सेवा सभाको तालिका
जुलाई १४ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१० मि: स्थानीय घोषणा। पृष्ठ ४ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर जुलाई १ को प्रहरीधरहरा प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्।
१५ मि: साहसी भई परमेश्वरको वचन सुनाइरहनुहोस्। हाम्रो राज्य सेवकाई, अक्टोबर २००५ पृष्ठ १ मा आधारित भाषण। साहसी भई प्रचार गर्नुको महत्त्वलाई जोड दिनुहोस्।
२० मि: “मण्डली पुस्तक अध्ययनमा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रयोग गर्ने।”a यस पुस्तकका विशेष पक्षहरू बताउनुहोस्। यस अंकको हाम्रो राज्य सेवकाई-को पृष्ठ ३ मा भएको तालिका पुनरावलोकन गर्नुहोस्। पुस्तक अध्ययनमा सबैलाई नियमित रूपमा उपस्थित हुन र सक्दो टिप्पणी गर्न प्रोत्साहन दिनुहोस्। सभाहरूको लागि राम्ररी तयार गर्ने भनेर चिनिएका एक वा दुई प्रकाशकको अन्तरवार्ता लिनुहोस्। यसो गर्न उनीहरूलाई केले प्रेरित गर्छ, सोध्नुहोस्।
गीत २६ (२१२)
जुलाई २१ मा सुरु हुने हप्ता
गीत २८ (२२४)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अर्को हप्ताको सेवा सभामा अगस्त १ को प्रहरीधरहरा ल्याउन र स्थानीय इलाकामा उपयुक्त हुने प्रस्तुतिबारे छलफल गर्न तयार हुन भाइबहिनीलाई सम्झाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “तयारी—प्रभावकारी पुनःभेटको लागि नभई नहुने कुरा।”b पुनःभेटको लागि तयारी गरिरहेका प्रकाशकको चार मिनेटको मनोवाद देखाउनुहोस्। उनी आफ्नो रेकर्ड हेर्छन् र यस सप्ताहन्तमा दुई जनालाई पुनःभेट गर्ने निधो गर्छन्। त्यसपछि, दुवै जनासँग के विषयमा छलफल गरिएको थियो विचार गर्छन् र अब भेट्न जाँदा छलफल गर्ने विषय पक्का गरेर त्यसको लागि तयारी गर्छन्। एक जनालाई बाइबल अध्ययन गर्न प्रस्ताव राख्ने तयारी गर्छन्। अर्कोलाई अनुच्छेद ५ मा भएको सुझाव प्रयोग गर्दै तिनको चासो जगाउन तयारी गर्छन्।
गीत ४ (४३)
जुलाई २८ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
१० मि: स्थानीय घोषणा। जुलाई महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्। अगस्त महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र कुनै एउटा साहित्य प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्।
१५ मि: सतर्क भइरहने। जनवरी १, २००७ को प्रहरीधरहरा पृष्ठ ११-१२, अनुच्छेद १७-२१ मा आधारित जोसिलो भाषण।
२० मि: नयाँ पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। श्रोतासित छलफल। अगस्त १ को प्रहरीधरहरा-बारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा चलाउन सकिन्छ र किन, श्रोतालाई सोध्नुहोस्। प्रचार गर्दा भाइबहिनीले चलाउन चाहेका लेखको खास बुँदाबारे सोध्नुहोस्। कुराकानी सुरु गर्न कस्तो प्रश्न सोध्न सकिन्छ? त्यसपछि लेखमा भएको कुन पद पढ्न सकिन्छ? हाम्रो राज्य सेवकाई-मा दिइएका नमुना प्रस्तुतिहरूको आधारमा वा श्रोताले दिएको सुझावको आधारमा प्रहरीधरहरा-को प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ६ (४५)
अगस्त ४ मा सुरु हुने हप्ता
गीत २९ (२२२)
१० मि: स्थानीय घोषणा।
१५ मि: के तपाईंका छोराछोरीहरू स्कूलमा आउने समस्याहरू सामना गर्न तयार छन्? भाषण तथा श्रोतासित छलफल। ख्रीष्टियान युवाहरूले स्कूलमा भोग्ने केही चुनौती बताउनुहोस्। मदतकारी जानकारी पाउन आमाबाबु र छोराछोरीले कसरी वाच टावर पब्लिकेसन्स् इन्डेक्स प्रयोग गर्न सक्छन्, बताउनुहोस्। केही उदाहरण दिनुहोस्। (मुख्य शीर्षक “स्कूल” र उप-शीर्षक “अनुभवहरू” हेर्नुहोस्।) स्कूलमा चुनौतीहरूको सामना गर्न र बाइबल सिद्धान्त लागू गर्न आमाबाबुले कसरी तयार पारे, श्रोताहरूमध्ये ख्रीष्टियान परिवारमा हुर्केकाहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। उनीहरूले अवेक!-मा आधारित रिपोर्ट तयार गरेर स्कूलमा बुझाएको कुरा पनि बताउन सक्छन्। आफ्नो विशेष इलाका—स्कूलमा साक्षी दिंदा कसरी सुरक्षित हुन सके, सोध्नुहोस्।
२० मि: “किल्लाजस्तै बलियो विश्वास हामी भत्काउँदै छौं।”c किल्लाजस्तै बलियो झूटो धार्मिक आस्था त्याग्न बाइबल शिक्षकले धीरजी भएर कसरी मदत गरे, श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत १७ (१८७)
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्दै छलफल गर्नुहोस्।