सेवा सभाको तालिका
नोभेम्बर १२ मा सुरु हुने हप्ता
गीत ५ (४६)
१० मि: स्थानीय घोषणा। पृष्ठ ४ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर नोभेम्बर १ को प्रहरीधरहरा र अक्टोबर–डिसेम्बर को ब्यूँझनुहोस्! को प्रस्तुति देखाउनुहोस्। कुनै एउटा मात्र पत्रिकाको बारेमा कुरा गरेको भए पनि दुवै पत्रिका जोडी मिलाएर दिनुपर्छ।
१५ मि: “चाँदी मेरै हो, र सुन पनि मेरै।” नोभेम्बर १, २००७ को प्रहरीधरहरा पृष्ठ १७-२१ मा आधारित प्राचीनद्वारा भाषण।
२० मि: “बुद्धिमान् भई चल्नुहोस्।”a समय पुग्छ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोताहरूलाई आग्रह गर्नुहोस्।
गीत २१ (१९१)
नोभेम्बर १९ मा सुरु हुने हप्ता
गीत २ (१५)
१० मि: स्थानीय घोषणा। डिसेम्बर महिनामा प्रस्तुत गर्ने साहित्यबारे बताउनुहोस् र एउटा प्रस्तुति देखाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “बाइबल अध्ययन सञ्चालन गर्न अस्वीकार नगर्नुहोस्!”b अनुच्छेद ५ छलफल गर्दा अहिले यहोवाका साक्षी भइसकेका बाइबल विद्यार्थीको अध्ययन सञ्चालकहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्नु किन फलदायी अनि आनन्ददायी हुन्छ? एक-दुइटा टिप्पणी पहिल्यै तयार पार्न सकिन्छ।
गीत ६ (४५)
नोभेम्बर २६ मा सुरु हुने हप्ता
गीत ४ (४३)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। नोभेम्बर महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्। पृष्ठ ४ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर डिसेम्बर १ को प्रहरीधरहरा र अक्टोबर–डिसेम्बर को ब्यूँझनुहोस्! को प्रस्तुति देखाउनुहोस्।
१५ मि: ठूलो मनको हुन सक्नुहुन्छ कि? प्रहरीधरहरा अक्टोबर १, २००४ पृष्ठ १४-१९ मा आधारित प्राचीनद्वारा भाषण।
२० मि: युवाहरू हो—तपाईं यहोवाको प्रशंसा कसरी गर्न सक्नुहुन्छ? जुन १५, २००५ को प्रहरीधरहरा पृष्ठ २६-२८ अनुच्छेद १५-१९ मा आधारित छलफल। उक्त लेखमा छापिएकै प्रश्नहरू सोधेर छलफल गर्नुहोस्। अनुच्छेद १८ छलफल गर्दा स्कूलमा शिक्षकहरू अथवा साथीहरूलाई साक्षी दिएका युवाहरूलाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत १६ (१४३)
डिसेम्बर ३ मा सुरु हुने हप्ता
गीत ७ (१८७)
१५ मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। प्रश्न पेटी पुनरावलोकन गर्नुहोस्।
१५ मि: मिनिस्टेरियल ट्रेनिङ स्कूलबाट तालिम पाएकाहरूले मानिसहरूलाई सिकाउँछन्। हाम्रो राज्य सेवकाई मार्च २००५ पृष्ठ ३ र ४ मा आधारित भाषण। मिनिस्टेरियल ट्रेनिङ स्कूलबाट तालिम पाएका प्राचीन वा सेवकाई सेवकको छोटो अन्तरवार्ता लिनुहोस्। प्रचार गर्न, गोठालोको काम गर्न र सिकाउन उक्त स्कूलले कसरी मदत गऱ्यो? योग्य भाइहरूलाई मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिने लक्ष्य बनाउन प्रोत्साहन दिनुहोस्।
१५ मि: “हामी परमेश्वरको राज्यले दिने आशा अरूसित बाँड्छौं।”c समय पुग्छ भने उल्लिखित पदहरूबाट श्रोताहरूलाई टिप्पणी गर्न प्रोत्साहन दिनुहोस्।
गीत २३ (२००)
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्दै छलफल गर्नुहोस्।