प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अक्टोबर पृ. ७
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • असाइनमेन्ट न. १
  • साप्ताहिक बाइबल पढाइ
हाम्रो राज्य सेवकाई—२००८
km08 अक्टोबर पृ. ७

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अक्टोबर २७, २००८ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्‌। स्कूल निरीक्षकले सेप्टेम्बर १ देखि अक्टोबर २७, २००८ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌।

वक्‍तृत्व कला

१. स्वर परिवर्तन कहिले सुरु हुन्छ? [ht-NP पृ. ६६, अनु. २१]

२. उत्साहले तपाईंको श्रोतालाई कस्तो असर पार्न सक्छ? [ht-NP पृ. ६७, अनु. ३]

३. अनुहारको भावमा कसरी न्यानोपन देखाउन सकिन्छ? [ht-NP पृ. ६९-७०, अनु. १३-१४]

४. न्यानोपन र भाव कति बेला उपयुक्‍त हुन्छ? [ht-NP पृ. ७१, अनु. २१]

५. सरल दृष्टान्तहरू किन एकदमै प्रभावकारी हुन्छन्‌? [ht-NP पृ. ७२-७३, अनु. ७-९]

असाइनमेन्ट न. १

६. हामीले व्यक्‍तिगत तवरमा सल्लाह पाउँदा कस्तो प्रतिक्रिया देखाउनुपर्छ? (हिब्रू १२:११) [wt-NP पृ. १३६, अनु. २]

७. सँगी विश्‍वासीको कुनै कार्यले गर्दा हामी खिन्‍न भएका छौं भने के गर्न सकिन्छ? (याकू. ४:११, १२) [wt-NP पृ. १४७, अनु. ८]

८. परिवारमा शिरत्व कसरी प्रयोग गर्नुपर्छ? (१ कोरि. ११:३) [wt-NP पृ. १५४, अनु. ७]

९. ख्रीष्टियानहरू किन साहसी हुन्छन्‌? [wt-NP पृ. १७४, अनु. १२]

१०. “यहोवाको दिन” भनेको के हो? [wt-NP पृ. १७५, अनु. २]

साप्ताहिक बाइबल पढाइ

११. “[दुष्ट] मानिसलाई शरीरको नाशको लागि शैतानकहाँ सुम्पिओस्‌, र . . . त्यसको आत्माले चाहिं उद्धार पाओस्‌” भन्‍नुको अर्थ के हो? (१ कोरि. ५:५) [w०८ ७/१-NP “यहोवाको वचन जीवित छ—कोरिन्थीहरूलाई लेखेको पत्रका विशेषताहरू”]

१२. येशूको मृत्युको सम्झना कहिले-कहिले र कतिन्जेल गर्नुपर्ने थियो? (१ कोरि. ११:२६) [w०८ ७/१-NP “यहोवाको वचन जीवित छ—कोरिन्थीहरूलाई लेखेको पत्रका विशेषताहरू”]

१३. दोस्रो कोरिन्थी १२:२-४ ले कस्तो दर्शन उल्लेख गर्छ र यो दर्शन सायद कसले देखेका थिए? [w०४ १०/१५-NP पृ. ८, अनु. ४; पृ. १०, अनु. ९]

१४. मोशाको व्यवस्थालाई पावलले किन ‘ख्रीष्टमा ल्याउने जिम्मावालसँग’ तुलना गरे? (गला. ३:२४) [w०२ ६/१-NP पृ. १५, अनु. ११, w०३ ३/१५-NP पृ. २०-२१, अनु. ४]

१५. “तिमीहरूका आत्मा, प्राण र शरीर . . . सुरक्षित रहनेछन्‌” भनी पावलले प्रार्थना गर्नुको अर्थ के हो? (१ थिस्स. ५:२३) [w०८ ९/१-NP “यहोवाको वचन जीवित छ—थिस्सलोनिकी र तिमोथीलाई लेखेको पत्रका विशेषताहरू”]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने