घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर १-१९: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा दिनुहोस् अनि छलफल गर्नुहोस्। अक्टोबर २०–नोभेम्बर १६: के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा वितरण गर्ने विशेष अभियान। नोभेम्बर १७-३०: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्ने अथक प्रयास गर्नुहोस्। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। घरधनीका छोराछोरी रहेछन् भने बाइबलका कथाहरू भएको मेरो पुस्तक दिनुहोस्। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ।
◼ नोभेम्बरमा पाँचवटा शनिबार पर्ने भएकोले उक्त महिना सहायक अग्रगामी सेवा गर्नु बेस हुनेछ।
◼ मण्डलीका अध्यक्ष तथा ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकले याद गर्नुपर्ने कुरा: डिसेम्बर २९, २००८ को हप्तादेखि मण्डलीको सभाको नयाँ तालिका सुरु हुन्छ र यो परिवर्तित तालिका डिसेम्बर २००८ को हाम्रो राज्य सेवकाई-मा दिइनेछ। त्यस हप्तामा पर्ने ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति सञ्चालन गर्दा सन् २००९ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिकाको निर्देशनमा दिइएको जानकारीलाई दुरुस्त पछ्याउनुहोस्। पुनरावृत्ति गरिने साँझ वक्तृत्व कला दिइनेछैन।