नयाँ विशेष सम्मेलन दिन
सेवा वर्ष २००८ को विशेष सम्मेलन दिनको शीर्षक “हामी माटो हौं—यहोवा हाम्रो कुमाले हुनुहुन्छ” राखिएको छ। यो यशैया ६४:८ मा आधारित छ। यस सम्मेलनमा प्रस्तुत हुने शास्त्रीय सल्लाहले हामीलाई महान् कुमालेको रूपमा यहोवाले देखाउने बुद्धि, न्याय, शक्ति अनि प्रेमको कदर गर्न मदत गर्नेछ।
धेरैभन्दा धेरै मानिसले सत्य सिक्ने अनि आफूले सिकेका कुरा अरूलाई बताउने सुअवसर कसरी पाइरहेका छन्, त्यसबारे “आदरयोग्य भाँडाको रूपमा प्रचारकार्यमा भाग लिने” विषयमा क्षेत्रीय निरीक्षकले भाषण दिनेछन्। “मनन गर्दा तपाईंको सुरक्षा हुनेछ” विषयको भाषणले चाहिं यहोवाको धार्मिक सिद्धान्तहरू गम्भीर भई मनन गर्दा कसरी सुरक्षित हुन्छौं, त्यो बताउनेछ। अतिथि वक्ताले “‘यस संसारको ढाँचामा’ नचलौं” र “महान् गोठालाले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्” भन्ने विषयमा भाषण दिनेछन्। आमाबाबु र छोराछोरीहरूले “यहोवालाई कामलाग्ने युवाहरू,” र “आकार दिने प्रक्रियामा आमाबाबुको महत्त्वपूर्ण भूमिका” जस्ता भाषणहरूबाट प्रोत्साहन पाउनेछन्। हाम्रा भाइबहिनीहरूले प्रचारकार्यमा के-कति सफलता पाइरहेका छन्, प्रदर्शन अनि अन्तरवार्ताबाट थाह पाउनेछौं। परमेश्वरप्रतिको आफ्नो समर्पण देखाउन बप्तिस्मा लिन चाहनेहरूले मण्डलीका अध्यक्षलाई तुरुन्तै थाह दिनुपर्छ। विशेष सम्मेलन दिन हुने हप्तामा पढिने प्रहरीधरहरा पत्रिका ल्याउन नबिर्सनुहोस्।
महान् कुमाले आफूले रचेको हरेक उद्देश्य पूरा गर्नुहुन्छ। तर उहाँले हामीलाई आकार दिंदा के गर्ने हो, त्यो हामी आफैले छान्नुपर्छ। यहोवाले हामीलाई आकार दिंदा र खार्दा बुद्धिमान् भई उहाँको अधीनमा बस्यौं भने, कुमालेले चक्कामा राखेको माटोजस्तै हामी पनि आदरयोग्य भाँडो बन्न सक्नेछौं। यहोवाले आकार दिंदा उहाँको अधीनमा बसेर हामी उहाँको सार्वभौमिकता उच्च पार्छौं र थुप्रै आशिष् पाउछौं।