सेवा सभाको तालिका
डिसेम्बर ११ मा सुरु हुने हप्ता
गीत २२ (१३०)
१० मि: स्थानीय घोषणा। पृष्ठ १२ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर डिसेम्बर १ को प्रहरीधरहरा र अक्टोबर – डिसेम्बर अंकको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रदर्शनमा, “मलाई चासो छैन” भनेर कुराकानी रोक्न खोज्नेलाई के भन्न सकिन्छ, देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ८ हेर्नुहोस्।
१५ मि: सन् २००७ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूल। स्कूल निरीक्षकबाट भाषण तथा अन्तरवार्ता। हाम्रो राज्य सेवकाई अक्टोबर २००६ को परिशिष्टबाट आफ्नो मण्डलीमा लागू गर्नुपर्ने बुँदाहरूलाई जोड दिनुहोस्। विद्यार्थी कुन वक्तृत्व कलामा काम गर्दैछन् भनेर स्कूल निरीक्षकले पहिल्यै घोषणा गर्दैनन् भनेर बताउनुहोस्। सन् २००७ भित्र मण्डलीहरूमा हिब्रू शास्त्रको यशैया अध्याय २४ देखि मलाकीको अन्तिम अध्याय पढिसिध्याइने हुँदा बाइबलका विशेषताहरू तयार पार्ने भाइहरू र टिप्पणी दिने स्रोताहरूले यी भविष्यसूचक पुस्तकहरूलाई प्रकाश पार्ने प्रकाशनहरू चलाउने राम्रो मौका पाउनेछन्। निम्नमध्ये दुई/तीन जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्: नयाँ विद्यार्थी, राम्रो प्रगति गरिरहेका कलिलो उमेरको विद्यार्थी र अनुभवी विद्यार्थी। सेवकाईमा र आध्यात्मिक तवरमा बढ्न ईश्वरतान्त्रिक स्कूलले कस्तो मदत गरेको छ, बताउन लगाउनुहोस्। आफ्नो असाइनमेन्ट पूरा गर्न, बाइबल विशेषताहरूमा भाग लिन अनि तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्नति गर्ने पुस्तिकाबाट हरेक हप्ता दिइने सल्लाह लागू गर्न सबैलाई प्रोत्साहन दिनुहोस्
२० मि: “पहिलो प्रेम नछोड्नुहोस्।”a समयले भ्याउन्जेल, उल्लिखित शास्त्रपदबारे श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत १८ (१६२) र समापन प्रार्थना।
डिसेम्बर १८ मा सुरु हुने हप्ता
गीत २० (९३)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। प्रश्न पेटी छलफल गर्नुहोस्। डिसेम्बर २५ र जनवरी १ का लागि मिलाइएको क्षेत्र सेवकाईको विशेष प्रबन्धबारे बताउनुहोस्।
१५ मि: “अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्नुहोस्।”b अनौपचारिक साक्षी दिंदा वा सडक साक्षी दिंदा भेटेका इच्छुक व्यक्तिहरूबाट सम्पर्क ठेगाना कसरी पाउन सके भनी श्रोताहरूलाई टिप्पणी गर्न तथा त्यसरी भेटेका व्यक्तिहरूलाई पुनःभेट गर्दाको कुनै उल्लेखनीय अनुभव बताउन लगाउनुहोस्। एक दुइटा टिप्पणी पहिल्यै तयारी गर्न सकिन्छ।
२० मि: “इच्छुक मनोभावले आशिष् ल्याउँछ।”c इच्छुक मनोभाव देखाउने भनेर चिनिएका एक/दुई जना प्रकाशकसित अन्तरवार्ता लिनुहोस्। उनीहरूले इच्छुक मनोभाव कसरी देखाएका छन्? उनीहरूले कस्ता छाँटकाँटहरू गरे अनि कसरी गर्न सके? यसो गर्दा कस्तो आशिष् पाएका छन्?
गीत ५ (४६) र समापन प्रार्थना।
डिसेम्बर २५ मा सुरु हुने हप्ता
गीत २३ (२००)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। पृष्ठ १२ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर जनवरी १ को प्रहरीधरहरा र जनवरी – मार्च अंकको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। दुवै प्रदर्शनको अन्तमा, एउटा विचारणीय प्रश्न सोधेको, र त्यसको जवाफ अर्को पटक भेट्दा बाइबलले सिकाउँछ पुस्तकबाट दिने प्रबन्ध मिलाएको पनि देखाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “के तपाईंको व्यक्तिगत इलाका छ?”d मण्डलीको इलाकाको सिमाना कहाँसम्म हो, कति चोटि इलाकामा प्रचार गरिसकियो अनि व्यक्तिगत इलाका उपलब्ध छ कि छैन भन्ने विषयहरूमा सेवा निरीक्षकलाई छोटो टिप्पणी गर्न लगाउनुहोस्।
गीत ६ (४५) र समापन प्रार्थना।
जनवरी १ मा सुरु हुने हप्ता
गीत १५ (१२७)
नोट: क्षेत्रीय निरीक्षकको भ्रमणबाहेक अन्य कारणले जनवरी १ को हप्तामा हुने सेवा सभा अगाडि सार्नु हुँदैन। तालिकामा दिइएअनुसार सबै मण्डलीले अधिवेशनसम्बन्धी परिशिष्ट छलफल गर्नुपर्छ। आवासको लागि सिफारिस गरिएका होटेलहरूको सूची पाउने बित्तिकै सूचना-पाटीमा टाँस्नुपर्छ। त्यस हप्ता क्षेत्रीय सम्मेलन परेको छ भने, पुस्तक अध्ययन निरीक्षकहरूले आफ्नो समूहमा अधिवेशन स्थल र मिति घोषणा गर्नुपर्छ। उपलब्ध छ भने, प्रत्येक मण्डली पुस्तक अध्ययन निरीक्षकलाई आवासको लागि सिफारिस गरिएका होटेलहरूको सूचीको एक-एक प्रति दिनुपर्छ। यसो गर्दा समूहका सबैले बुकिङ गर्न होटेलको टेलिफोन नम्बर टिप्न सक्छन्। तर प्रकाशकहरूको लागि भने यो सूचीको फोटोकपी बनाएर दिनु हुँदैन।
५ मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई डिसेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्।
१५ मि: सेवकाईमा भएको प्रगतिको रिपोर्ट गर्ने। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज् विल) किताबको पृष्ठ ८३ को उपशीर्षकदेखि अध्यायको अन्तसम्ममा आधारित भाषण र श्रोतासित छलफल।
२५ मि: “‘ख्रीष्टको पछि लाग्नुहोस्’ यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००७।”e मण्डलीका सचिवले प्रस्तुत गर्नेछन्। परिशिष्ट छलफल गर्नुअघि डिसेम्बर १५, २००६ को अधिवेशन असाइनमेन्ट पत्र पढेर सुनाउनुहोस्। परिशिष्टको अनुच्छेद ८ छलफल गर्नुहुँदा “होटेल बुकिङ गर्ने तरिका” भन्ने पेटीमा दिइएका प्रत्येक बुँदा पढ्नुहोस्। अधिवेशनको लागि सकेसम्म चाँडो तयारी गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत १६ (१४३) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।