प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 डिसेम्बर पृ. १
  • अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्‌नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • निश्‍चय नै फर्केर जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • असल हृदय भएकाहरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 डिसेम्बर पृ. १

अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्‌नुहोस्‌

१ हामीले राज्य सन्देशप्रति चासो देखाएको कुरा कसैले याद गऱ्‍यो र त्यो चासो बढाउन धीरजी भई हामीलाई बारम्बार भेट्‌न आयो। त्यसैले त हामीमध्ये धेरै जना अहिले सच्चाइमा छौं। त्यसै गरी, अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्‌न हामीले बिर्सनु हुँदैन। वास्तवमा, “चेला बनाओ” भनी हामीलाई दिइएको आज्ञामा पुनःभेट गर्नु पनि समावेश छ।—मत्ती २८:१९, २०.

२ चासो देखाएको हो कि होइन पत्ता लगाउनुहोस्‌: कुनै व्यक्‍तिले हाम्रो साहित्य नस्वीकारे तापनि उसको अनुहारको भाव, बोली वा प्रयोग गरेका शब्दहरूबाट उसले राज्य सन्देशप्रति अलिकता भए पनि चासो देखाइरहेको छ भन्‍ने कुरा देखिन सक्छ। त्यसो हो भने हामी उसलाई पुनःभेट गर्न सक्छौं। एक जना भाइले एउटा व्यक्‍तिलाई पाँच हप्तासम्म लगातार भेटे तर उसले एक पटक पनि साहित्य स्वीकारेन। छैटौं पटक भेट्‌दा भने उसले साहित्य स्वीकाऱ्‍यो र पछि बाइबल अध्ययन सुरु भयो।

३ कुनै व्यक्‍तिले चासो देखाएको कुरा थाह पाउनुभयो भने तुरुन्तै पुनःभेट गरिहाल्नुहोस्‌। सम्भव छ भने दुई/चार दिनभित्रै। त्यस व्यक्‍तिको हृदयमा छरिएको बीउ “दुष्ट[ले]” खोसेर लैजान नपाओस्‌। (मत्ती १३:१९) फेरि भेट्‌न कुनै निश्‍चित समय मिलाउनुभएको छ भने त्यही समयमा जानुहोस्‌।—मत्ती ५:३७.

४ सडक साक्षीमा: सडकमा वा अनौपचारिक साक्षी दिंदा कसैले चासो देखाएका छन्‌ भने के तपाईं उनीहरूलाई फेरि भेट्‌ने कोसिस गर्नुहुन्छ? कुराकानीको अन्तमा यसो भन्‍न सक्नुहुन्छ: “तपाईंसित कुरा गर्न पाउँदा रमाइलो लाग्यो। पछि तपाईंसित कसरी भेट्‌न सकिएला?” कहिलेकाहीं केही प्रकाशकहरूले चासो देखाउने व्यक्‍तिलाई आफ्नो फोन नम्बर दिने र उसको पनि फोन नम्बर माग्ने गरेका छन्‌। मानिसहरूले तपाईंलाई सधैं एउटै ठाउँमा उभिएर सडक साक्षी दिने गरेको देखे भने तपाईंलाई आफ्नो फोन नम्बर वा ठेगाना दिन गाह्रो मान्दैनन्‌। उनीहरूले तपाईंलाई आफ्नो ठेगाना दिन चाहेनन्‌ भने पनि अर्को चोटि फेरि बाटोमा देख्नुहुँदा उनीहरूसित कुराकानी गरेर चासो बढाउन सक्नुहुन्छ।

५ हामीले रोपेको, गोडगाड गरेको अनि पानी हालेको बोट हलक्क बढ्‌दा हामी असाध्यै खुसी हुन्छौं नि, होइन? त्यसै गरी, पुनःभेट गरेर अनि मानिसहरूलाई आध्यात्मिक तवरमा प्रगति गर्न मदत गरेर हामी पनि त्यस्तै आनन्द पाउन सक्छौं। (१ कोरि. ३:६) अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्‌ने लक्ष्य राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने