सन् २००८ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका
निर्देशन
सन् २००८ मा ईश्वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स [bi12] वा पवित्र बाइबल, प्रहरीधरहरा [w-NP], तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्नति गर्ने [ht-NP], एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् [wt-NP], चर्चाका लागि बाइबल विषयहरू [td-NP]।
राज्य गीत, प्रार्थना र स्वागतद्वारा स्कूल समयमै सुरु गर्नुहोस्। कार्यक्रम निम्नानुसार सञ्चालन हुनेछ। प्रत्येक असाइनमेन्टको वक्तालाई स्कूल निरीक्षकले नै बोलाउनेछन्।
वक्तृत्व कला: ५ मिनेट। स्कूल निरीक्षक, सहायक सल्लाहकार वा योग्य प्राचीनले क्षमता उन्नति गर्ने पुस्तिकाबाट वक्तृत्व कलाको भाषण दिनेछन्। (प्राचीनहरूको संख्या थोरै छ भने मण्डलीका योग्य सेवकाई सेवकहरूले पनि यो भाषण दिन सक्छन्।)
असाइनमेन्ट न. १: १० मिनेट। प्रहरीधरहरा वा एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्-मा आधारित यो भाषण योग्य प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। दस मिनेटमा यो भाग निर्देशन भाषणको रूपमा दिनुपर्छ। भाषणको उद्देश्य विषयवस्तु ढाक्नु मात्र नभई मण्डलीलाई फाइदा हुने बुँदामा जोड दिनु र प्रस्तुत गरिने विषयवस्तुको व्यावहारिक मूल्यमाथि ध्यान केन्द्रित गर्नु हो। दिइएको विषय नै चलाउनुपर्छ। निर्धारित समयभित्रै भाषण सिध्याउनुपर्छ। आवश्यक भएमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
बाइबल पढाइका विशेषताहरू: १० मिनेट। योग्य प्राचीन वा सेवकाई सेवकले पहिलो पाँच मिनेट मण्डलीलाई फाइदा हुने तरिकामा विषयवस्तुको उपयोगिता प्रस्ट पार्नुपर्छ। यसको लागि तिनले त्यस हप्ताको निर्धारित बाइबल पढाइको कुनै पनि अंश चलाउन सक्छन्। यो भाषण निर्धारित बाइबल पढाइको सारांश जस्तो मात्र हुनु हुँदैन। यसको मुख्य उद्देश्य भनेको बाइबलमा पाइने जानकारी किन र कसरी लाभदायी छ, सो श्रोतालाई बुझाउनु हो। पाँच मिनेटभित्रैमा वक्ताले विषयवस्तुको उपयोगिता प्रस्ट पार्नेछन्। तिनले बढी समय लिनु हुँदैन। बाँकी पाँच मिनेट श्रोतासित छलफल गर्न छुट्याउनुपर्छ। बाइबल पढाइमा रोचक लागेको भाग र यसका लाभबारे छोटो टिप्पणी गर्न (३० सेकेण्ड वा कम) श्रोतालाई आग्रह गर्नुहोस्। त्यसपछि स्कूल निरीक्षकले दोस्रो कक्षामा असाइनमेन्ट पाएका विद्यार्थीहरूलाई त्यस कक्षामा पठाउनेछन्।
असाइनमेन्ट न. २: ४ मिनेट वा त्योभन्दा कम। यो असाइनमेन्ट कुनै भाइले पढाइको रूपमा प्रस्तुत गर्नेछन्। विद्यार्थीले परिचय वा समापन केही नदिई तोकिएको विषयवस्तु पढ्नुपर्छ। स्कूल निरीक्षकले खास गरी विद्यार्थीका स्पष्ट, सरर्र पढ्ने, भावलाई जोड दिने, स्वरको उतार-चढाव, ठीक ठाउँमा रोक्ने र स्वाभाविकता झल्काउने जस्ता पक्षहरूमा ध्यान दिनेछन्।
असाइनमेन्ट न. ३: ५ मिनेट। यो असाइनमेन्ट बहिनीहरूको लागि हो। असाइनमेन्ट पाउने बहिनीहरूले नै भूमिका छान्नेछन्। दिइएको विषय नै चलाउनुपर्छ र प्रस्तुति क्षेत्र सेवामा चलाउन मिल्ने गरी स्थानीय इलाकाको लागि सुहाउँदो र उपयोगी हुनुपर्छ। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। नयाँ विद्यार्थीहरूलाई स्रोत सामग्री दिइएका भाषण मात्र दिनुपर्छ। प्रस्तुतिमा भाषणका विषयवस्तु ठीकसित प्रस्तुत गरिएको छ कि छैन, घरधनीलाई धर्मशास्त्रबाट तर्क गर्न सिकाएको र प्रस्तुत विषयवस्तुको मुख्य बुँदा बुझाएको छ कि छैन भन्ने कुरामा स्कूल निरीक्षकले विशेष ध्यान दिनेछन्। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्।
असाइनमेन्ट न. ४: ५ मिनेट। दिइएको विषयमै विद्यार्थीले भाषण बनाउनुपर्छ। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। यो भाग भाइले दिंदा सभामा उपस्थित श्रोताहरूको लागि भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। यसैलाई बहिनीले प्रस्तुत गर्दा भने असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाह अनुरूप प्रस्तुत गर्नुपर्छ। स्कूल निरीक्षकलाई उपयुक्त लागेमा यो असाइनमेन्ट भाइलाई दिन सक्छन्। कृपया नबिर्सनुहोस्, तारक चिह्न भएको विषय सधैं भाषणको रूपमा प्रस्तुत गर्न भाइहरूलाई मात्र दिनुपर्छ। तपाईंको मण्डलीमा ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाका विभिन्न भाग प्रस्तुत गर्न सक्ने प्राचीन तथा सेवकाई सेवक प्रशस्तै छन् भने सम्भव भएसम्म तारक चिह्न लगाइएका विषयहरू प्राचीन वा सेवकाई सेवकलाई दिनु बेस हुनेछ।
सल्लाह: १ मिनेट। विद्यार्थीले वक्तृत्व कलाको कुन बुँदामा काम गरिरहेका छन् भनेर स्कूल निरीक्षकले पहिल्यै बताउनेछैनन्। असाइनमेन्ट न. २, न. ३ र न. ४ पछि स्कूल निरीक्षकले भाषणको प्रशंसायोग्य पक्षमा सकारात्मक टिप्पणी गर्नेछन्। तिनको लक्ष्य “राम्रो भयो” भन्नु मात्र नभई प्रस्तुतिको कुन पक्ष किन प्रभावकारी थियो भनी खास कारणहरू बताउनु हो। प्रत्येक विद्यार्थीको आवश्यकताअनुसार अझ उन्नति गर्न सभापछि वा कुनै अर्को समयमा व्यक्तिगत सल्लाह दिन सकिन्छ।
समय: कुनै पनि भाषण वा स्कूल निरीक्षकको टिप्पणी निर्धारित समयभन्दा बढी जानु हुँदैन। असाइनमेन्ट न. २, ३ र ४ को निर्धारित समय सिद्धिएमा कौशलतासाथ रोक्नुपर्छ। वक्तृत्व कला, असाइनमेन्ट न. १ वा बाइबल पढाइका विशेषताहरू दिने भाइहरूले बढी समय लिएमा वक्तालाई व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ। सबैले समयमा विशेष ध्यान दिनुपर्छ। कार्यक्रमको जम्मा समय: गीत र प्रार्थनाबाहेक ४५ मिनेट।
सहायक सल्लाहकार: प्राचीनहरूका निकायले सहायक सल्लाहकारको जिम्मेवारी निभाउन अर्का एक जना दक्ष प्राचीनको छनौट गर्न सक्छन्। मण्डलीमा प्राचीनहरू थुप्रै छन् भने यो असाइनमेन्ट हरेक वर्ष योग्य प्राचीनहरूले पालैपालो सम्भाल्न सक्छन्। सहायक सल्लाहकारको जिम्मेवारी असाइनमेन्ट न. १ र बाइबलका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूलाई आवश्यक सल्लाह दिनु हो। सँगी प्राचीन वा सेवकाई सेवकले भाषण दिंदै पिच्छे सल्लाह दिनु आवश्यक छैन।
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति: ३० मिनेट। प्रत्येक दुई महिनामा स्कूल निरीक्षकले पुनरावृत्ति गर्नेछन्। यो पुनरावृत्ति माथि निर्देशन दिइएको वक्तृत्व कला र बाइबल पढाइका विशेषतापछि गरिनेछ। पुनरावृत्ति अघिल्लो दुई महिनाको स्कूलको विषयवस्तुमा आधारित हुनेछ र यसमा त्यही हप्ताको विषयवस्तु पनि समावेश हुनेछ। ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति हुने हप्तामा तपाईंको मण्डलीको क्षेत्रीय सम्मेलन परेमा त्यस हप्ता र त्यस पछिको हप्ताको कार्यक्रम (वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू पनि) साटफेर गर्नुपर्छ। पुनरावृत्तिको हप्तामा तपाईंको मण्डलीमा क्षेत्रीय निरीक्षकले भ्रमण गर्ने भए त्यसै हप्ताको तालिकाअनुसारै गीत, वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्नुपर्छ। निर्देशन भाषणचाहिं (वक्तृत्व कलापछि दिइने असाइनमेन्ट न. १) अर्को हप्ताको तालिकाबाट लिनुपर्छ। अर्को हप्ताको ईश्वरतान्त्रिक स्कूलमा वक्तृत्व कला र बाइबल पढाइका विशेषताहरू त्यस हप्ताको तालिकाअनुसारै दिइनेछ र त्यसपछि पुनरावृत्ति हुनेछ।
तालिका
जन. ७ बाइबल पढाइ: मत्ती १-६ गीत २३ (२००)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु १ (ht-NP पृ. १२-१३ अनु. १-६)
न. १: विजयी हुन सुसज्जित (wt-NP पृ. ७६-७८ अनु. १३-१५)
न. २: मत्ती ५:१-२०
न. ३: td-NP ३३क येशूको मानव शरीर सबैको छुडौतीको मोलको रूपमा दिइयो
न. ४: परमेश्वरको पवित्र आत्माले हामीलाई मदत गर्ने तरिकाहरू
जन. १४ बाइबल पढाइ: मत्ती ७-११ गीत २८ (२२४)
वक्तृत्व कला: जानकारीमूलक विषयवस्तु २ (ht-NP पृ. १३-१५ अनु. ७-१३)
न. १: पहिले परमेश्वरको राज्यको खोजी गर्न सही दृष्टिकोण राख्न सिक्नुहोस् (w-NP०६ १/१ पृ. १६-१७ अनु. १५-१७)
न. २: मत्ती १०:१-२३
न. ३: इमानदार हुनु किन लाभदायी छ
न. ४: td-NP ३३ख येशूले छुडौतीको मोल किन तिर्न सक्नुहुन्छ
जन. २१ बाइबल पढाइ: मत्ती १२-१५ गीत ३ (३२)
वक्तृत्व कला: स्पष्ट, बुझ्न सकिने (ht-NP पृ. १५-१६ अनु. १४-२०)
न. १: अनैतिकताको पासोबाट आफू अनि आफ्नो परिवारलाई जोगाउनुहोस्(w-NP०६ १/१ पृ. १९-२० अनु. ८-११)
न. २: मत्ती १४:१-२२
न. ३: td-NP ३४क एक मात्र साँचो धर्मलाई कसरी चिन्ने
न. ४: ख्रीष्टविरोधी भनेको के अनि को हो?
