइ: सपन्याह १–हाग्गै २ गीत २१ (१९१)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन १ (ht-NP पृ. ८५-८६ अनु. १-९)
न. १: परमेश्वरले किन दुष्टता रहिरहन दिनुभयो (wt-NP पृ. ६०-६३ अनु. १-७)
न. २: सपन्याह ३:१-१७
न. ३: td-NP ३१क परमेश्वरले सुन्नुहुने प्रार्थनाहरू
न. ४. kआध्यात्मिकताले विवाहलाई कसरी असर गर्छ?
डिसे. १७ बाइबल पढाइ: जकरिया १-८ गीत ४ (४३)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन २ (ht-NP पृ. ८७-८८ अनु. १०-१४)
न. १: परमेश्वरले दुष्टता रहिरहने अनुमति दिनुभएको कुराबाट हामी के सिक्छौं (wt-NP पृ. ६३-६९ अनु. ८-१८)
न. २: जकरिया ७:१-१४
न. ३: रूप परिवर्तनको दर्शन कसरी पूरा भएको छ?
न. ४: td-NP ३१ख जप्नु व्यर्थ छ, मरियम वा “सन्तहरूलाई” गरिने प्रार्थनाहरू स्वीकार्य छैनन्
डिसे. २४ बाइबल पढाइ: जकरिया ९-१४ गीत १ (१३)
वक्तृत्व कला: व्यक्तिगत रूप १ (ht-NP पृ. ८८-९० अनु. १५-२८)
न. १: ‘दुष्ट आत्मिक शक्ति विरुद्ध संघर्ष गर्ने’ (wt-NP पृ. ७०-७५ अनु. १-१२)
न. २: जकरिया १०:१-१२
न. ३: td-NP ३२क मानिसको भविष्य पूर्वनिर्धारित हुँदैन
न. ४: हामीले सतावटको लागि आफूलाई कसरी तयार राख्न सक्छौं?
डिसे. ३१ बाइबल पढाइ: मलाकी १-४ गीत २० (९३)
वक्तृत्व कला: व्यक्तिगत रूप २ (ht-NP पृ. ९०-९१ अनु. २९-३४)
मौखिक पुनरावृत्ति
[फुटनोटहरू]
a भाइहरूलाई मात्र दिनुहोस्।
b भाइहरूलाई मात्र दिनुहोस्।
c भाइहरूलाई मात्र दिनुहोस्।
d भाइहरूलाई मात्र दिनुहोस्।
e भाइहरूलाई मात्र दिनुहोस्।
f भाइहरूलाई मात्र दिनुहोस्।
g भाइहरूलाई मात्र दिनुहोस्।
h भाइहरूलाई मात्र दिनुहोस्।
i भाइहरूलाई मात्र दिनुहोस्।
j भाइहरूलाई मात्र दिनुहोस्।
k भाइहरूलाई मात्र दिनुहोस्।