ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २३, २००९ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले जनवरी ५ देखि फेब्रुअरी २३, २००९ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. चौथो दिनमा मात्र ज्योतिहरू बनाइएका थिए भने परमेश्वरले कसरी पहिलो दिनमा उज्यालो उत्पन्न गर्न सक्नुभयो? (उत्प. १:३, १६) [w०४ १/१-NP पृ. २८ अनु. ५]
२. जलप्रलयमा रूखहरू विनाश भएका थिए भने, ढुकुरले कहाँबाट भद्राक्षको पात ल्यायो त? (उत्प. ८:११) [w०४ १/१-NP पृ. ३१ अनु. १]
३. अब्रामसँग बाँधिएको करार कहिलेदेखि लागू भयो र कति समयसम्मको लागि? (उत्प. १२:१-४) [w०४ १/१५-NP पृ. २६ अनु. ४; w०१ ८/१५-NP पृ. १७ अनु. १३]
४. निम्रोद र तिनको पछि लाग्नेहरू ‘आफ्नो नाउँ राख्ने’ लक्ष्यमा पुग्न सकेनन् भनेर केले प्रमाणित गर्छ? (उत्प. ११:४) [w९८ ३/१५-NP पृ. २५]
५. दोस्रो पत्रुस २:७ मा लूतलाई “धार्मिक” मानिस भनिएको छ, तैपनि लूतले आफ्ना छोरीहरू त्यो भ्रष्ट भीडलाई दिने प्रस्ताव राख्नुको कारण के हुन सक्छ? (उत्प. १९:८) [w०५ २/१-NP पृ. २६ अनु. १५-१६; w०४ १/१५-NP पृ. २७ अनु. ३]
६. याकूबले स्वर्गदूतसित लडेको कुश्तीबाट हामी के पाठ सिक्न सक्छौं? (उत्प. २५:३२; ३२:२४-२९) [w०४ १/१५-NP पृ. २८ अनु. ९]
७. इसहाकको लागि पत्नी खोज्न एलीएजरले यहोवाकै इच्छाअनुसार प्रयत्न गरेको कुराबाट हामी के पाठ सिक्न सक्छौं? (उत्प. २४:१४, १५, १७-१९, २६, २७) [w९७ १/१-NP पृ. ३१ अनु. २]
८. याकूबले स्वर्गदूतहरू ‘भऱ्याङबाट उक्लने र ओर्लने गर्दै गरेको’ सपना देखे, त्यसको अर्थ के थियो? (उत्प. २८:१०-१३) [w०४ १/१५-NP पृ. २८ अनु. ६]
९. लेआको छोराले ल्याएको दुधे फलहरू प्राप्त गर्ने तीव्र इच्छा राहेलले किन गरिन्? (उत्प. ३०:१४, १५) [w०४ १/१५-NP पृ. २८ अनु. ७]
१०. दिनाले बुद्धि नपुऱ्याईकन छानेकी संगतबाट हामी के सिक्छौं? (उत्प. ३४:१, ३०) [w०४ १/१५-NP पृ. २८ अनु. १०]