जन. २८ बाइबल पढाइ: मत्ती १६-२१ गीत ८ (५३)
वक्तृत्व कला: चासो जगाउने परिचय (ht-NP पृ. १७-१८ अनु. १-७)
न. १: त्यो प्रमुख धर्मत्यागीको प्रतिरोध गर्नुहोस् (w-NP०६ २/१ पृ. १४-१५ अनु. १२-१६)
न. २: मत्ती १७:१-२०
न. ३: td-NP ३४ख झूटा शिक्षाहरूको निन्दा गर्नु के गलत कुरा हो?
न. ४: मसीहीहरूले पवित्र ठान्ने कुराहरू
फेब्रु. ४ बाइबल पढाइ: मत्ती २२-२५ गीत १८ (१६२)
वक्तृत्व कला: मूल विषयसित मेल खाने परिचय (ht-NP पृ. १८-१९ ८-१०)
न. १: यहोवाको धीरजको अनुकरण गर्नुहोस् (w-NP०६ २/१ पृ. २३-२४ अनु. ४-११)
न. २: मत्ती २३:१-२४
न. ३: अनन्त जीवन पट्यारलाग्दो हुनेछैन
न. ४: td-NP ३४ग कहिले धर्म परिवर्तन गर्दा परमेश्वरले त्यसलाई अनुमोदन दिनुहुन्छ
फेब्रु. ११ बाइबल पढाइ: मत्ती २६-२८ गीत २३ (२००)
वक्तृत्व कला: ठिक्कको परिचय (ht-NP पृ. १९-२० अनु. ११-१६)
न. १: पुनरुत्थानको आशाको शक्ति (wt-NP पृ. ७९-८३ अनु. १-८)
न. २: मत्ती २७:१-२२
न. ३: परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु मात्र किन पर्याप्त छैन
न. ४: td-NP ३४घ के परमेश्वरलाई “सबै धर्ममा असल कुरा छ” जस्तो लाग्छ?
फेब्रु. १८ बाइबल पढाइ: मर्कूस १-४ गीत २६ (२१२)
वक्तृत्व कला: आवाज (ht-NP पृ. २०-२२ अनु. १-१२)
न. १: ‘पातालको साँचो’ (wt-NP पृ. ८३-८९ अनु. ९-१८)
न. २: मर्कूस २:१-१७
न. ३: td-NP ३५क कसको पुनरुत्थान हुनेछ?
न. ४: प्रेमले कसरी साहसी बनाउँछ
फेब्रु. २५ बाइबल पढाइ: मर्कूस ५-८ गीत २२ (१३०)
वक्तृत्व कला: विराम १ (ht-NP पृ. २२-२४ अनु. १३-२१)
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
मार्च ३ बाइबल पढाइ: मर्कूस ९-१२ गीत ८ (५३)
वक्तृत्व कला: विराम २ (ht-NP पृ. २४-२५ अनु. २२-२८)
न. १: स्मरणार्थ उत्सवमा तपाईं किन उपस्थित हुनुहुन्छ? (w-NP०६ ३/१पृ. १३-१६ अनु. ६-१४)
न. २: मर्कूस ११:१-१८
न. ३: परमेश्वरले किन झूटो बोल्न सक्नुहुन्न
न. ४: td-NP ३५ख पुनरुत्थान कहाँ हुनेछ?
मार्च १० बाइबल पढाइ: मर्कूस १३-१६ गीत ६ (४५)
वक्तृत्व कला: श्रोताहरूलाई बाइबल चलाउन प्रोत्साहन दिने (ht-NP पृ. २५-२६ अनु. १-६)
न. १: ‘कहिल्यै नाश नहुने’ राज्य (wt-NP पृ. ९०-९६ अनु. १-१०)
न. २: मर्कूस १४:१-२१
न. ३: td-NP ३६क ख्रीष्टको पुनरागमन अदृश्य हुन्छ
न. ४: किन “मानिसको क्रोधले परमेश्वरको धार्मिकतालाई समर्थन गर्दैन” (याकू. १:२०)
मार्च १७ बाइबल पढाइ: लूका १-३ गीत १ (१३)
वक्तृत्व कला: शास्त्रपद सही ढंगमा प्रस्तुत गर्ने १ (ht-NP पृ. २६-२८ अनु. ७-१८)
न. १: राज्यका उद्देश्यहरू—कसरी प्राप्त हुन्छन्? (wt-NP पृ. ९६-१०० अनु. ११-१७)
न. २: लूका १:१-२३
न. ३: किन “काम विनाको विश्वास व्यर्थ छ” (याकू. २:२०)
न. ४: td-NP ३६ख ख्रीष्टको पुनरागमन भौतिक तथ्यहरूद्वारा थाह पाउन सकिन्छ
मार्च २४ बाइबल पढाइ: लूका ४-६ गीत २८ (२२४)
वक्तृत्व कला: शास्त्रपद सही ढंगमा प्रस्तुत गर्ने २ (ht-NP पृ. २९ अनु. १९-२१)
न. १: “सब जातिहरूलाई साक्षी” “(w-NP०६ २/१ पृ. २८-३० अनु. ६-१६)
न. २: लूका ४:१-२१
न. ३: td-NP ३७क मसीहीहरूले विश्राम दिन मान्नु पर्दैन
न. ४: परमेश्वरको डरले हामीलाई पाप गर्नदेखि रोक्छ
मार्च ३१ बाइबल पढाइ: लूका ७-९ गीत २३ (२००)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने १ (ht-NP पृ. ३० अनु. १-५)
न. १: स्फूर्ति दिने स्वस्थकर जमघट (w-NP०६ ३/१ पृ. २५-२६ अनु. १४-२०)
न. २: लूका ७:१-१७
न. ३: परमेश्वरले हामीलाई माया गर्नुहुन्छ र हामी खुसी भएको चाहनुहुन्छ भन्ने प्रमाण
न. ४: td-NP ३७ख विश्राम दिनको नियम मसीहीहरूलाई दिइएको थिएन
अप्रि. ७ बाइबल पढाइ: लूका १०-१२ गीत ९ (३७)
वक्तृत्व कला: शास्त्रपद जोड दिएर पढ्ने २ (ht-NP पृ. ३०-३१ अनु. ६-१४)
न. १: बिरामी हुँदा के गर्नुपर्छ (w-NP०६ ३/१ पृ. ३०-३१ अनु. ११-१४)
न. २: लूका ११:३७-५४
न. ३: td-NP ३७ग परमेश्वरको विश्राम दिन कहिले सुरु हुन्छ र कहिले अन्त हुन्छ
न. ४: प्रकाश १७:१७ लाई हामीले कसरी बुझ्नुपर्छ?
अप्रि. १४ बाइबल पढाइ: लूका १३-१७ गीत ७ (५१)
वक्तृत्व कला: शास्त्रपदको उपयोगिता स्पष्ट पार्ने (ht-NP पृ. ३१-३३ अनु. १५-२२)
न. १: झूटो उपासनादेखि अलग हुने—कसरी? (w-NP०६ ४/१ पृ. १५-१७ अनु. ११-१७)
न. २: लूका १६:१-१५
न. ३: सिला-बालासम्बन्धी परमेश्वरको व्यवस्थाले हामीलाई के पाठ सिकाउँछ (लेवी १९:९, १०)
न. ४: td-NP ३८क परमेश्वरले ख्रीष्टद्वारा मात्र मुक्ति प्रदान गर्नुहुन्छ
अप्रि. २१ बाइबल पढाइ: लूका १८-२१ गीत २४ (१८५)
वक्तृत्व कला: जोड दिनको लागि दोहोऱ्याउने (ht-NP पृ. ३३-३५ अनु. १-१४)
न. १: ‘पहिले उहाँको राज्य खोजिरहनुहोस्’ (wt-NP पृ. १०१-१०६ अनु. १-९)
न. २: लूका १८:१-१७
न. ३: td-NP ३८ख “एक चोटि उद्धार पायो भने सधैं उद्धार पाइन्छ” भन्ने कुरा धर्मशास्त्रीय होइन
न. ४: ‘गनगन नगर’ भन्नुको अर्थ के हो (फिलि. २:१४)
अप्रि. २८ बाइबल पढाइ: लूका २२-२४ गीत २९ (२२२)
वक्तृत्व कला: इशारा (ht-NP पृ. ३५-३७ अनु. १५-२०)
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
मे ५ बाइबल पढाइ: यूहन्ना १-४ गीत २२ (१३०)
वक्तृत्व कला: मूल विषयलाई जोड दिने (ht-NP पृ. ३७-३९ अनु. १-८)
न. १: तपाईंको जीवनमा राज्यलाई प्राथमिकता दिनुहोस् (wt-NP पृ. १०६-१०९ अनु. १०-१५)
न. २: यूहन्ना ३:१-२१
न. ३: दाऊदले राजा शाऊललाई मार्न इन्कार गरेको घटनाबाट हामी के पाठ सिक्छौं
न. ४: td-NP ३८ग “सबैको मुक्ति” गैरशास्त्रीय हो
मे १२ बाइबल पढाइ: यूहन्ना ५-७ गीत २० (९३)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने १ (ht-NP पृ. ३९-४० अनु. ९-१३)
न. १: यहोवाको साक्षी भनेर चिनाउने (w-NP०६ ४/१ पृ. २४-२५ अनु. ११-१५)
न. २: यूहन्ना ६:१-२१
न. ३: हननिया र सफीराको घटनाबाट हामी के पाठ सिक्छौं
न. ४: td-NP ३९क पाप के हो
मे १९ बाइबल पढाइ: यूहन्ना ८-११ गीत २४ (१८५)
वक्तृत्व कला: मुख्य बुँदाहरू स्पष्ट पार्ने २ (ht-NP पृ. ४०-४२ अनु. १४-२१)
न. १: बप्तिस्मा लिन तपाईंलाई कुनै कुराले रोकिरहेको छ कि? (w-NP०६ ४/१ पृ. २८-२९ अनु. १२-१५)
न. २: यूहन्ना ११:३८-५७
न. ३: td-NP ३९ख आदमको पापको कारण किन सबैले दुःख पाएका छन्
न. ४: दशौं आज्ञा पालन नगर्नेलाई सजाय दिनु सम्भव थिएन,तैपनि उक्त आज्ञा किन दिइयो?
