प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अक्टोबर पृ. ११
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 अक्टोबर पृ. ११

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू, अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू। चासो देखाउने व्यक्‍तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा देखाउनुहोस्‌, दिनुहोस्‌ अनि छलफल गर्नुहोस्‌। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक। घरधनीका छोराछोरी छैनन्‌ भने जागा रहो! पुस्तिका दिनुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। अन्यथा, पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ। जनवरी: १९२ पेजका अलि रङ उडेका कुनै पनि पुस्तक अथवा सन्‌ १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक प्रस्तुत गर्न सकिन्छ। मण्डलीमा यस्ता पुस्तकहरू छैनन्‌ भने ज्ञान पुस्तक अथवा जागा रहो! पुस्तिका दिनुहोस्‌।

◼ डिसेम्बर महिनामा ५ शनिबार/आइतबार भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।

◼ जनवरी महिनाको सेवा सभामा रक्‍तक्षेपणको वैकल्पिक उपचार—बिरामीको हकहितलाई ध्यान दिने (ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्‌स एण्ड राइट्‌स) भिडियोबारे छलफल गरिनेछ। यो भिडियो छैन भने मण्डलीमार्फत छिट्टै मगाउनुहोस्‌।

◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ २००८ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र सन्‌ २००८ को वर्षभरि तालिका हेर्न यो आफूसँग सुरक्षित राख्नुपर्छ।

◼ कृपया ध्यान दिनुहोस्‌ सेवा सभाको अन्तिम भाग प्रस्तुत गर्ने भाइले समापन गीत गाउन आग्रह गर्नेछन्‌। त्यसपछि उक्‍त भाइले वा पहिले नै खटाइएको अर्को योग्य भाइले समापन प्रार्थना गर्नेछन्‌।

◼ नयाँ सेवा वर्षको लागि आवश्‍यक फारामहरू प्रत्येक मण्डलीलाई पुग्दोगरि पठाइसकिएको छ। अर्को सेवा वर्षको लागि ती फारामहरू पुग्छ कि पुग्दैन भनेर मण्डलीको सचीवले पक्का गर्नुपर्छ। पुग्दैन भने तुरुन्तै मगाउनु पर्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

बाइबलले वास्तवमा के सिकाउँछ? —उर्दू

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ —अरबी

द गाइडेन्स अफ गड—आवर वे टु प्याराडाइज —अरबी

शान्तिमय नयाँ संसारमा जीवन(पर्चा न. १५) —अरबी

निराशहरूका लागि सान्त्वना (पर्चा न. २०)—अरबी

सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!(पर्चा न. २७) —अरबी

◼ पुनः उपलब्ध प्रकाशनहरू:

“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”—हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने