प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जून पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • जून ११ मा सुरु हुने हप्ता
  • जून १८ मा सुरु हुने हप्ता
  • जून २५ मा सुरु हुने हप्ता
  • जुलाई २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 जून पृ. २

सेवा सभाको तालिका

जून ११ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणा। पृष्ठ ८ मा दिइएको सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा जून १ को प्रहरीधरहरा र अप्रिल – जूनको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित। प्रहरीधरहरा, फेब्रुअरी १५, २००२, पृष्ठ २४-२८ मा आधारित भाषण। कोही-कोही मसीहीहरू आफू बाइबल अध्ययन सञ्चालन गर्न अयोग्य महसुस गर्छन्‌ र चासो देखाउने व्यक्‍तिहरूसित बाइबल अध्ययन गर्ने प्रस्ताव राख्न हिचकिचाउँछन्‌। तर यहोवाले हामीलाई उहाँको वचन, पवित्र आत्मा र संगठनद्वारा प्रचारकको रूपमा योग्य बनाउनुहुन्छ। हाम्रो लक्ष्य पत्र-पत्रिका, किताबहरू दिनु मात्र होइन। हामीले मानिसहरूलाई सिकाउने प्रयास गर्नुपर्छ। (मत्ती २८:१९, २०) बाइबल अध्ययन सुरु गर्ने लक्ष्यप्रति सजग हुन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि: सबै परमेश्‍वरकै महिमाको निम्ति गर। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय १३ मा आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाईको पृष्ठ ३-६ हेर्नुहोस्‌।)

गीत ४ (४३) र समापन प्रार्थना।

जून १८ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “विभिन्‍न भाषाका पर्चाहरूको सँगालो।” श्रोतासित छलफल। तपाईंको इलाकाको लागि पर्चाहरूको सुझावित सँगालोबारे मण्डलीलाई खबर गर्नुहोस्‌। यी पर्चाहरू सधैं आफूसित राख्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि: “यहोवाको सेवामा सक्दो गर्न हामी खुसी छौं!”a समयले भ्याउँछ भने उल्लिखित शास्त्रपदबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत १० (८२) र समापन प्रार्थना।

जून २५ मा सुरु हुने हप्ता

गीत २ (१५)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ मा दिइएको सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा जुलाई १ को प्रहरीधरहरा र जुलाई – सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “के तपाईं नियमित अग्रगामी सेवा गर्न सक्नुहुन्छ?”b एक वा दुई जना नियमित अग्रगामीसित छोटो अन्तरवार्ता लिनुहोस्‌। नियमित अग्रगामी सेवा गर्न तिनीहरूले के-कस्ता छाँटकाँटहरू गरे? तिनीहरूले कस्ता आशिष्‌ पाएका छन्‌?

गीत २१ (१९१) र समापन प्रार्थना।

जुलाई २ मा सुरु हुने हप्ता

गीत ८ (५३)

१० मि: स्थानीय घोषणा। जून महिनाको क्षेत्र सेवाको रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। जुलाई महिनामा प्रस्तुत गर्ने प्रकाशन बताउनुहोस्‌ अनि एउटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: अनौपचारिक साक्षीकार्य—सुसमाचार प्रचार गर्ने एउटा महत्त्वपूर्ण तरिका। हाम्रो राज्य सेवकाई, जनवरी २००७ को परिशिष्टको पृष्ठ ६ मा “अनौपचारिक साक्षी” भन्‍ने उपशीर्षकमुनिको विषयवस्तुमा श्रोतासित छलफल। अनौपचारिक साक्षी दिने केही व्यावहारिक तरिका बताउनुहोस्‌। अनौपचारिक साक्षी दिंदा प्राप्त प्रोत्साहनदायी अनुभव बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌।

२० मि: “धेरै फल फलाइरहनुहोस्‌।”c अनुच्छेद ४ छलफल गर्दा प्रहरीधरहरा, फेब्रुअरी १, २००३, पृष्ठ २१ को “कसरी ‘धीरजसित फल फलाउने’ ” पेटीबाट टिप्पणी समावेश गर्नुहोस्‌।

गीत ९ (३७) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने