घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९२ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न जोडदार प्रयास गर्नुहोस्। अप्रिल: प्रहरीधरहरा। स्मरणार्थ र विशेष जनभाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्न जाने विशेष प्रयास गर्नुहोस्। यसो गर्नुको उद्देश्य ती व्यक्तिहरूसित गृह बाइबल अध्ययन सुरु गर्नु हो।
◼ मार्चको पहिलो हप्तादेखि क्षेत्रीय निरीक्षकले दिने नयाँ जनभाषणको विषय हो: “सांसारिक परिकल्पनालाई तिरस्कार गर्नुहोस्, राज्य वास्तविकताको पछि लाग्नुहोस्।”
◼ यस वर्ष अप्रिल ९, बिहीबारको दिन सूर्यास्तपछि स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। हरेक मण्डलीले स्मरणार्थ उत्सव मनाउने आफ्नै प्रबन्ध मिलाउनु राम्रो हो। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन् भने उक्त साँझको लागि कुनै एउटा मण्डलीले वा मण्डलीहरूले अर्कै भवन भाडामा लिन सक्छन्। सम्भव छ भने स्मरणार्थ उत्सवपछिको संगतीबाट पूरापूर फाइदा उठाउन दुई मण्डलीको कार्यक्रमबीच कम्तीमा पनि ४० मिनेट समय छुट्याउनुहोस् भन्ने सुझाव तपाईंहरूलाई दिन्छौं।
◼ बाइबलका कथाहरू भएको मेरो पुस्तक किताबको अध्ययन तालिका संशोधन गरिएको छ। संशोधित तालिका हाम्रो राज्य सेवकाई-मा हरेक महिना दिइनेछ।
◼ नयाँ उपलब्ध प्रकाशनहरू:
कीप योरसेल्भ्स् इन गड्स लभ —अंग्रेजी
युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ, खण्ड २ —अंग्रेजी
◼ नयाँ उपलब्ध डी भी डी:
लर्न फ्रम द ग्रेट टिचर —अमेरिकी सांकेतिक भाषा