ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर २९, २००७ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले सेप्टेम्बर ३, २००७ देखि अक्टोबर २९, २००७ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
वक्तृत्व कला
१. वक्ताले के गर्दा उत्साह जाग्नेछ? [ht-NP पृ. ६७ अनु. १]
२. कुनै भाषणको विषयवस्तुले प्रस्तुतिको उत्साहमा कस्तो असर गर्छ? [ht-NP पृ. ६८ अनु. ६]
३. भाषणमा न्यानोपन कसरी झल्काउन सक्नुहुन्छ? [ht-NP पृ. ६९ अनु. १०]
४. दृष्टान्तहरू तपाईंका श्रोताहरूलाई आकर्षक लाग्ने बनाउन ती कहाँबाट निकालिएको हुनुपर्छ? [ht-NP पृ. ७४ अनु. १७]
५. प्रचारकार्यमा “शेष जन,” “अरू भेडा” र “आर-मागेडोन” जस्ता शब्दहरू प्रयोग गर्दा किन यी अभिव्यक्तिलाई छोटकरीमा व्याख्या गर्नैपर्छ? [ht-NP पृ. ७६ अनु. ४]
असाइनमेन्ट न. १
६. हामी परमेश्वरको वचनमा भर पर्न सक्छौं भनेर बुझ्न भजन ११९:८९, ९० ले कसरी मदत गर्छ? [w-NP०५ ४/१५ पृ. १६ अनु. ३]
७. यहोवाको नाउँ जान्नु र उहाँको नाउँमा हिंड्नुमा के-के समावेश छन्? [wt-NP पृ. २१ अनु. १३]
८. कसरी ‘यहोवाको वचनले’ हाम्रो हृदयको सुरक्षा गर्न सक्छ? (भज. १८:३०) [w-NP०५ ९/१ पृ. ३० अनु. २]
९. बाइबल पढ्दा हाम्रो लक्ष्य के हुनुपर्छ? [wt-NP पृ. २८ अनु. ११]
१०. येशूले पृथ्वीमा परमेश्वरको सेवा सुरु गर्दा उहाँ मसीह हुनुहुन्छ भनेर कुन कुराले प्रस्ट गऱ्यो? [wt-NP पृ. ३४ अनु. ५]
साप्ताहिक बाइबल पढाइ
११. इजकिएलको दर्शनमा मन्दिरको नाप लिनुले केको चित्रण गऱ्यो र यसले अहिले हामीलाई के आश्वासन दिन्छ? (इज. ४०:२-५) [w-NP९९ ३/१ पृ. ९ अनु. ६; पृ. १४ अनु. ७]
१२. इजकिएलको दर्शनको अन्तिम पूर्तिमा “राजा” को हो? (इज. ४८:२१) [w-NP९९ ३/१ पृ. १६ अनु. १३-१५; पृ. २२-२३ अनु. १९-२०]
१३. दानियल २:२१ को अर्थ के हो? [w-NP९८ ९/१५ पृ. १२ अनु. ९]
१४. के कारणले गर्दा दानियल यहोवाको नजरमा “अति प्रिय मानिस” भए? (दानि. ९:२३) [dp-NP १८६ अनु. १२; w-NP०४ ८/१ पृ. १२ अनु. १७]
१५. कुन अर्थमा “यस देशका बासिन्दाहरूसित . . . नता परमेश्वरको ज्ञान छ” भनियो र यी शब्दहरूले हामीलाई व्यक्तिगत तवरमा कसरी असर गर्नुपर्ने हो? (होशे ४:१, २, ६) [w-NP०५ ११/१५ पृ. २१ अनु. २१; jd पृ. ५७-५८ अनु. ५; पृ. ६१ अनु. १०]