सन् २००९ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका
निर्देशन
सन् २००९ मा ईश्वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: पवित्र बाइबल, जनवरी १, २००४ देखि प्रहरीधरहरा-मा सुरु भएको “यहोवाको वचन जीवित छ” शृङ्खलाहरू, बाइबलका कथाहरू भएको मेरो पुस्तक [my-NP], र बाइबलले वास्तवमा के सिकाउँछ?[bh-NP]।
उपस्थित सबैलाई स्वागत गरेर स्कूल समयमै सुरु गर्नुपर्छ। कार्यक्रम निम्नानुसार सञ्चालन हुनेछ। भाग पाउने प्रत्येकलाई स्कूल निरीक्षकले नै बोलाउनेछन्।
बाइबल पढाइका विशेषताहरू: १० मिनेट। पहिलो चार मिनेट योग्य प्राचीन वा सेवकाई सेवकले साप्ताहिक बाइबल पढाइबाट धर्मशास्त्रीय बुँदाहरू छलफल गर्नेछन्। तर बाइबलको किताबका सुरुका अध्यायबाट साप्ताहिक बाइबल पढाइ छ भनेचाहिं पहिलो चार मिनेटको भाग जनवरी १, २००४ देखि प्रहरीधरहरा-मा सुरु भएको “यहोवाको वचन जीवित छ” शृङ्खलाबाट लिनुपर्छ। उदाहरणको लागि, उत्पत्तिको किताबको पहिलो पाँच अध्याय जनवरी ५ को हप्तामा छलफल गरिनेछ। अतः वक्ताले जनवरी १, २००४ को प्रहरीधरहरा-मा “यहोवाको वचन जीवित छ” शृङ्खलाको परिचयका अनुच्छेदहरूबाट केही मुख्य बुँदा छान्नुपर्छ। उनले ती बुँदालाई मण्डलीलाई उपयोगी हुने किसिमले लागू गर्नुपर्छ। साप्ताहिक बाइबल पढाइ छलफल गरेको होस् अथवा “यहोवाको वचन जीवित छ” शृङ्खलाका बुँदाहरू, यसको मुख्य उद्देश्य भनेको बाइबलमा पाइने जानकारी किन र कसरी लाभदायी छ श्रोतालाई बुझाउनु हो। सुरुको भागको लागि चार मिनेटभन्दा बढी समय नलिन वक्ता होसियार हुनुपर्छ। बाँकी छ मिनेट, साप्ताहिक बाइबल पढाइमा रोचक लागेको बुँदाबारे ३० सेकेण्ड वा सोभन्दा कम समयमा छोटो टिप्पणी गर्न श्रोताको निम्ति छुट्याइएको समय हो भनेर वक्ताले बुझ्नुपर्छ। त्यसपछि स्कूल निरीक्षकले दोस्रो कक्षमा असाइनमेन्ट पाएका विद्यार्थीहरूलाई त्यहाँ पठाउनेछन्।
असाइनमेन्ट न. १: ४ मिनेट वा त्योभन्दा कम। यो असाइनमेन्ट कुनै भाइले पढाइको रूपमा प्रस्तुत गर्नेछन्। विद्यार्थीले परिचय वा समापन केही नदिई तोकिएको विषयवस्तु पढ्नुपर्छ। खास गरी विद्यार्थीलाई स्पष्ट, सरर्र, भावलाई जोड दिएर, स्वरमा उतार-चढाव ल्याएर, ठीक ठाउँमा रोकिएर अनि स्वाभाविक ढंगमा पढ्न मदत गर्ने कुरामा स्कूल निरीक्षकले ध्यान दिनेछन्।
असाइनमेन्ट न. २: ५ मिनेट। यो असाइनमेन्ट बहिनीहरूका लागि हो। असाइनमेन्ट पाउने बहिनीले नै भूमिका छान्नेछिन्। विद्यार्थीले दिइएको विषय नै प्रयोग गर्नुपर्छ। विषय दिइएको छैन भने दिइएको जानकारीसित मिल्ने किसिमको विषय तिनले छान्न सक्छिन्। विद्यार्थीले प्रस्तुतिलाई स्थानीय इलाका सुहाउँदो र उपयोगी बनाउनुपर्छ। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गरेर तयार पार्नुपर्छ। भाषणको विषयवस्तु कसरी प्रस्तुत गरिएको छ, घरधनीलाई धर्मशास्त्रबाट तर्क गर्न अनि प्रस्तुत विषयवस्तुको मुख्य बुँदा बुझ्न कसरी मदत दिइएको छ, त्यस कुरामा स्कूल निरीक्षकले विशेष ध्यान दिनेछन्। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्।
असाइनमेन्ट न. ३: ५ मिनेट। यो भाग कुनै भाइ वा बहिनीलाई दिन सकिन्छ। विद्यार्थीले दिइएको विषय नै प्रयोग गर्नुपर्छ। विषय दिइएको छैन भने दिइएको जानकारीसित मिल्ने किसिमको विषय तिनले छान्न सक्छन्। स्रोत सामग्री दिइएको छैन भने विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गरेर तयार पार्नुपर्छ। यो भाग भाइले प्रस्तुत गर्दा राज्यभवनमा उपस्थित श्रोताहरूलाई मनमा राखेर भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। बहिनीले प्रस्तुत गर्दा भने असाइनमेन्ट न. २ का लागि दिइएको सल्लाह अनुरूप गर्नुपर्छ। कृपया नबिर्सनुहोस्, तारक चिह्न (*) भएको विषय भाषणको रूपमा प्रस्तुत गर्न भाइहरूलाई मात्र दिनुपर्छ। तपाईंको मण्डलीमा प्राचीन तथा सेवकाई सेवकहरू प्रशस्तै छन् भने तारक चिह्न लगाइएका विषयहरू प्राचीन वा सेवकाई सेवकलाई नै दिनुपर्छ।
सल्लाह: १-२ मिनेट। विद्यार्थीले वक्तृत्व कलाको कुन बुँदामा काम गरिरहेका छन् भनेर स्कूल निरीक्षकले पहिल्यै बताउनेछैनन्। तर क्रमशः असाइनमेन्ट न. १, न. २ र न. ३ सिद्धिएपछि स्कूल निरीक्षकले प्रस्तुति किन प्रभावकारी थियो बताउनेछन् र तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्नति गर्ने किताबका बुँदाहरू बारम्बार उल्लेख गर्दै भाषणको प्रशंसायोग्य पक्षमा सकारात्मक टिप्पणी गर्नेछन्। सभापछि वा कुनै अर्को समयमा प्रत्येक विद्यार्थीको आवश्यकताअनुसार मदतकारी थप व्यक्तिगत सल्लाह दिन सकिन्छ।
समय: कुनै पनि भाषण वा स्कूल निरीक्षकको टिप्पणी निर्धारित समयभन्दा बढी जानु हुँदैन। असाइनमेन्ट न. १, न. २ र न. ३ को समय सिद्धिएमा कौशलतासाथ रोक्नुपर्छ। बाइबल पढाइका विशेषताहरू दिने भाइहरूले बढी समय लिएमा उनीहरूलाई व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ। सबैले समयमा विशेष ध्यान दिनुपर्छ। कार्यक्रमको जम्मा समय: ३० मिनेट।
सहायक सल्लाहकार: प्राचीनहरूका निकायले सहायक सल्लाहकारको जिम्मेवारी सँभाल्न अर्को एक जना दक्ष प्राचीन छान्न सक्छन्। प्राचीनहरू थुप्रै छन् भने यो असाइनमेन्ट हरेक वर्ष योग्य प्राचीनहरूले पालैपालो सँभाल्न सक्छन्। सहायक सल्लाहकारको जिम्मेवारी, आवश्यक परेमा बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूलाई सल्लाह दिनु हो। सँगी प्राचीन वा सेवकाई सेवकले भाषण दिएपिच्छे सल्लाह दिनु आवश्यक छैन।
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति: २० मिनेट। प्रत्येक दुई महिनामा स्कूल निरीक्षकले पुनरावृत्ति गर्नेछन्। यो पुनरावृत्ति माथि निर्देशन दिइएको बाइबल पढाइका विशेषतापछि गरिनेछ। पुनरावृत्ति अघिल्लो दुई महिनाको स्कूलको विषयवस्तुमा आधारित हुनेछ र यसमा त्यही हप्ताको विषयवस्तु पनि समावेश हुनेछ। ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति हुने हप्तामा तपाईंको मण्डलीको क्षेत्रीय सम्मेलन परेमा वा मण्डलीमा क्षेत्रीय निरीक्षकले भ्रमण गर्ने भएमा पुनरावृत्ति त्यसपछिको हप्तामा सार्नुपर्छ। असाइनमेन्ट न. १, न. २ र न. ३ त्यसपछिको हप्ताको तालिकाबाट लिनुपर्छ। साप्ताहिक बाइबल पढाइ वा बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्ने तालिकामा कुनै परिवर्तन गर्नुहुँदैन।