मे २६ बाइबल पढाइ: यूहन्ना १२-१६ गीत १६ (१४३)
वक्तृत्व कला: श्रोता सम्पर्क, टिपोटको प्रयोग (ht-NP पृ. ४२-४४ अनु. १-९)
न. १: हाग्गै १:६ बाट हामी के पाठ सिक्छौं? (w-NP०६ ५/१ पृ. ९-१० अनु. १०-१५)
न. २: यूहन्ना १२:१-१९
न. ३: td-NP ३९ग निषेधित फल यौनक्रिया नभई अनाज्ञाकारिता थियो
न. ४: हामी कसरी आफ्नो भारी यहोवामा राख्न सक्छौं (भज. ५५:२२)
जून २ बाइबल पढाइ: यूहन्ना १७-२१ गीत ६ (४५)
वक्तृत्व कला: रूपरेखाको प्रयोग (ht-NP पृ. ४४-४५ अनु. १०-१९)
न. १: तपाईंको बप्तिस्माको अर्थ (wt-NP पृ. ११०-११५ अनु. १-१०)
न. २: यूहन्ना २१:१-१४
न. ३: नदेखेको परमेश्वरमाथि किन विश्वास गर्ने?
न. ४: td-NP ३९घ पवित्र आत्मा विरुद्ध पाप गर्नु भनेको के हो
जून ९ बाइबल पढाइ: प्रेरित १-४ गीत १८ (१६२)
वक्तृत्व कला: धाराप्रवाह (ht-NP पृ. ४६-४८ अनु. १-१०)
न. १: हाम्रो बप्तिस्माअनुरूप जीवन बिताउने (wt-NP पृ. ११५-११९ अनु. ११-१६)
न. २: प्रेरित १:१-१४
न. ३: td-NP ४०क प्राण के हो
न. ४: ‘निर्भयसँग आउनुको’ अर्थ के हो? (हिब्रू ४:१६)
जून १६ बाइबल पढाइ: प्रेरित ५-७ गीत ७ (५१)
वक्तृत्व कला: वार्तालापको गुण (ht-NP पृ. ४८-५० अनु. ११-२३)
न. १: के तपाईं बचाउको लागि तयार हुनुहुन्छ? (w-NP०६ ६/१ पृ. ९-११ अनु. १-८)
न. २: प्रेरित ५:१-१६
न. ३: td-NP ४०ख प्राण र आत्माबीच भिन्नता
न. ४: यहोवाको भय किन ज्ञानको सुरु हो? (भज. १११:१०)
जून २३ बाइबल पढाइ: प्रेरित ८-१० गीत २३ (२००)
वक्तृत्व कला: उच्चारण १ (ht-NP पृ. ५०-५१ अनु. २४-२७)
न. १: ‘अहिले हाम्रो जीवनलाई आनन्दमय बनाउने आशिष्हरू’ (w-NP०६ ६/१ पृ. १५-१७ अनु. ४-१२)
न. २: प्रेरित ८:१-१७
न. ३: येशूले कसरी ‘दरिद्रहरूलाई छुटकारा दिनेछ’ (भज. ७२:१२)
न. ४: td-NP ४१क पवित्र आत्मा के हो
जून ३० बाइबल पढाइ: प्रेरित ११-१४ गीत ६ (४५)
वक्तृत्व कला: उच्चारण २ (ht-NP पृ. ५१-५२ अनु. २८-३४)
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
जुला. ७ बाइबल पढाइ: प्रेरित १५-१७ गीत ५ (४६)
वक्तृत्व कला: संयोजकहरूद्वारा सुसंगत (ht-NP पृ. ५३-५४ अनु. १-८)
न. १: सही छनौट गर्ने (w-NP०६ ६/१ पृ. २८-२९ अनु. ८-१४)
न. २: प्रेरित १६:१-१५
न. ३: निर्धक्क भएर यहोवाको सेवा गर्ने कारणहरू
न. ४: td-NP ४१ख जीवनशक्तिलाई आत्मा भनिन्छ
जुला. १४ बाइबल पढाइ: प्रेरित १८-२१ गीत ३ (३२)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास १ (ht-NP पृ. ५४-५६ अनु. ९-१५)
न. १: सिलाबाला बटुल्न दिने परमेश्वरको व्यवस्था (w-NP०६ ७/१ पृ. १४-१५ अनु. ११-१५)
न. २: प्रेरित २०:१-१६
न. ३: td-NP ४१ग प्रेतवाद, प्रेतहरूको काम भएकोले यसबाट अलग बस्नैपर्छ
न. ४: प्रस्थान २३:१९ख मा दिइएको निषेधाज्ञाबाट हामी के सिक्न सक्छौं?
जुला. २१ बाइबल पढाइ: प्रेरित २२-२५ गीत २३ (२००)
वक्तृत्व कला: तार्किक, सुसंगत विकास २ (ht-NP पृ. ५६-५७ अनु. १६-२१)
न. १: परमेश्वरले गर्नुभएका प्रबन्धहरूप्रति वफादार हुने (w-NP०६ ७/१ पृ. १७-१९ अनु. ४-८)
न. २: प्रेरित २२:१-१६
न. ३: यहोवाका साक्षीहरू यूहन्ना १३:३४ कुन-कुन तरिकामा पूरा गर्छन्?
न. ४: td-NP ४२क परमेश्वर, पिता ब्रह्माण्डको सबैभन्दा महान् व्यक्ति एकै जना हुनुहुन्छ
जुला. २८ बाइबल पढाइ: प्रेरित २६-२८ गीत १८ (१६२)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क १ (ht-NP पृ. ५७-५८ अनु. १-६)
न. १: यहोवाको सिंहासनअगाडि एक ठूलो भीड (wt-NP पृ. १२०-१२७ अनु. १-१७)
न. २: प्रेरित २६:१-१८
न. ३: td-NP ४२ख पुत्र पृथ्वीमा आउनुअघि र पछि पनि पिताभन्दा निम्न हुनुहुन्छ
न. ४: यहोवा किन धीरजी हुनुहुन्छ
अग. ४ बाइबल पढाइ: रोमी १-४ गीत २१ (१९१)
वक्तृत्व कला: चित्तबुझ्दो तर्क २ (ht-NP पृ. ५८-६० अनु. ७-१४)
न. १: यहोवाले आफ्नो संगठनलाई कसरी डोऱ्याउनुहुन्छ—भाग १ (wt-NP पृ. १२८-१३१ अनु. १-७)
न. २: रोमी ३:१-२०
न. ३: स्वर्गदूतहरूले परमेश्वरका जनहरूलाई कसरी सुरक्षा अनि बल दिन्छन्
न. ४: td-NP ४२ग परमेश्वर र ख्रीष्टको एकरूपता
अग. ११ बाइबल पढाइ: रोमी ५-८ गीत १ (१३)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने १ (ht-NP पृ. ६० अनु. १५-१८)
न. १: निराशाको बादल हटाउने व्यावहारिक तरिकाहरू (w-NP०६ ८/१ पृ. १९-२० अनु. १०-१८)
न. २: रोमी ६:१-२०
न. ३: td-NP ४२घ परमेश्वरको पवित्र आत्मा उहाँको सक्रिय शक्ति हो
न. ४: धार्मिकताले हामीलाई कसरी सुरक्षित राख्छ
अग. १८ बाइबल पढाइ: रोमी ९-१२ गीत ६ (४५)
वक्तृत्व कला: श्रोताहरूलाई तर्क गर्न मदत दिने २ (ht-NP पृ. ६०-६२ अनु. १९-२४)
न. १: यहोवाले आफ्नो संगठनलाई कसरी डोऱ्याउनुहुन्छ—भाग २ (wt-NP पृ. १३१-१३५ अनु. ८-१५)
न. २: रोमी ९:१-१८
न. ३: अर्काको कुरा काट्नु र हल्ला फैलाउनुका खतराहरू के हुन्?
न. ४: td-NP ४३क संसारको कष्टको जिम्मेवार को हो
अग. २५ बाइबल पढाइ: रोमी १३-१६ गीत २२ (१३०)
वक्तृत्व कला: भावलाई जोड दिने (ht-NP पृ. ६२-६४ अनु. १-९)
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
सेप्टे. १ बाइबल पढाइ: १ कोरिन्थी १-९ गीत ११ (८५)
वक्तृत्व कला: स्वर परिवर्तन १ (ht-NP पृ. ६४-६५ अनु. १०-१७)
न. १: सल्लाह सुन्नुहोस् (wt-NP पृ. १३६-१३९ अनु. १-९)
न. २: १ कोरिन्थी ४:१-१७
न. ३: td-NP ४३ख दुष्टता रहने अनुमति किन
न. ४: प्रशस्त धनसम्पत्ति हुनु के परमेश्वरले आशिष् दिनुभएको प्रमाण हो?
सेप्टे. ८ बाइबल पढाइ: १ कोरिन्थी १०-१६ गीत २३ (२००)
वक्तृत्व कला: स्वर परिवर्तन २ (ht-NP पृ. ६५-६६ अनु. १८-२४)
न. १: अनुशासन स्वीकार्नुहोस् (wt-NP पृ. १३९-१४३ अनु. १०-१६)
न. २: १ कोरिन्थी १३:१–१४:६
न. ३: वचन पालन गर्नेहरू आनन्दित किन हुन्छन्
न. ४: # td-NP ४३ग अन्तको समय लम्ब्याइनु दयालु प्रबन्ध हो
सेप्टे. १५ बाइबल पढाइ: २ कोरिन्थी १-७ गीत २६ (२१२)
वक्तृत्व कला: उत्साह (ht-NP पृ. ६७-६९ अनु. १-९)
न. १: “आपसमा प्रगाढ प्रेम राख” (wt-NP पृ. १४४-१५० अनु. १-१४)
न. २: २ कोरिन्थी १:१-१४
न. ३: td-NP ४३घ संसारको कष्टको समाधान मानिससित छैन
न. ४: सतावट पाउँदा साँचो मसीहीहरू किन आनन्दित हुन्छन्
सेप्टे. २२ बाइबल पढाइ: २ कोरिन्थी ८-१३ गीत ९ (३७)
वक्तृत्व कला: न्यानोपन, भावमय १ (ht-NP पृ. ६९-७० अनु. १०-१४)
न. १: घरैमा ईश्वरीय भक्ति व्यवहारमा उतार्नुहोस् (wt-NP पृ. १५१-१५८ अनु. १-१३)
न. २: २ कोरिन्थी ९:१-१५
न. ३: साँचो मसीहीहरू यस संसारका भाग किन होइनन्
न. ४: # td-NP ४४क सबै मसीहीहरूले साक्षी दिनैपर्छ, सुसमाचार सुनाउनैपर्छ
सेप्टे. २९ बाइबल पढाइ: गलाती १-६ गीत १९ (१६४)
वक्तृत्व कला: न्यानोपन, भावमय २ (ht-NP पृ. ७०-७१ अनु. १५-२१)
न. १: “तिनीहरू पनि संसारका होइनन्” (wt-NP पृ. १५९-१६६ अनु. १-१५)
न. २: गलाती १:१-१७
न. ३: # td-NP ४४ख बारम्बार भेटिरहनुपर्छ, निरन्तर साक्षी दिइरहनुपर्छ
न. ४: मानिसको डरमाथि प्रेम कसरी विजयी हुन्छ
अक्टो. ६ बाइबल पढाइ: एफिसी १-६ गीत ८ (५३)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त १ (ht-NP पृ. ७१-७२ अनु. १-६)
न. १: निडर भई परमेश्वरको वचन बोलिरहनुहोस् (wt-NP पृ. १६७-१७४ अनु. १-१२)
न. २: एफिसी ३:१-१९
न. ३: माफी माग्नु कमजोरीको चिह्न होइन
न. ४: # td-NP ४४ग रक्तदोषबाट मुक्त हुन साक्षी दिनैपर्छ
अक्टो. १३ बाइबल पढाइ: फिलिप्पी १–कलस्सी ४ गीत ४ (४३)
वक्तृत्व कला: विषयवस्तुलाई सुहाउने दृष्टान्त २ (ht-NP पृ. ७२-७४ अनु. ७-१४)
न. १: यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस् (wt-NP पृ. १७५-१८३ अनु. १-१५)
न. २: फिलिप्पी ३:१-१६
न. ३: td-NP १क पितृहरूको उपासना गर्नु व्यर्थ हो
न. ४: # इस्राएलले अनुग्रह प्राप्त स्थान गुमाउँछ (wt-NP पृ. १८५ अनु. ४, ५)
अक्टो. २० बाइबल पढाइ: १ थिस्सलोनिकी १–२ थिस्सलोनिकी ३ गीत ६ (४५)
वक्तृत्व कला: श्रोताहरूलाई सुहाउने दृष्टान्त (ht-NP पृ. ७४-७५ अनु. १५-२२)
न. १: यहोवाको उद्देश्यले महिमित सफलता हासिल गर्छ (wt-NP पृ. १८६-१९१ अनु. ६-१५)
न. २: १ थिस्सलोनिकी १:१–२:८
न. ३: td-NP १ख मानिसहरूको आदर गर्न सकिन्छ तर उपासनापरमेश्वरको मात्र गरिन्छ
न. ४: a हाम्रो समयमा उपासनामा एकता—यसको अर्थ के हो? (wt-NP पृ. ५-९ अनु. १-९)
अक्टो. २७ बाइबल पढाइ: १ तिमोथी १–२ तिमोथी ४ गीत ७ (५१)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु १ (ht-NP पृ. ७५-७७ अनु. १-५)
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
नोभे. ३ बाइबल पढाइ: तीतस १–फिलेमोन गीत १६ (१४३)
वक्तृत्व कला: क्षेत्र सेवकाईको लागि अनुकूल विषयवस्तु २ (ht-NP पृ. ७७-७८ अनु. ६-१३)
न. १: कस्ता तत्त्वहरूले एकतामा योगदान पुऱ्याउँछन् (wt-NP पृ. ९-१३ अनु. १०-१४)
न. २: तीतस १:१-१६
न. ३: td-NP २क दुष्टता नाश गर्न परमेश्वरले लड्नुहुने युद्ध