तालिका
जन. ५ बाइबल पढाइ: उत्पत्ति १-५
न. १: उत्पत्ति ३:१-१५
न. २: (my-NP कथा १)
न. ३: के व्यर्थ होइन? (१ कोरि. १५:५८)
जन. १२ बाइबल पढाइ: उत्पत्ति ६-१०
न. १: उत्पत्ति ९:१-१७
न. २: के परमेश्वरको उद्देश्य यही हो? (bh-NP पृ. ३-७)
न. ३: परमेश्वरले पृथ्वीलाई कसरी हाम्रो घर बनाउन तयार पार्नुभयो? (my-NP कथा २)
जन. १९ बाइबल पढाइ: उत्पत्ति ११-१६
न. १: उत्पत्ति १४:१-१६
न. २: परमेश्वरले मानिसलाई सृष्टि गर्नुको उद्देश्य के थियो? (my-NP कथा ३)
न. ३: यहोवाले हामीलाई कसरी आकार दिनुहुन्छ? (यशै. ६४:८)
जन. २६ बाइबल पढाइ: उत्पत्ति १७-२०
न. १: उत्पत्ति १७:१-१७
न. २: हामीले जीवनका महत्त्वपूर्ण प्रश्नहरूका जवाफ किन खोज्नुपर्छ? (bh-NP पृ. ८ अनु. १-पृ. ९ अनु. ५)
न. ३: हव्वाबाट हामी कस्तो चेतावनीमूलक पाठ सिक्न सक्छौं? (my-NP कथा ४)
फेब्रु. २ बाइबल पढाइ: उत्पत्ति २१-२४
न. १: उत्पत्ति २२:१-१८
न. २: आदम र हव्वाका छोराछोरीहरू किन बूढाबूढी हुन्छन् र मर्छन्? (my-NP कथा ५)
न. ३: * प्रेम देखाउने सम्बन्धमा अरूप्रति ठूलो मनको हुने तरिकाहरू (२ कोरि. ६:११-१३)
फेब्रु. ९ बाइबल पढाइ: उत्पत्ति २५-२८
न. १: उत्पत्ति २५:१-१८
न. २: कयिन र हाबिलको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (my-NP कथा ६)
न. ३: के परमेश्वर अरूको चासो नराख्ने र कठोर हृदयको हुनुहुन्छ? (bh-NP पृ. ९ अनु. ६-पृ. ११ अनु. १०)
फेब्रु. १६ बाइबल पढाइ: उत्पत्ति २९-३१
न. १: उत्पत्ति २९:१-२०
न. २: हामीले किन ‘फिक्री गर्नु हुँदैन’ (मत्ती ६:२५)
न. ३: हामी कसरी हनोकजस्तै साहसी हुन सक्छौं? (my-NP कथा ७)
फेब्रु. २३ बाइबल पढाइ: उत्पत्ति ३२-३५
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
मार्च २ बाइबल पढाइ: उत्पत्ति ३६-३९
न. १: उत्पत्ति ३९:१-१६
न. २: केही स्वर्गदूतले कसरी विद्रोह गरे र प्रेत बने? (my-NP कथा ८)
न. ३: हामीले सामना गर्ने अन्यायहरूबारे परमेश्वर कस्तो महसुस गर्नुहुन्छ? (bh-NP पृ. ११ अनु. ११-पृ. १२ अनु. १३)
मार्च ९ बाइबल पढाइ: उत्पत्ति ४०-४२
न. १: उत्पत्ति ४०:१-१५
न. २: (my-NP कथा ९)
न. ३: * आफूखुसी गर्ने झुकाव राख्नदेखि होसियार!
मार्च १६ बाइबल पढाइ: उत्पत्ति ४३-४६
न. १: उत्पत्ति ४४:१-१७
न. २: पृथ्वीमा जीवित प्राणी कुन हदसम्म विनाश भए? (my-NP कथा १०)
न. ३: परमेश्वर को हुनुहुन्छ भनी तपाईंले जानेको उहाँ चाहनुहुन्छ (bh-NP पृ. १२ अनु. १४-पृ. १५ अनु. १७)
मार्च २३ बाइबल पढाइ: उत्पत्ति ४७-५०
न. १: उत्पत्ति ४८:१-१६
न. २: के हामी शैतानसित डराउनुपर्छ?