न. ४: b परमेश्वर प्रेम हुनुहुन्छ (wt-NP पृ. १६-१९ अनु. ४-९)
नोभे. १० बाइबल पढाइ: हिब्रू १-८ गीत ४ (४३)
वक्तृत्व कला: उपयुक्त, प्रभावकारी समापन (ht-NP पृ. ७९-८० अनु. १-९)
न. १: एक मात्र साँचो परमेश्वरको रूपमा यहोवाको महिमा गर्नुहोस्(wt-NP पृ. १९-२२ अनु. १०-१६)
न. २: हिब्रू ३:१-१९
न. ३: td-NP २ख आरमागेडोन परमेश्वरको प्रेम विपरीत हुनेछैन
न. ४: साँचो अनि बनावटी नम्रताबीचको भिन्नता
नोभे. १७ बाइबल पढाइ: हिब्रू ९-१३ गीत २० (९३)
वक्तृत्व कला: ठिक्कको समापन (ht-NP पृ. ८०-८१ अनु. १०-१४)
न. १: परमेश्वरको वचन दह्रिलो गरी पक्रिराख्नुहोस् (wt-NP पृ. २३-२७ अनु. १-१०)
न. २: हिब्रू १०:१-१७
न. ३: td-NP ३क बप्तिस्मा—मसीही आवश्यकता हो
न. ४: क्षमा गर्दा एकताको गाँठो कसरी बलियो हुन्छ
नोभे. २४ बाइबल पढाइ: याकूब १-५ गीत ६ (४५)
वक्तृत्व कला: समय १ (ht-NP पृ. ८१-८३ अनु. १५-२४)
न. १: परमेश्वरको वचन दह्रिलो गरी पक्रिराख्नुहोस्—हाम्रो लक्ष्य (wt-NP पृ. २८-३१ अनु. ११-१३)
न. २: याकूब १:१-२१
न. ३: td-NP ३ख बप्तिस्माले पापहरू पखाल्दैन
न. ४: कसरी “दयाले इन्साफमाथि दिग्विजय गर्दछ” (याकू. २:१३)
डिसे. १ बाइबल पढाइ: १ पत्रुस १–२ पत्रुस ३ गीत १५ (१२७)
वक्तृत्व कला: समय २ (ht-NP पृ. ८३-८४ अनु. २५-२९)
न. १: सबै अगमवक्ताहरूले गवाही दिएका जन (wt-NP पृ. ३२-३७ अनु. १-९)
न. २: १ पत्रुस २:१-१७
न. ३: td-NP ४क परमेश्वरको वचन प्रेरित हो
न. ४: c ख्रीष्टमा विश्वास देखाउनुहोस् (wt-NP पृ. ३७-४० अनु. १०-१५)
डिसे. ८ बाइबल पढाइ: १ यूहन्ना–यहूदा गीत ८ (५३)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन १ (ht-NP पृ. ८५-८६ अनु. १-९)
न. १: यहोवाका उपासकहरूले आनन्द उठाइरहेको स्वतन्त्रता (wt-NP पृ. ४१-४५ अनु. १-९)
न. २: १ यूहन्ना ४:१-१६
न. ३: td-NP ४ख बाइबल—हाम्रो समयको लागि व्यवहारिक निर्देशन
न. ४: d संसारले दिने स्वतन्त्रताका दुःखदायी परिणामहरू (wt-NP पृ. ४६-४९ अनु. १०-१४)
डिसे. १५ बाइबल पढाइ: प्रकाश १-६ गीत २९ (२२२)
वक्तृत्व कला: विश्वस्तता र निर्धक्कपन २ (ht-NP पृ. ८७-८८ अनु. १०-१४)
न. १: हामी सबैले सामना गर्नुपर्ने विवाद—भाग १ (wt-NP पृ. ५०-५४ अनु. १-८)
न. २: प्रकाश ३:१-१३
न. ३: td-NP ४ग बाइबल—सबै मुलुक तथा जातिहरूका लागि लेखिएको हो
न. ४: धीरज र दयाको किन सीमा छ
डिसे. २२ बाइबल पढाइ: प्रकाश ७-१४ गीत १६ (१४३)
वक्तृत्व कला: व्यक्तिगत रूप १ (ht-NP पृ. ८८-९० अनु. १५-२८)
न. १: हामी सबैले सामना गर्नुपर्ने विवाद—भाग २ (wt-NP पृ. ५४-५९ अनु. ९-१८)
न. २: प्रकाश ८:१-१३
न. ३: td-NP ५क रक्तक्षेपणले रगतको पवित्रतासम्बन्धी आज्ञा उल्लंघन गर्छ
न. ४: “परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ” वाक्यांशको अर्थ के हो?(१ यूहन्ना ३:२०)
डिसे. २९ बाइबल पढाइ: प्रकाश १५-२२ गीत १७ (१८७)
वक्तृत्व कला: व्यक्तिगत रूप २ (ht-NP पृ. ९०-९१ अनु. २९-३४)
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
# भाइहरूलाई मात्र दिनुहोस्।
[फुटनोटहरू]
a भाइहरूलाई मात्र दिनुहोस्, सकेसम्म प्राचीन वा सेवकाई सेवक भए बेस।
b भाइहरूलाई मात्र दिनुहोस्, सकेसम्म प्राचीन वा सेवकाई सेवक भए बेस।
c भाइहरूलाई मात्र दिनुहोस्, सकेसम्म प्राचीन वा सेवकाई सेवक भए बेस।
d भाइहरूलाई मात्र दिनुहोस्, सकेसम्म प्राचीन वा सेवकाई सेवक भए बेस।