न. ३: के परमेश्वरले फेरि जलप्रलय ल्याएर पृथ्वीलाई नाश गर्नुहुनेछ? (my-NP कथा ११)
मार्च ३० बाइबल पढाइ: प्रस्थान १-६
न. १: प्रस्थान १:१-१९
न. २: धरहरा बनाउने योजना किन सफल भएन? (my-NP कथा १२)
न. ३: परमेश्वरको नाउँ—यसको प्रयोग अनि अर्थ (bh-NP पृ. १९५-१९७)
अप्रि. ६ बाइबल पढाइ: प्रस्थान ७-१०
न. १: प्रस्थान ९:१-१९
न. २: अब्राहाम किन परमेश्वरको मित्र कहलिए? (my-NP कथा १३)
न. ३: * हामी गलाती ६:२ लाई गलाती ६:५ सँग कसरी मिलान गर्न सक्छौं?
अप्रि. १३ बाइबल पढाइ: प्रस्थान ११-१४
न. १: प्रस्थान १२:२१-३६
न. २: (my-NP कथा १४)
न. ३: परमेश्वरसित नजिक हुन सम्भव छ? (bh-NP पृ. १५ अनु. १८-पृ. १७ अनु. २३)
अप्रि. २० बाइबल पढाइ: प्रस्थान १५-१८
न. १: प्रस्थान १५:१-१९
न. २: झूटो उपासनादेखि अलग रहनुमा के समावेश छ?
न. ३: लूतकी पत्नीको घटनाबाट हामी के पाठ सिक्न सक्छौं? (my-NP कथा १५)
अप्रि. २७ बाइबल पढाइ: प्रस्थान १९-२२
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
मे ४ बाइबल पढाइ: प्रस्थान २३-२६
न. १: प्रस्थान २४:१-१८
न. २: रिबेकाले देखाएकी असल गुणहरू (my-NP कथा १६)
न. ३: बाइबल कुन-कुन तरिकामा अरू किताबभन्दा फरक छ? (bh-NP पृ. १८ अनु. १-पृ. १९ अनु. ५)
मे ११ बाइबल पढाइ: प्रस्थान २७-२९
न. १: प्रस्थान २९:१-१८
न. २: याकूबले पवित्र कुराहरूको मोल गरे (my-NP कथा १७)
न. ३: * गलत कुराप्रति वफादार हुनु र यसका खतराहरू
मे १८ बाइबल पढाइ: प्रस्थान ३०-३३
न. १: प्रस्थान ३१:१-१८
न. २: बाइबल—सामञ्जस्यपूर्ण र सही (bh-NP पृ. २० अनु. ६-पृ. २१ अनु. ९)
न. ३: प्रेम र मोहबीच भिन्नता (my-NP कथा १८)
मे २५ बाइबल पढाइ: प्रस्थान ३४-३७
न. १: प्रस्थान ३७:१-२४
न. २: (my-NP कथा १९)
न. ३: * मनपरी गर्न दिनु भनेको के हो र यसलाई हामीले किन तिरस्कार गर्नुपर्छ?
जून १ बाइबल पढाइ: प्रस्थान ३८-४०
न. १: प्रस्थान ४०:१-१९
न. २: दीनाको विवरणले हामीलाई के सिकाउँछ? (my-NP कथा २०)
न. ३: व्यक्तिगत समस्याहरूको सामना गर्न बाइबलले तपाईंलाई कसरी मदत गर्न सक्छ? (bh-NP पृ. २१ अनु. १०-पृ. २३ अनु. १२)
जून ८ बाइबल पढाइ: लेवी १-५
न. १: लेवी ४:१-१५
न. २: डाह गर्नु किन खतरनाक छ? (my-NP कथा २१)
न. ३: * ख्रीष्टियानहरूले अख्तियारको प्रयोग कसरी गर्नुपर्छ?
जून १५ बाइबल पढाइ: लेवी ६-९
न. १: लेवी ८:१-१७
न. २: बाइबलमा लिपिबद्ध भविष्यवाणीहरूमा तपाईं किन भरोसा गर्न सक्नुहुन्छ? (bh-NP पृ. २३ अनु. १३-पृ. २६ अनु. २०)
न. ३: यूसुफ र पोतिफरकी पत्नीको घटनाबाट हामी के पाठ सिक्छौं? (my-NP कथा २२)
जून २२ बाइबल पढाइ: लेवी १०-१३
न. १: लेवी ११:२९-४५
न. २: यूसुफले सपनाको अर्थ सही तरिकामा बताउन सक्नुको कारण के हो? (my-NP कथा २३)
न. ३: बप्तिस्माप्राप्त चेलाहरूले पाउने आशिष्हरू
जून २९ बाइबल पढाइ: लेवी १४-१६
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
जुला. ६ बाइबल पढाइ: लेवी १७-२०
न. १: लेवी १९:१-१८
न. २: येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह (bh-NP पृ. १९९-२०१)
न. ३: (my-NP कथा २४)
जुला. १३ बाइबल पढाइ: लेवी २१-२४
न. १: लेवी २२:१७-३३
न. २: युसूफ—दया देखाउनमा उत्कृष्ट उदाहरण (my-NP कथा २५)
न. ३: साँचो ख्रीष्टियानहरूले कसरी गरिबहरूलाई चासो देखाउँछन्?
जुला. २० बाइबल पढाइ: लेवी २५-२७
न. १: लेवी २५:३९-५४
न. २: अय्यूबको भक्तिको अनुकरण हामी कसरी गर्न सक्छौं? (my-NP कथा २६)
न. ३: पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो? (bh-NP पृ. २७ अनु. १-पृ. २८ अनु. ३)
जुला. २७ बाइबल पढाइ: गन्ती १-३
न. १: गन्ती ३:१-२०
न. २: नम्र हुन किन आत्मसंयम चाहिन्छ?
न. ३: (my-NP कथा २७)
अग. ३ बाइबल पढाइ: गन्ती ४-६
न. १: गन्ती ४:१-१६
न. २: ख्रीष्टियान आमाबाबुले मोशाकी आमाको उदाहरण कसरी अनुकरण गर्न सक्छन्? (my-NP कथा २८)
न. ३: परमेश्वरलाई कस्तो चुनौती दिइएको छ? (bh-NP पृ. २८ अनु. ४-पृ. ३१ अनु. १०)
अग. १० बाइबल पढाइ: गन्ती ७-९
न. १: गन्ती ९:१-१४
न. २: (my-NP कथा २९)
न. ३: यहोवाप्रति वफादार भएको देखाउने तरिकाहरू
अग. १७ बाइबल पढाइ: गन्ती १०-१३
न. १: गन्ती १३:१७-३३
न. २: सेवा विस्तार गर्न अयोग्य महसुस हुँदा तपाईं के गर्न सक्नुहुन्छ? (my-NP कथा ३०)
न. ३: यस संसारलाई कसले शासन गर्छ? (bh-NP पृ. ३२ अनु. ११-पृ. ३३ अनु. १४)
अग. २४ बाइबल पढाइ: गन्ती १४-१६
न. १: गन्ती १४:२६-४३
न. २: परमेश्वरको व्यवस्थालाई प्रेम गर्नुको अर्थ के हो? (भज. ११९:९७)
न. ३: (my-NP कथा ३१)
अग. ३१ बाइबल पढाइ: गन्ती १७-२१
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
सेप्टे. ७ बाइबल पढाइ: गन्ती २२-२५
न. १: गन्ती २२:२०-३५
न. २: (my-NP कथा ३२)
न. ३: भविष्यमा पृथ्वीमा जीवन कस्तो हुनेछ? (bh-NP पृ. ३३ अनु. १५-पृ. ३६ अनु. २४)
सेप्टे. १४ बाइबल पढाइ: गन्ती २६-२९
न. १: गन्ती २७:१-१४
न. २: शिक्षा के हो र यो किन महत्त्वपूर्ण छ? (एफि. ६:४)
न. ३: लाल समुद्रमा परमेश्वरको जीतबाट हामीले के सिक्नुपर्छ? (my-NP कथा ३३)
सेप्टे. २१ बाइबल पढाइ: गन्ती ३०-३२
न. १: गन्ती ३२:१-१५
न. २: यहोवाले मन्न प्रबन्ध गर्नुभएको घटनाबाट हामी के सिक्न सक्छौं? (my-NP कथा ३४)
न. ३: येशूबारे सत्य कुरा थाह पाउनु किन महत्त्वपूर्ण छ? (bh-NP पृ. ३७ अनु. १-३)
सेप्टे. २८ बाइबल पढाइ: गन्ती ३३-३६
न. १: गन्ती ३३:१-२३
न. २: मोशाको व्यवस्थाद्वारा यहोवाले इस्राएलीहरूलाई के सिकाउनुभयो? (my-NP कथा ३५)
न. ३: सबै मानव सरकारभन्दा परमेश्वरको राज्य कुन-कुन तरिकामा श्रेष्ठ छ?
अक्टो. ५ बाइबल पढाइ: व्यवस्था १-३
न. १: व्यवस्था २:१-१५
न. २: येशूको विशेष भूमिका के हो? (bh-NP पृ. ३८ अनु. ४-पृ. ४० अनु. ९)
न. ३: सुनको बाछोको विवरणबाट हामी के सिक्न सक्छौं? (my-NP कथा ३६)
अक्टो. १२ बाइबल पढाइ: व्यवस्था ४-६
न. १: व्यवस्था ४:१५-२८
न. २: (my-NP कथा ३७)
न. ३: थोरै हुनु असल हो भनेर कहिले भन्न सकिन्छ? (हितो. १५:१६)
अक्टो. १९ बाइबल पढाइ: व्यवस्था ७-१०
न. १: व्यवस्था ९:१-१४
न. २: यहोवामा भरोसा राख्ने दुई जासुस (my-NP कथा ३८)
न. ३: मसीहको आगमनबारे दानियलको भविष्यवाणीले कसरी अगमवाणी गर्छ (bh-NP पृ. १९७-१९९)
अक्टो. २६ बाइबल पढाइ: व्यवस्था ११-१३
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
नोभे. २ बाइबल पढाइ: व्यवस्था १४-१८
न. १: व्यवस्था १५:१-१५
न. २: परमेश्वरसँग डराउनुमा के समावेश छ?
न. ३: यहोवाको अख्तियारको आदर गर्नु किन महत्त्वपूर्ण छ? (my-NP कथा ३९)
नोभे. ९ बाइबल पढाइ: व्यवस्था १९-२२
न. १: व्यवस्था २२:१-१९
न. २: (my-NP कथा ४०)
न. ३: येशू कहाँबाट आउनुभयो? (bh-NP पृ. ४१ अनु. १०-पृ. ४२ अनु. १४)
नोभे. १६ बाइबल पढाइ: व्यवस्था २३-२७
न. १: व्यवस्था २५:१-१६
न. २: सधैंभरि बाँच्न हामीले के गर्नुपर्छ? (my-NP कथा ४१)
न. ३: * कस्ता कुराहरूलाई हामीले पवित्र ठान्नुपर्छ?
नोभे. २३ बाइबल पढाइ: व्यवस्था २८-३१
न. १: व्यवस्था ३०:१-१४
न. २: बालामसम्बन्धी विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (my-NP कथा ४२)
न. ३: पिता, पुत्र र पवित्र आत्माबारे साँचो कुरा (bh-NP पृ. २०१-२०४)
नोभे. ३० बाइबल पढाइ: व्यवस्था ३२-३४
न. १: व्यवस्था ३२:१-२१
न. २: “परमप्रभुको भयानक दिन” के हो? (सप. १:१४)
न. ३: (my-NP कथा ४३)
डिसे. ७ बाइबल पढाइ: यहोशू १-५
न. १: यहोशू ५:१-१५
न. २: राहाबले कसरी विश्वास देखाइन्? (my-NP कथा ४४)
न. ३: (my-NP कथा ४५)
डिसे. १४ बाइबल पढाइ: यहोशू ६-८
न. १: यहोशू ८:१-१७
न. २: विश्वास देखाएकी हुँदा राहाबले कस्तो इनाम पाइन्? (my-NP कथा ४६)
न. ३: उपदेशक ७:२१, २२ किन व्यावहारिक सल्लाह हो?
डिसे. २१ बाइबल पढाइ: यहोशू ९-११
न. १: यहोशू ९:१-१५
न. २: आकानले पाएको दण्डबाट हामी के पाठ सिक्छौं? (my-NP कथा ४७)
न. ३: गिबोनीहरूको मनोवृत्तिबाट हामीले कस्तो पाठ सिक्नुपर्छ? (my-NP कथा ४८)
डिसे. २८ बाइबल पढाइ: यहोशू १२-१५
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
* भाइहरूलाई मात्र दिनुहोस्, सकेसम्म प्राचीन वा सेवकाई सेवक भए बेस।